लघुकथा : माया

~कात्यायन~dhanwantari-mishra-katyayan

– र, अन्त्यमा, – तिमी त साह्रै दुब्लाएछौ नि ! – उनले भनिन् |

*** *** ***

– समयको विराट अन्तराल पछि म आज उनकोमा गएको थिएँ | व्यस्तताले भनौं वा समयको अभाव वा स्पष्टिकरणका अन्य कारणहरू जे तेर्साए पनि, सिर्फ आत्मछलहरू हुन् यी कुराहरू | र, थाहा थियो मलाई कि, मैले त्यस्ता कुनै कारणहरू मनमा गढ़िरहनु आवस्यक पर्ने छैन |

– बस्, कुरा के भने – उनलाई मैले भेट्नुको माझमा समयको विशाल वृक्ष झांगिसकेको थियो र म आफैं नै आत्म-दाहले राख भैसकेको थिएँ |

– समयको दूरीको खलियो प्रज्वलित गर्नमा मात्र मेरै पक्ष सवल रहेको थियो | उक्त खलियो यसरि दंकियोस् कि जसलाई कतै, कसै गरे पनि निभाउन नसकियोस् भन्ने भावना मेरो मनमा एक्कासी रांकिएको थियो, र लहडै सहि तेसैबाट म अभिप्रेरित हुन पुगेको थिएँ |

– र, आज ममा उक्त समयको खाडल भनौं वा प्रज्वलितपना यसरि पुरियो भनौं वा झ्याप्पै निभ्न गयो कि, जसरि ममा सृजना भएको थियो |

– र, पश्चात ममा, पहिला जहाँ, जसरि, जुन विन्दुबाट पलायन हुने उत्प्रेरणा प्रश्फूरण हुन पुगेको थियो, अहिले फेरि त्यहि जीवनका अकाट्य दौडका सृंखलामा प्रतियोगी झैं आवध्द हुन पुगिरहेको छु |

– र, आफूलाई स्वयंले पर्दा लगाउन खोज्नु जस्तो असफल असत्यताको श्पष्ट झलकका डोबहरूका आहत महसूस गर्न पुगिरहेछु |

– आज, उनलाई भेट्नु भन्दा अघि र जुन दिन सबभन्दा पुछारमा भेटेको थिएँ / को माझमा जति लम्बाउन सकिने रेखाहरू मिलाएर, लम्बाएर वा खुम्चाएर / जे, जसरि नि हुन्छ, म भित्रका सम्पूर्ण विचार र भावनाहरूमा, जसरि टाइप गरिंदा बिग्रेका अक्षरहरूमा सेता पर्दा लगाउन “सुपर टिप्-एक्स् फ्लुड” प्रयोग गरिने गरिन्छ, त्यसरि नै भित्रैबाट निमिट्यान्न रूपले भावहरू कुल्चन वा जालीहरूलाई पन्छाउन म आज एक्कासी उनको सामु निर्लज्ज सफेद मुस्कान लिएर उभ्भिदिन्छु |

– स्वागतका प्रवेश द्वारमा नै उही चिर-परिचित क्लेशरहित मुस्कानका आलिंगनले आमन्त्रित गर्दै मेरा नांगिएका भावहरूमा स्पर्श गर्न पुग्दछन् | र म, भाव-विभोरका अथाहा पीडाले अझ उदांग हुँदै साँगुरिएको महसूस गर्न पुग्दछु |

– संभवत: मेरा ती मौन असमन्जस्यता नै श्पष्टिकरणकालागि प्रयाप्त थिए कि ! वा मसंग नि:शेष नै केहि रहन गएको थिएन !

– सायद, म भ्रममा थिएँ कि ! सोचेको थिएँ – जब असमझदारी क्षणहरूका खाडल पुर्दै म उनको सन्मुख पुग्नेछु, तब, परिवेशलाई असामान्य ढंगले सामना गर्नुपर्नेछ, आदि |

– सम्भवत: विगतका पलहरुमा झैं सामान्य रूपमा नै मप्रतिको उनका हेराई र आमन्त्रण गर्ने स्वभाव र व्यबहार नै मेरा सोचाईकालागि असामान्य हुन गइरहेका थिए र म आफूलाई आफैंले निचोरेको ‘तुखल’ सोच्न पुगेको थिएँ |

– र, वातावरणलाई अझ सामान्य, र क्रमिकका दिनहरूका झैं पार्न पुन: मुस्कुराई दिएको थिएँ | र आफू नांगिएको भावना बिथोल्न वार्ताका पहाड नै चुल्याउन हतारिरहेको थिएँ | तर कुनै शब्दहरू नै मेरा जिव्हाबाट निस्कन अलमलाई रहेका थिए | म मौन थिएँ |

२०७३/०१/२६
चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *