बाल कविता : देशप्रेम

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

प्यारो लाग्छ हामीलाई
आफू जन्मेको यो देश
थरीथरीका छन् यहाँ
आफ्नै भाषा र भेष ।

गौतम बुद्ध जस्ता
शान्तिका अग्रदूत जन्मे यही देशमा
गोर्खालीमा वीरता झल्किन्छ
यही राष्ट्रिय भेषमा ।

आफ्नै देशका सन्तान
सहिद बनेका छन्
जननीको आशीर्वादले गर्दा
दुश्मनलाई हराएका छन् ।

आफू जन्मेको देशको
सुन्दरता मनपर्छ हामीलाई
बस्नुपर्छ हामी सबै नेपाली
यही देशमा पौरख चलाई ।

– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)

(स्रोत : मुना २०६६ असोज)

This entry was posted in बाल कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.