लघुकथा : तबेला

~कात्यायन~dhanwantari-mishra-katyayan

– मृत घोडाको तबेलाको अवलोकन गर्नेहरूको भीड विहानैदेखि शुरु हुने गर्थ्यो | उत्साहपूर्ण अनुहारहरू फर्किएपछि नैराश्यतामा परिणत भएका हुन्थे |
– “के रहेछ त तबेलामा ?” – कसैले उत्सुकता प्रकट गर्यो |
– “के हुनु र ! उही लादी, काठी, लाठी, रक्याप तथा तबेलाहरू |”
– “बाच्छा-बाच्छीहरूको चीहन देख्नु भएन ?”
– “पुरिएका रहेछन् !”
– “मृत-घोडाको चित्कार सुन्नु भएन ?”
– “हिनहिनाउन बन्देज लगाइएको रहेछ !”
– “मृतात्मासँग पनि के को भय र ?”
– “मूर्दाहरू मरेकाहरूसँग भयभीत हुने गर्दा रहेछन् !”
– “र पनि कहींकतै कहिलेकहीं घाईते घोडाको चिच्याहट सुनिन्छ नि ?”
– “घाईते पशुहरूको आर्त पुकार हो मान्छेसित मलहमको !”
– “अब जिवित नै को छ र ?”
– “छ नि डर-त्रास ! निर्लज्जता ! अकर्मण्यता ! क्रूरता !”

***

– खै: अब शवहरूको तबेला निर्माण कहिले हुने हो !

*** *** ***
२०७३/८/१९
चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *