हरिभक्त कटुवालका रक्सीमाथि दुई मुक्तकहरु

~हरिभक्त कटुवाल~Haribhakta Katuwal

१)
सपना बोकेर आइदिने रातहरूलाई एउटा सलाम
सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम
सजिलैसित जिउने एउटा मीठो निहुँ पाइएको छ
रक्सी बनाइदिने पहिलो स्रष्टालाई अर्को सलाम।

२)
म आफ्नै बाटो हिँडिरहेको हुन्छु तर खुट्टा अन्तै कतै गइरहेको हुन्छ
म तिमीलाई नै सम्झिरहेको हुन्छु तर अर्कै कसैले मलाई तानिरहेको हुन्छ
विश्वास गर ! म कायल छु तिम्रो मुस्कान जस्तै यो रक्सीसित
कहिले मैले उसलाई खाइरहेको हुन्छु, कहिले उसले मलाई खाइरहेको हुन्छ।

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.