क्षेत्रप्रताप अधिकारीका बाह्र हाइकुहरु

~क्षेत्र प्रताप अधिकारी~Chetra Pratap Adhikari

थुम्का मुन्तिर-
सुरुङभित्र सानो
तामाको टुसो ।

किशोरीबोट
छातीमा मीठो चोट
काचो बेलौती ।

कुरैकुरामा
तामा खाने तिर्सना
ओइलाएछ ।

सालीको भट्टी –
तातेको तिनपाने
मातेको बैंस ।

ठूल्ठूला ताल –
तालमा समागम
खहरेहरू ।

अगम्य सेती –
सेतीमाथि सुकला
महेन्द्र पुल ।

गाउँलेबाला –
छातीमा चिटिक्क छ
नौगेडी माला ।

ह्याङ्जाली पाखा –
पाखामा राम्रा आँखा
आँखामा सान ।

सानको स्पर्श-
मान्छेभित्र उजेलो
नयाँ बिहानी।

सुतेकी सेती
उठेको माछापुच्छूे
पोख्रेली र्स्पर्श ।

फेवाको पानी
पानीमा द्यौलागिरी
जलसम्भोग ।

टुसुक्क सानी
मुसुक्क मुस्कुरायो
पुतली फूल ।

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.