कविता : मेरो जिबन को एक बर्ष घट्यो

~अशोक ‘खलानको मान्छे’~

सत्ते यही हो,यो सत्तेले मनमा शुख्ख बड्यो
म फर्कन धेरै दिन बाँकी छैन
धर्ती को यो सेवामा काटेर यो मानब योनी
म फर्कन्छु आफ्नै धाम
जहाँ एकमा नै छ अनन्त काम
फर्कने मेरो समयको एक बर्ष घट्यो
तेसैले मनयो हर्शले बिभोर भयो

ए भड्कियका मानब हरु हो
काटेका समय लाई हेर
के त्यो समय साच्चै नै माहान भयोत
आँफैलाई तेशको तराजुमा जोख
अनी के तिमीले चित्त शुद्द गर्यौत?
जिबन को एक बर्ष घट्नुमा
अनौठो सन्तुष्टी प्राप्त हुन्छ

के तिमीले अनुभब गर्यौ त
म गर्दै छु
चित्तमा गल्तिलाई सुधा र्ने प्रयत्नले
म स्फटिक नबने पनी
सत्ते खोजी रहन्छु
हर बर्ष बर्ष भरिको हिसाब गरी रहन्छु

तेसैले त म जित हारको कुरा गर्छु
अनी जिबन लाई युद्दको समर मान्छु
म नफर्कुन्जेल संम्म
यही क्रम चली रहनेछ
जिबन मा दुखी र मृत्‍यु मा सुख खोजिरहेछु
आज शुखको दिन हो मेरो
एक बर्ष घटेको दिन हो मेरो

– अशोक ‘खलानको मान्छे’
ड्राम्स्टाड जर्मनी
aryal.ashok@googlemail.com

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.