गीत : उस्तै हुन्छ माया

~सुरेन्द्र राना~surendra-rana

सबैले दिने उस्तै हुन्छ माया
तर म नौलो प्रीत दिन्छु
तिमीलाई नै सम्झी, सम्झिरहेको
मुटुभरिको चोखो गीत दिन्छु

भन्दिन म तिमीलाई
टिपेर आकाशको जुन दिन्छु
बरु गीत आकाशमा सधैं गुन्जिरहने
यही गीतको मिठो धुन दिन्छु

भन्दिन म तिमीलाई
जिन्दगीभरि नै साथ दिन्छु
बरु मन आकाशमा सधैं खेलिरहने
यही गीतको न्यानो भाव दिन्छु ।

शब्द : सुरेन्द्र राना
स्वर : तारा थापा
सङ्गीत : राम थापा

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.