कथा : प्रेम दिवसको शुभकामना

~दिपेन्द्र खड्का~Dipendra Khadka

अंग्रेजी महिना फेब्रुअरी माया गर्नेहरुको महिना रे भन्छन त्यस्तै प्रेमले दिवस लाई अति नै माया गर्थ्यो । तर कहिले पनि मनको कुरा भनेको थिएन दिवसले प्रणय दिवस पर्खेको थियो । प्रेमले फेब्रुअरी १३ को दिन अमुल्य उपहार किनेर आयो । बिस्तारै ढोकाको चाबी खोलेर उपहार कोठामा राख्यो लडेर फुट्छ कि भनेर छेउ छाउमा किताबले अडेश लगाएर राख्यो । मन्द मुस्कान छरेको उपहारले प्रेमलाई नै हेरेको जस्तो आभाष हुन्थ्यो अनि उपहार नजिकै गई पग्ली..भोली त बिहानै तिमीलाई भेटेर यो उपहार दिन्छु अनि म कति माया गर्छु मेरो मनमा लागेका जुन तिमी प्रति जागेका भावनाहरु छन् मनका चाहनाहरु छन् सबै तिमी सामु पोख्नेछु । प्रेमले आफ्नो बिछ्यौनामा सिरानीको सहारा लिएर कपि र कलम लिएर आफ्नो मनमा लागेका कुराहरु कोर्न थाल्यो ।

प्रिय, दिवस

अगाढ माया अनि मिठो सम्झना तिमीलाई ।

उही तिमीलाई माया गर्ने प्रेम बाट ।

मन्द तिम्रो मुस्कानमा हराएको हुन्छु
मध्ये रातमा तिमी भनी कराएको हुन्छु !!
के रोग लाग्यो मलाई तिमी बिना न बाच्ने
एक्लै एक्लै सपनीमा बर्र बराएको हुन्छु !!

यस्तै यस्तै मिठा शब्दहरुले भरि पूर्ण शब्दहरु लेख्न थाल्यो पटक पटक मुस्कान पनि छोड्दै थियो ताकी भोली फेब्रुअरी १४ प्रेम दिबसको दिन दिवसलाई मायाको प्रस्ताब अनि मिठा मिठा शब्दहरुले भरी भराउ र सुन्दर मायाको उपहार दिने सोचमा थियो । रातको चकामन्नातालाई नियाल्छ आकाश तिर हेरेर केहि क्षण टोलाउछ अनि कुन्नि के सोचेर उ आफ्नो कोठा तिर प्रवेश गर्छ खटपटी भएको छ उसलाई कहिले बिहान हुन्छ र दिवसलाई भेट्न जाउ मनमा हर्ष उल्लाह्स पनि देखिन्छ भने एक तर्फ उराठ पनि किनकि दिवसलाई मन पराएको धेरै भएको थियो तर मायाको प्रस्ताब भने राखेको थिएन प्रणय दिवसको दिन पर्खेको थियो निन्द छैन उसको आँखामा एक नजर पुलुक्क घडी तिर लगाउछ अनि दिवसलाई कल गर्ने सोच बनाउछ । तर कल गर्दैन म्यासेज गर्ने सोच बनाउछ मोबाईल उठायो डराई डराई म्यासेज गर्यो दिवसलाई — हाए ! दिवस – सुति सकेको हो ? थर थर काप्दै म्यासेज गर्यो । धेरै समय कुर्यो तर दिवसको उत्तर आएन । रात छिप्पि सकेको थियो सधै समएमा सुत्ने बानी भएको प्रेम त्यो दिन नसुत्ने प्रणय गरेको थियो तर बिचराको आँखामा निन्द परि सकेको थियो ओछ्यानमा पल्टियो । केहि समय पछि फोनको घन्टी बज्यो — टिरिंग — टिरिंग ,,हत्तार हत्तार मोबाईल हेर्यो दिवसको फोन रहेछ फोन काट्यो अनि आफैले कल गर्यो – हेल्लो ! गल्ति भए माफ पाउ, तिम्रो मिठो निन्द्रालाई बिथोलेकोमा ।

दिवस : होइन केहि छैन , अहिले सम्म तिमी सुतेका छैनौ ?

प्रेम : अह. निन्द्रा नै लागेको छैन आँखामा अनि तिमी नि ?

दिवस : म पनि सुत्ने प्रयास गरेको निन्द नै आएको छैन फेरी भोली साथीहरु सग घुम्न जानु छ तिमी जादैनौ ?

प्रेम : कहाँ ? म जस्तो लाई कसले पो भन्छ र ?

दिवस :- किन र ? तिमी अरु कसैलाई भेट्न जाने होला नि भोली प्रेम दिवस को दिन होइन ?

प्रेम :- खै कहाँ जानु र ? आफ्नो भाग्यमा कोही भए पो ? अब भोली प्रेम दिवस को दिन तिमी दिवस म प्रेम हामी भेटौन हुन्न र ? (मजाक गर्दै बोल्यो प्रेम )

दिवस :- भोली त कस्तो रमाईलो हुन्छ म तिमीलाई सर्प्राईज़ दिन्छु ल

प्रेम : कस्तो सर्प्राईज़ ?

दिवस : छ नि भोली नै थाहा पाउछौ नि , तिमीले कसैलाई माया गरेको मान्छे छैन ?

प्रेम : खै ,,माया भन्नु कि के भन्नु उनले गर्छिन कि गर्दिनन तर मैले त उनलाई भित्रि हृदयबाट नै माया गर्छु उनि बिना म एक छिन पनि एक्लै रहन सक्दिन , भन्छन प्रेम गर्नेहरुका लागी भोलीको दिन अति उत्तम हुन्छ रे

दिवस :- हो नि त्यही भएर त भोली सबै मिलेर घुम्नु पर्छ तिमीले मन पराएको केटीलाई पनि प्रेम प्रस्ताब राख है म हेर्छु कसरी प्रेम प्रस्ताब गर्छौ

प्रेम :- सुन न म यता बाट आउदै गरेको हुन्छु उनि उता बाट आउदै गरेकी हुन्छिन अनि मैले लिएको उपहार उनीलाई दिन्छु त्यसपछि घुडा टेकेर उनीलाई सुन्दर गुलाबको फुल अनि उपहार हातमा दिदै प्रेम प्रस्ताब गर्छु । उनको नाम र मेरो नाम ठुलो मुटुको चित्र बनाएर प्रेम प्लस ………. उनको नाम लेखेको छु ।

दिवस :- हो र ? तिम्रो कल्पना त मिठो रहेछ अबस्य पुरा होस तिम्रो कल्पना मलाई पनि देखाऊ है तिम्रो उनीलाई म पनि हेर्छु ।

प्रेम : अबस्य पनि दिवस अबस्य पनि किनकि जहाँ प्रेम हुन्छ त्यहा दिवस को उपस्थिति अनिबार्य हुन्छ नि कि कसो ?

दिवस ; हो प्रेम हो तिमीलाई मजाक गर्न त कसले सक्छ र ल रात छिप्पि सक्यो सुतौ अब भोली बिहान पार्कमा आउछन सबै साथीहरु तिमी पनि तिम्रो लभर लाई त्यही भेटेर प्रस्ताब गर्नु है म पनि तिमीलाई सर्प्राईज़ दिन्छु ।

फोन राख्यो फेरी पनि प्रेम दिवस लेखेको कागज रंगाउन थाल्यो । खुशीले गद गद भयो प्रेम भोली प्रेम प्रस्ताब राख्ने दिन रत निकै छिप्पि सकेकोले भुसुक्क निदाउन पुग्यो ।

सुन्दर रमणीय पार्क थियो चारै तिर मान्छेहरुको आवत जावत थियो प्रेमी प्रेमिकाहरुको माया प्रेमको चिनो साटासाट बढ्दै थियो कोही गीतमा झुमिरहेका थिए भने कोही प्रेमी प्रेमिका हात समाई नाच्दै थिए कोही भने मिठा मिठा गफ गाफमा व्यस्त थिए । प्रेम सम्बधी मिठा मिठा गीतहरु बज्दै थिए ।

“तिमी मेरो जिबनमा आयौ र त हास्न सिके ,

तिम्रै न्यानो साथ मैले पाए र त बाच्न सिके,

ओ …प्रियतमा ….ओ… प्रियतम,,,,ओ.. प्रियतम…

पार्कमा भिड भाड बडी रहेको थियो सबै साथीहरु पार्कमा एक अर्का संग हातेमालो गरेर रमाईरहेका थिए तर प्रेमले कतै पनि दिवसलाई देखेन धेरै भिडहरुको बिचमा नियाल्यो दिवसलाई तर कतै पनि पाउन सकेन मनमा चिन्ता लियो दिवसको साथीलाई सोध्न पुग्यो साथीले न आएको र न देखेको प्रतिक्रिया दिए पछि दिवसको घरमा जाने निर्णय गर्यो र घर तिर लाग्यो ।

प्रेम दिवसको घरमा पुग्यो दिवसको कोठामा आवाज आईरहेको थियो बिस्तारै कान ठाडो पारेर सुनी रह्यो – हेर दिवस मायामा रमाउनु पर्छ हास्नु पर्छ माया भनेको त दुई आत्माको मिलन हो । म पनि तिमीलाई धेरै माया गर्छु तिमी बिना एक पल बाच्न सक्दिन दिवस आई लभ यू दिवस आई लभ यू – अपरिचित व्यक्तिको मुखबाट आवाज आई रहेको थियो । म पनि त तिमीलाई धेरै माया गर्छु आदित्य तिमी बिना कहाँ म पनि बाच्न सक्छु र अब छिट्टै नै बा आमालाई भनेर हाम्रो बिहेको प्रस्ताब राख्नु पर्छ चाडै घर जम गर्नु पर्छ । दिवसको मुखबाट मायाका मिठा मिठा शब्दहरु गुन्जिरहेका थिए प्रेम भने सुनिरहेको थियो बिस्तारै बिस्तारै प्रेमको आँखाबाट आँसुका थोपाहरु झर्न थालिसकेका थिए । एक अर्कामा चुम्बनका दृश्यहरु प्रेमको आँखाले देख्न सकेको थिएन । दिवसले भन्दै थिइन् साथीहरुलाई सर्प्राईज़ दिन्छु भनेको थिए हिड्नु छिटो पार्कमा जाउ दिवसले ढोका खोलीन । प्रेम पहिला नै त्यहाँ बाट हिडिसकेको थियो । पार्टीमा सबै साथीहरु रमाईरहेका थिए । दिवसको प्रवेश उनको केटा साथी संग हुन्छ सबैले दिवस लाई सुभकामना व्यक्त गरे पार्टीमा प्रेमको धेरै खोजी कार्य भयो तर कतै पनि प्रेम न देखिए पछि सबै जना प्रेमको घर तर्फ प्रस्थान गरे । प्रेम अश्रु नयन सरि कोठामा पुग्यो बर्षौ देखिको सपना टुट्यो अनि मनमनै कल्पदै बाच्नु के अर्थ भयो र जसलाई आफ्नो ठानेको थिए उ नै अरु कसैको अंगालोमा बाधिए पछि मेरो के अर्थ रह्यो र यो दुनियाँमा धेरै पटक आत्महत्या गर्ने सोच बनायो तर मायामा धोका पाउदा मर्नु मात्र एक उपाए होइन मनलाई कठोर बनाउदै उपहार जस्ताको तस्तै राख्यो अनि सानो चिठ लेख्यो । घरबेटीलाई सानो चिठ दियो अनि उपहारको बारेमा बताएर हिड्यो । सबै साथीहरु संग दिवस प्रेमको डेरामा पुगिन ।

दिवस : प्रेम ! प्रेम !! प्रेम !!!

धेरै पटक आवाज निकालिन दिवसले ।

कसलाई खोज्नु भएको तपाईहरुले ? ( धेरै हुल देखे पछि घरबेटी बोल्नु भयो )

दिवस : प्रेम कहाँ गयो होला ?

घरबेटी : प्रेम त डेरा छोडेर गएको १ घण्टा हुन लाग्यो यी यो सानो चिठ दिएको छ अनि कोठामा केहि सामान छोडेको छ दिवस आईन भने दिनु भनेको छ । नानीको नाम दिवस हो ?

दिवस : हजुर !

दिवसले हत्तार हत्तार चिठ खोलीन ।

दिवस ! तिमी नै थियौ मेरो आफ्नो भन्ने तिमीलाई नै मैले एकोहोरो माया गरेको थिए तर भन्न सकेको थिइन आज त्यही भन्न न सकेको भोगाइहरु मैले भोग्नु परेको छ यो उपहार अनि मेरो माया नै मायाले भरिएको मिठा मिठा शब्दहरुले तिमीलाई प्रेम प्रस्ताब राख्ने सोच बनाएको थिए तर तिम्रो सबै कुरा मैले सुने जब म तिम्रो घरमा पुगेको थिए तिम्रो मायाको स्पर्श अनि चुम्बनको दृश्य संगै तिम्रो साथीको अंगालोमा बाधिएको देखे सायद तिम्रो सर्प्राईज़ मेरो लागी यहि नै थियो होला । तर मेरो सर्प्राईज़ अर्कै थियो तिम्रो लागी । अब यहाँ भन्दा धेरै न भनौ दिवस किनकि मायाका कुराहरु शब्दहरु भन्नु पर्यो भने बरु सागर सुकेर जान्छ तर मेरो तिमी प्रति गरेका माया चाहनाहरु कहिले पनि सकिन्न जति शब्दहरु बोल्दै गए त्यति नै प्रस्फुटित हुदै जान्छन तिम्रो लागी भनेर यो उपहार छोडेर गएको छु यदि तिमीलाई राम्रो लाग्छ भने सजाएर राख्नु यदि राम्रो लाग्दैन भने जसरी मेरो माया आज प्रणय दिवसको दिन टुट्यो त्यसरी नै तिमीले पनि यसलाई तोडिदिनु अन्तमा म यो ठाउँ छोडेर टाढा जादै छु जहाँ तिम्रो यादहरु झल्झली मेरो नयन वरिपरी छाईरहोस अनि चोखो न्यानो माया संगै प्रेम प्रस्ताब राख्ने र सर्प्राईज़ दिने ठुलो धोको थियो तर यहि उपहार नै सर्प्राईज़ भयो मेरो लागी दिवस तिमी र तिम्रो साथी आदित्यलाई सफल प्रणय दिवसको सुभकामना ।

बाई ! बाई
उही प्रेम

दीपेन्द्र खडका
टाँडी -१, मोरंग

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *