गीति कविता : कसरी म बाँचु ?

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

मझेरीमा बस्छिन उनी पिई गहको आसुँ
आउने जानेलाई भन्छिन ,कसरी म बाँचु ?

सखारैमा गाग्री च्यापी ढुङगेधारो झर्छिन
छाँया केही देखिन भने टोलाएर हेर्छिन
भन्छिन सधैं दोबाटोलाई मेरो मान्छे आँउछ
केशभरी माया उन्न ,गुन्केशरी ल्याँउछ !

साँझ पर्दा दीप बाली जोर हात जोड्छिन
विश्वासले केही मागी आफ्नै मनलाई बाँध्छिन
भन्छिन सधैं आँगनलाई मेरो मान्छे आँउछ
स्वागतमा बसिरहनु माया उनी ल्याँउछ !!

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in गीति कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *