कविता : फर्की आउ

~जमुना पुन~

फर्की आउ प्रिय तिमी ताराका चम्काइसँगै
क्रान्तिको दियो बाली मिर्मिरे घामको उदयसँगै

सङ्घर्ष धेरै गर क्रान्तिको दियो बाली
चर्केला ती घाउहरू जताततै तिमीले ताली
अन्याय र अत्याचारमा परेका ती नेपाली
जनतामाथि खेलवाड गर्ने शोषकलाई तिमीले फाली
फर्की आउ प्रिय तिमी जुनकिरीको ज्योति बाली
क्रान्तिको दियो …………………………..

पर्खाइमा बसेकी छु क्रान्तिको दियो बाली आउ
अन्धकारका दागहरूमा उज्यालो प्रकाश छाउ
ज्यानको बाजी राखी लड् सहयोगी हुँनेछौँ
नौलो क्रान्ति गरेमात्र असल योद्धा बन्नेछौँ
फर्की आउ प्रिय तिमी बारूदको धुँवासँगै
क्रान्तिको दियो …………………………..

आगो बनी लड तिमी बसी–बसी खानेलाई
समस्या के छ साथी सडकमा हात थाप्नेलाई
त्यही ठाउँबाट ज्वाला उठ्दै
सहयोग पुग्छ सारा संसार जित्नलाई
फर्की आऊ प्रिय तिमी वसन्तको ऋतुसँगै
क्रान्तिको दियो …………………………..

जनता एकगठ भई लडी–लडी बचाएको
फेरी पनि सामन्ती र शोषकले सताएको
लोभ–लालच देखाएर तिमीलाई फेरी झुकाइदेलान्
क्रान्तिको पाइला पनि जालोमा पारिदेलान्
फर्की आउ प्रिय तिमी क्रान्तिको झन्डासँगै
क्रान्तिको दियो बाली मिर्मिरे घामको उदयसँगै

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ३४ – २०६८ श्रावण ०४ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.