लघुकथा : कमलरी

~रामचन्द्र खतिवडा~ramchandra-khatiwada

अन्जु चौधरी मुक्त कमैया हुन् । जमिनदारको थिचोमिचोबाट मुक्त हुँदा उनी धेरै खुसी थिइन् । तर त्यो खुसी धेरै दिन टिक्न सकेन ।

गाउँमा बाँच्नका लागि कुनै काम नपाएपछि उनी सहर आइन् । सहरमा त झन् दुःखैदुःख रहेछ र फर्केर फेरि गाउँ पुगिन् उनी ।

यही बेला एउटा स्थानीय पत्रकारले अन्तर्वार्ता लिए उनको । उनले भनिन्– “सुख त बरु जमिनदारकै घरमा रहेछ ।”

(स्रोत : सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित रामचन्द्र खतिवडाको “दमिनी कान्छी” लघुकथा सङ्ग्रहबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.