लघुकथा : आंसु र पानी

~कात्यायन~dhanwantari-mishra-katyayan

– ऊ आंसु झार्ने कलामा निपूण थियो |

– उसको आँसुमा मान्छेहरू आँसु झार्थे | आँसुमै बहकिंथे | बलिन्द्र-धारा बगाउँदै सुकसुकाउंथे | आँसुको मूल्य तोक्थे |

– उसले आँसुबाटै यश-ऐश्वर्य, घर-जाम सबै जोडिसकेको थियो | पत्नी-प्रेमिकाहरूको पनि उसलाई दु:ख थिएन |

– आंसुहरूलाई कुल्चिएर हिंड्न पनि ऊ माहिर भैसकेको थियो | आँसु खान्थ्यो, आँसु पिउंथ्यो र आँसु नै डकार्थ्यो |

– उसले आँसुको बूँद-बूँद जम्मा गरेर स्विमिंग-पूल नै बनाइसकेको थियो | त्यसैमा पौडिरहन्थ्यो | शितलता महसूस गर्थ्यो |

– सबैको आँसु सुकिसकेको थियो | तर उसको आँसु झार्ने कलाको मुहान यथावत थियो | ऊ ग्लेसिरिनको आँसु झार्न सक्थ्यो; चाइनिज बामको आँसु झार्न सक्थ्यो | उसले कहिल्यै सक्कली आँसु देखेन र झारेन पनि |

– जब सबैको आँसु तप्त हुन्छ र सुक्छ, उसलाई पोल्न शुरु हुन्छ | प्यासले छटपटाउँछ | उसले आँसु मात्र संकलन गरेको थियो; पानी गरेको थिएन | अब आफ्नै झर्न बाँकी आँसु पिउन शुरु गर्छ |

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *