लामो कथा : दोश्रो अध्याय

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

रात छिप्पिदै गए पनि काठमाडौको एउटा सम्भ्रान्त समाजको जमघटको मादकतामा कुनै कमी आएको थिएन । साँझ ढल्कि सकेपछि शुरू भएको जमघट पहिले त सधैँजस्तै सामान्य भलाकुसारीबाट थालिएको थियो । ‘भो, भो । नखाऊँ, नखाऊँ’ भन्दै बल्लबल्ल पेग समातिएका थिए र बिस्तारै बिस्तारै रङ्ग चड्दै गएको थियो । जति रात छिप्पिदै गयो त्यति नै ती चालिसका वारपारका लोग्नेमानिस र तीस र चालिसका बीचका स्वास्नीमानिसहरूको उमेर नशाको जोडले घट्दै आएर तन्देरी बन्न पुग्यो र ‘पियामन भाए’ जस्ता धुनबाट थालिएको सङ्गीत मेटालिक ब्याण्ड र र्यातप ठटाइमा कुद्न थाल्यो । एक दामलका जोडीहरूको उपस्थितिले जमघटलाई केही उच्छ्रिङ्खल बनाउनु पनि सामान्य कुरा थियो । वर्षौँदेखि आफसमा घुलमिल भएका ती साथीसँगिनीहरूका बीच भिन्नता भन्ने चिज पनि अति नै कम थियो किनकि उनीहरू विभिन्न परिवेशबाट आए पनि उनीहरूको आर्थिक स्तर, शिक्षा, आर्जन, सामाजिक मान्यता उस्तैउस्तै थियो र वर्षौँसम्म एक अर्काका प्रतिद्वन्दि, सहकर्मी र सहयोगी भएर बसेका थिए । उनीहरूका बीचमा मर्यादाको कुनै खास पर्दा थिएन र त्यो जमघट नौलो पनि थिएन । प्रत्येक हप्ता भने जस्तो एउटा न एउटाकोमा जमघट त हुन्थ्यो नै ।

अनुसूयाले आँखा घुमाएर चारैतिर हेरी । उसको लोग्ने बैठकको पल्लो कुनामा सबिनालाई एक पेग लिन कर गरी रहेको थियो । त्यो प्रयास सधैँ त्यस्तै हुन्थ्यो । सचिन सबिनालाई कर गर्थ्यो र सबिना सधैँ अस्विकार गर्थी । अन्त्यमा सबिनाको लोग्ने मुकुन्दले भन्ने गर्थ्यो – “समाई देऊ न त पेग, सबिना ।“ सबिना कर परे झैँ गरेर पेग समात्थी र सचिन आनन्द मान्थ्यो । त्यहीँ नजिकै अर्को कोहीसँग कुरा गरीरहेको मुकुन्दलाई देखेर अनुसूयाले सोची – “आज पनि त्यस्तै हुनेछ ।“

गृहस्वामिनी भएकीले सबै कफी टेबलमा आँखा पुर्याेई । स्न्याक्सको कमी थिएन । हुन त ‘यहीँ खाना खाने है’ भनेर जम्मा भएका हुन् तर खाना बनाउनु बेकार हो भन्ने थाहा थियो । स्न्याक्स भने बरु पर्याप्त चाहिन्थ्यो विभिन्न थरीका । तैपनि विधि पुर्या उन केही खाना भने बनाइन्थ्यो ।

“स्न्याक्सले नै पेट भरेपछि कसले पो खाला खाना ?” – अनुसूयाले मनमनै भनी र फेरि झलक्क सम्झी – “अरुण खान्थ्यो होला ।“

उसले आँखा घुमाएर चारैतिर हेरी । अरुण त्यहाँ थिएन ।

“निस्क्यो होला बाहिर ।“ उसले लामो सास फेरी ।

उदाश थियो अरुण २।४ दिनदेखि । त्यो दिन त झन बढी नै उदाश देखिन्थ्यो । हुन त उसको स्वभाव नै अलि गम्भिर खालको थियो सामान्य स्थितिमा पनि उदाशजस्तो देखिने ।

• * * * *

अनुसूयाले अरूणलाई चिनेको १०।१२ वर्ष भएको थियो । त्यो बेला सचिन अहिले जति नै सम्पन्न भए पनि पदमा ठूलो भने भएको थिएन र ठूलाबढाको निम्तो मान्नै पर्ने वाध्यतावस हाकिमकी छोरीको बिहेमा उपहारको ठूलै पोको बोकेर लोग्नेस्वास्नी दुवै पुगेको थिए । साथीभाइ चिनापर्चीको क्रममा सचिनले अरुणलाई अनुसूयासँग परिचित गराउदै भन्यो – “अरुण ! मेरी पत्नी अनुसूया ।“

अरुणले दुवै हात जोडेर अभिवादन गर्योभ, कुनै औपचारिकताबिनाको अभिवादन ।

“मैले तपाईलाई पहिले कहीँ भेटे जस्तो लाग्छ ।“ – अनुसूयाले भनी ।

“यस्तै कुरा तिमी मात्रै होइन, उसलाई भेटने जो कोही पनि भन्छ ।“ – सचिनले मिठो ठट्टा गर्योे ।

अनुसूयाले असजिलो अनुभव गरी आफ्नो भनाइलाई सचिनले हल्का ठट्टामा परिणत गरी दिएकाले । भर्खर चिनापर्ची भएको मानिससँग त्यस्तो ठट्टा गर्नु अमानविय थियो । त्यसैले उसले जवाफ दिई – “होइन । मैले ठट्टा गरेको होइन । साँच्चै, मैले कतै देखेजस्तो लाग्छ ।“

“सचिनले भनेको ठिकै हो । मलाई पहिले भेट्ने जोसुकैले पनि त्यसै नै भन्छ ।“ – यस पटक अरुणले जवाफ दियो ।

उसको स्वर स्पष्ट र गम्भीर थियो कम्पनबिनाको मध्यम बासजस्तो र सचिनको भनाइलाई उसले अति स्वभाविक रूपमा लिए जस्तो लाग्थ्यो ।

“अनि तपाई एक्लै ?” – अनुसूयाले कुराको सिलसिला अगाडि बढाउन भनी ।

अरुणले जवाफ दिन चारैतिर हेर्यो् तर उसले जवाफ दिन नभ्याउदै सचिनले भन्यो – “तिमीले हेमलतालाई चिन्छ्यौ नि । हेमलताको श्रीमान त हो नि अरूण ।“

सचिनको भनाइ अतिसयोक्ति थिएन । त्यो समाजमा अरुण हेमलताको पतिको नामले नै बढी चिनिन्थ्यो । अरू पतिका पत्नी थिए, ऊ पत्नीको पति थियो । त्यति सामान्य मानिसको अलि असामान्य नाता ।

• * * * *

अनुसूयाले लामो सास फेरेर चारैतिर हेरी । अरुण त्यहाँ थिएन । बरु त्यो बैठकको अर्को छेउमा हेमलता एउटा जमात लिएर बसेकी थिई । सुन्दर, चंचल हेमलता त्यसमा पनि केही नसाले मातेकी ।

अनुसूया अलि विचलित भई । त्यत्रो जमातमा अरूण मात्रै त्यहाँ थिएन र कसैले पनि उसको अनुपस्थिति अनुभव गरेको देखिन्नथ्यो । कोही न सही, हेमलताले त खोजी गर्नु पर्ने हो नि ! आतिथ्य गर्ने ऊ आफैले पनि त गर्नु पर्ने तर कहाँ के मिलेन ? ऊ पनि अल्मलिएकै थिई आज ।

“बाहिर गयो होला ऊ ।“ – गहिरो आँखाले उसले बाहिर अँध्यारोतिर हेरी ।

के नपुग्दो थियो हेमलतालाई र अरुणलाई खोजी रहन्थी ? कलकलाउदा मुनाजस्ता छोराछोरी दिएको थियो अरुणले । अगाध सम्पत्ती थियो हेमलताका बाबुको । उसको बैँस ढल्के पनि उमेर त अझै बाँकी नै थियो । रूप, उमेर र सम्पत्तीमा विश्वास गर्नेहरू प्रेमको चासो पनि हुन्न र आफूले पाएपछि अर्कोलाई पनि दिनु पर्छ भन्ने ज्ञान पनि रहदैन । – ऊ फेरि आफ्नै तरङ्गमा गई ।

अनुसूया उठी र प्रत्येक टेबलमा नजर दिदै घुमी । सबै आफ्ना धुनमा नै मस्त थिए । सचिन सबिनासँग खुसुरपुसुर गरीरहेको थियो भने मुकुन्द हेमलतासँग टाँसिएर बसेको थियो । गोविन्द मधु, शिवानी र रोशनलाई उसिनेको अण्डामाथि सिन्को अड्याएर केही व्याख्या गरीरहेको थियो र उनीहरू आधा आँखा चिम्लिएर तन्मयसाथ सुनी रहेका थिए । गायत्रीले मोती सिंहलाई छेकेर बसेकी थिई र मोती सिंह भने, के कारणले हो कुन्नि ?, उम्कने दाउ खोजेर बसे जस्तो देखिन्थ्यो ।

यसरी नै कोही कसैसँग, कोही कसैसँग बसेका थिए र प्रत्येक टेबलले अनुसूयाको आगमनलाई आफ्नै सुविधा अनुरूप लियो । अनुसूयाले प्रत्येकलाई मिठो मुस्कान दिई र खान र पिउन आग्रह गरी । प्रत्येकले ‘धन्यवाद, हवस्’ भन्दै औपचारिकता पूरा गर्योि र आफ्नै सुरमा लाग्यो । केवल सचिनले स्वास्नीलाई आफ्नो नजिक देखेर मातेको स्वरमा भन्यो – “सबै ठिक छ, होइन अनु ?”

अनुसूयाले मुस्कुराउदै ‘ठिक छ’ भनेर टाउको हल्लाई । सचिन फेरि आफ्नै सुरमा व्यस्त भयो ।

अनुसूयालाई थाहा थियो – सबिना सचिनकी सबैभन्दा मन पर्ने आइमाई हो । सचिनले मन पराएको कुरा सबिनालाई पनि थाहा नभएको होइन तर सचिनका सामु सबिना जहिले पनि नखरा पार्थी । सचिनको स्वभाव पनि त्यस्तै थियो । दिनदिनै भने जस्तो उसले अनुसूयालाई ‘अनु ! म तिमीलाई माया गर्छु’ भने पनि आफ्ना सामु कुनै आईमाई परी भने उसैलाई रिझाउने प्रयास गर्थ्यो । आफ्नो लोग्नेको बानी अनुसूयालाई थाहा थियो र उसले सोची – “पुच्छर हल्लाउने बानी परेको कुकुर जसलाई पनि पुच्छर हल्लाउछ ।“ सबै आफूआफूमा मस्त थिए । कसैलाई पनि चासो थिएन अर्काको । नसाको उन्मादमा सधैँ बाँधिने मर्यादाको बन्धनबाट मुक्त थिए उनीहरू ।

अनुसूया मूलढोकाबाहिर निस्केर हेरी । धमिलो थियो बाहिरको प्रकाश, एक अर्काको प्रस्ट छुट्याउन गाहारो । बरन्डाका कुर्सी रित्तै थिए । बरन्डाबाट ऊ लनमा झरी । चिसो थियो लम र हावा पनि चिसो थियो । आफूसँग विशाल सम्पत्ती नभए पनि अनुसूयाले सजाएर नै राखेकी थिई त्यो लन गर्मीको याममा १५।२० जना त्यहीँ बसेर भोजै खाए पनि हुने । लनको एउटा कुर्सीमा सजिलोसँग निदाएको थियो अरुण भोजभतेरमा व्यस्त आमाले हेरचाह गर्न नभ्याएको बच्चा कुनामा गएर निदाएजस्तै । अनुसूयाले उसका दुवै कुममा हात राखेर भनी – “किन सुतेको, अरुण ? उठ ।“

अरुणले झस्किएर आँखा खोल्यो र आफ्नो काँधमा भएको अनुसूयाको हात समायो ।

“हेर जिउ जम्मै कस्तो चिसो । यसरी पनि बस्छ कोही ?” – आधा दिग्दारी र आधा वेदना भरिएको स्वरमा अनुसूयाले भनी ।

“अँ, थाकेछु म । झन्डै निदाए छु पो ।“ – अरुण उठ्यो ।

“हिड भित्र ।“

अनुसूयाले दुवै हातले अरुणको पाखुरा समाई र उसलाई लिएर भित्र पसी ।

अरुणलाई लिएर आएकी अनुसूयालाई देखेर सचिनले परैबाट सोध्यो – “कहाँबाट लिएर आयौ यसलाई ?”

“कोही खोज्न नगएपछि खोजेँ नि बाहिर गएर ।“ – लोग्नेको भनाइलाई गम्भीर हुन नदिन अनुसूयाले हाँस्दै जवाफ दिई ।

“हेमु दिदीलाई भनेको भए ल्याई हाल्थिन् नि । बाठी भएर आफै जाने अनि बबुरो सचिनले केही नभनोस् त ।“ – त्यहाँ भएको कसैले त्यही ठट्टाकै लहरमा ठट्टा थपी हाल्यो । सबैको हाँसो फुस्कियो ठट्टामा । हेमलताले पनि साथ दिई । त्यो कुनै नौलो कुरा थिएन । कटुवचनलाई ठट्टामा परिणत गरी दिन सक्ने अनुसूयाको क्षमता र अपमानलाई चुपचाप सही दिने अरुणको स्वभावले कटुता उत्पन्न हुन दिदैनथ्यो ।

अनुसूयाले केही स्न्याक्स र टिटबिट्स अरुणको सामु राखी दिई । त्यसबाट अरुणले केही लियो र अनुसूयाले केही लिई । सिङ्गो काजुलाई आधा पार्दै मुखमा हालेर अनुसूयाले भनी – “एक पेग तिमीले पनि पिएको भए हुन्थ्यो । मुड फ्रेस हुने थियो तिम्रो ।“

“मलाई खानै मन छैन । तिमी खाने भए म भरी दिन्छु ।“ – अरुण उठ्न खोज्यो ।

“भइ गयो । खान्न म पनि । आज म गृहस्वामिनी यसै पनि मात्न नहुने । त्यसमा पनि तिमी नखाने भएपछि मलाई पनि खान मन छैन ।“ – उसले अरुणलाई रोकी ।

“सचिन छदै छ नि गृहस्वामी । तिमी यसै आफू जिम्मेवारी लिन्छ्यौ । तिमीले नलिए पो उसलाई लिन कर लाग्छ ।“ – अरुणले आधा ठट्टामा भन्यो ।

“लिन्छ नि तिम्रो सचिनले तिमीले लिए जस्तै ! त्यसै भनेर होला नि तिमीले हेमलतालाई छाडा छोडिदिएको ?” – अनुसूयाले व्यंग्य कसी ।

अरुणको अनुहार झलक्क अलमलियो । त्यसलाई उसले छोप्न खोजेर बोलेन । त्यो देखेर अनुसूयाले तुरुन्तै भनी – “मेरो भनाइको अर्थ त्यसो होइन, अरूण ।“

अरुणले लामो सास फेरेर भन्यो – “थाहा छ मलाई, अनु, तिमी त्यसो भन्नै सक्दिनौ भनेर ।“

करिव राति २ बजेतिर पार्टी सिद्धियो र मातेका भद्र महिला र पुरुषहरू विदावादी हुन थाले । अरूहरूलाई त उठ्न गाहारो भएन केवल हेमलता भने अझै बस्ने सोचमा थिई तर अनुसूयाले कुनै प्रकारले उसलाई गाडीमा बसाली दिएपछि अरुण गाडी लिएर गयो ।

सबै जुठो उठाउन लगाएर ओछ्यानमापल्टदा बिहानीको तीन बजेको थियो र सचिन निदाईसकेको थियो । अनुसूया थाकेकीले तुरुन्तै निदाउन सकिन ।पल्टने बित्तिकै निदाउन सक्ने आदत पनि थिएन उसको । ऊ त्यसै पल्टेर विचारमा अल्मलिई ।

* * * * *

पहिलो भेटमा नै सचिनले उसलाई अरुणको सामु उभ्याएर ‘एक छिन है’ भन्दै त्यो भोजका प्रत्येक मानिससँग चिनापर्ची गर्न दौडेको थियो । त्यसै गर्थ्यो सचिन सधैँ नै र अनुसूयाले जो अगाडि छ त्यसैसँग तालमेल मिलाएर कुरा गर्ने तरिका सिकी सकेकी थिई । त्यसैले आफ्नो सामु उभिएको अरुणलाई भनी – “म यहाँ आएको वर्ष दिन हुन लाग्यो । तपाईलाई देखिनथेँ कहिले पनि । कहाँ हुनु हुन्थ्यो तपाई यत्रो दिन ?”

अनुसूयाको त्यो सहज प्रश्न सुनेर अरुणलाई उसको सामु कुनै असजिलो लागेन र मन्द मुस्कुराएर जवाफ दियो – “हेर्नोस् । यो भेट भन्ने कुरा पनि समयको खेल हो । म दश वर्षदेखि यही ठाउमा बसिरहेको छु । केवल यही एक बर्ष बाहिर बसेँ र हामीले एक अर्कालाई चिनेनौँ । सचिन र म एउटैको मातहतमा काम गर्छौँ फरक सहरमा बसे पनि र एक अर्कालाई वर्षौँदेखि चिन्छौँ पनि । तपाईलाई भने चिन्ने मौकै परेन ।“

“वहाँ बराबर यहाँ आई रहे पनि म त यही वर्ष वहाँको केन्द्रमा सरुवा भएपछि मात्रै आएकी ।“ – अनुसूयाले जवाफ दिई ।

“म यही ५।७ भयो फर्केर आएको । अनि तपाईलाई हाम्रो सहर कस्तो लाग्यो त ?” – ‍ अरूणले औपचारिक प्रश्न गर्योर तर उसको स्वरमा औपचारिकता थिएन ।

त्यसैले अनुसूयाले अलि हल्का भएर प्रश्न गरी – “ठाउँ कि मानिस ?”

अनुसूयाको प्रश्नमा भएको हलुकापन अरुणले पनि अनुभव गरेर मुस्कुराउदै जवाफ दियो – “दुवै नै ।“

अनुसूयाले मानिसको जमाततिर हेरेर भनी – “ठाउ त राम्रो हो । मानिस भने सधैँ अर्काको खोट खोजेर बस्दा रहेछन् यहाँ । वर्ष दिन भयो यहाँ आएकी, एउटा पनि मित्र बनाउन सकिनँ मैले ।“

“अनुसूया जी ! …”

“अनुसूया जी होइन । ‘अनु’ भने पुग्छ किनकि यहाँ मभन्दा जेठा सबैले मलाई अनु नै भन्छन् र तपाई पनि मभन्दा जठो हो ।“ – अनुसूयाले बीचमा नै कुरा काटी ।

अनुसूयाको स्पष्टतामा अरूण मुस्कुरायो र भन्यो – “ हुन्छ । सम्बोधन बदल्नमा मलाई कुनै आपत्ती छैन र मलाई पनि सबैले अरुण र तिमी नै सम्बोधन गर्छन् । त्यहो संबोधन तिमीलाई पनु उपयुक्त होला । अँ त म के भन्दै थिएँ ? ए अँ । मित्रता खोजेर पाइने चिज होइन, कमाइने हो र त्यो कमाउन तिमीले कसका लागि के गर्यौि ?”

“गर्न त कसैलाई केही गरे जस्तो लाग्दैन ।“ – अरुणको प्रश्नले अलमलिएकी अनुसूयाको मुखबाट स्वत निस्कियो ।

“तिमी फेरि अल्मलियौ ।“ – अरुणले फेरि तर्क दियो । – “तिमीले धेरै गरेकी छौ । त्यसैले त तिमी यो जमातमा उभिएर बस्न सकेकी छौ, तिमीलाई सन्मान दिएका छन् । औपचारिक भए पनि मित्र पाएकी छौ । तिमीले केही नगरेकी भए एक्लिने थियौ तिमी ।“

“तिमीले साँच्चै अल्मल्याई दियौ अहिले भने ।“ – अनुसूया मुस्कुराई ।

अरुणले तटस्थ भावमा भन्यो – “कोही पनि अलमलिदैनथ्यो मेरो कुरा सुनेर । सधैँ म सुन्थेँ र अलमलिन्थेँ । शायद अरूले मेरा कुरा कहिले पनि सुन्दैनथे होलान् र कसैले सुने पनि बुझ्दैनथे होलान् । ल, छोडूँ यी कुरा यहीँ । अँ साँच्चि, सचिनलाई मैले कहिले पनि सोधेको छैन । केटकेटी कति वटा छन् तिम्रा ?”

“दुईटा । सानो एक वर्षको भयो ।“

“त्यसो भए जिन्दगीका दौडमा दुई उपलब्धि हासिल भई सके । यिनै बिरूवालाई मलजल गर्दै समय बितेर जान्छ ।“

“तिम्रा नि छोराछोरी कति भए ?”

अरुणले आँखा उठाएर चारैतिर हेर्दै भन्यो – “एउटी छोरी र एउटा छोरो छ । छोरी त यहीँ यहीँ कतै होली ।“

“ठूली छ र भोजभतेरमा हिड्न सक्ने ?” – अनुसूयाले आश्चर्य मानेर सोधी । ठूली त यसै ७।८ वर्षको होली तर आमालाई साथमा लिएर हिड्ने सोख छ । त्यसैले म हुदा साथमा लिन्छिन् ।“

अरूणको भनाइ अनुसूयाले बुझिन । किन छोरी लिन उसलाई सोख ? त्यो सोखसँग छोरीको बाबु भएको बेला मात्र भोजमा आउनुको तारतम्य के ? तर सो समयमा आफ्नो उत्सुकता उसले त्यसै पन्साई ।

अनुसूया कहिले पनि प्रेममा परेकी थिइन र प्रेम गर्न जानेकी पनि थिइन । स्नातक परिक्षा दिने बित्तिकै उसको बिहे भएको थियो सचिनसँग । उसले सोचेकी थिई – एउटा पुरूषसँगको यौनसम्बन्ध प्रेम हो र धेरै पछिसम्म उसको धारणा पनि यही नै रह्यो ।

पहिलो बच्चा जन्मिएपछि अनुसूया लोग्नेलाई क्वार्टरमा छोडेर माइत गई । उसलाई देख्ने बित्तिकै उसको आमाले भनेकी थिइन् – “तँ एक्लै आएकी ? त्यो जानकीलाई पनि लिएर आएकी भए हुन्थ्यो ।“

“जुवाइँलाई खाना बनाई दिनु पर्योी नि त ।“ – उसले स्पष्टिकरण दिई ।

“एक्लो मानिसलाई त्यहीँ अफिसको केटोले पनि दिई हाल्थ्यो नि । केको छोड्नु पर्थ्यो त्यसलाई ?” – आमा अलि झर्किइन् ।

आमा झर्किनुको अर्थ उसले बुझिन । बुझेकै भए पनि ऊ लिन जाने थिइन ।

दुई महिनपछि अनुसूया घर फर्केर जादा जानकी बदलिएकीजस्ति भएकी थिई । दश वर्षको उमेरदेखि उसलको माइतीमा पालिएकी त्यो केटी अचानक अनुसूयालाई नै पराइजस्तो गर्न थालेकी थिई । अनुसूयाले त्यसको कारण शुरूमा नबुझे पनि एक दिन सचिनलाई जानकीसँग भेटेपछि उसलाई कुरा स्पष्ट भयो तर उसले त्यसलाई झगडा निहु बनाइन बरू जानकीलाई आमाले बोलाएको भनेर माइत पठाई दिई । आफ्नो लोग्ने र जानकीको सम्बन्धमा दुवैलाई दोष दिइन । उसलाई लोग्नेसँग रिस पनि उठेन र जानकीप्रति ईर्ष्या पनि भएन । त्यो बाहेक अरू पनि आए स्वास्नीमानिस त्यो घरमा र कतिसँग सचिनको सम्बन्ध पनि रह्यो तर सचिनले अनुसूयालाई अनभिज्ञ ठानेर सधैँ आफ्नो गोप्यता राखी नै रह्यो ।

अनुसूयालाई थाहा भयो ऊ लोग्नेलाई माया गर्दिन र अर्को कुनै लोग्नेमानिसलाई पनि गर्दिन । लोग्नेकी त ऊ केवल स्वास्नी भएकी थिई, प्रेमिका होइन । लोग्नेले उसलाई माया गर्थ्यो कि गर्दैनथ्यो ? त्यो उसले जान्न खोजिन । उनीहरूको नाता त पारिवारिक थियो हार्दिक होइन । उनीहरू दुवै साथसाथमा बस्नु थियो, छोराछोरी हुर्काउनु थियो र एक अर्काका आवश्यकता पूर्ति गर्नु पनि थियो । एक अर्काको जन्मदिनमा उपहार दिन्थे, सँगै भोजभतेर जान्थे । कस्तो सुखी जोडी भनेर कहलिन्थ्यो । छोराछोरी भएथे यस्तै क्रममा र यस्तै क्रममा अरुण भेटिएको थियो ।

* * * * *

“बिचरो अरुण ! अँध्यारोमा पनि बत्ती छ भनेर बस्न सक्छ सन्तोष गरेर ।“ लामो सास फेरी उसले ।

* * * * *

अरुणसँग भेट भएकै दिन उसले लोग्नेलाई सोधी – “को हो त्यो हेमलताको लोग्ने भनिने अरुण ?”

“हेर न । त्यो श्यामसाहुको घरमा नोकर बसेको केटोले श्यामसाहुकै छोरी बिहे गर्योो ।“ – सचिनले सानन्द जवाफ दियो ।

“प्रेमविवाह ?” – अनुसूयाले उत्सुकतासाथ सोधी ।

“होइन । मागीबिहे तर केटीको बाबुले केटो मागेको ।“ – सचिनले हाँस्दै जवाफ दियो ।

“मैले बुझिनँ तपाईका कुरा ।“ – अनुसूयाले अनभिज्ञता जनाई ।

“अरुणको परिवार कहिले पनि देखिएन । शायद आमाबाबु धेरै अगाडि नै गए र दाजुभाइ, दिदीबहिनी छैनन् होला । श्यामसाहुले नोकरी दिए । दिउसो काम गर्थ्यो, बिहान बेलुका पढ्थ्यो । यसरी नै स्नातकोत्तर गरेको हो र एक दिन श्यामसाहुकोमा नै चिठ्ठा पर्योल ।“ – अरुणले अझै पनि त्यसलाई ठट्टाकै रूप बनायो ।

“अझै पनि बुझिएन तपाईको कुरा ।“ – अनुसूया अलमल्ल परी ।

“एक दिन श्यामसाहुले छोरीसँग उसको बिहे गरी दिए ।“

“त्यसै ?”

“त्यसै त कसरी होला र ? फेरि कस्ता कस्ताले प्रस्ताव लिएर आउदा लोप्पा खुवाएर पठाउने हेमलताले त्यसै त बिहे गर्न कसरी मानी होला र ?”

“प्रेम होला नि त दुई जनाको ।“

“केटाकेटी कुरा नगर न । त्यो बेलाकी हेमलताको फाइफुइँ तिमीले देखेकी भए यो बिहे सबैले मानेजस्तै अचम्म मान्ने थियौ । अहिले नै पनि हेर न । कहाँ हेमलता र कहाँ अरुण ! उमेरमै पनि २।४ वर्ष कान्छै छ ।“

“किन बिहे गर्योु त अरुणले ?” “श्यामसाहु रोए होलान् इज्जत जानै लाग्यो भनेर । नुन खाएको थियो । नुनको गुन तिर्नै पर्यो ।“

“अर्थात् ?”

“सबैले यही ‘अर्थात्’ दोहोर्या उछन् । बिहे भएको पाँचै महिनामा जन्मिएकी छोरी कस्की ? भन्ने त हेमलतालाई नै थाहा होला । अरुण र श्यामसाहु पनि अँध्यारैमा होलान् ।“ “अरुणमाथि अन्याय भएन त त्यसो भए ?”

“अरूणलाई अन्याय लागेन भने अरूलाई लागेर के हुन्छ ? श्यामसाहुको विशाल सम्पत्ती र कारोवार पनि त उसैलाई भयो नि ।“

सचिनलाई अरू प्रश्न सोध्नु बेकार ठानी । ऊ त अरूनको भाग्यको ईर्ष्या गरिरहेको थियो ।

यदाकदा भेट भई नै रह्यो अनुसूयाको तर लामो सम्वाद भने शायद हेमलताकी छोरीको जन्मोत्सवमा भयो । बाबुसँगै उभिएकी छोरी बाबुजस्तै गम्भीर थिई र प्रत्येकले दिएको उपहार लिएर ‘धन्यवाद’ भन्न बिर्सन्नथी ।निम्तालु सबै आई सकेपछि बाबुले छोरीलाई भित्र पुर्यादएको थियो । केटाकेटीको भोज त दिउसै टुंगिएको थियो ।

त्यो भोजकी केन्द्रविन्दु हेमलता थिई । झकिझकाउ गहना र लुगा लगाएकी हेमलता कथामा वर्णित परी जस्तै देखिन्थी । र उसको धन र रूपको कुनै पनि आइमाईले ईर्ष्या गर्न सक्थी भने अरूणजस्तो सामान्य लोग्नेमानिसले त्यस्ती धनवान रूपवती पाएकोमा त्यो समाजको कुनै पनि लोग्नरमानिसले डाही गर्नु अचम्म थिएन । त्यो जमातका धेरैजसो मानिसहरू हेमलताजति सम्पन्न थिएनन् । उनीहरूले सो भोजको पुरै उपभोग गरे । २० र ३० भित्रका ती आइमाईहरू त पिउदैनथे, चाख्थे मात्रै । लोग्नेमानिस त सिकारु पियक्कड नै भई सकेका थिए । भोजमा पाहुनाहरूको खातिरी अरुणले नै गर्योि तापनि सबै लोग्नेमानिस हेमलताकै वरिपरि झुम्मिए । अनुसूयाले एक छिन त्यो जमातको औपचारिकता पुरा गरी र अलि परको सोफामा गएर बसी । त्यो देखेर हेमलता परबाट कराई – “यतै आउन, अनु । किन एक्लै बसेकी ?”

“यी लोग्नेमानिसले खाएको चुरोटले त मेरो टाउको नै दुखी सक्यो, हेमुदिदी । यहाँ धुवाँ अलिक कम छ ।“ अनुसूयाले बैरागिएको स्वरमा जवाफ दिई ।

सचिनले जिस्किदै भन्यो – “त्यसलाई एक्लै बस्ने रोग छ, हेमु । जहाँ पनि त्यो त्यस्तै हो । त्यहीँ हुन देऊ त्यसलाई ।“

अनुसूया मुस्कुराई । हेमलताले अरुणतिर हेर्दै भनी – “त्यसो भए उताकी अभ्यागतको पनि आतिथ्य गर है, अरूण ।“

हुलमा त नोकरले नै सेवा गरे गरीरहेको थियो । अनुसूयाको भाग भने आफै लिएर आयो अरूणले । त्यो देखेर उसले भनी – “किन तिमीले ल्याएको । केटाले लिएर आई हाल्थ्यो नि ।“

खानेकुरा कफीटेबलमा राखेर कुर्सी तानेर बस्यो र अरुणले हाँस्दै जवाफ दियो ‍- “अरू सबै हेमलताका पाहुना । तिमी मात्रै मेरी, त्यसैले ।“

“किन म मात्रै त्यस्तो विशेष त ?” – अनुसूयाले पनि मुस्कुराएर सोधी ।

“किनकि, तिमी मात्र मेरो मित्र हुन योग्य छौ । यी सबै लोग्नेमानिसहरू सुन पनि, सुन्दरी पनि पाएकोमा मेरो ईर्ष्या गर्छन् र यी स्वास्नीमानिसहरू मैले हेमलतासँग बिहे गरेकाले मलाई मुर्ख र लोभी ठहर्यानउछन् । तिमीले त्यस्यो ठाने जस्तो मलाई लाग्दैन ।“

“तिमीले किन बिहे गर्यौह ? त्यो त भनेनौ ।“

“मानिसका आफ्ना आफ्ना वाध्यता हुन्छन् र मानिसले ती सुने पनि बुझ्दैन ।“

“त्यसो भए बिहे तिम्रो वाध्यता हो ।“

“त्यसो पनि नभनूँ किनकि यति पर आई सकेपछि त्यसो भन्नु लाछिपना हो र भन्नाले कसैलाई फाइदा पनि छैन ।“ अनुसूयाले अरुणको कुरा स्वीकार गरी र खाना चल्दै गयो ।

एक छिनपछि अनुसूयालेभनी – “ल, भई हाल्यो । त्यो कुरा छोडी दिऊँ । अर्को जिज्ञासा छ मेरो । ल एक कुरा भन त, तिमी को हौ ?”

“कस्तो तिमी को हौ भनेको ? सचिनले भनेन ‘म को हुँ ?’ भनेर ?”

सचिनले त भन्यो र अरूले पनि भने तिमीले भने जतिसम्म त मिल्छ उनीहरू सबैका कुरा । त्योभन्दा पर भने उनीहरूका आ-आफ्ना भनाइ छन्, आ-आफ्ना परिभाषा छन् । त्यसैले मलाई उनीहरूको कुरामा विश्वास लाग्दैन ।“

त्यो त त्यस्तै हुन्छ । जसले हात्ती देखेकै छैनन्, उनीहरूले हात्ती कस्तो भनेर कसरी थाहा पाउन सक्छन् र ? मेरो अतित हेमलताले त जानेकी छैनन् भने अरूले के थाहा पाउन् ? र मेरो अतित उनीहरूको चासोको विषय पनि होइन । उनीहरूको लागि त म हेमलताको लोग्ने, पढेलेखेको मुर्ख, धनले किन्न सकिने लोभी ।“

“सबैले त्यस्तै त सोच्दैनन् नि ?”

“अपवाद गनिदैनन् । जो सोच्दैनन् ती अपवाद हुन् ।“

त्यही समयमा हेमलता उठेर आई र अनुसूयाको छवैमा बस्दै भनी – “तिमीले त केही पनि खाए जस्तो छैन ।“

“होइन । खादै छु म । खाने बेलामा म संकोच मान्दिनँ । त्यसमा पनि खाएँ कि खाइनँ भनेर हेर्ने कुरुवा राखी दिएकी छौ तिमले । नखाई कहाँ उम्कन पाउछु र ?” – अनुसूयाले हाँस्दै जवाफ दिई ।

अरुण असजिलो मानेर उठ्न खोज्यो । त्यो देखेर अनुसूयाले ठट्टाकै लवजमा भनी – “कहाँ जान लागेको तिमी मलाई छोडेर ? हेमलताले मलाई कुर्छिन् भनेर जान लागेको होला । हेमलतालाई त त्यो जमातले एकछिनमै उठाएर लान्छ । सचिनलाई नै खटपटि लागी सक्यो होला हेमलता मेरो छेउ बसेको देखेर । अहिले नै कराउन बेर लाउदैन ।“ नभन्दै पल्लो छेउबाट सचिन कराई हाल्यो – “ए, हेमलता ! यहाँ आउन क्या । कस्तो interesting कुरा आएको छ ।“

उसको स्वर सुनेर तीनै जना हाँसे । उनीहरूको हाँसो देखेर रनभुल्ल सचिनले भन्यो – “किन हाँसेका त्यसरी ?”

उसको प्रश्न सुनेर अनुसूयाले हेमलतालाई ठेल्दै भनी – “जाऊ, जाऊ । तिमी नगए त्यो महफिल अहिले नै सेलाउछ ।“

अनुसूयाको भनाइ मान्दै हेमलता उठी र भनी – “तिमी पनि उतै आएकी भए हुन्थ्यो । खै, मान्दिनौ ।“

र हिड्नु अगाडि अरुणलाई लक्ष गरेर भनी – “बोर नहोस् नि यिनीलाई ।

“ हेमलता गएपछि अनुसूयाले भनी – “तिमी आफ्नो बारेमा भन्दै थियौ ।“

अरुणले एकछिन मौन भएर भन्यो – “तिमीलाई मेरोबारे किन चासो उठ्यो भन्न सक्दिनँ तर तिम्रो त्यत्रो जान्ने चाहना हुदा मैले लुकाउनु पर्ने गोप्यता केही पनि छैन । म गरिब थिएँ अन्यथा मैले श्यामसाहुको नोकर हुनु पर्ने आवश्यकता नै थिएन । विद्याको चाहनाले मलाई श्यामसाहुको नुन खान कर लगायो । मेरो आमाबाबुलाई यो कुरा मन परेन र उनीहरूलाई पालनपोषण गर्ने अरू पनि छोरा भएकाले मलाई त्यगी दिए ।“

“आमाबाबु कहाँ छन् अहिले ?”

“आमाबाबु पनि छैनन् अब त । दाजुभाइत छन् तर छैनन् झैँ गर्छन् । आमाबाबुको त नभएको मानिस दाजुभाइको के हुन पाउथेँ । जसरी यहाँका लोग्नेमानिस सोच्छन् मबारे त्यसरी नै सोच्छन् उनीहरू पनि ।“

“हेमलतासँग किन बिहे गर्यौय त तिमीले ?”

“भनी हाले नि मानिसका वाध्यता हुन्छन् भनेर । त्यो बिहेमा श्यामसाहुको आफ्नो वाध्यता थियो, हेमलताको आफ्नो र मेरो पनि थियो त्यस्तै । श्यामसाहु मरेर गएपछि हामी दुईको वाध्यता खुकुलो भयो । मलाई त हेमलताबाट छुट्टिएर गए पनि केही फरक पर्दैन र त्यसरी नै हेमलतालाई पनि नपर्ला तर छोराछोरीलाई भने फरक पर्छ भनेर नै हामी चलग्गिन सक्दैनौँ ।“

“माया लाग्दैन एक अर्काको ?”

“एक अर्कालाई घृणा गर्न सक्ने कटुता हामीसँग छैन । त्यस्तो कटुता कहिले पनि उठेन हामी बीचमा । यही नै पनि धेरै हो ।“

“घृणा गर्न नसक्नु अर्थ प्रेम त होइन नि ।“

“होइन । मैले हो पनि भनेको छैन । प्रेम र घृणामा मात्र अडेको हुदैन दाम्पत्य । वहसंख्यक दाम्पत्य न प्रेम न घृणाको स्थितिमारहेको हुन्छ । समग्र रूपमा तटस्थतामा बसेको हुन्छ त्यो जीवन । बाहिरबाट हेर्दा कस्तो न सुखी जस्तो, नजिकै गएर हेर्योी भने फास्रो रसविहीन कागजको फूल जस्तो ।“

“त्यस्तै हो तिमीहरूको सम्बन्ध पनि त्यसो भए ?”

“जबसम्म मेरो विहे भएको थिएन हेमलताको दृष्टिमा म अरू नोकरजस्तै एउटा सामान्य नोकर मात्रै थिएँ । पढ्नु, लेख्नुले पनि नोकरको स्तर मालिकका सामु उचालिदैन । हो, पढेलेखेको नोकरलाई सामुमा अलि सभ्य शब्द प्रयोग गरेर गाली गरिन्छ, त्यति मात्र हो । अचानक श्यामसाहुलाई मेरो आवश्यकता पर्योे र त्यो आवश्यकता हेमलतालाई भन्दा पनि श्यामसाहुलाई परेको म ठान्छु । मैले पनि स्वीकृति दिएँ । त्यसपछिका सम्बन्ध सहज सम्बन्ध हुन् । पूर्वनिर्धारित विहे यस्तै हुन्छन् कि कुन्नि ? हाम्रा बीचमा प्रेम भन्ने चिज उब्जेन, विवाह पहिले पनि र विवाह पछि पनि ।“

“अरू कसैसँग प्रेम गर्यौि त तिमीले ?”

“मैले प्रेम गर्न योग्य मानिस नै भेटिनँ । यसो भनेर मैले सबै मानिस अयोग्य भनेको पनि होइन । मैले प्रेम गर्न कसैलाई पनि सकिनँ । शायद यो मेरो कमजोरी हो । त्यसैले घृणा नउब्जनुलाई पनि म उपलब्धि ठान्छु ।“

“यी छोराछोरी त्यसोभए प्रेमका उपज ठान्दैनौ तिमी ?”

“यदि तिनीहरूले जन्मेपछि माया पाउछन् भने ती कसरी जन्मेसँग केको चासो ? बच्वाहरूसँग कसैसँग पनि प्रेम माग्ने र पाउने अधिकार छ । विश्वभरिका केटाकेटीलाई एकै जोडी आमाबाबुले माया दिन सम्भव भए अरू आमाबाबुलाई बच्चा जन्माउने रोबटमा परिणत गरे हुने थियो । त्यो सम्भव नभएर मात्रै केटाकेटीले माया पाउन आमाबाबु अत्यावश्यक लागेको हो ।“

“तर प्रत्येक आमाबाबुलाई माया दिने र पाउने अधिकार पनि त छ नि ।“

“त्यो माया दिन र पाउन फूल कुन परागबाट सेचन भयो भनेर जान्नु पर्ने आवश्यकता छ र ?” अनुसूया अलमलिई । अरुणको तर्क अराजकतावादतिर गईरहेको अनुभव गरी उसले ।

“तिम्रो भनाइले त दाम्पत्यको औचित्यतालाई नै नकारीरहेको छ ।“

“औचित्यलाई नकारेको होइन । केवल परिवारको अस्तित्वलाई कायम राख्न दाम्पत्य पवित्र नै हुनु पर्छ भन्ने मलाई लाग्दैन ।“

“यो त भयो एउटा तर्क या सिद्धान्त तर यसको निम्ति प्रमाण पनि त चाहियो ।“ अनुसूया हार मान्न तयार थिइन ।

“के म र मेरो परिवार नै यसको यथेष्ट प्रमाण होइन र ?”

अरूणको त्यो अकाट्य प्रमाणलाई अनयसूयाले काट्न सकिन र त्योभन्दा पर उसलाई सोध्ने हिम्मत पनि भएन ।

घर फर्कने बेलामा सचिन निकै मातिईसकेको थियो । कुनै पनि पार्टीमा पुगेपछि मातिउन्जेल पिउमने सचिनको आदतमा अनुसूया बानी परी सकेकी थिई र त्यही कारणले पनि ऊ पिउनुजस्तो चिजलाई असन्मानको दृष्टिले हेर्थी ।

हेमलताको आदेशमा सचिन र अनुसूयालाई घर पुर्यािई दिन गाडी बाहिर निकाल्यो । हुन त अनुसूयाले ‘किन दुख ? बाहिर ट्याक्सी पाइन्छ, गई हाल्छौ नि’ भनेकी पनि हो तर अरुणले त्यो भनाइमा कुनै प्रतिकृया नदेखाई हेमलताको आदेश पालन गरेको थियो ।

गाडीमा चडेपछि पनि अरुणको बकबक चली रह्यो । उसले अनुसूयालाई लक्ष गरेर भन्यो – “अनु ! आज मैले अलि बढी खाएँ । माफ गर है । सधैँ त म यसरी खान्न नि । तिमीलाई थाहा छदैछ । यसो साथीभाइ भेला भएको बेलामा न हो । एउटाले कर गर्छ, अर्कोले गर्छ र कहिले कहीँ अलि बढी पर्छ । हुनत मलाई लागेको छैन अलि झमझम पारेको मात्रै हो ।“

अनुसूयाले उसको बकबकमा केही प्रतिकृया देखाउनु उचित ठानेर भनी – “के भयो त कहिले कहीँ खान ? मैले के भनेकी छु र ?”

सचिन बकबक गर्दै गयो – “मैले तिमीले भनेकी छौ भनेर कहाँ भनेको छु र ? मैले खाएको छैन भनको पो त । अनि फेरि बुझिस्, अरुण ? अनुसूयाले ‘न खा’ भन्दैमा म खान छोडुँला र ! म आफ्नो मर्जीको मानिस, म आफ्नो मनको राजा । कसले रोक्न सक्छ मलाई ? तर भई गयो । अनुले ‘न खा’ भन्छे भने खान्न पनि । अँ, त्यो हेमलताले भने जस्तो गरेर चाहि भन्नु हुन्न नि । तँ जेसुकै भन्, तेरी स्वास्नीले तँलाई हेप्छे ।“

सचिन अनावश्यक कुरातिर लागेर अरुणको अपमान गर्न लाग्दैछ भन्ने सोचेर अनुसूयाले अलि झर्केर भनी – “नचाहिदो कुरा किन गर्नु नि ? आफ्नो परिवारको कुरा गर्नु नि । हेमलता दिदीले कहाँ देख्यौ ? किन नचाहिदो कुराको बकबक शुरू ?”

मातेको सचिनले मानेन र भन्यो – “तिमी आइमाईहरू बुझ्दैनौ यो कुरा । हामी लोग्नेमानिसलाई छर्लङ्ग हुन्छ हेपेको र नहेपेको । धनको मैमत्त हो हेमलताको । तिमी किन, यार, झपार्दैनौ हेमलतालाई ?”

त्यो बेलासम्म मौन बसेको अरुणले जवाफ दिनै पर्योो र भन्यो – “मलाई हेमलताले हेप्छिन वा हेप्दिनन्, त्यो मेरो चासोको विषय हो । अरूको निम्ति अनावश्यक । तर त्यही आफ्नो चासो नभएको विषयलाई लिएर तिमी अनुसूयालाई अपमानित त गरी रहेका छैनौ ?”

“मैले ? अनयसूयाको ? कसरी ?” – सचिन रक्सीको सुरमा झन् अल्मलियो ।

अरुणले त्यो अलमलमा विषयलाई अर्कैतिर मोडेर भन्यो – “तिमीलाई त्यस्यो लाग्दैन भने त्यस्तो भएकै छैन होला । मलाई भ्रम भएको हुनु पर्छ । स्वास्नीको मान, अपमानको ख्याल राख्नु पर्ने पहिलो व्यक्ति नै लोग्ने हो । अनुसूयाको अपमान हुन लाग्यो भने तिमीले सतर्क हुनु परे झैँ हेमलताको अपमान हुन लाग्यो भने मैले सतर्क हुनु पर्छ । हामी लोग्नेस्वास्नी बीचको सम्बन्ध हाम्रो निजी हो । अरूको चासोको विषय हो र, सचिन ?”

नशामा भए पनि सचिनलाई अरुणको भनाइको आशय बुझ्न गाहारो भएन । उसले भुल सुधार्न खोज्दै भन्यो – “तिमी रिसायौ कि के हो ? मैले त्यसो भन्न खोजेको होइन । खालि हेमलताले लोग्नेलाई मानमर्यादा दिनु पर्ने हो भन्न खोजेको मात्रै हो ।“

अरुणले नरम तर दृढ स्वरमा भन्यो – “मैले भनेको होइन पनि भन्दैछौ र त्यही प्रश्नम केन्द्रित पनि भई रहेका छौ । त्यसैले यो विषयवस्तुलाई कोट्याई रहेर अनुसूयालाई अरू बोर नगर । आफ्नी पत्नीको आकांक्षा पुर्याटउन नसक्नेले परदाराको आलोचना गर्नु हुन्न । अझ लोग्नेमानिसले त स्वास्नीमानिसका चरित्रको कुरा गर्नु पनि शोभनिय होइन ।“ अरुणको कुरा सुनेर आफू नाजवाफ हुनबाट बच्न सचिनले अनुसूयातिर फर्केर भन्यो – “देख्यौ ? रिसायो अरूण । योबारेमा कुरै गर्नु हुन्न ऊसँग । के भएको हो कुन्नि ।“ “कसैलाई मन नपर्ने कुरा किन दोहोर्यााउनु पर्योअ त ? थाहै रहेछ नि मन पर्दैन भन्ने ।“ – अनुसूयाले पनि आफ्नो असहमति प्रष्ट गरी ।

स्वास्नीबाट पनि झपाराइ खाएपछि सचिन “ल, ल, भई हाल्यो अब कुरा नगरौँ” भन्दै अर्कोतिर फर्कियो । शायद उसको नशा पनि केही कम भयो होला ।

घर पुगेर गाडीबाट ओर्लेपछि अनुसूयालाई अरुणसँग लोग्नेको व्यवहारको लागि क्षमायाचना गर्ने चाहना त भएको हो तर लोग्नेले के भनी ठान्ने हो भनेर त्यसो गर्न सकिन । अरुणलाई “यसो एकछिन बस्ने हो कि ?” भनेर सचिनले मर्यादासम्म पनि पुर्याईएन र ऊ आफै पनि खुल्न सकिन । “ल, गयौँ है त” भनेर ढोकाबाट नछिरुन्जेल अरूण पर्खेर बस्यो र ती दम्पती ढोका लगाई सकेपछि मात्रै गाडीलको इन्जिन चालु भयो ।

• * * * *

अनुसूया कोल्टे फर्की ।

प्रस्ट थियो हेमलताप्रति अरुणको कुनै आश्कति त थिएन तर स्वास्नीले पाउनु पर्ने सामाजिक मान्यता सधैँ दिएको थियो । हेमलताको ऊप्रतिको प्रतिकृया देख्दा भने स्वास्नी लोग्नेबाट सन्तुष्ट छैन भन्ने बुझिन्थ्यो । सचिन र अरुणका दौँतरीहरूले अरुणलाई भन्नुको कारण पनि त्यहि हेमलताको व्यवहार थियो । अनुसूया त्यो बुझ्दै गएकी थिई ।

“हो, अरूजस्तो हुन नसक्नु अरुणको कमजोरी हो तर त्यही नै उसको विशषता पनि हो ।“ – अनुसूयाले मनमनै सोची ।

“तिमी अरुणसँग धेरै नजिकिएर कुरा नगर है । हेमलतालाई त्यो मन परेको छैन नि ।“ – त्यही रात सचिनले अनुसूयालाई भनेको थियो ।

अनुसूयाले जिल्ल परेर लोग्नेको अनुहार हेरी तर त्यो मातेको अनुहारमा उसले खास भाव चिन्न सकिन । सिङ्गै रात हेमलताले अरूसँग बसेर, गफ गरेर, जिस्किएर बिताई र त्यसरी नै बितायो सचिनले पनि । न अनुसूयाले त्यसमा कुनै आपत्ति गरी, न अरूणले आपत्ति गरेको उसले अनुभव गरी । उनीहरूले त बथानबाट पन्साएर पर राखिएका नौला भेडाले जस्तै एउटा कुनामा समय बिताए । अनुसूयाले एक पेग खाएकी हो तर अरुणले गाडी हाक्नु पर्ने बहानामा त्यही पनि खाएन । उनीहरू त वाध्यतावस त्यो जमातमा पुगेका थिए तर प्रत्येकले आफ्नो स्वार्थको निम्ति उनीहरूलाई पन्साएको थियो । त्यो अरुण नहुदा अनुसूयालाई जहिले पनि समय कटाउन गाहारो हुन्थ्यो र ऊ टाउको दुख्यो या यस्तै बहानामा एउटा कुनामा गएर थन्कन जानेकी थिई । त्यो रातको लोग्नेको कथनले अनुसूयालाई भित्रभित्रै थिलथिल्यायो ।

“हेमलता त एउटा निहुँ मात्रै हो । स्वयम् सचिन नै अरुणको ईर्ष्या गरीरहेको थियो । जतिसुकै मातेको भए पनि अरुणको भनाइ सचिनलाई अवश्य नै बिज्यो । आफ्नी स्वास्नीको पक्ष लिएर परपुरुषले बोल्दा लोग्नेमानिसलाई ईर्ष्या नहुने त कुरै हुन सक्दैनथ्यो ।“ – अनुसूयाले सोची ।

“कति छोटो थियो सचिनको भनाइ । हेमलताले त्यस्तो सोचेकै भए पनि सो समय र पृष्ठभूमीमा त्यो कुरा मलाई भन्नु नै हुने थिएन । स्वास्नीलाई सतर्क बनाउनु थियो भने पनि उपयुक्त समय र स्थितिमा सप्रमाण जानकारी दिनु पर्ने थियो ।“ – मनमा आई रह्यो अनुसूयाको ।

अनुसूयाले सो समयमा केही पनि भनिन, भन्ने वातावरण पनि थिएन ।

भोलिपल्ट सचिनले अघिल्लो दिन मातको सुरमा केही तलमाथि पर्यो कि ? भने माफी पनु माग्यो । रक्सीको खराबीको गुनासो पनि पोख्यो तर उसले रक्सी खान पनि छोडेन । रक्सीको सुरमा केही न केही भनी पनि हाल्थ्यो र सधैँ माफी पनि माग्थ्यो । क्रमश सचिनका निम्ति ती कुरा दालभात भएर गए र अनुसूया पनि सुनी रहन अभ्यस्त भई । हुन त उसले घरका चार पर्खालभित्र मात्र बस्न पनि खोजेकी हो तर भोजमा सुट लाउनै पर्ने, त्यसमाथि टाइको डोरी बाँध्नै पर्ने समाजमा एउटी सुन्दरी सहचारी पनि साथमा हुनै पर्ने हुनाले सचिनको साथ दिन ऊ वाध्य थिई । उसको र अरुणको उपस्थिति एउटा वाध्यता थियो जसलाई उनीहरू पन्साउन सक्दैनथे र एक अर्कालाई दुत्कार्न पनि सक्दैनथे । हरेक भोजमा उनीहरू हाँसका बथानमा दुईटा काग झैँ एकदम अलग्ग देखिन्थे । भोजका सदस्यमा जति नशा चड्दै जान्थ्यो स्वभावतः सबै आ-आफ्ना जोडी बनाएर एकएक कुनामा मस्त हुन्थे र अनुसूया एक्ली भएर स्वतः अरुणसँग मात्र बाँकी रहन्थी ।

* * * *

त्यस्तै भएको थियो त्यो दिन पनि । आफू गृहस्वामिनी भएर पनि सधैँ झैँ नै एक्लिएकी थिई र ऊ प्रत्येक क्षण अरुणलाई खोजी रहेकी थिई तर अरुण भने अनुसूयाको सामिप्य जतिसुकै प्रिय लागे पनि उसलाई असजिलो स्थिति नआओस् भनेर परै बस्ने प्रयास गर्थ्यो । त्यो समाजमा अरुण र अनुसूयाको सम्बन्ध सबैले बिना स्वार्थको भावनात्मक माने पनि सचिनमा देखिने ईर्ष्याको प्रदर्शनले मात्र अनुसूयालाई असजिलो लाग्थ्यो ।

अनुसूया निदाई ।

बिहान अनुसूया बिउँझदा नौ बज्नै लागेको थियो र झ्यालको पर्दाबाट उज्यालो छिरेर कोठाभित्र झिसमिस उज्यालो छिरेको थियो । सचिन आफ्नो पलङम मस्त निदाईरहेको थियो । कुनै समयमा उनीहरू एउटै ओछ्यानमा सुत्ने गर्थे तर त्यो कम्तीमा पनि ५।७ वर्ष अगाडिको कुरा थियो । अहिले त उनीहरू एउटै घरमा, एउटै कोठामा सुत्न वाध्य भएका दुई आफन्त जस्तै एक अर्काको बीचमा एउटा दूरी कायम राखेर सुत्ने गर्थे । त्यो व्यवस्थालाई सचिन र अनुसूया दुवैले स्वीकारेका थिए तर त्यो स्थितिसम्म आई पुग्न एउटा ठूलो शारीरिक र मानसिक पीडाको स्थितिबाट गुज्रनु परेको थियो अनुसूयाले ।

भेट भएको दिनदेखि नै अनुसूयाले अरूणको बवास्ता गर्न सकिन र सचिनले अनुसूयाको अरुणप्रतिको झुकावलाई मन पराएन । त्यसैले अनुसूया अरुणसँग भेट्न चाहन्नथी तर सचिन अनुसूयाले ‘जान्नँ’ भन्दा पनि अनुसूयालाई लिएर मात्रै जाने हुदा कुनै न कुनै ठाउँमा त अरुणसँग भेट भई नै हाल्थ्यो । सामान्यत सचिन अमर्यादित हुदैनथ्यो, रक्सीले मात्न थालेपछि भने उसको मर्यादाको सीमा भत्किएर सन्कन थाल्थ्यो । सचिनको अरुणमाथि हुने आक्रमण अनुसूयालाई अनाहक लाग्थ्यो र अल्पभाषी र मर्यादित अरुणको पक्ष लिनु ऊ स्वाभाविक ठान्थी । हुन त यी सबै कुरा त्यो समाजमा ख्यालख्याल र ठट्टाठट्टैमा हुने गर्थे तर घरको परिधिभित्र आई पुगेपछि तिनै कुरा नै सचिन र अनसूया बीच कटुविवादका विषय बन्थे ।

सचिन भन्थ्यो – “अरुणसँग तिमी त्यति नजिक हुनु राम्रो देखिदैन ।“

अनुसूया भन्थी ‍- “अरूणसँगको ‘नजिक’ भन्नुको मात्रा कति हो ? के मैले अरुणसँग तपाईको जमातका अरू लोग्नेमानिससँगभन्दा बढी सम्बन्ध राखेकी छु र ?”

“छैनौ तर अरुणसँग त्यति सम्बन्ध देखाउनु पनि राम्रो भएन किनकि हेमलतालाई यो कुरा मन परेको छैन । अरुण हेमलताको लोग्ने हो ।“

“अरुण त्यही समाजको व्यक्ति हो तिमी र अरू सबै बस्छन् । त्यसैले म त्यो समाजमा उसलाई चाहे पनि अरू लोग्नेमानिसलाईभन्दा फरक व्यवहार गर्न सक्दिनँ । रह्यो हेमलताको कुरा । मेरो आचरणमा आरोप लगाउने उसलाई के अधिकार ? अरुणले केही गर्योर भने उसलाई पो भन्नु पर्छ त उसले ।“ – अनुसूयाले भनी दिई ।

“मैले त भन्नु हुन्छ होला नि तिमीलाई ‘अरुणको नजिक हुन छोड’ भनेर ?” – के सोचेर हो भनी दियो सचिनले पनि ।

अनुसूया शायद त्यो भनाइको निम्ति पहिले नै तयार थिई । त्यसैले सचिनको भनाइ सुनेर आश्चर्य मानिन, बरु उसलाई तीखो दृष्टिले हेर्दै भनी – “ हो, तिमीले अहिले सत्य ओकल्यौ । जहिले पनि तिमी हेमलताको नाममा आफ्नो भनाइ अघि सार्दै थियौ । आफ्नो ईर्ष्यालाई हेमलताको असन्तोष भन्ने गर्थ्यौ । तिमी केको ईर्ष्या गर्छौ ? थाहा छैन, सचिन, मलाई । तिम्रो अनुपस्थितिमा मैले कहिले पनि अरुणलाई भेटौकी छैन र न मैले र न उसले नै कहिले भेटने प्रयास गरेका छौँ । तब तिम्रो अथवा भनूँ हेमलताकै असन्तुष्टिको आधार के ?” – अनुसूयाले सचिनको वचन ऊतिरै फर्काई ।

“किनकि तिमीहरू दुई जना भेटिदा अरूभन्दा धेरै घनिष्ट देखिन्छौ । यो मेरो मात्रै होइन, सबैको बुझाइ हो ।“ – सचिनले सिधा जवाफ दियो ।

अनुसूयालाई सचिनको भनाइ चित्त बुझेन । उसले आफ्नो पहिलेको स्वरमा नै भनी – “जम्ल्याहाहरूको एउटै अनुहार भयो भनेर प्रकृतिसँग गुनासो गर्नुको अर्थ हुदैन । न तिनीहरूको जन्मजात समानतालाई लिएर तिनीहरूलाई दोष दिनु नै न्यायसङ्गत हुन्छ । तिम्रो आचरण, व्यवहार र चाख मसँगभन्दा हेमलतासँग बढी मिल्छ भन्दैमा म तिमीलाई आरोप लगाउन सक्दिनँ किनकि हाम्रो बिहे हाम्रा चाख, हाम्रा आचरण मिलाएर गरिएको होइन । हामी त सामाजिक मर्यादाले बाँधिएका हौँ । हरेक सामाजिक गतिविधिमा मनसा, वाचा, कर्मणा समान सुखदुखका सगभागी हुनेछौँ भनेर वचन खाएका छौँ । त्यो वाचा अस्वीकार गर्ने या त्यसमा शङ्का निकाल्ने हो भने त हाम्रा यी छोराछोरीको वैधता पनि शङ्काका दायराभित्र पर्नेछन् । त्यसैले तिमी यो मान्यता बिर्सेदै आरोपको व्रह्मास्त्र छोडेर त्यो सीमा ननाघ । अरुण र मेरो सम्बन्ध तिमी र अरूले जो देखेको छ त्यति नै हो, अतिरञ्जना गर्नु पर्ने आवश्यकता छैन । तिमी ‘अरुणसँग भेट नगर’ भन्छौ भने म गर्न सक्छु र तिमीले भेट्न वाध्य गर्नु हुन्न तर भेट गराएर ‘अपमान गर’ भन्छौ भने म त्यो गर्न सक्दिनँ र गर्दिनँ पनि ।”

“म तिमीलाई प्रेम गर्छु, अनु, प्रेम । के तिमी मलाई गर्दिनौ ?” सचिनले आँखीभुइँ खुम्च्याएर सोध्यो ।

अनुसूयाले ट्वाल्ल परेर केही निमेष लोग्नेलाई हेरी र भनी – “सचिन ! जब तिमीलाई अप्ठ्यारो पर्छ तिमी सधैँ यही प्रश्न किन दोहोर्या उछौ ?”

“किनकि तिमी कहिले पनि यस प्रश्नको सिधा उत्तर दिन्नौ, त्यसैले ।” – सचिनले गम्भीर भएर जवाफ दियो ।

अनुसूयाको अनुहारमा एउटा विषादको धर्सो ओर्लियो र अनुहार विकृत देखियो । त्यसमा पीडा हुन सक्थ्यो या घृणा या दुवै नै । सचिन अलिकति डरायो किनकि उसले अनुसूयामा यस किसिमको विकृति कहिले पनि देखेको थिएन ।

“तिमीले मलाई यस किसिमको चौबाटोमा ल्याएर सोध्यौ जहाँ मैले मेरा आफ्ना र तिम्रा कमजोरी र विशेषता, भुल र उपलब्धि सबैलाई एकै चोटी नापजोख गरेर आफ्नो लक्ष निर्धारण गर्न कर लाग्छ । कुनैकुनै लोग्नेमानिसले मात्र स्वास्नीलाई यस्तो दण्ड निर्धारण गर्छन् । हो, तिमीले पटक पटक मलाई यही प्रश्नले चेप्दै चेप्दै मेरो जवाफको माग गरेका हौ तर ती समयहरूमा परिस्थिति र वातावरण सुगम भएकाले मैले सकेसम्म तिम्रो चाहना अनुरूपको बाटोलाई नै छनौट गर्दथेँ । मैले हाम्रो विहेमा गरेको वाचालाई मनसा, वाचा, कर्मणा पुरा गरी रहने प्रयास गरेकै थिएँ तर जुन चिजमा आफूलाई विश्वास थिएन त्यसलाई तिमीले झैँ दोहोर्या एर तिमीलाई र आफूलाई पनि ठग्न चाहन्नथेँ । त्यसैले मेरा जवाफ सिधा हुदैनथे । आज त तिमीले मलाई सिधै भनी दिनु बाहेक अरू विकल्प नै बाँकी राखी दिएनौ । किन, सचिन ? किन यति निर्दयी भयौ आज ?” अनुसूयाको स्वरमा कम्पन देखा पर्योी र त्यो कम्पन उसलाई याचनाजस्तो लागेकोले भन्यो – “तिम्रो चाहना के हो ? त्यो मैले कहिले पनि बुझ्न सकिनँ र अहिलो पनि बुझ्नसकेको छैन । त्यति सजिलो प्रश्नको उत्तर दिन तिमीलाई किन गाहारो पर्योन, अनु ?”

लोग्नेको प्रश्न सुनेर अनसूया कठोर भई मनले पनि र शरीरले पनि । लोग्नेकी स्वास्नी मात्र भएर बस्ने या एउटी नारी भएर बाँच्ने दुई विकल्पमध्ये एउटा रोज्न करै लाग्यो उसलाई ।

“प्रेम केहो त्यो तिमीलाई थाहा छैन तर ‘प्रेम गर्छु’ भन्नु तिम्रो लागि आईमाईलाई उपहार दिएर फकाउने वस्तु मात्रै हो र बिहान बेलुका चपाउने दालभातजस्तै भोज्य पदार्थ हो । मेरो भाषामा त प्रेम छल, कपट, वाचा, बन्धन, प्रदर्शन यि सबैभन्दा परको भावनात्मक सम्बन्ध हो र तिमी जस्तै ‘म प्रेम गर्छु’ भन्दै प्रदर्शन गर्न सक्दिनँ । म त अझ कसैलाई प्रेम गर्छु भनेर भन्न पनि चाहन्न, चाहे पनि भन्न सक्दिनँ । जसले मबाट प्रेम पाएको छ त्यसलो स्वत त्यो प्रेमको अनुभव गर्छ । मैले उसलाई भन्नै पर्दैन । मेरो माया सर्वव्यापी छ । जसले अनुभव गर्छ त्यसले पाउछ र जसले गर्दैन त्यसलो पाउदैन ।”

“जसले पाउदैन उसले अनुभव गर्दैन भन्नु पनि उही कुरा होइन र ?”

“होइन, सचिन, होइन । तातो तेलमा परेको पानी चड्कदा चिसो तेलमा पर्दा चडकिएन भने त्यो पानी ‘पानी नै होइन’ भन्न कहाँ मिल्छ र ? पानी त त्यही हो तर चिसो तेलसँग त्यो पानी चड्काउन सक्ने उष्णता भएन । त्यति मात्रै हो । त्यो पानीको थोपा जस्तै प्रेमले पनि प्रत्येक मानिसको बावनात्मक चेतनाको उष्णता नाप्छ र त्यही उष्णताको अनुभव गराउछ । एक पक्षमा प्रेम उब्जन्छ र अर्को पक्षले त्यसलाई र अर्को पक्षले त्यसलाई अनुभव गर्छ । प्रेम नै उब्जिएन भने ‘दिन्छु’ भनेर मात्रै के हुन्छ र ? अर्को पक्षको सौहार्द्रताले सेचन गरिएन भने प्रेम पनि उब्जन्छ कसरी र ? अब तिमी नै भन – मैले तिमीलाई प्रेम गरेँ कि गरिनँ ? मैले विवाहबन्धनका मर्यादालाई नाघेँ कि नाघिनँ ? जो तिमी भेट्टाउछौ त्यही नै दातव्य हो, त्यही नै मेरो जवाफ हो ।”

सचिन बोलेन । या त उसले अनुसूयाको भनाइ बुझेन या उसको भनाइमा विश्वास गरेन । अनुसूयाले त त्यसको वास्ता पनि गरिन । उसले त भन्नु थियो, भनी दिई । समय बित्दै गयो र अनुसूयाले सचिनको स्पर्शले उसलाई उत्तेजित बनाउन छोडीसकेको अनुभन गर्न थाली । ३० वर्षको उमेरमा नै आफू शितल हुन थालेकोमा ऊ आत्तिई । बिना चाहना चिसो ढुंगा भएर ऊ सचिनसँग सहभागी हुन चाहन्नथी । त्यो त आफलाई बलत्कार गर्न लगाउनु जस्तै थियो र कुनै आइमाईलाई कुनै पनि कारणले आफू बलत्कृत हुनु सह्य हुदैन । सचिनसँग शारीरिक सम्बन्ध नराख्नु पनि अमर्यादित थियो । आखिर लोग्ने हुनुको पनि त अर्थ छ । स्वास्नी स्वास्नी बन्न सक्दिन भने कि उसले लोग्नेलाई विकल्प देखाउनु पर्छ कि लोग्नेलाई स्वतन्त्रता दिनु पर्छ । अनुसूयाको निम्ति पछिल्लो पनि अग्राह्य त थिएन तर छोराछोरीको निम्ति दाम्पत्य कायम राख्न वाध्य थिई ऊ ।

सचिन पनि कुनै केटाकेटी थिएन र उसलाई अनुसूयाको शितलताको अनुभव गर्न समय लागेन । पुरुषवर्चश्व समाजमा लोग्नेले घरमा खाना नभेटेपछि बाहिर चारो टिप्न जानु नौलो कुरा भएन र त्यसलाई बन्द गर्न सक्ने कुरा पनि भएन । स्थायी परिवार नियोजन गरिसकेको सचिन बाहिर निस्कन थालेपछि ऊ शिकार खोजी हिड्ने शिकारी नै बन्न सक्थ्यो । लोग्नेको बाहिर बदनाम हुने डरले अनुसूया त्यसको उपचार खोज्ने थाली ।

अनुसूया र सचिनको बिहे भएको १५ वर्ष बितेको थियो र १२ वर्षको छोरो र ९ वर्षकी छोरी कुनै भारतिय आवास विद्यालयमा थिए । उसले त उनीहरूलाई घरैमा राख्न खोजेकी हो तर छोराछोरी बाहिर पढ्न पठाउनु त्यो समाजको प्रतिष्ठाको विषय र सम्पन्नताको प्रदर्शन मानिने हुनाले सचिनले उनीहरूलाई पठायो । अनुसूयाले पनि ठूलो आपत्ति गरिन किनकि प्रतिष्ठा र मर्यादा सचिन एक्लोको थिएन, दुवैको साझा थियो । वर्षको एकपल्ट छुट्टीमा आउने छोराछोरीको गणना नगर्ने हो भने घरमा एउटी भान्सेबजै, एउटा भित्रबाहिरको काम गर्ने केटो र चौकिदार, बघैँचे, अर्दली जे भने पनि एउटा अधबैँसे तीन जना उनीहरू दुई जनामाथि थप थिए । हुनत दुईजनाका निम्ति तीन जना नोकरचाकर अत्यावश्यक थिएनन् तैपनि कहिले कहीँ तिनै तीन जना पनि अपुग जस्तो हुन्थ्यो । वैभवताले अरू थप माग गर्थ्यो ।

कमाउने काम सचिग एक्लै गर्थ्यो र घरभित्रको काम अनुसूया र नोकरहरूको जिम्मा थियो । भान्सादेखि भँडारसम्मको काम राधिकाबजै गर्थिन् । किनमेल गर्ने, बिल तिर्ने, बाहिरी दौडधुप र भईपरी आउने काम त्यो १७।१८ वर्षको केटो बाबुलाल गर्ने गर्थ्यो । घरकम्पाउण्डको रखवारी, लन बघैँचाको हेरचाह र मर्मत यस्ता कुरामा विज्ञ गोरखमानको जिम्मा थियो । अनुसूया त सबैभन्दामाथि बसेर निरिक्षण गर्थी r निर्देशन दिन्थी ।

राधिकाबजै शुद्ध बाहुनी त होइन तैपनि उनलाई सबैले नै ‘बजै’ नै भन्ने गर्थे । ५० नाघेकी आइमाईलाई ‘बजै’ भन्न सजिलो हुने र भान्से आइमाईलाई ‘बजै’ भन्ने चलन भएकाले उनी बजै भएकी हुन् । ‘बजै’ शब्द आदरणिय भएकाले उनलाई ‘तपाई’ भनेर सम्बोधन गरिन्थ्यो र त्यो घरमा पसेको पहिलो दिन नै अनुसूयाले बजैलाई सोधेकी थिई – “तपाईको नाम के नि ?”

जवाफमा बजैले भनेकी थिइन् – ” खै, हजूर, के भन्नु ? पुरोहितले न्वारानमा नाम त राखी दिएका थिए होलान् तर केटाकेटीमा न्वारानको नाम काढ्नु हुन्न भनेर चलनचल्तीमा ल्याएनन् । माइतमा ‘माहिली’ भनेर बोलाउथे । घरमा कान्छी बहारी भएकीले ‘कान्छी’ भन्ने गरे । छोराछोरी भएनन् भनेर लोग्नेले सौता हाले । सौताको खटन खान सकिनँ, निस्केर हिडे । घर छोडेकै पनी २५ वर्ष हुन लाग्यो । जहाँ पुग्छु त्यहीँ एउटा नाम राखी दिन्छन् । त्यो घर छोड्दा त्यो नाम पनि त्यहीँ छोडेर हिड्छु ।”

बजैको कुरा सुनेर अनुसूयाले उनको नाम राधिका राखी दिई ।

राधिकाबजै त्यो घरको काम आफ्नै जस्तो ठानेर पुरा गर्थिन् । पहिले धेरै ठाउँमा काम गरी सकेकीले उनलाई अराउपराउ गर्नु पर्ने आवश्यकता थिएन । भोज भएको दिन पनि उनलाई ‘आज यति मानिस आउछन्, यो यो चिज बनाउने’ भने पछि पुग्थ्यो । भान्सामा धेरै काम भएको बेला त बाबुलाल पनि बसेर सघाउथ्यो र कुनैकुनै कुरामा गोरखमानको पनि सहयोग हुन्थ्यो । कुनै कुनै काममा त अनुसूयाले पनि साथ दिन्थी ।

राधिकाबजै र अनुसूयाका बीचमा आफ्ना आफ्ना स्थानमा रहेर पनि समझदारीको राम्रै तादात्म्य थियो । राधिकाबजै अनुसूयाको पारिवारिक समस्यालाई बुझ्थिन् र अनुसूया पनि बजैलाई विश्वास गर्थी । त्यसैले आफ्नो समस्या समाधानका निम्ति एक दिन उसले राधिकाबजैलाई भनी – “हेर्नोस्, बजै । तपाई पनि अब बुढी हुदै जान थाल्नु भयो । एक्लै सबै काम गर्न गाहारो हुन थाल्यो तपाईलाई । बरु तपाईलाई सघाउने अर्की एउटी आइमाई ल्याऊँ है ।”

मालिक्नीले आफूलाई पन्साउन लागेको ठानेर बजै तर्सिइन् र भनिन् – “किन ? के भयो र ? म भ्याई हाल्छु नि सबै । किन मानिस थप्नु पर्योि अर्को ?”

“हेर्नोस्, नहुनेकोमा नोकर नै नराखेर पनि काम चलेकै छ । कसैकोमा एउटै नोकरले भ्याएको छ । चल्न त जसरी पनि चल्दो रहेछ । म चार जना नोकर राख्न सक्छु, त्यो सम्पत्ति मसँग छ । एउटी आइमाई चाहिने अनुभव मैले गरेँ । त्यसको काम भने केही तपाईले गरेको काम र केही मैले गरेको कानबाट भाग लाउँला । हुन्न ।” – अनुसूयाले बुझाई ।

“हुन्छ नि किन नहुनु ।” मालिक्नीको निश्चयता देखेर बजैले सही थापिन् ।

“देख्नु भएको छ तपाईले कतै त्यस्तो मानिस ?” – अनुसूयाले सोधी ।

“कस्तो मानिस ?” – मानिसको व्यक्तित्व जान्न चाहिन बजैले ।

“जसको आफ्नो किलोथलो नहोस्, आसेपासे पनि नहुन्, अघिपछि हेर्नु पर्ने कोही नभएकी टक्का होस् । जसले यो घरलाई आफ्नै ठानेर बस्न सकोस्, तपाई र अझ म समेत बुढी हुदा पनि हामी दुवैको जिम्मा लिन सकोस् ।” – अनुसूयाले प्रस्ट्याई ।

“चिमोटेर चाख्नु हुन्न, हजुर । मानिस त्यस्तै होला भन्न त कसरी सक्नु र ? देखेकी त छु मैले एउटी केटी साइनोले मेरी भदै पर्ने । सानैमा लोग्ने मरे, छोराछोरी छैनन्, घरमा टिक्न नसकेर माइत बसेको पनि दश वर्ष भई सक्यो । आमाबाबु हुदा त दाजुभाउजूले जति वचन लाए पनि ठिकै थियो । दुई वर्ष भयो आमाबाबु बितको पनि । अस्ति दशैँमा भेटेकी थिएँ । “कतै राखी दिनोस् न, दिदी । कति सहेर बस्नु भाउजूबुहारीको वचन ?” भन्थी । मर्जी होस् त, कता राखी दिनु त्यो २५।२६ तरुनीलाई ? कसले राख्छ त्यति सजिलै ? ‘हुन्छ, बाबै । पाएँ भने कतै भन्छ है म तँलाई ‘ भनेर आएँ । त्यो हुने भए कुरा गरौँ ।” – बजैले प्रस्ताव अघि सारिन् ।

“अनुहार कस्तो छ नि ?” – अनुसूयाले चासो राखी ।

“धपक्कै बल्ला जस्तो छ नि, हजुर, अनुहार त । कर्म नभए पछि रूप पनि शत्रु हुदो रहेछ । त्यही रूपले वरिपरि झुम्मिन्छन् केटाहरू । भाउजूबुहारीको जात प्याच्च, प्याच्च भनी हाल्छन् । राम्री त अघोर राम्री छ है ।” – बजैले शंकास्पद स्वरमा थपिन् ।

“ठिक छ, बजै, ल्याउनोस् । खान, लाउन उमेर, रूप अनुसार दिनै पर्योि । महिनावारी तपाई कति ठिक ठान्नु हुन्छ त्यति नै भनी दिनोस् । तपाईले ल्याउने मानिससँग केको मोलामोल ?” – अनुसूयाले बजैको शंकाको बेवास्ता गरेर टुंगो दिई ।

नभन्दै महिना दिनको बिदा लिएर हिडेकी राधिकाबजै भदैलाई साथमा लिएर सत्रै दिनमा टुप्लिक्क अनुसूयाको अगाडि आई पुगिन् ।

राधिकाबजैकी भदै नभन्दै उनले भने जस्तै उमेरदार र सुन्दर थिई । घामपानीले उसको गोरो अनुहार मैलो बनाएको थियो । नुवाइ, धुवाइ र कोराइको अभावले उसको कपाल जिङ्ग्रिङ्ग देखिन्थ्यो । लाएको कपडा १।२ ठाउँमा कुयेत्रो लागेको थियो र हातगोडा फुटेका देखिन्थे ।

“के नाम नि यसको ?” – अनुसूयाले बजैलाई सोधी ।

राधिकाबजैले लेग्रो तानेर भनिन् – ” मै’साबका कुरा पनि । के नाम हुन्छ गाउँघरका केटीको ! कान्छी छोरी भएकीले सबैले ‘सानी’ भन्थे । त्यही नामले काम चलेकै थियो । यहाँ जस्तो नाम नभई नहुने हो र ?”

अनुसूयाले एकछिन घोरिएर भनी – “यो उमेरदार मानिसलाई बजैको जस्तो पुरानो नाम सुहाउदैन । फेरि मानिस राम्री पनि छ । रूपा भन्नु ठिक होला । कसो, बजै ?”

बजैले हाँस्दै भनिन् – “अर्थ न वर्थ गोविन्द गाई । मलाई के थाहा, हजुर ? मलाई त रूपा, सुपा सबै एकै खाले, काला अक्षर भैँसी बराबर । हजुरलाई राम्रो लागे मलाई पनि राम्रो लाग्यो ।”

अनुसूयाले धेरै कुरा गरी रहिन । रूपाका निम्ति लुगाफाटो र शौन्दर्य प्रसाधनका केही सामान किनेर राधिका बजैका जिम्मा दिई ।

२।४ दिनमा ने रूपा धेरै कुरा जान्ने भई ।

एक दिन सचिन आफ्नो सुत्ने कोठामा पस्दा कोठाको अर्को कुनामा एउटा सानो पलङ देख्यो । छोराछोरी साना हुदा पनि नदेखिएको पलङ देखेर अनुसूयालाई सोध्यो – “यो पलङ किन नि, अनु ?”

अनुसूयाले उसलाई हेरेर जवाफ दिई – “त्यो पलङ मेरो निम्ति ।”

सचिनले दुखी भएर भन्यो – “के मेरो साथ पनि असह्य भयो तिमीलाई ? के तिमी घृणा नै गर्छ्यौ मलाई ?”

अनुसूयाले उसलाई हेरेर मध्यम स्वरमा भनी – “तिमी मलाई उल्टो बुझ्दैछौ, सचिन । मैले तिमीलाई कहिले पनि घृणा गरेकी छैन । मैले गर्ने माया तिमीले अनुभव गरेनौ, त्यति मात्रै हो । एउटै ओछ्यानमा सुतेर पनि लोग्नेले मलाई बुझ्न नसक्नु कति अभिशप्त रहेछ मेरो जीवन ? कति फितलो रहेछ मेरो माया ? यही व्यथाले मेरो यौनेच्छालाई मारी दियो, मलाई जडमा परिणत गरी दियो र मलाई तिमीसँगको संसर्ग अजिर्णपछिको भोजन भईरहेको छ । कति दिन बाँच्न सक्छु र म यस किसिमले ? त्यसैले मलाई छुट्टिन करै लाग्यो ।”

“तर म त भोकै पर्न सक्छु नि ?” – सचिनले आफूलाई निरीह बनायो ।

अनुसूया मन्द मुस्किराई र भनी – “चोरेर खाने बिरालो जहिले पनि न्याउरो नै बन्छ र तिमी पनि त्यस्तै छौ । मेरो मर्यादालाई उल्लङ्घन नगरी अनि समाजमा आफ्नो प्रतिष्ठामा दाग नलगाई तिमीले गरेको चोरीलाई म चोरी ठान्ने छैन । आफैँले आफ्नो हातले पस्केर त म कसरी दिऊँ ? त्यसो त कुनै स्वास्नीले पनि गर्दैनन् ।” सचिनले मौन भएर विभाजन स्वीकार गर्योप ।

अनुसूयाले उठेर गाउन लगाई र पर्दा खोली । बाहिर न्यानो घाम लागीसकेको थियो । उसले सचिनलाई उठाइन । यसै पनि एकआध घण्टा पछि ऊ स्वत उठ्ने थियो । ऊ कोठाबाट बाहिर निस्की र भान्सातिर लागी ।

भान्साका राधिकाबजै तानेतुने गर्न लागेकी थिइन् र अनुसूयालाई उठेको देखेर भनिन् – “ए ! हजुर उठीबक्सेको ? साहेब पनि हो कि ? कफी टक्र्याऊँ ?”

अनुसूयाले किचेन टेबलको कुर्सीमा बस्दै भनी – ” ऊ उठेको छैन । मलाई मात्रै बनाई दिनोस् ।”

राधिकाबजै चिया बनाउन लागिन् ।

“रूपा खै त ?” – अनुसूयाले सोधी ।

“हेरीबक्सियोस् न । तरकारीको जातै रहेनछ । तेल पनि सिद्धिन लागेको । ‘सबै चिज लिएर आउँछु’ भनेर गई ।

“बाबुलाललाई लिएर गई ?”

“मोरो बाबुलाल उठेकै थिएन । उठाउन गयो भने सत्रवटा कुरा गर्छ । नलिई गई ।” – बजैले गुनासो गरिन् ।

“अनि उतिमाथि मैले त्यसलाई एक्लै नहिड्नु भनेर भनेकी होइन ?” – अनुसूया अलिकति झर्किई ।

“के गर्नु ? खट्टै हुन्छ । बाबुलाल टेर्दैन । उमेर पुग्यो, ठेट्टा भई सक्यो ।” – बजै गुनासो चालु रह्यो ।

“हो । बाबुलाल अब तन्देरी भयो । रूपालाई जिस्क्याउन पनि थाल्यो ।” – अनुसूयाले मनमनै भनी ।

“हिजैदेखि भनेकी तेल सुद्धिन लाग्यो भनेर । टेरे पो त्यसले ।” – बजैको गुनासो कायम भयो ।

“विदा दिनु पर्छ अब त्यसलाई ।” – अनुसूया सोच्दै गई ।

रूपा भान्साभित्र पस्दा अनुसूया कफी खादै थिई । डराउदै पसेकी रूपालाई उसले भनी – “कपाल नकोरी, लुगा नफेरी एक्लै बाहिर नजानु भनेकी होइन मैले तँलाई ? किन जिराही भएकी तँ ?”

रूपा बोलिन । अनुसूया फतफताउदै गई ।

“खै, राधिकाबजै त्यसो गर्नु हुन्न त । घरको इज्जत भनेको घरको इज्जत हो । जसले जे काम गर्नु हुन्छ त्यही काम गर्नु पर्छ । लौ, तरकारी बोक्ने कुरा त भई गयो नै । तेलको टिन बोक्नु पर्ने किन तँलाई ? त्यस्तो बोक्ने रहर भएको भए डोकै बोकेको भए हुन्थ्यो नि । कि जा डोको बोक्न गाउँमा नै । पठाई दिन्छु म ।”

रूपा पिलपिल गर्न लागी । त्यो देखेर बजैले भनिन् – “किन गर्नु पर्योप नि पिलपिल त्यति मर्जी हुदैमा । अब नगर्दा त भई हाल्यो नि ।”

रूपा त्यो घरमा पसेको पनि चार वर्ष बितीसकेको थियो । खानलाउन राम्रो पाए पछि उसको रूप चम्कदै गयो । अनुसूयाले कमसल नै भए पनि रूप, रङ सुहाउदो लुगा र सामान दिन्थी उसलाई । त्यसैले ऊसँगै हिड्दा नोकर्नी भनेर छुट्टिए पनि रूपा ऊभन्दा धेरै राम्री देखिन्थी । साथीभाइले ठट्टैठट्टामा रूपालाई ‘तेरी कान्छी’ भनेर सचिनलाई जिस्क्याउथे ।

रूपा त्यो घरमा पसेको दुई महिनासम्म त सचिनको सामु परिन । अनुसूयाको आदेश नै त्यस्तै थियो । त्यसैले सचिनको उपस्थितिमा ऊ छेलिएर नै बसी र सचिनले त्यो छेकिएर बस्ने नोकर्नीप्रति त्यति चासो पनि देखाएन । खाना बनाउने, सरसफाइ गर्ने आदि इत्यादि काम रूपालाई राधिकाबजैले तालिम दिइन् भने आफ्नो सफाइ र शृङ्गार गर्न अनुसूयाले तालिम दिई । घरको किनमेल गर्न, चाँजोपाँजो मिलाउन, बाबुलाल, गोरखमान र अझ राधिकाबजैलाई नै पनि कसरी काम लगाउने त्यो सिकाई दिई अनुसूयाले । आफूप्रति मालिक्नीको त्यो दया देखेर रूपाले सोधी – “किन मलाई यत्रो विधि जिम्मेवारी ? नोकर्नीलाई एउटा काम सुम्पिदिए पुगी हाल्छ नि ।”

अनुसूयाले जवाफ दिई – “कसै न कसैले त यो घर चलाउनै पर्छ । म हुदा म हेरचाह गर्छु । म नहुदा तँ हेरचाह गर्नु । साहेबलाई फुर्सद हुदैन, राधिकाबजै सक्नु हुन्न ।”

“यो सिँगारपटार नि त ?” – रूपाले नबुझेर भनी ।

“उमेरदारले त्यसै बस्नु हुन्न । राधिकाबजै त आफ्नो उमेर अनुसार सिँगारिनु हुन्छ ।” – अनुसूयाके स्पष्टिकरङ दिई ।

दुई महिना पछि घरकै एउटा भोजमा रूपा प्रस्तुत भई । अनुसूयाको निर्देशनमा राधिकाबजैसँगै रूपा पनि ट्रे लिएर सामु आई । नौली रूपवतीलाई देखेर सबै चकित भए र कतिपय साथीले त सचिनलाई रूपाको बारमा सोधे पनि । बिचरा सचिन पनि के गरोस् जिल्लिनु बाहेक ?

रूपाको प्रस्तुति पछि राधिकबजैले अनुसूयालाई सोधिन् – ” मै’साब ! रूपा त घरकी नोकर्नी हो । यसलाई किन विशेष सहुलियत दिने ?”

अनुसूयाले जवाफ दिई – ” बजै ! मैले शुरूमा नै भनेकी थिएँ नि ‘रूपाले तपाईको काम केही र मेरो काम केही गर्नेछ’ भनेर । तपाईको भागको यो घर, भान्सा, भँडारमध्ये केही काम तपाईको समाउने छ उसले र भोजभतेर, पाहुनपाछा, किनमेल, हिसाबकिताब मेरो भागको काम बेहोर्नु पर्नेछ । त्यसैले उसको भूमिका आधा मालिक्नीको र आधा नोकर्नीको हुनेछ । उसले कतिपय स्थितिमा नोकर्नीको ठाउँमा बसेर मालिक्नीको भूमिका गर्नु पर्नेछ र कतिपय स्थितिमा मालिक्नीले मात्र गर्नु पर्ने काम गरेर पनि आफू नोकर्नी मात्र भएको कुरा स्विकार गर्नु पर्नेछ । उसको जीवन द्वैध हुनेछ र त्यसैको लागि तयार गरिदैछ उसलाई ।”

राधिकाबजैले उसको भनाइ स्पष्ट नबुझे पनि सोधिन् – “सक्ली यसले त्यस्तो काम गर्न ?”

“सक्नु पर्छ, प्रयास गर्नु पर्छ । सकिन भने जहाँबाट आएकी हो वहीँ जान्छे ।” – अनुसूयाले निर्णय दिई ।व “उसले नोकर्नीको स्थान बिर्सेर मालिक्नीको ठाउ लिन खोजी भने ?” – राधिकाबजैले शंका उठाइन् ।

उसले त्यो प्रयास गर्नु नै बेकार छ । म र मेरो लोग्नेले मान्यता दिए मात्र सामाजिक मान्यता पाउन सक्नेछ उसले । हामीले त्यो मान्यता दिने वा नदिने भन्ने कुरा उसको भविष्यको आचरणमा भर पर्नेछ ।”

“साहेब एक्लैले त्तो मान्यता दिन सकिबक्सन्न र ?”

अनुसूयाले हाँस्दै भनी – “बजै ! तपाईका यी तर्कहरू गाउँमा वाधय भएर स्वास्नी ल्याउने लोग्नेमानिसमा लागु हुन्छन् । यहाँका लोग्नेमानिसहरू त स्वास्नीमानिसको निम्ति बजार पनि जान्छन् र एकपत्नीव्रत भनिन पनि रुचाइन्छन् । पैसाले मेरो लोग्नले सुवर्णसुन्दरी किन्न सक्छ, रूपाको त कुरै छोडी दिनोस् । रूपाले उसलाई वाध्य गर्न सक्दिन ।” “बच्चा भए भने ?” – बजैले फेरि शंका उठाइन् ।

“त्यो त निरक्षर समाजमा हुन्छ । यहाँ त नचाहदा बच्चा हुदैनन् ।”

“मालिक्नी हुदाहुदै मालिक्नीले मात्र गर्नु पर्ने काम किन त ?”

अहिलेसम्म अनुसूया सत्य बोली रहेकी थिई तर अब त्यो सम्भव भएन उसलाई । आफ्नो विवसता ऊ देखाउन चाहन्नथी ।

“यो समाज नै यस्तो । आमाका छातीभरि दुध हुदाहुदै पनि पुग्नेका घरमा धाईबुबु राख्छन्, नपुग्नेले बट्टाको दुध खुवाउछन् । यो पनि त्यस्तै हो ।”

राधिकाबजै घोरिइन् । उनी घोरिएको देखेर अनुसूयाले भनी – “बजै ! तपाईलाई चित्त बुझेको छैन भने रूपालाई म फिर्ता पठाई दिन तैयार छु । उसलाई खर्चवर्च पनि दिई दिन्छु । मेरोतर्फबाट कुनै गुनासो छैन ।”

“मै’साब ! हजुरको भनाइको आशय मैले रूपाको कुरा चलेकै समयमा अन्दाज गरेकी थिएँ । त्यसैले मलाई अहिले आएर आपत्ति हुने त कुरै छैन । केवल ‘रूपाले यसलाई कसरी लेली ?’ भन्ने मात्र पिर हो मेरो ।” – बजैले तुरुन्तै जवाफ दिइन् ।

“त्यो पिर नलिनोस्, बजै, तपाई । यो कुनै जोरजुलुम या जबरजस्ती होइन । रूपाको सहज स्वीकृति बिना उसलाई कसैले पनि केही गर्न सकदैन । उसको विरोध भए त्यो पहिले तपाईकोमा नै पुग्नेछ । भन्नु होला तपाईले । म उसलाई पुग्ने गरी दिएर विदा गरूँला । ऊ बसे, मैले अगाडि नै भनी सकेँ, यसलाई उसले आफ्नै घर ठाने हुन्छ ।” – अनुसूयाले जवाफ दिई ।

बजै बोलिनन् । अनुसूयाले थपी – “हामी दुई बीचको कुरा हामी दुई बीच मात्रै हो । अरूसम्म पुग्यो भने मलाई चित्त बुझ्दैन ।”

बजै मुस्कुराइन् । ठुलाबडाको चित्त नबुझ्नु भनेको के हो ? भन्ने कुरा बजैलाई राम्रै थाहा थियो ।

× × × × × ×

अनुसूयाले भित्ताको घडीमा आँखा लगाई । दश बज्न २।४ मिनट मात्र बाँकी थियो ।

“भई हाल्यो । आह कुरा नगरे पनि त हुन्छ ।” – एक मनले भन्यो । उसले त्यो मनलाई मानेर बसी तर जति घडीको सुई घुम्दै गयो उति उसको प्रेरणा तिब्र हुदै गयो र उसका अनुहारमा नियन्त्रणका भावहरू देखा पर्न थाले । राधिकाबजैले ती भावहरू त देखिन् तर केही बोलिनन् । रूपाले त्यो बुझिन । आफ्नै संसारमा रङमङिएकाहरूले अर्काको भित्र के छ ? भन्ने बुझ्न चाहदैनन् र चाहे पनि बुझ्दैनन् ।

अनुसूयाले वर्तमानलाई पन्साउन अतिततिर चित्त दौडाई ।

* * *

सचिन रूपाको उपस्थितिप्रति सचेत भएको थियो । उसले सोध्यो – “को हो यो ?”

“बजैकी भदै । यहीँ काम गर्छु भनेर आएकी ।” – अनुसूयाले छोटो उत्तर दिई ।

“तर बजैजस्ती त छैन ?”

“उमेरदार पनि कहीँ बुढी भएकी बजैजस्ती हुन्छे त ?”

“यति तरुनी हामी कहाँ राख्नु उपयुक्त थियो र ?”

“नोकर्नीको आवश्यकता थियो । बुढीलाई बस्न गाहारो, बानी लाग्न गाहारो । बसेको ठाउँबाट जुरुक्क उठेर काम गर्न झन गाहारो । तरुनी भए धेरै वर्ष टिकेर काम गर्न सक्छन् ।”

“टिके त हो । टिकेनन् भने ?”

“उमेरदारले नटिक्ने कारण हुदैनन् । फेरि त्यसमा पनि टेक्ने, समाउने ठाउँ नभएका मानिस कहाँ पो जान सक्छन् र ?”

सचिनले अरू तर्क । उसको सोधाइको आशय ‘आफूप्रति रूपाबारे अनुसूयाको धारणा के छ ? त्यो जान्ने प्रयास थियो तर अनुसूयाले तटस्थ रूप देखाएकीले त्यसलाई उसले अरू खोतल्न चाहेन ।

सचिनले रूपालाई कसरी विश्वास दिलायो त्यो ? त्यो अनुसूयालाई थाहा छैन तर रूपाका सचिनप्रतिका मोहित आँखा र सचिनको अनुसूयाप्रतिको बढ्दो निष्ठा प्रकटले भन्थ्यो कि रोपा सचिनका बलिष्ठ वाहुपाशकी बन्दी बनी सकेकी थिई । अनुसूयाप्रति उसको डर बढेको थियो । अनुसूया पनि आफ्नो अज्ञानताको मात्रालाई यथावत राख्न चाहन्थी । त्यो कायम रहेमा मात्र सचिन र रूपाले आफ्ना कर्मलाई गोप्य राख्ने अथक प्रयाश गर्ने थिए ।

र त्यो गोप्य रह्यो नै । चार वर्ष बिती सक्दा पनि अनुसूयाले थाहा नपाए झैँ गरी रही । राधिकाबजैले पनि थाहा नपाए झैँ गरिन् किनकि थाहा नपाउनु राधिकाबजैको निम्ति श्रेय थियो । त्यही थाहा नपाउनुमा उनको दानापानी टिकेको थियो ।

* * *

“फोन, मै’साब !” राधिकाबजैको स्वर सुनेर अनुसूया झस्की र सोधी — “कसको ?”

“अरुणबाबुको ।” — राधिकाबजैले निर्भाव स्वरमा जवाफ दिइन् ।

राधिकाबजैले अनुसूयाका सबै इष्टमित्रलाई साहेब या मैयाँ भनेर सम्बोधन गर्थिन् भने अरुणलाई भने ‘बाबु’ मा नै सीमित राखिन् तर उनको त्यो सम्बोधनमा साँचै आत्मियता हुन्थ्यो । अरुणले पनि राधिकाबजैलाई नोकर्नी ठानेर हेरेन । ऊ त सचिनको बैठकमाभन्दा राधिकाबजैको भान्सामा नै आफूलाई बढी सजिलो ठान्थ्यो ।

राधिकाबजैले सुनेकी थिइन् — अनुसूया र अरुणको लसपस छ । यो उनको भाषाको भनाइ हो । एउटा मालिककोमा भएको कुराकानी अर्को मालिकको घरमा नोकरद्वारा नै ओसारपसार हुने प्रकृया मार्फत बजैले त्यो सुनेकी थिइन् तर, किन हो कुन्नि ? उनलाई त्यो विश्वास कहिले पनि भएन । उनले त्यो घरमा अरुणको अनिमन्त्रित प्रवेश कहिले पनि भएन र निमन्त्रणा पनि साँचै सचिनबाट नै हुनु पर्थ्यो । अरुणले कहिले पनि अनुसूयाप्रति आशक्त आचरण देखाएन । अरूकोजस्तो कुनै उच्छ्रिङ्खल ठट्टासम्म गरेको पनि कहिल्यै सुनिनन् । अनुसूयाले अरुणसँग विशेष अनुरागसाथ कुरा गरेको पनि थाहा भएन । त्यसैले उनले जहिले पनि त्यो हल्लाको खण्डन नै गरिन् । आफ्नो अँगालोको लोग्ने अर्कोलाई सुम्पन सक्ने आइमाईले अर्कोसँग लसपस गर्छन् भन्ने कुरामा विश्वास थिएन बजैलाई किनकि लोग्ने सुम्पनु परेको पीरले बजैले घर छोडेकी थिइन् । तर एउटा बन्दित समाजबाट निस्किएर अर्को विकृत समाजमा आई पुगेकी थिइन् उनी । त्यसैले कुन ठिक र कुन बेठिन ? भन्ने छट्याउन पनि गाहारो परी सकेको थियो उनलाई ।

“यी ठुलाबडाका कुरा बुझी सक्नु छ र ? रातभरि रण्डी र नाठासँग सुत्छन् तैपनि माया भने आफ्नै स्वास्नी र लोग्नेलाई गर्छन् हुरुक्क हुने गरी । हाम्रो जस्तो जोसँग सुत्यो त्यही जोईपोइ हुने होइन ।” – कहिले कही बजै रूपासँग बर्बराउने गर्थीन् । बिचरा रूपा के भनोस् ? मौन भएर सुन्थी फुपूका कुरा ।

तर अरुणको नाम लिदा मालिक्नीका आँखामा आउने चमक देख्दा भने कहिले कहीँ सुनेको कुरा पत्याऊँ कि जस्तो पनि लाग्थ्यो बजैलाई किन्तु लोग्ने छोडेर जोगिनी जस्तो सादा जीवन बिताउने मानिसप्रति पाप चिताउनु पनि गाहारो थियो उनका लागि ।

अनुसूयाले टेलिफोनमा अरुणलाई भनी – “के भयो? फेरि आज इनसोम्नियाको शिकार भयौ ?”

अरुण शायद मुस्कुरायो होला तर अनुसूयाले उसको अनुहार देखीन केवल स्वर मात्र सुनी ।

“किन मलाई त्यति कमजोर ठान्छ्यौ तिमी ?”

“मैले ठानेको मात्रै हो र ? तिमी वास्तवमा छौ नै कमजोर । मलाई त कहिले कहीँ लाग्छ – हेमलताको प्रहारले तिमी टुक्राटुक्रा भएर छरिने छौ र मैले जिन्दगीभर तिनीहरूलाफई बटुल्दै हिड्नु पर्ने छ ।”

“यही तिम्रो अतिरञ्जनाले होला, कहिले कहीँ म आफूलाई अतिशुक्ष्म भए जस्तो लाग्छ ।”

“लघुताभास भएर होला ।” – अनुसूया ठट्टैमा हाँसी ।

“स्वजातिसामु लघुताभास हुदैन ।”

“भई हाल्यो । फोन किन गर्यौन त ?”

“फेरि उही प्रश्न । फोन नगरेको भए के भन्ने थियौ ?”

“फोन किन कगरेको भन्ने थिएँ । यो पनि कुनै प्रश्न भयो र ?”

“किनिएको दासले पनि बढी स्वतन्त्रता पाउथ्यो होला । म त केही केही नपाई दास हुन लागे ।”

“एउटा मन हो, दिएकै छु । शरिर त, हेर, यसै नै चिसो छ मेरो लोग्नेको निम्ति पनि काम नलाग्ने ।”

“मैले शरिरको त माग नै गरेको छैन, अनु । त्यसको मलाई लोभ पनि छैन ।”

“तिम्रो मन र शरीर बाँडिएको देखेर मलाई दिक्क लाग्छ ।”

“तिमीलाई त्यस्तो लागे म निरामिष बनी दिन्छु । हुन्न ?”

“भयो, पर्दैन । तिमी भोको बसेको म हेर्न सक्दिन ।”

“भई हाल्यो, छोडी देऊ यी कुरा । मैले हिजो तिमीलाई भनिनँ जस्तो छ । आज म बम्बइ जादै छु ।”

“फेरि लामो समयको निम्ति होला । तिमी जता गयो त्यतै हराउछौ ।”

“भन्न सक्दिन, अनु । भन्न त एक हप्ता भन्छु तर के जाने ? एक वर्ष पनि बित्न सक्छ ।”

“नतर्साऊ न मलाई त्यसरी ।”

“म फोन गरी हाल्छु नि ।”

“फोन गर्न चाहि न बिर्स है ।”

“हुन्छ ।”

अनुसूयाले फोन राखी दिई । विरक्त लाग्यो अनुसूयालाई आफ्नो जीवनदेखि ।

मानिसको मन पनि बुझी नसक्नु छ । सचिन जुनसुकै परिस्थियतिमा पनि दावी गर्थ्यो – ‘म तिमीलाई प्रेम गर्छु ।’ तर त्यो प्रेमको परिभाषा या आशय अनुसूयालाई कहिले पनि स्पष्ट भएन । त्यति छिटो र सस्तो रूपमा निस्किरहने ती शब्दहरूको वास्तवमा वास्तविक यथार्थ नहुन सक्थ्यो तर सचिनले उसलाई चाहना गर्छ भन्ने कुरा अनुसूया पनि नकार्न सक्दिनथी । त्यस्तैमा राधिका बजैले एक दिन भनिन् – “के भएको होला साहेबलाई ? घरभित्र पस्दा मै’सा’बलाई देखी बक्सिएन भने केटकेटीले आमा खोजे झैँ कोठकोठा चाहारी बक्सन्छ ।”

राधिका बजैको प्रतिकृया बुझ्न अनुसूयाले भनी – “त्यस्तै हुन्छन् लोग्नेमानिस । स्वाँङ पारेर देखाउन सिपालु हुन्छन् । तपाईले मलाई सुनाउनु हुन्छ भनेर देखाई टोपलेको होला नि ।”

“होइन, होइन । साँच्चै खोजेको र नक्कल पारेको त छुट्टिई हाल्छ नि । त्यति त म पनि बुझ्छु नि ।” – बजैले तुरुन्तै प्रतिवाद गरिन् ।

राधिकाबजैले भनेको कुरा असत्य थिएन । घरभित्र पस्दा सचिनले सबैभन्दा पहिले खोजिने व्यक्ति अनुसूया नै हुन्थी, नभेटुन्जेल खटपटी हुन्थ्यो र यताउति भौँतारिई रहन्थ्यो । तैपनि राधिकाबजैको मन चोर्न गम्भीर भएर भनी – “के भएकी त्यो रूपा पनि ? म नभएको बेला साहेबको यसो वास्ता गर्नु पर्दैन ?”

“मैसा’ब ! नानीलाई आमाको काख आमाले मात्रै दिन सक्छे । अरूको काख त पाखा नै हुन्छ । रूपा त के हो र ? बजारबाट ल्याएको पुतली न हो । ऊ त त्यो बेला मात्र सह्य हुन्छे जब सन्तुष्ट हुन आनन्दको वस्तु खोजिन्छ । हजुरको ठाउँ त कसैले पनि लिन सक्दैन ।” – बजैले जवाफ दिइन् ।

“रूपाले जकड्न सकिन ।”

“सक्दिन पनि उसले । ऊभित्र त्यो आत्मियता पलाएकै छैन । ‘मेरो’ भन्ने भावनात्मक आत्मियता नपलाई पराया मनलाई समाउन सकिदैन । हजुरको व्यक्तित्वले उसलाई यसरी तर्साएको छ कि ऊ आफूलाई चोरी खाने नोकर्नीभन्द बढी सम्झन नै सक्दिन ।”

“साहेबको मनमा त माया उब्जियो होला नि ? उब्जिएन होला त ?”

“माया र दयामा ठुलो अन्तर छ, मैसाहेब । माया भन्ने वस्तु आफ्ना स्वजन र आफू समानका बीचमा मात्र उब्जन्छ । जबसम्म दुई जनाका बीचमा लघुताभास रही रहन्छ माया रहदैन त्यहाँ । त्यहाँ बलियोले निर्धोलाई दया मात्र गर्छ । लघुताभासको भावना मेटिए पछि मात्र प्रेम शुरू हुन्छ । त्यो बिचरी रूपा साहेबलाई देख्ने बित्तिकै नोकर्नीमा परिणत हुन्छे अनि के प्रेम पाओस् उसले ? हजुरले चाहे जस्तो नोकर्नीको काम त नोकर्नी भएर पुरा गर्छे तर त्यो मालिक्नीको भूमिका पनि मालिक्नी भएर होइन नोकर्नी नै भएर चलाई रहेकी छ ।”

“यसले उसलाई चित्त नबुझेको त छैन ?”

“उसको चित्त नबुझ्ने कुरा त के छ र ? जुन सुख उसले सपनामा पनि चिताएकी थिइन त्यही पाएकी छ । सधैँको भोकोले चोरेर भए पनि खान पाएको छ । त्यही नै धेरै भएन र ? भान्सा नै ओगटछु भन्न थाल्यो भने त भान्साधनीले टिक्न दिन्छ नै कहाँ र ?” बजैको कुरा सुनेर अनुसूया मुस्कुराई ।

हो, सचिन नहुदा अनुसूयालाई पनि शुन्य लाग्थ्यो । आई गई रहने नोकरचाकर नहुदा त शुन्य लाग्छ भने बिहे गरेका दिनदेखि सधैँ साथ भएको मानिस नहुदा शुन्य लाग्नु स्वभाविक पनि थियो । तब के यही शुन्यता दिने भावना नै माया हो त ? छोराछोरी साथमा छैनन् तर उनीहरू नहुदा पनि ऊ उनीहरूको अनुपस्थितिको शुन्यता अनुभव गर्दिन त के ऊ उनीहरूलाई माया गर्दिन त ? संशय पैदा भयो उसको मनमा ।

“बजै ! जे जोईपोइका बीचमा मात्रै माया हुन्छ त सधैँ ?”

राधिका बजैले आँखा उठाएर मालिक्नीलाई हेरिन् । त्यो अचम्मको प्रश्नको कारण उनको अनुहारमा थिएन । बजैलाई आफ्नै धारणामा जवाफ दिन कर लाग्यो । “पहिले मलाई लाग्थ्यो मलाई जति माया पोइले अरू कसैलाई गर्दैन । सौता आएर आफूमाथि खटन गर्न थालेपछि पोइतिर हेरेँ । उसले मतिर आँखा चिम्लेपछि बुझेँ – पोइको माया पनि त्यही मासुको टुक्रासँग मात्र रहेछ । म हिड्न लाग्दा उसले ‘नजा’ सम्म पनि भनेन ।”

“सौता त कर परेर ल्यायो । सौता नल्याउन्जेल त अर्कोसँग गएन नि ऊ । गयो त ?”

“त्यसो त गएन तर मौका पाएको भए बाँकी राख्थ्यो होला र ? आखिर लोग्नेमानिस सबै उस्तै हुन् । स्वास्नीलाई माया गरे पनि नगरे पनि अर्को मासुको टुक्रा देखे भने टोक्न त गई नै हाल्छन् ।”

“अलि धेरै बन्देज भएर मात्रै होला, बजै, नत्र त स्वास्नीमानिस पनि सार्हैर शाकाहारी होलान् जस्तो लाग्दैन ।” अनुसूया मुस्कुराई । “हो त्यो त, मैसाप । आइमाई पनि त्यस्ता नभई लोग्नेमानिस मात्रै त त्यस्ता हुन कहाँ पाउछन् । ताली एक हातले मात्रै त बज्दैन ।”

सचिन हुदा अनुसूयालाई पनि शुन्य लाग्दैनथ्यो, एक्लोपन हुदैनथ्यो । हो, यही नै माया भए त ठिकै थियो तर त्यो पूर्णतामा कहीँ खल्लोपन अनुभव हुन्थ्यो उसलाई । कहीँ भित्र अन्तरमनमा पेट भरिए पनि एउटा तलतल बाँकी रहे जस्तै एउटा उदाशी बसी रहेको हुन्थ्यो ।

“भन्नोस् त, बजै, सबै चिज पाएर पनि किन केही कमी भए जस्तो लाग्छ त मानिसलाई ?”

“सबै पुरा छ भने कमी त हुनै सक्दैन, मैसाप । देवताको सत्य पनि हामी जाबो मानिसले काट्न खोजेर काटिन्छ र ? केवला केही चिज नपाउदा नपाउदै पनि आफूले सबै चिज पाएको भ्रम मात्र हो त्यो । बाहिरको ज्ञानले सबै पाएजस्तो ठान्छ तर भित्रको ज्ञान भने केही नपुग भएर छटपटाउछ र हामी मानिसलाई केही कमी भए जस्तो लाग्छ ।” “माया पनि त्यस्तै हो त ?”

“त्यस्तै माया पनि । यी मेरै हेर्नोस् न । मेरो लोग्नेलाई बैँस रहुन्जेल मेरो खोजीनिति चाहिएको थिएन । अब बुढो भयो, स्वास्नी मरी, छोराछोरीले छोडे । अहिले मेरो सहारा खोज्न आउछ ।”

“माया लिने र दिने होइन र, बजै ?”

“कति दिएको थियो र अब लेओस् ? फेरि बुढेसकालको माया के काम ? उसलाई त पेटभरि खान चाहिएको छ । लाउने धरो चाहिएको छ । ओखतीमुलो चाहिएको छ । जसले त्यो दिन सक्छ त्यही नजिक, त्यही प्यारो ।”

“तपाईलाई पनि माया लाग्दैन उसको ?”

“अहँ, लाग्दैन । बरु दया लाग्छ । सोच्छु – के पायो उसले एउटी माया गर्ने स्वास्नीको माया गुमाएर अर्की स्वास्नी, छोराछोरी कमाएर ? मभन्दा कति सुखी भयो ऊ ? मैले कति हारेँ र उसले कति जित्यो ? दयाले आफूसँग भएको २।४ पैसा दिएर पठाउछु । दङ्ग पर्छ ऊ । सोच्दो हो ‘त्यो स्वास्नीले अझै माया गर्छे’ भनेर ।” “एउटा विश्वास न हो ।”

“हो, एउटा विश्वास हो । सोच्दो हो – मेरै मायाले पोइल गइन, सतमा नै बसी । त्यो मुर्खलाई के थाहा कि लोग्ने छोडेका आइमाई कहिले आफ्नो इच्छाले, कहिले अर्कोको जोरजुलुमले कतिपल्ट आफ्नो सतबाट पर पुगी सक्छन् भनेर ? उसले त आफूलाई स्वास्नीको सत् बचाई राख्ने सुमेरु ठानेको छ ।”

बजैको अनिहारमा लोग्नेप्रतिको घृणाको भाव देखेर अनुसूयाले सोची – ‘बजैले धेरै कटुता भोगेको हुनु पर्छ ।’

अरुण गयो त ऊ निदाउन सकिन । अरुणको बाहिर जानु र उसको निदाउन नसक्नुको बीचमा के सम्बन्ध छ उसलाई थाहा छैन तर जहिले अरुण बाहिर गएको दिन उसलाई निन्द्रा लाग्दैन । त्यो रातभरि नै उसका सामु आफ्नो जिन्दगीका एकएक पाना स्वत पल्टी रहन्थे ।

बाबुआमाकी ऊ एक्ली छोरी थिई । सम्पन्न थिए उसका आमाबाबु र उसले चाहेको सबै कुरा पुर्यासई दिन सक्थे उनीहरू । केवल फुर्सद उनीहरूलाई थिएन । बाबुलाई जहिले पनि कमाउने नै धुन हुन्थ्यो र जे काम पनि कमाउनुमा नै आधारित । उनको समय कार्यालय, विदेश, भेटघाट, पार्टी, भोजभतेर आदिमा नै बित्थ्यो । त्यही नै जीवन थियो उनको । आमा पनि बाबुको देखासिकी क्लब, किट्टीपार्टी, जनसम्पर्क, सामाजिक कार्यक्रम भन्दै व्यस्त हुन्थिन् । घरमा छोरी छ, त्यसलाई पनि समय दिनु पर्छ भन्ने दुवैले सोचेनन् । नोकरचाकर, धाईबुबू यस्तैसँग हुर्किई ऊ । बाबुआमाले कहिले कहीँ ‘हाइ बेबी’ भन्दै च्वाक्क म्वाइँ खान्थे र ‘मैयाँलाई लैजाओ भित्र’ भनेर पन्साउथे । कहिले कही आधारातमा तर्सिएर आमाबाबु खोज्दै कोठाभित्र पसे पनि कि आमाबाबु नै हुदैनथे कि नशामा बेहोस भएर निदाएका हुन्थे । विस्तारै उसले बुझ्दै गई – चाहन त सबैले उसलाई चाहन्थे तर साथमा राख्न उसका कुरा सुन्न कोही पनि चाहदैनथ्यो ।

विद्यालयमा पनि अनुसूया अरूभन्दा अलग्गै भई । ऊ पढ्नमा तेज थिई र सामाजिक गतिविधिमा पनि अगाडि नै थिई । त्यसैले उसको सर्हा नी र ईर्ष्या गर्ने धेरै भए, साथि कोही पनि भएनन् । उसले सोचेकी थिई ‍- “पढ्नमा अव्बल भएपछि सबैले उसलाई मान्ने छन् । अव्बललाई कसले मानेका छैनन् र ?”

“तर खै के भयो र ती प्रमाणपत्रले पनि ? तीभन्दा बरु २।४ जना आत्मिय मित्र भएको भए बेस हुने थियो होला ।” – मनमनै सोची उसले ।व ऊ २० वर्ष पनि नपुग्दै अव्बल दर्जाकी स्नातक भई । जहिले पनि ‘संयम, संयम’ भन्दा भन्दै वाक्क भएर एक दिन हठात् ऊ विद्रोही भई र ऊ त्यहाँ गई जहाँ सबै संसार एकै दिनमा अनुभव गर्न सकिन्छ । कसैले भन्थे – त्यो स्वर्ग हो, कसैले भन्थे – त्यो नर्क हो । अनुसूयाले स्वर्ग, नर्क दुवै एकैसाथ भोगी तर पहिलेभन्दा सुखी पनि भइन र दुखी पनि भइन ।

बाबुआमाले उसलाई त्यहाँबाट कसरी निकाले ? उसलाई थाहा छैन । ऊ बाहिर निकालिदा त्यति होसमा पनि थिइन । घरमा आमाले कोकोहोलो मच्चाइन् । उसले ‘गो टु हेल’ भनेर त्यसलाई पन्साई । बाबुले, किनहो कुन्नि ? निकै संयम देखाए । न उसलाई गाली गरे, न सम्झाए नै । स्नेहभाव देखाएर मुस्कुराए मात्र ।

हठात् बिहे भयो उसको । यसरी हठात् बिहे गर्नुको कारण आमाबाबु नै जानुन् । उसले पनि विरोध गरिन । केटो को ? सोधिन । केटो कस्तो ? त्यो पनि हेरिन । अरू आईमाईलाई जस्तो उसलाई लोग्नेमानिसले आकर्षण गरेनन् र स्वास्नीमानिसप्रति ईर्ष्या पनि भएन ।

बिहे भएको ८ महिना चल्दाचल्दै छोरो जन्मियो । कसैले बाँच्छ भने, धेरैले बाँच्दैन भने तर बाँच्यो ऊ । त्यो छोरो सचिनको हो, होइन, अनुसूया अनुसूयालाई थाहा छैन । होइन भने कसको ? त्यो पनि भन्न सक्दिन ।

“के सोचेर राखे होलान् मेरा आमाबाबुले मेरो नाम अनुसूया ? त्यो पवित्र अनुसूया ।” – विस्तारै भनी उसले ।

भित्तेघडीले दुई हानी सकेको थियो । उसको लोग्ने कोठाभित्र थिएन । आधा घण्टा अगाडि नै ऊ विस्तारो ढोका खोलेर बाहिर निस्किएको थियो । उसले सोचेको थियो – अनुसूया निदाई सकी । ढोका अझै पनि केही खुलेको थियो र कुनै पनि बेला तृप्त र सन्तुष्ट भएर भित्र पस्न सक्थ्यो । अनुसूयाको असन्तुष्टिसँग उसलाई कहिले पनि सरोकार भएन तर अनुसूया असन्तुष्ट नभएकीले सन्तुष्टिको प्रश्न पनि उठेन ।

अनुसूयाले अरुणलाई सम्झी । अरुण जहिले पनि उसलाई यस्तै बेलामा सम्झनामा आउथ्यो ।

“किन अरुण जहिले पनि विदाइ मात्र माग्न आउछ मसँग ? १।२ दिनग अगाडि मात्रै भने पनि हुन्थ्यो नि उसले ‘म जान्छु’ भनेर । म उसलाई हात समाएर रोक्ने पनि थिइनँ, ‘म पनि जान्छु’ भनेर पछि लाग्ने पनि थिइनँ । फेरि गए पछि छिटै फर्कन त उसले जानेकै छैन । शायद हेमलताबाट भाग्न चाहन्छ ऊ, त्यो दुर्भाग्यपूर्ण बन्धनबाट जसलाई ऊ दुर्भाग्य भन्न पनि चाहदैन । कति स्वतन्त्र र उन्मुक्त हुन्छ होला ऊ हेमलताको दृष्टिभन्दा पर ? कसैले भाजो पो हाली दिन्छ कि आफ्नो वहिर्गमनमा भनेर डराउदो हो ऊ ।” स्वतन्त्र, उन्मुक्त र खुशी अरुणको कल्पना गरेर ऊ मुस्कुराई र उसको छाती नै हलुका गरी दियो त्यो कल्पनाले ।

“पिँजडामा ‘चिउँ, चिउँ’ गरेर कराउने रानीचरी पनि ऊ जति ‘चहचह’ त गर्दैन होला पिँजडाबाट निकाली दिदा ।”

सचिन कोठाभित्र पस्यो । अनुसूयाले अँध्यारैमा टाउको घुमाई । एउटा चोर जस्तै लुसुक्क सिरकभित्र छिर्योर ऊ । एकाध घण्टा पछि बिउँझियो भने पक्कै पनि अनुसूयालाई बोलाउने थियो ।

अनुसूयाले कहीँ केही कमी अनुभव गरी । के ? भन्न सकिन । सधैँ अनिन्द्रा यस्तै हुन्थ्यो उसलाई र लाचार भएर कुनै त्यान्द्रो केलाउदै निन्द्रा बोलाउथी । त्यो दिन पनि त्यसरी नै बिहानीपख ऊ निदाई ।

दिनभर चारो टिप्न उडेका चराहरू बेलुका एउटै रूखमा जम्मा भए झैँ आफ्नो आफ्नो कमाइधमाइमा व्यस्त भद्रजनहरू बेलुका कुनै एक जनाको छहारीमनि जम्मा भएर पेग समाउन पुग्थे । पार्टी, भोज, भतेर जे नाम राखे पनि दिनभरिको शारीरिक र मानसिक थकान मेट्ने त्यो जमघट उनीहरूको लागि आवश्यक गतिविधि भई सकेको थियो । त्यो आवश्यकता मनोरञ्जमको एउटा रूप बनेको थियो । कसैलाई जिस्क्याउनु, कसैलाई उडाउनु, कसैले अभिनय गर्नु, कोही अभिनित भई दिनु, झुटो प्रेम प्रदर्शन गरी दिनु, साँचो प्रेम गर्नु, गिल्लिनु, जिस्किनु र समयानुसार उच्छ्रिङ्खल या अभद्र भई दिनु सब मनोरञ्जनका माध्यम बनेका थिए त्यो समाजमा । आफ्नो परिवारलाई कसैले नछोएसम्म कसैले गम्भीर रूपमा लिदैनथ्यो भनाइ या गराइलाई र कसैले परिवार छुने प्रयास पनि गर्दैनथ्यो । त्यो जमघटका कुरा त्यही थालिन्थ्यो, त्यहीँ टुंगिन्थ्यो ।

अरुण गएको साता दिन पछि फेरि सबै जम्मा भए कोही कसैको घरमा । एउटा फेरोमा बसेका भद्र महिला र पुरुषहरूले करैकरैले पहिलो पेग समाए र पहिलो चुस्की बलैले गयो । उनीहरू बीच कुराकानी पनि आधिकारिक जस्तै भए । पहोले न्याक्स बाँडिए पछि अलिकति रंग बढ्यो र उनीहरू अलि मुक्त देखिए । एउटाले बोलेको आवाज बैठकको पल्लोछेउमा बस्नेले सुन्न थाल्यो । सबैभन्दा बोलक्कडले महफिलमा आफ्नो वर्चस्व स्थापित गर्योल । एक घण्टा जति समय गई सक्दा त नबोल्नेले पनि बोल्न सुरु गरी सकेकाले बोल्नेको कुरा सुन्ने कोही बाँकी रहेन र ऊ मौन भएर अरूका कुरा सुन्न थाल्यो । त्यो नबोल्ने नशाको पानीले सर्टसर्किट भए झैँ कसैले सुनोस् नसुनोस् एक्लै ट्याँ, ट्याँ गरी रहेको हुन्थ्यो ।

चौथो पेग के सुरु भएको थियो कसैले अरुणलाई सम्झियो र भन्यो – ” ए ! आज को छैन को छैन भनेको त अरुण पो रहेन छ त ।”

“अब बोर हुने भयो अनुलाई । गफ मिल्ने मानिस त्यही एउटा थियो । – छिटो मुखकी सावित्रीले भनी हाली । अनुसूया मुस्कुराई रही । उसलो कुनै प्रतिकृया देखाइन ।

“अनुभाउजू जुन तालमा पनि नाच्न सक्छिन । अरुण नभएर केही फरक पर्दैन । बरु यी हेमलताले किन पठाएकी होलिन् आफू एक्ली हुनलाई ?” – उसको तर्फबाट मुकुन्दले जवाफ दियो ।

“अँ ! मैले ‘जा’ भन्दा जानेर ‘आइज’ भन्दा आउने होला ऊ !” – यसपाली हेमलता बोली ।

“कहिले आउछ ऊ ? भन्यो होला नि तिमीलाई ?” – रोशनले थप्यो ।

“कामको हिसाबले त ऊ चौथो दिनमा आई पुग्नु पर्ने हो । ऊ गएको काम भई सकेर थप काम पनि सिद्धिन लाग्यो । मेनेजरलाई २।४ दिन बस्छु भन्थ्यो रे फोनमा । मलाई त त्यही फोन पनि गरेको छैन ।”

“तिमीलाई किन फोन गरोस् बबुरो ? फोनमा नै ‘ल तुरुन्त आइज’ भन्न थाल्छ्यौ होला ।” – सावित्रीले हाँस्दै भन्न चुकिन ।

हेमलताले लामो सास फेरेर भनी – “तिमीहरू सबै भन्छौ – ‘हेमलताले अरुणलाई हेप्छे, डक्छे ।’ तर तिमीहरू त्यसको वास्तविकतापट्टि कहिले पनि हेर्दैनौ । ल भन त । उसले मबाट हेपिनु पर्ने कुनै कारण छ ? उसलाई मेरो सम्परत्तीको कुनै लोभ छैन, मप्रति कुनै माया पनि छैन र चित्त नबुझ्दा ऊ उठेर हिडी दिन सक्छ । ऊ उठेर हिड्दा घाटा कसलाई छ ? मलाई नै छ । होइन ? अनि मैले उसलाई डकेर के पाउछ ? फेरि तिमीहरूले उसको रिसलाई चिनेकै छैनौ । सधैँ शान्त भएर मुस्कुराउदै एउटा कुनामा बस्ने अरुण मात्र देखेका छौ । एकपल्ट पोखरा गएको थियो ‘ बसमा आउछु’ भन्न थाल्यो । मैले जहाजबाट आउनु भनेर जिद्दी लिएँ । हेलिकोप्टर चार्टर गरेर लिएर आयो र बिल मेरो अगाडि फाली दियो । पोहोर मात्रैको कुरा हो – कहाँ हो पुग्न हतार थियो । ‘गाडी अलि चाँडो हाँक न’ के भनेकी थिएँ बाटोमा रूखमा लगेर जोती दियो ।”

“त्यसो भइ तिमीहरू कसरी बस्छौ त सँगसँगै ?” – सचिनले तुरुन्तै सोध्यो ।

हेमलताले भनी – “यी त उसका दुर्गुणहरू भए तर उसका गुणहरू पनि त छन् नि । छोराछोरीलाई मैले भन्दा बढी माया गर्छ । एउटा लोग्नेले गर्नु पर्ने जिम्मेवारी पुरा गर्न कहिले पनि चुक्दैन । मेरो सम्पत्तीलाई उसले परायाको ठाने बेवास्ता गर्दैन र सबैभन्दा ठुलो कुरो, ऊ मेरो अपमान कहिले पनि गर्दैन । अब यिनै आइमाईलाई सोध त – कसका लोग्ने ऊभन्दा असल छन् ?”

“छैनन् । यत्तिका पनि छैनन् ।” – २।३ वटीले एकैसाथ जवाफ दिए ।

“छैनन् । अरुण जत्तिका छैनन् तर तिनीहरू आफूखुशी गर्न सक्छन्, अरुण सक्दैन । उसले कुनै पनि काममा हेमलताको प्रतिकृया सुन्नु र बुझ्नु पर्छ । त्यसको लागि ऊ आफ्नो ज्यान समेत खतरामा पार्छ हेमलताद्वारा अपमानित भएको झोकमा । अचाक्ली भयो भने हेमलतालाई मार्न पनि पक्छ ऊ । हेमलताको डर पनि त्यही होला ।” – मनमनै सोची अनुसूयाले ।

फेरि कहफिलले रङ लिन लाग्यो । पाँचौ पेगले त जँड्याहा बाहेक अरू सबैलाई मताउनु स्वभाविक थियो र त्यहाँ जँड्याहा कोही पनि थिएनन् । विस्तारै कुराकानी सामुहिक नभएर व्यक्तिगत हुन थाल्यो । आफ्ना आफ्ना पुराना जोडी बाँधिदै गए । परिणामत केही समय अघिसम्म समूहमा भएकी अनुसूया स्वत बाहिरिई ।

त्यो बेलुकाभरमा अनुसूयाले एक पेग मात्र खाएकी थिई । उसलाई त त्यति पनि समाउन मन थिएन तर समूहमा बसुन्जेल रित्तोहात बस्न असजिलो भएकोले मात्रै समाएकी थिई । कसैले दोश्रो पेग प्रस्तुत गरेको थियो तर उसले त्यो समाइन ।

“कोही मनमिल्दो साथी साथमा भए पो पिउनुको पनि स्वाद हुन्छ ।” – मनमनै भनी उसले ।

‘साकी ! तेरे बिना तो पिना भि क्या पिना है
समा जलाके अँधेरेमे जिना भि क्या जिना है ।’

कहाँ सुनेकी थिई उसले त्यो गजल ? सम्झना भएन । अहिलेसम्म त त्यो गजलको अर्थ पनि सोचेकी रहिनछ उसले ।

‘टुटे सितारोँसे हमने पुछा –
ये जिन्दगी है या दिल्लगी
जजवात कडवी लगती थी पहले
जाम भि कडवी लगने लगी ।
साथी तेरे लवोँ तो छुना भि पिना है

बीचका अन्तराहरू उसले बिर्सी । शायद अन्त्यमा यस्तो भनिएको थियो ।

जलशोँमे तनहा जिना भि क्या जिना है
साकी ! अकेलेमे तो रोना भि क्या रोना है ।

बराबर त गई रहन्थ्यो अरुण बाहिर । अनुसूयालाई यस्तो एकाकीपन कहिले पनि भएको थिएन । ऊ त्यो जमघटमा दिन प्रति दिन अयोग्य हुदै गई रहेकी अनुभव भयो उसलाई र मनमनै भनी – “अब यहाँ आउन पनि छोड्नु पर्ला जस्तो छ ।”

कसै गरी त्यो साँझ बित्यो तर अनुसूयाको उदासिनता कसैले पनि अनुभव गरेन ।

हरेक व्यक्तिको जीवनको एउटा उद्देश्य हुनु पर्ने हो – अनुसूयाले यस्तै सोचेकी थिई तर आफ्नो जीवनको उद्देश्य दिन प्रति दिन साँघुरिदै गएको देखेर झन झन उदाश हुदै गई । छोराछोरीप्रतिको उसको जिम्मेवारी नगण्य बराबर थियो । छोरो पन्द्र पुग्नै लागी सकेको थियो र छोरी नै पनि वार्हब लागी सकी । वर्षमा एकचोटी घर आउछन् उनीहरू नौला र बिराना जस्ता भएर । उनीहरूसँग आमासँग माग्ने विशेष माग पनि हुदैनन् । दिन प्रतिदिन उनीहरू परिवारसँगको आत्मियता पनि बिर्सदै जादा छन् । स्वावलम्बनको नाममा उनीहरू परिवारबाट यति पर भई सके कि घरभन्दा छात्रावास उनीहरूलाई आफ्नो लाग्छ, आमाभन्दा मेट्रोन नजिक ठान्छन् र बाबुकोभन्दा शिक्षकको वचन सत्य लाग्छ उनीहरूलाई । बाबुले दिएको पैसामा बाँच्न सक्ने भएका छन् उनीहरू । आमा त एउटा साइनो मात्र बाँकी थियो ।

लोग्नेको निम्ति उसको अस्तित्व निर्जीव पुतली जस्तो भएको थियो । शारीरिक सन्तुष्टि त उसले दिन सकिन नै, मानसिक समदूरी उनीहरू बीर कहिले पनि भएन । सचिन देखावटी प्रेम सधैँ नै देखाउथ्यो । उसको अनुसूयाप्रति हार्दिक प्रेम हुदो हो त चोर कुकुरले झैँ जुठो चोरी खान हिड्ने थिएन होला । अनुसूयाले प्रेमको माग पनि गर्न सकिन । कति नै माया गरेकी थिई उसले र माग गरोस् ऊबाट ? फेरि प्रेम मागेर पाइने पनि होइन । कसैले दिई टोपले नै पनि के अर्थ हुन्छ र त्यसको ?

‘डेढ दशकभन्दा पनि बढी भएछ स्वास्नी र लोग्नेको नाता जोडेर बसेको तर लक्षहीन बटुवा जस्तै कुनै एक निश्चित दूरीमा पुग्न सकिन छ ऊ ।’ – अनुसूयाले आफ्नो अतित हेरी – छोराछोरीलाई दुध पुगेन, धाई राखी दिई । लोग्नेलाई चाह पुगेन, सट्टा राखी दिई । के थिई र ऊ ? एक टुक्रा लोग्नेको भागमा, एक टुक्रा छोरीछोरीका भागमा र एक टुक्रा त्यो समाजको मनोरञ्जनका निम्ति । एउटा अरुण थियो ऊ जस्तै केही पनि नपाउने, ऊ जस्तै बाँडिएको । आफू सामू हुदा अनुसूयालाई चोट नलागोस् भनेर सधैँ ढाकछोप गर्थ्यो, उसको मन बहलाउन खोज्थ्यो । ऊ पनि स्वास्नी, छोराछोरी र समाजप्रति निष्फल दायित्व पुरा गरी रहेको थियो । वालसुलभ मायागर्नेहरूले बाहेक कसैले पनि माया गरेनन् उसलाई र उसले पनि माया गरेन कसैलाई, अनुसूयालाई पनि गरेन ।

“बजै ! तपाईको जीवनको लक्ष के त ? गन्तव्य कहाँसम्म ?” – अनुसूयाले एक दिन राधिकाबजैलाई सोधी ।

उसको प्रश्न सुनेर राधिका बजैले जिल्ल परेर सोधिन् – “यस्तो प्रश्न हजुरको मनमा कसरी उब्जियो ? हामी केही नहुनेले पो भविष्यको पोको अहिले नै बाँध्न थाल्नु पर्छ त ।”

“तपाईको भनाइको पूर्ण आशय त मैले बुझ्न सकिनँ तर मेरो लक्ष र गन्तव्य निश्चित नभएकाले सोधेकी हुँ ।” – अनुसूयाले निस्प्राण जवाफ दिई ।

“मैसा’ब ! हजुरको सोचाइ बैराग्यको उद्गार हो जो लोग्ने, छोराछोरी, घरवार, धनसम्पत्ती भएकी स्वास्नीमानिसमा उब्जन्न । यस्तो कुरा त मनमा पनि ल्याउनु हुन्न ।”

“आई नै हाल्यो । हटाउनु कसरी ?” – अनुसूयाले आफ्नो कठिनाइ प्रकट गरी ।

“परेको थियो एक दिन मलाई पनि यस्तै समस्या । त्यो माया नगर्ने लोग्नेले फाली सक्दा पनि मैले त्यसलाई मेरो मनबाट फाल्न सकिनँ र त्यसलाई मनमा राखेर मेरो लक्ष कहीँ पनि भएन । म घरबाट निस्केपछि पनि त्यो मोहको फलामे साङ्लो मेरो खुट्टामा बाँधिएकै थियो ।”

“मलाई त त्यस्तो मोह पनि छैन ।”

“माया भनी ठानी बक्सेको होला, होइन त्यो । माया र मोहमा ठुलो अन्तर छ । लोग्नेको घर छोडेर हिडेको निकै वर्षसम्म पनि मलाई त्यो लोग्नेको, त्यो घरको इज्जत जान्छ कि बाबुआमाको नाक पो काटिन्छ कि मलाई पो कसैले केही भन्छ कि भन्ने आफूभन्दा परको अनावश्यक मोहले छोडेन । घरवार, परिवार विहीन स्वास्नीमानिस मोहमा परुन्जेल असुरक्षित हुदा रहेछन् र म पनि असुरक्षित थिएँ । तर एकदिन दुर्घटना भयो जो ढिलो या चाँडो हुनु नै थियो । त्यो मोहको पर्खाल भत्किए पछि मेरो संसार स्वत ठुलो भयो, मेरो सोचाइ र विचार ठुलो भयो र मैले आफूलाई चिन्ने र बुझ्ने मौका पाएँ । जहाँसम्म हजुरको प्रश्न, लक्ष र गन्तव्यको अन्त्य, को कुरा छ त्यो निश्चितप्राय छ । प्रेम गर्नु प्रेम पाउनु मानिसको जीवनको लक्ष हो । यो नहुने हो भने मानिस अरू प्राणीभन्दा केही पनि फरक छैन । गन्तव्यको अन्त्य त, मै’साब, मृत्यु मात्रै हो । त्यसलाई खोज्नै पर्दैन । त्यहाँ आफै पुगिन्छ ।”

“तर म छोराछोरीलाई त माया गर्छु ।” – अनुसूयाले इमान्दार जवाफ दिई ।

“नाताको प्रेम त निकटताको प्रेम हो । छोराछोरी, आमाबाबु, दाजुभाइ, दिदीबहिनी, नातागोतासँगको प्रेम त, मैसा’ब, नजिक भएका र आफ्ना भनिएका कारणले हुने प्रेम हो । बिहे पछिको लोग्नेस्वास्नीको प्रेम पनि यस्तै प्रेम हुन सक्छ । ऊ वास्तविक अर्थमा ‘प्रेमी’ नै हुनु पर्छ भन्ने केही छैन । प्रेमी त त्यो व्यक्ति हो जो नाताले नबाँधिए पनि प्रिय हुन्छ, कुनै साइनो गभएर पनि आफ्नो हुन्छ ।”

“त्यस्तो व्यक्ति छैन मसँग ।”

“त्यसो भए लक्षप्राप्ति भएको छैन, मैसा’ब ।” – राधिका बजैले हाँसेर भनिन् । अनुसूयाले बजैको हाँसोको आसय बुझिन ।

बेलुका सचिनले भन्यो – “अनु ! जाऊ, छोराछोरीलाई एकपल्ट भेटेर आऊ । यो २।४ दिनको छुट्टिमा उनीहरूलाई रमाइलो पनि हुन्छ, तिमीलाई पनि हावा पानी फेरिन्छ ।”

“त्यसो भए हिड न त तिमी पनि ।” – अनुसूयाले प्रस्ताव राखी ।

“म भ्याउन्न । काममा बाहिर जानु छ ।” – सचिनले जवाफ दियो ।

त्यो सचिनको सधैँको जवाफ थियो । बम्बइको गर्मीदेखि काश्मिरको चिसो सम्मले पनि अनुसूयामा कुनै परिवर्तन नल्याए पछि सचिनले उसलाई साथ लिएर हिड्न छोडेको थियो । उसले ‘ म तिमीसँग जान्न’ नभनेर ‘मेरो अर्कै ठाउँमा काम छ’ जस्तो सम्मानजनक कुटनैतिक शब्दावली प्रयोग गर्थ्यो । त्यो बुझेर अनुसूया पनि मर्यादावस उसलाई सधँि नै सोध्ने गर्थी ।

आमालाई देखेर छोराछोरी दुवै खुशी भए । छोरी खुशी भएर लेपासिई, छोरो वयस्क झैँ आमालाई हेरेर मुस्कुराई रह्यो । त्यति हुदाहुदै पनि अनुसूयाले बुझी -‘ केटकेटी धेरै टाडा भएका छन् ।’ त्यो तीन दिनको छुट्टीमा उसले छोराछोरीलाई आफू बसेको होटलमा आफूसँगै राखी । छोरी उसकै कोठामा सुते पनि छोरो भने अलग्ग कोठाका सुत्यो । पहिले त अनुसूयालाई असजिलो लाग्यो छोरो अलग्ग सुत्न चाहदा । सधैँ आमासँग टासिएर सुत्न खोज्ने छोरो एकाएक पर हुन खोज्दा असजिलो लाग्नु स्वभाविक पनि थियो तर छोरो तन्देरी हुदै गएको स्वीकार गर्न कर लाग्यो उसलाई । सोर्ह वर्षमा हिड्दै गरेको छोराका निम्ति ऊ आमा भएर पनि एउटी आइमाई भएकी थिई, एउटी मर्यादा राखिनु पर्ने आइमाई । छोराका आचरण पनि त पुरुषोचित हुदै गई रहेको देखी उसले ।

छोरी अझ सानै थिई । उसको आचरण पनि केटाकेटीको जस्तै थियो तर आश्रित आचरण उसको पनि थिएन । लुगाफाटो, पैसा उसले माग गरे पनि आमाको आश्रय उसले पनि खोजिन । आमाले ‘घर जान्छ्यौ त ?’ भनेर सोद्धा बिना हिच्किचाहट सजिलैसँग ‘होइन, बिदामा आउछु’ भनी दिई । आमासँग एउटै कोठामा सुते पनि उसको डबल बेडमा नसुतेर अर्को एउटा खाट लगाउनै पर्योा । छोरी पनि पर भएकी आमाले बुझी ।

केटकेटी त दोश्रो दिनमा नै बोर हुन शुरु गरे । सिनेमा, रेस्टुराँ, साइट सिइङ आदि पनि आमाका साथमा त्यति रमाइला भएनन् । समकालिन दौँतरी बिना त मनोरञ्जन पनि खल्लो लाग्यो उनीहरूलाई । बुझी अनुसूयाले ती कुरा तर लाचार थिई ऊ आफै ।

मसुरीबाट दिल्ली फर्कदा ऊ रित्तो भएर फर्किई । भएर पनि आफूसँग केही नभएको अनुभव गरी अनुसूयाले । उसका छोराछोरी छन्, त्यसैले लोग्नेले उसलाई त्यो घरको दायराभन्दा बाहिर फ्याक्न सकेको छैन । नत्र त उसको स्थिति पनि राधिकाबजैकोभन्दा कुनै गतिलो हुने थिएन, बरू त्योभन्दा खराब हुन सक्थ्यो । छोराछोरी नपाउने बाँझी आइमाईभन्दा स्वास्नी नै बन्न नसक्ने तल्लो दर्जाकी आइमाई बनेकी थिई ऊ । अझ ऊ त आइमाई नै रहिन । उसका मनमा यिनै कुराहरू सल्बलाई रहेका थिए । ऊ कराउन चाहन्थी, विद्रोह गर्न चाहन्थी तर कहाँ ? कोसँग ? त्यो निश्चित गर्न पनि सक्दिनथी । गन्तव्य कहाँ ? त्यो पनि धरमर हुन लागेको थियो उसको । भन्न सक्दिनथी – दिल्ली पुगेर उसले जानु कहाँ छ ? काठमाडौँ नै जानु पर्ने खास कारण पनि देख्दिनथी तर अर्को जाने ठाउँ पनि थिएन । ऊ दिग्भ्रमित थिई । बाटाभरि ऊ भ्रमको तन्द्रामा अल्झी रही ।

दिल्ली पुगेपछि अनुसूयाले आफ्नो सामान होटलमा थन्क्याई र नुवाई धुवाई गरेर बाहिर निस्की । दिल्ली उसको लागि कुनै नया ठाउ थिएन । कैयौँ पटक आएकी थिई त्यहाँ तर सधैँ नै त्यो कनाट सर्कल भने सबै आउने पर्यटकले जस्तै घुम्ने गर्थी । ‘कनाट सर्कल नघुम्ने दिल्ली पुग्दैन र दिल्ली नदेख्ने कनाट सर्कल पुग्दैन’ – उसलाई केटाकेटीमा कसैले भनेको तुक्का सम्झेर हाँस्यो उठ्यो । ऊ मुस्कुराई ।

पिक आवर भएकोले मानिसको भिडमभिड थियो । हुन त त्यो ठाउ अरू बेला पनि मानिसको बाक्लै उपस्थिति हुने ठाउ हो । अनुसूया भिडसँग बढ्दै गई । थुप्रै आइमाई, लोग्नेमानिस उभिएका देखिन्थे कुनाकुनामा । प्रतिक्षा थियो तिनीहरूलाई कोही कसैको तर ती प्रतिक्षकहरू बुढाबुढी नभएकाले लोग्ने, स्वास्नी, प्रेमी, प्रेमीकालाई पर्खेको हुनु पर्छ उनीहरूले भनी ठानी उसले । ऊ प्रत्येक पर्खनेहरूलाई हेर्दै गई । विभिन्न भाषा थिए उनीहरूका आँखामा । कसैले उसलाई परदेशी आँखाले हेरे, कसैले सहानुभूति देखाए । कसैको उसको बेवास्ता गरे भने कोही उसलाई देखेर सहज लोभिए । तीमध्ये टाइट स्ल्याक्स या लेगिन्स र सर्ट या टीसर्टमा हुने केटी या आइमाईले प्रत्येक जवान पर्यटकलाई हेरेको र उनीहरूको शरीरको लचक र कुरा गराइको चाल देखेर अनुसूयाले ती कलगर्लस हुनु पर्ने अन्दाज काटी । उसले उनीहरूबारे सुनेकी थिई तर उनीहरूको त्यो चाला त्यो दिन मात्र विचार गरी ।

अनुसूया पसलभित्र छिरी र शोकेसमा हेर्न थाली ।

“के टक्र्याऊँ, हजुर ?” – कसैले पंजाबी भाकाको हिन्दीमा सोधेकोले ऊ झस्केर पछाडि फर्की ।

उमेर पच्चीस जतिको नौजवान पंजाबी केटो उसलाई हेरी रहेको थियो । त्यो देखेर उसले भनी – “राम्रो खालको स्ल्याक्स र सर्ट देखाउनोस् न ।”

पसलेले काउन्टरमा लिएर गयो र थरीथरीका लुगा देखायो । उसले सोध्यो – “कुन साइज चाहिने ?”

“म जस्तैलाई ।” – अनुसूयाले नहिच्किचाई जवाफ दिई ।

तन्देरी जवानले उसलाई माथीदेखि तलसम्म हेर्योल । अनुसूयाले उसको दृष्टिमा आफू नांगिएको जस्तो चिसो अनुभव गरी तर पसलेको आँखामा कुनै भाव थिएन ।

यी लुगासँग यो कपाल सुहाउदैन ।” – पसलेको सहायताले स्ल्याक्स र सर्ट किनेर होटल फर्कदा उसले मनमनै सोची र ब्युटी पार्लरमा पसी ।

‘भगवानले मानिस त सृष्टि मात्र गर्छन्, उनीहरूलाई मानिस त दर्जीले बनाउछन् ।’ यो जसको भनाइ भए पनि भनाइ सत्य हो । स्ल्याक्स र सर्ट लगाएकी अनुसूयालाई कसैले पनि सोर्हभ वर्षे केटाकी आमा हो भन्न सक्दैनथ्यो । उसको शरीरमा कही पनु आवश्यकताभन्द बढी एक ग्राम बोसो पनि थिएन र त्यो सारी र चोलोमा छोपिएको सौन्दर्य टाइट स्ल्याक्स र सर्टमा जीवन्त प्रस्तर प्रतिमा जस्तो देखिन्थ्यो । होटलको आदमकदको ऐना अगाडि उभिएर आफूलाई हेर्दै अनुसूयाले आफैले सुन्ने गरी भनी – “म कुनै कलगर्लभन्दा कम छैन ।”

अरुणले घण्टी बजेको स्वर सुनेर रिसिभर समाई रह्यो । केही बेरपछि कुनै नारीको स्वर सुनियो – “हलो !”

“अनुसूयालाई दिनोस् न । ” – उसले माग गर्यो। ।

“मैसा’ब त होई बक्सिन्न । हजुर को बोली बक्सेको ?” – त्यो नारीस्वरले माग गर्योह ।

राधिकाबजैको स्वर चिनेर अरुणले जवाफ दियो – “म अरुण, राधिकाबजै । कहाँ गइन् अनुसूया ?”

“मसुरी राजा र मैयाँ कहाँ ।”

“एक्लै ?”

“हो एक्लै । अनि सुनिबक्सियोस् न, अरुणबाबु । अनु मैसा’बलाई सञ्चो छैन । सञ्चो नभएर पनि गई बक्सेको छ ।”

“के भयो र अनुसूयालाई ?”

“त्यो त थाहा छैन तर सञ्चो भने छैन । सधैँकोभन्दा बेग्लै कुरा गरी बक्सन्छ आजकल ।”

“केही त भन्छिन् होला नि ?”

“भनी बक्सन्छ तर बुझ्दै नबुझ्ने गरी भनी बक्सन्छ । छेउ टुप्पो मिल्दै नमिल्ने कुरा । म त कुनै अर्थ नै निकाल्न सक्दिनँ ।”

“सचिललाई भन्नु भएन त ?”

“भनिनँ । साहेबलाई भन्ने कुरा नै होइन जस्तो लाग्यो । साहेबले बुझ्ने भए त सधैँ साथ हुने साहेबलाई थाहा भई हाल्थ्यो नि । एक्लै त्यसरी परदेश नै नपठाउनु पर्ने ।” “खै ! मैले त तपाईको कुरा बुझिनँ, राधिकाबजै ।”

“हजुर ! मैले भन्ने भनी हालेँ देखेको कुरा । हजुरले कहिले फोन गर्ने होला जस्तो लागेको थियो ।”

राधिकाबजजैका कुरा सुनेर अरुण जिल्ल पर्यो । अनयसूया विरामी थिई । के विरामी ? थाहा छैन । विरामी भएको कुरा नोकर्नीलाई थाहा थियो, मालिकलाई थाहा छैन । राधिकाबजैको भनाइले कुरा गम्भीर जस्तो लाग्थ्यो तर त्यसको छनक अरूलाई थिएन ।

“सचिनलाई फोन गर्ने कि ?” – एक मन सोच्यो उसले ।

“तर के भनेर गर्ने ? ‘अनुसूया विरामी छ रे हो ? ‘ भनेर सोध्ने । ‘कसले भन्यो तँलाई ?’ भन्यो भने जवाफ दिने के ? फेरि मेरो अधिकार छ नै के र सोध्ने ?” – अर्को मनले सोच्यो उठाई सकेको रिसिभर क्रेडलमा राखी दियो ।

फोन नगर्न खोज्दा पनि उसको मनले मानेन अनुसूयाका छोराछोरीको विद्यालयको टेलिफोन नम्बर खोजेर फेला पार्योर । उसले अनुसूयाका छोरासँग कुरा गर्न चाह्यो तर जवाफ आयो – “उनीहरू त आमासँग छन् । बेलुकासम्ममा फिर्ता आउछन् ।”

अरुण केही स्थिर भयो । छोराछोरी साथमा भएकी अनुसूया एक्लैभन्दा बढी सुरक्षित थिई तर उसले अनुसूयालाई एक्लै छोड्नु उपयुक्त ठानेन । अनुसूयासँग उसको कुनै नाता नभए पनि राधिकाबजैको सन्देशलाई उसले तिरस्कार गर्न सकेग र दिल्ली जाने निधो गर्योे ।

उसले रिसिभर उठाएर हेमलतालाई डायल गर्योल ।

“हेमा ! म आज दिल्ली जादै छु ।” – भन्यो उसले हेमलतालाई ।

“तिमी किन बम्बइमा छौ र किन दिल्ली जादै छौ ? त्यो मैले बुझेकी छैन तर के सोधूँ म तिमीलाई ‘किन दिल्ली जादै छौ ?’ भनेर ?” – हेमलताले प्रतिप्रश्न गरी ।

“राधिकाबजै भन्छिन् -दिल्लीमा अनुसूया विरामी छ ।”

“तिम्रा लागि त अनुसूया सधैँ विरामी नै छ । आज के विशेष भयो र ?”

“अलि विशेष नै छ भन्छिन् राधिकाबजै ।”

“तिम्रै रोग बढेको त होइन ?” – हेमलताले अलि ठट्यौलो पारामा भनी ।

“तिमी मलाई नजिस्क्याउन, हेमु । मेरो त भाग्य नै त्यस्तो । नाता तिमीसँन बाँधियो । माया अनुसूयालाई गर्न पुगेँ । कुन दिन हिउदको पात झरे झैँ झर्छु र माटोमा बिलाउछु । कथै सिद्धिन्छ ।”

“म हुन्जेल त झर्न दिन्न तर म नै पो सधैँ कहाँ रहन्छु र !”

“सधैँ त म पनि हुन्नँ । त्यसैले त्यसलाई ठुलो समस्या नठान । आज त अनुसूया मेरो समस्या हो ।”

“त्यति कमजोर छ र अनुसूया ?”

“हुन त ऊ आफूलाई सबैभन्दा दृढ ठान्दछे तर ऊ एउटा सानो बालक जस्तै निर्बल छ । सहानुभूति देखाउछै ऊ सधैँ नै मलाई तर उसको हालतको खबर मैले पलपल लिई रहनु पर्दछ ।”

“घरका नोकरचाकरलाई सी.आइ.डी. गर्न लगाउछु भन न ।” – हेमलता फोनमा नै सुन्ने गरी हाँसी ।

“बालकले के गर्छ ? भनेर एउटा कुरुवा राख्नुलाई सि.आइ.डी. गरेको भन्दैनन्, हेमु । राधिकाबजैले नोक्सानी त केही गरेकी छैनन् ।”

“त्यो त हो ।”

“मेरो आवश्यकता त परेको छैन होला नि त्यहाँ ?”

“जे जस्तो भए पनि तिमी घरको मूलमानिस । तिम्रो आवश्यकता त जहिले पनि, जुनसुकै समयमा पनि छ । आवश्यकता नै छैन त कसरी भनूँ म”

“अहिले तुरुन्तै ‘अत्यावश्यक नै’ पो भनेको त ।”

“अहिले र जहिले पनि तिमी मेरोभन्दा अनुसूयाको आवश्यकता भएका छौ । झन् अहिलेको स्थितिमा त इन्द्राशनकै निम्ति भए पनि तिमी यहाँ आई पुग्ने छैनौ । तब किन जोड गरूँ म ? बरु जतिसक्दो चाँडो आऊ । त्यति चाहिँ भन्छु ।”

हेमलता र अरुणका बीच सम्झौता नै त्यस्तै थियो – बन्धनमा राख्ने छैन हेमलताले अरुणलाई र अरुणले हेमलतासँग अधिकारको माग गर्ने छैन । त्यो नियम बनाएकी हेमलताले नै हो । उसले सोचेकी थिई – घरमा लोग्ने भएर पनि उसको स्वतन्त्रतालाई कुनै वाधा गर्ने छैन त्यसले । उसको त्यो आफूखुशीलाई अरुणले सधैँ नै चुपचाप सहेको थियो तर अचानक अनुसूया आए पछि व्यक्तिव्यक्तिका धुरी र दूरी परिवर्तन हुन थाले । अरुण बिस्तारै अनुसूयातिर तानिन थाले पछि हेमलताले पनि पाउनु र गुमाउनुको अर्थ बुझ्न थाली र अरुणलाई आफूतिर आकर्षण गर्ने प्रयास गरी । सुन्दर, सम्पन्न, र तरुनी केटीहरूको मोहजालले पनि लोभ्याइन नसकेको अरुण विवाहिता, दुई छोराछोरीकी आमा र एउटा सामान्य जिउडाल र रूप बोकेकी अनुसूयाको परेलीमा अल्झियो र हेमलताले उसलाई केही भन्न सकिन । हुन त अरुणले अनुसूयालाई छोएको पनि थिएन तैपनि अनुसूया उसको लागि सबैभन्दा प्रिय हुन पुगी ।

अरुण दिल्लीको विमानस्थलमा ओर्लेर विचार गर्न थाल्यो – कहाँ जाने ऊ ? अघिल्लो दिन अनुसूया छोराछोरीको छात्रावासमा पुगेकी थिई उनीहरूलाई पुर्या उन । राति नै लगत्तै फर्केकी भए त्यो दिन दिल्ली आई पुगी सक्नु पर्ने हो । छोराले पनि भन्न सकेन आमा त्यो रात मसुरी नै बसी कि दिल्ली फर्की या अरूतिर लागी । मसुरी बसेकी भए या दिल्ली नै लागेकी भए ऊ अर्को दिनसम्ममा दिल्ली आई पुग्ने थिई । त्यसैले त्यही सम्भावनालाई पछ्याउने विचार गर्यो उसले । अरूतिर जाने सम्भावनालाई समाएर त ऊ एक अरबभन्दा बढीको मानव महासागरमा ऊ आफै नै हराउने थियो । मानव नै मानवको सागर जस्तो त्यो महानगरमा नै पनि त्यो थोपोजस्तो मानिस फेला पार्नु परालको माचमा सियो खोज्नु जस्तो भए पनि उसले त्यो रासमा अनुसूयालाई खोज्नु नै थियो ।

राधिकाबजको भनाइको आशय उसले बुझे अनुसार शारीरिक रूपमा त अनुसूया ठिकै थिई तर मानसिक रूपमा भने केही विचलन आएको हुनु पर्थ्यो । त्यस्तै थियो भने सचिनले किन बुझेन ? राधिकाबजैको पर्दा किन परेन उसको दृष्टि ? एउटै घरमा बस्ने, एउटै कोठामा सुत्ने दुई प्राणी कसरी एक अर्काबाट अनभिज्ञ रहन सके ? हेमलता र ऊ सुरुदेखि नै एक अर्काबाट अलग्ग भए पनि एक आफसका समस्याप्रति अनभिज्ञ त थिएनन् ।

विचलित अनुसूया कस्ति हुने थिई ? थाहा थिएन अरुणलाई । उसको सामु त अनुसूया सधैँ प्रसन्न हुन्थी । ऊ चपरचपर बोली नै रहन्थी र अरुण शान्त भएर सबै सुनी रहन्थ्यो । मौनभन्दा त्यो बोली रहने अनुसूया प्यारो लाग्थ्यो अरूणलाई ।

होटलमा आफ्नो सामान थन्क्याएर नुवाहीधुवाइ सकेपछि अरूण एक कप कफी लिएर संभावनाका आधारहरूलाई केलाएर योजना बनाउन थाल्यो । पहिलो, अनुसूयाले अँध्यारो यात्रा गरिन । यसर्थ बिहानै हिडेकी भए पनि ऊ अझै बाटैमा नै थिई । दोश्रो, उसले राति नै यात्रा शुरू गरी । केमा ? कोचबसमा कि कारमा ? सामान्य स्थितिमा राति यात्रा गर्दा स्वास्नीमानिस धेरै सहयात्री भएको कोचबसमा नै यात्रा गर्नु पर्थ्यो तर अनुसूया सामान्यावस्थामा थिई भन्न पनि सकिन्नथ्यो । त्यसैले कार, कोच उत्तिकै सम्भावना थियो । जेबाट आए पनि यात्रा सकुशल भएको भए ऊ त्यो बेलासम्ममा दिल्ली आई पुगेर कुनै होटलमा जमी सकेकी हुनु पर्ने । त्यसैले ऊ त्यो दिनभर दोश्रो विकल्प समाएर खोजी गर्न सक्थ्यो ।

अरुणले सधैँ अनुसूया बस्ने गरेको होटलमा गएर सोधपुछ गर्योर । होटलवालाले नम्र भएर जवाफ दियो ‍- “अघि अघि त यही आएर बस्नु हुन्थ्यो । खै, यसपाली त बस्नु भएको छैन । आउनु भयो र ?”

होटलवालाको कुरा सुनेर अरुणलाई राधिकाबजैको शङ्का स्वीकार्न कर लाग्यो ।

‘अनुसूया दिल्ली त बसी तर सधैँ बस्ने होटलमा बसिन । सामान्य मनस्थितिमा ऊ त्यही बस्नु पर्ने थियो । शायद उसको सोचाइ बदलियो र उसले होटल पनि बदली । सम्पन्न आइमाई सधैँ बस्ने गरेको सम्पन्न होटल छोडेपछि कहाँ जान सक्छे त ? त्यही स्तरको अर्को होटलमा जानु पर्ने कारण त हुन सक्दैन । अवश्य नै कुनै सस्तो खालको होटलमा गई होला ऊ नया मनस्थितिको सोचाइ लिएर । तर कहाँ ? दिल्लीमा त्यस्ता सस्ता खालका होटल त सयौँ छन् । कहाँ खोज्ने उसलाई ?’ – अरुणलाई चिन्ता पर्योह । अनुसूया धेरै पटक मसुरीको निम्ति आई । उसको लक्ष मसुरी हुन्थ्यो अनि फर्कदा काठमाडौँ । दिल्ली त उसको ट्रान्जिट मात्र । आतेजाते २।४ सामान किन्यो, हिड्यो । समय भए १।२ बटा नौला सिनेमा हेर्योफ । ऊ सरहका मानिसले देखेको दिल्ली विमानस्थल, बसटर्मिनल, कनाटसर्कल र यसका वरिपरिका २।४ वटा बाटाहरू । अति नै भए बसको दिल्लीटुर । सचिनसँग आएकै बेला पनि त सचिन आफ्नै काममा व्यस्त हुन्थ्यो होला । दिउसो गाडीमा वरपर र बेलुका रेस्टुराँ, भोज, होटल । त्यसैले उसले देख्न सक्ने त्यही कनाटसर्कलको वरपर ।

अरुण बाहिर निस्कियो । कनाटसर्कल नजिकैको ‍एउटा स्टेसनेरी कम पत्रिका पसलमा पस्यो र कनाटसर्कल वरिपरिका सानाठुला सबै होटलका नाम हुन सक्ने होटल या लज गाइडम्याप माग्यो । पुरै एरिया कभर गर्न त उसले दुईवटा म्याप किन्नु पर्यो ।

होटलमा आएर उसले टेलिफोन डाइरेक्ट्री पल्टायो र एकएक गर्दै सबै होटलमा फोन गरेर अनुसूयाबारे सोध्दै गयो तर उसले अनुसूयाको पत्तो पाउन सकेन । टेलिफोन थन्क्याएर ऊ फेरि कनाटसर्कलमा फेटिन सक्ने संभावना लिएर फेरि त्यता लाग्यो तर साँझसम्मको त्यो पटकपटकको घुमाइ पनि काम लागेन ।

होटलमा आएर उसले राधिकाबजैलाई फोन गर्योम र सोध्यो – “बजै ! अनुसूयाले फोन गरेकी थिइन ?”

“अहँ। फोन त गरिबक्सेको छैन ।”

“जानु अघि कहाँ कति दिन बस्छु भन्थिन् ?”

“अरू त केही भनि’स्सेन । खालि ‘यसपाली म अलमलिन्छ होला’ मात्र मर्जी भएथ्यो ।”

“सचिनले त केही भनेको छैन ?”

“साहेबलाई यस्ता कुराको के वास्ता ? ‘छोराछोरी भेट्न गएकी छ । कहाँ जान्छे र ? आई हाल्छे नि।’ भन्ने छ ।”

“सन्चो छैन भन्ने विचार त गर्योल होला नि ?”

“त्यस्तो विचार गरेको भए सन्चो नहुने स्थिति उब्जने नै थिएन ।”

राधिकाबजैसँग अरू सोध्नु बेकार ठानेर टेलिफोन राखी दियो ।

“कहाँ छन् त अनुसूया ? दिल्लीमा कि दिल्ली आउदैछन कि या अरू कुनै ठाउँमा ?”

यो प्रश्नले अरुणलाई त्यति सजिलै निदाउन दिएन । उसले विभीन्न दृष्टिकोणबाट अनुसूयाको संभावित उपस्थितिको स्थान केलायो तर निश्चित कुनैमा हुन सकेन र मनमनै भन्यो – “अर्को २४ घण्टाभित्र अनुसूयालाई भेट्न सकिनँ भने खोजलाई विस्तारित गर्नु पर्ला ।”

बिहान उठेर नुवाइधुवाइ गरेपछि अरूण कफी खादै टेलिफोन घुमाउनमा व्यस्त भयो । अनुसूया दिल्ली आएर कनाटप्लेसको आसपास बसेकी भए पत्ता लाग्न सक्ने संभावना थियो तर उसको त्यो प्रयाश सफल भएन । चल्तीका होटलमा कुनै एक्ली नेपाली आइमाई बसेको पत्ता लागेन । त्यसमा पनि अनुसूयसको रूप, कद, काँट मिल्ने त दोक्लै बस्ने पनि थिएनन् ।

उसले कोठाभित्र बसेर सोच्नुभन्दा बाहिर निस्कनु बढी उपयुक्त ठान्यो र होटलबाट निस्कियो । अरुणलाई, किन हो कुन्नी ?, ऊ विरामी भए पनि या नभए पनि दिल्लीको त्यो केन्द्रमा अनुसूया पक्का आई पुग्छे भन्ने विश्वास थियो ।

अरूण यताउति हेर्दै, अलमलिदै त्यो घेराको चक्कर लगाउन थाल्यो । अनुसूया पस्न सक्ने संभावित पसलहरूमा आँखा लगाउदै पनि गयो । एक आवाराजस्तै घण्टौँ त्यही घुमी रह्यो त्यही चक्करमा र अन्ततः थाकेर त्यहीको एउटा कफी स्टलको एउटा स्टुल समाएर कफी पिउन लाग्यो । दिनको दुई बजेको वैशाखको घाम बाहिर चर्को थियो र पेटीमा मानिसको आवतजावत पनि तुलनात्मक रूपमा कम थियो । अरूणको सोचाइ अरूतिर गए पनि उसका आँखा पेटीको वल्लोछेउदेखि पल्लोछेउसम्म हिड्ने आइमाईहरू नियाल्दै जान्थे ।

आधा कफी मात्र के खाएको थियो उसको आँखा छोटो कपाल भएकी र शर्ट र स्ल्याक्स लगाएकी आइमाईमा पर्योप । ऊ टाडाबाट हेर्दा अनुसूयासँग ठ्याक्कै मिल्थी ।

“कहीँ अनुसूया त होइन यो ?” ऊ मनमा आएर जुरुक्क उठ्यो । त्यही बेला त्यो आइमाईको आँखा पनि उसमा पर्योो । ऊ निमेषभर रोकिई र फरक्क फर्केर अघि आएको बाटोतिर नै गई ।

अरुणलाई अब पुरै शङ्का भयो । उसले कफीको कप टेबलमा राख्यो नोट पसलेको हातमा थमाएर खुद्रा फिर्ता पनि नलिई दौडदै निस्कियो ।

पेटीको मोडमा पुग्दा त्यो आइमाई वायाँपट्टि मोडिएर जादै थिई । अरूण तीव्र गतिमा उसलाई पछ्याउदै गयो र मनमा सोच्दै पनि गयो – “त्यो आइमाई केही गरी अनुसूया भइन भने । हो नै भने पनि यति थोरै समयमा अनुसूया कसरी त्यस्ती भई ? ऊ त एकै झल्कोमा प्रस्ट छुट्टिने महानगरकी नगरवधूजस्ती देखिएकी छ । ऊ किन परिवर्तन भई ? केले वाध्य गरायो परिवर्तन हुन ? कि होश गुमाई अनुसूयाले ?”

छिटो पाइलाको अरुणले अनुसूयालाई भेटेर उसको हाराहारीमा उभिदै भन्यो – “अनु ! कहाँ जान लागेकी ?”

त्यो आइमाईले रोकिएर आफूलाई हेरेपछि अरुणले चिन्यो, ऊ अनुसूया नै थिई । अनुसूयाले पनि केही निमेष अरुणलाई हेरेपछि भक्कानिएको स्वरमा भनी – “तिमी किन आयौ, अरुण, यहाँसम्म ?”

अरुणले अनुसूयालाई टैक्सीमा हालेर लिएर आफ्नो होटलमा आयो । अनुसूयाको फेसन, शृङ्गार देखेर काउन्टरमा आँखा त उठे तर शिष्ठतावस केही भनेनन् । अनुसूयाको निम्ति एउटा अलग्गै कोठा लिएको देखेर रिसेप्सन क्लर्कले सोध्यो – “मैडमको सामान ?”

“आई पुग्छ । सामान पछाडि छुट्यो । एअरपोर्टमा लिन जानु छ ।” – अरुणले जवाफ दियो । त्यो सुनेर क्लर्कले चित्त बुझायो ।

“तिमीले खाना त खाएकी छैनौ होला ?” – अरुणले अनुसूयातिर हेरेर प्रश्न गर्योख । उसले ‘छैन’ मा टाउको हल्लाई । अरुण उसलाई लिएर रेस्टुरेण्टभित्र पस्यो ।

अनुसूयाको सामान उसको होटलबाट लिएर आउदा घाम अस्ताई सकेको थियो । त्यो दुई तीन घण्टाको बीचमा अनुसूयाले अत्यावश्यक केही शब्दहरू बाहेक अरू केही बोलेकी थिइन । अरुणले सोचेजस्तै त्यो होटल अति सामान्य थियो अनुसूयाको हैसियतभन्दा धेरै तलको । होटलवाला जसरी अरूणलाई देख्दा झस्केको थियो त्यसरी नै अनुसूयालाई देख्दा पनि झस्केको थियो होला किनकि त्यो वर्गका मानिसहरू त्यस्तो होटलमा बस्न त्यसै आउदैनन् भन्ने ज्ञान ऊजस्तो खाई खेली गरेको खलीलाई थाहा नहुने कुरै थिएन तर त्यो रातको समेत रकम पाएकोले अनुसूया त्यहाँबाट जानुमा उसलाई कुनै आपत्ती थिएन ।

अनुसूयाको सामान थन्क्याएपछि अरुणले एउ टा कुर्सी समाएर बस्दै उसलाई सोध्यो – “तिमी कहिले आई पुग्यौ दिल्ली मसुरीबाट ?”

“हिजो बिहान ।” – उसले छोटो उत्तर दिई । “

“त्यसोभए रातभरि यात्रा गर्यौण तिमीले ? केमा आयौ ?”

“टैक्सी कारमा ।”

“टैक्सी कारमा ? एक्लै रातभरि हिड्न डर लागेन तिमीलाई ?”

“केको डर ? कोसँग डर ?”

“चोर, डाका, गुण्डा, बदमास । कोही पनि त हुन सक्थ्यो ।”

“मैले त तिनीहरूलाई खोजेर पनि भेटिनँ ।”

अरुण बोलेन । अनुसूयाको उत्तर सुनेर बोल्ने हिम्मत पनि भएन ।

“तिमीले पत्याएनौ मेरो कुरालाई तर हो साँच्चै । मैले खोजेर पनि पाइनँ ।”

अब अरुणलाई बोल्न करै लाग्यो ।

“किन खोज्यौ, अनु, तिमीले तिनीहरूलाई ? के काम तिम्रो तिनीहरूसँग ?”

अनुसूयाले अरुणलाई यसरी हेरी मानौँ उसले कुनै अचम्म कुरा बोल्यो । अनुसूयाको आँखामा र अनुहारमा बिरानोपन देखेर अरुण अलि डरायो ।

“म आइमाई हुँ । सबैले भन्छौ नि – म आइमाई हुँ, तर खै ! किन कुनै पनि लोग्नेमानिस पुरुषोचित व्यवहार गर्दैन ? किन, अरुण, किन ? तिमी सधैँ मलाई एउटा निकटतम मित्रको रूपमा लिन्छौ । मेरो लोग्नेलो म उसकी छोराछोरीकी आमा नभएकी भए एउटा फलामे ढ्याक भन्दा बढी ठान्ने थिएन । बाँकीले त मेरो उपस्थितिलाई नै पनि नारी उपस्थिति जस्तो ठान्दैनन् । किन ? किन ? भन त ।”

“तिमीलाई त्यस्तो लागेको मात्र हो, अनु । कोही पनि त्यसो गर्दैन ।” – अरुणले सम्झाउन खोज्यो ।

“हो, तिमी सान्त्वना दिन्छौ मलाई तर त्यो सान्त्वनाले सत्य छोप्दैन । मेरो उपस्थिति मात्रले पनि नपुंसक बनाई दिन्छ लोग्नेमानिसलाई । मेरो शितलताल उनीहरूलाई निष्क्रिय बनाई दिन्छ । अरू गलगर्ल सरह म कलगर्ल भएर उभिदा पनि कुनै पनि दुई खुट्टा टेकेर उभिने लोग्नेमानिस मसँग मोलतोल गर्न आएन । के मसँग रूप छैन ? के म आजै बुढी भई सकेँ ? अरू त अरू, मैले सित्तैमा आफूलाई सुम्पदा पनि त्यो ट्याक्सीको खटरा हाँक्ने ड्राइभरले समेत मलाई स्वीकार गरेन । उसले उल्टै हात जोडेर भन्यो – ‘मेमसाहेब ! म दिनहुँ हात, खुट्टा चलाएर कमाइ गर्ने मानिस । जहान छोराछोरी छन् घरमा । भोलि पुलिसको हातमा परेँ भने त भोकभोकै मर्छन् मेरा बालबच्चा ।’ किन पढ्नु पर्योम त्यसले नैतिकताको पाठ ? के उसको लागि म आइमाई होइन ?” – अनुसूया बर्बराई ।

अरुण उठेर अनुसूयाको नजिकै बस्यो र उसको हात हातमा लिएर भन्यो – “अनु ! सबै मानिसले के भने र के गरे ? तिनीहरूको जिम्मेवारी त म लिन्न तर मैले त तिमीलाई सधैँ नै मेरी सबैभन्दा प्रिय अनुसूयाकै रूपमा लिएको छु र तिमी आइमाई भएकैले त्यो लिएको हुँ । त्यसैले तिमी कसैले पनि वास्ता गरेनन् भनेर नभन । तिमीप्रति वास्ता नभएको भए तिमीलाई खोज्दै दौडेर आउने पनि थिइनँ । फेरि दोश्रो प्रश्नको जवाफ पनि सुन । सबै लोग्नेमानिसले सबै स्वास्नीमानिस मन पराउनु पर्छ भन्ने छैन । २।४ जना कामान्ध बाहेक प्रत्येक पुरुषका आफ्नै चाखका आइमाईहरू हुन्छन् र तिनीहरूलाई नै रोज्दछन् । तिमी कलगर्ल त हुन खोज्यौ तर तिम्रो नकलमा कलगर्लमा हुनु पर्ने विशेषता भएन र कसैले पनि तिमीपट्टि ध्यान दिएन । लोग्नेमानिसले तिमीलाई पन्साएको पटक्कै होइन ।”

“निस्पट्ट अँधेरी रातको सुनसान सडकमा एउटी आइमाईले समर्पण गर्दा पनि त्यो ड्राइभर किन पछि सर्यो त ?” – अनुसूयामा केटाकेटीको जस्तो जिद्दिपन देखा पर्योि । अरुणले मुस्कुराउदै उसको हात सुम्सुम्याएर भन्यो – “यो कुरामा तिमी केटाकेटी छौ, अनु । बुझ्दिनौ तिमी । मलाई अचम्म त के लाग्यो भने त्यो घर, परिवार भएको मानिसले राति त्यो निर्जन बाटोमा एउटी तरूनी आइमाईलाई एक्लै लिएर आउने आँट गर्योस कसरी ? उसले तिमीलाई केही गरे त ऊ अपराधी यसै ठहर्थ्यो नै, बाटोमा अरू कसैले तिमीलाई केही गरी दिएको भए पनि उही नै ठहर्ने थियो । शायद उसलाई पैसा अत्यावश्यक थियो र नै उसले त्यो जोखिम उठायो नत्र प्रहरीको हातमा परेर जीवनभर आफूले पनि दुख पाउने र स्वास्नी छोराछोरी पनि रुवाउने जोखिम उठाउने थिएन । मासु भन्दैमा त्यसै बिक्छ र मासु ? क्रेता र विक्रेताका बीचको भाषा मिल्नु पर्छ अनि मात्र बिक्छ मासु ।”

अनुसूया केही भन्न खोज्दै थिई तर अरुणले उसलाई रोकेर भन्यो – “छोडी देऊ अब । हिजो हिजो भई सक्यो । जाऊ, नुवाइ धुवाइ गरेर लुगा फेर । मलाई त यो कलगर्लवाली अनुसूयाभन्दा मेरी पुरानै अनुसूया मन पर्छ । अनि दिल्ली घुम्न निस्कौँला ।”

अरुण आफ्नो कोठातिर लाग्यो ।

राति झण्डै १२ बजेतिर होटल फर्कदा अनुसूया अलि मातेकी थिई र अरुणलाई गिल्ली गर्दै आएकी थिई । अनुसूया खुसी भएकीले अरुण पनि मुस्कुराई रहेको थियो । त्यसरी एक्लै साँझ अरुणसँग उसले कहिले पनि बिताएकी थिइन र त्यो उसको निम्ति नया अनुभूति थीयो । उसलाई अरुणको प्रत्येक स्पर्श मादक लाग्न लागेको थियो । डिनरमा अरुणले त्यो भव्य रेष्टुँराको मैनेजरसँग राजकुमारीको निम्ति भव्य डिनरको मात गरेको थियो र अनुसूयाले त्यो भव्य सेवा पाई पनि ।

कुरै कुरामा अनुसूयाले भनी – “कस्तो विडम्बना हो कि ! आजै दिउँसो म कलगर्ल थिएँ, अहिले राजकुमारी भएँ ।”

“के कसको हातमा पर्छ ? त्यसमा भर पर्छ । केटाकेटीको हातमा फूल च्यातिएर भुइँमा जान्छ । युवतीले गजरा बनाएर शिरमा लाउछे । भक्तिनीले माला बनाएर देवतालाई चढाउछे । फूल त फूल नै हो आखिर ।” – अरुणले जवाफ दियो ।

अनुसूयाले त पुरै मातुन्जेल पिउने विचार गरेकी थिई तर अरुणले रोक्दै भन्यो – “अलिअलि मातेको सौन्दर्य मात्रै राम्रो देखिन्छ । धेरै भएपछि लतपतिन्छ र मलाई लतपतिएको सौन्दर्य हेर्न मन छैन ।”

होटलको लिफ्टबाट बाहिर निस्के पछि अरुणले भन्यो – “पहिले म तिमीलाई कोठामा पुर्या ई दिन्छु ।”

अनुसूयाले रुष्ठ भएर भनी – “होइन, मैले तिम्रो कोठामा जानु हुन्न र ?”

अरुणले अनुसूयालाई पाखुरामा समाउदै भन्यो – “हुन्छ, अवश्य हुन्छ । तिम्रो निम्ति मेरो तर्फबाट कहीँ बन्देज छैन ।”

होटलकोठाको ढोका खोलेर भित्र पसेपछि अनुसूया सोफामा आसन जमाएर बसी र भनी – “केले स्वागत गर्छौ मलाई तिम्रो कोठामा ?”

“भन के माग्छ्यौ तिमी ?”

“अहिले त मलाई ड्रिंक नै देऊ र तिमी पनि लेऊ ।”

“किन ड्रिंकमा जोड ? बढी हुदैन र ?”

“बढी भए के भयो त ? जिम्मेवारी लिने तिमी छदैछौ । आज तिमी छौ, म छु र अरू कोही पनि छैनन् हाम्रो बीचमा । यसरी तिमीसँग बसेर खान पाउने दिन फेरि आउछ कि आउदैन के थाहा ?”

अरुणले दुई पेग बनाएर एउटा आफूले लियो र अर्को अनुसूयालाई दियो । अनुसूयाले एक चुस्की लिएर सोधी – “मेरो कुरा त तिमीले सबै सुन्यौ । अब तिम्रो कुरा । तिमी मलाई खोज्दै कसरी आई पुग्यौ यहाँ .?”

अरुणले राधिका बजैले भनेको कुरा सुनायो । सो सुनेर अनुसूयाले भनी – “बजसँग कुरा गर्दा म त्यति abnormal त थिइनँ ।”

त्यसमा अरुणले रसिक भएर – “त्यति abnormal त ट्याक्सी ड्राइभरसँग कुरा गर्दा पनि त थिइनौ होला नि ?”

“छोड ती कुरा । त्यो phase गई सक्यो । तर बजैले किन त्यसो भनिन् त ?” – अनुसूयाले गम्भीर भएर भनी ।

अरुणले पनि गम्भीरतामा फर्किएर भन्यो – “मलाई यस्तो लाग्छ कि तिमी घरबाट हिड्दा नै तिम्रो चाल स्वभाविक थिएन । असंयमित कुरा गर्न थाली सकेकी थियौ तिमी ।” “म बौलाएकी त थिइनँ ।”

“तिमी बौलायौ भनेर बजैले भनेकी पनि त होइनन नि । उनीले केवल सन्चो छैन मात्र भनिन् । त्यो सन्चो नभएको सचिनले देखेन र मेरो फोन पाउने बित्तिकै मलाई फोन गर्नु तिम्री नोकर्नीको वफादारी हो ।”

“उसको विचारमा मेरो जिम्मेवार सचिन पछि तिमी नै हौ ।”

“उसको विचारमा मात्र होइन धेरैको विचारमा । मेरी स्वास्नीको पनि यस्तै सोचाइ छ ।”

अनुसूया मौन भई एक छिन र फेरि मुस्कुराउदै भनी – “त्यो ड्राइभरको अनुहार सम्झेर हाँसो उठ्छ अहिले पनि मलाई । बिचरो रुँला रुँला झैँ गरेर ‘बरु मलाई भाडा नदिनोस् केही भन्दिनँ । गरिबको ज्यान जाने काम नगराउनोस्’ हात जोड्न लाग्यो । कस्तो नामर्द होला ।”

“तिम्रो निम्ति पो खेलवाड भयो त । केही काण्ड भएर फसेको भए त्यो गरिब डुबी हाल्थ्यो नि जिन्दगीभर । तिमी त दरबारमा हुर्केकी त्यसैले तिमीलाई थाहा छैन गरिबको झुप्रोको कुरा ।” – अरूणले व्यंग्य हान्न चुकेन ।

“आफू चाहि कति त झुप्रोमा बसेजस्तो !” – अनुसूयाले पनि पनि तीर चलाई ।

“जन्मेर हुर्केको त झुप्रोमा नै हुँ । अहिले पो दरवारमा पुगेँ त ।” – अरुणले सफाइ दियो र थप्यो – “अनि त्यो होटलमा तिमी पुग्यौ कसरी ?”

“कहीँ बस्न हुने सस्तो होटलमा लैजा भनेको ट्याक्सीवालाले त्यहीँ ल्याएर थन्क्याई दियो ।”

“उसले जसरी भए पनि तिमीबाट छुट्टी पाउनु थियो नि त !”

अरुण हास्यो । अनुसूया मुस्कुराई र रित्तो पेग देखाउदै भनी – “मलाई एउटा ।”

“पुग्यो होला अब ।” – अरुणले अनुरोधको स्वरमा भन्यो ।

“अब एउटा मात्रै, last ।” – अनुसूयाले याचक स्वरमा जवाफ दिई ।

अरुणले पेग भरी दियो र सोफामा बस्यो । अनुसूया आधा पेग रित्याएर अरुण छेउमा बसी । उसको अनुहार रातो थियो र उसका बोझिल आँखाले ऊ निकै मातेकी छ भन्ने देखाउथे । अनुसूयाको मादम अनुहार र दृष्टि कुनै पनि लोग्नेमानिसलाई असंयमित बनाउन सक्थे र अरूण पनि नलोभीई बस्न सकेन । उसले अनुसूयालाई आफ्ने अँगालोमा बाँधेर एउटा लामो म्वाइँ खायो । दश वर्षको लामो प्रेमावधिमा पाएको पहिलो चुम्बनले अनुसूया पात झैँ कामी र अरुणको घाँटीमा झुण्डिई । उसले थाना पाई कि ऊ शितल थिइन । ऊ खुसीले रोई ।

अनुसूय घर आई पुगी तर अर्कै भएर । त्यसको आभास सबैभन्दा पहिले राधिकाबजैलाई नै भएको थियो । अनुभवी आइमाईका आँखाले उसमा आएको परिवर्तन देखी नै हाल्यो ।

“के भयो, फुपू, मैसाहेबलाई ?” – रूपाले सोधीथी बजैलाई । शायद उसको आँखाले पनि केही परिवर्तन त देख्यो होला ।

सचिन आफैमा मस्त थियो । उसलाई अनुसूयामा आएको त्यो परिवर्तन हेर्ने फुर्सद पनि भएन अथवा भनौँ अनुसूयाको उपस्थितिले उसलाई विशेष प्रभाव पार्न पनि छोडी सकेको थियो । उसको निम्ति अनुसूया नानीले बोक्ने पुतली जस्तै थिई जो आफूले बोक्दा आफ्ना वरपरका बीचमा विशिष्ट सन्मान प्राप्त हुन्छ तर व्यक्तिगत उपयोग या उपभोगका निम्ति कुनै महत्व हुदैन । त्यो घर, त्यो परिवार अनुसूयाको थियो र त्यसको रक्षा उसले गर्नै पर्छ भन्ने सचिन सोच्दथ्यो । एउटी आइमाई, एउटी स्वास्नी भित्र के छ ? भन्ने जान्ने चाहना नराखी उसबाट जिम्मेवारी मात्र खोज्ने लोग्नेमानिसको श्रेणीमा परी सकेको थियो ऊ । लोग्नेको दृष्टिले भन्दा पनि एउटा गृहस्वामीको आँखाले हेर्ने बानी परेकोले उसले स्वास्नी र नोकर्नीको अन्तर बुझ्न छोडी सकेको थियो । यसो हुनुमा अनुसूयाको शितलता या अनुसूया स्वयम् नै पनि कम जिम्मेवार थिइन । त्यसैले अनुसूयामा आएको परिवर्तनमा उसको दृष्टि नपर्नु कुनै आश्चर्य भएन ।

अनुसूया घरभित्र पसेपछि उसले सधैँको जस्तो घरको खोजखबर गरी रहिन । एउटी बेफिक्री केटी जस्तै भित्र पसी र आफ्ना विषयवस्तुको मात् वास्ता गरी । गृहस्वामिनीखो त्यस किसिमको गैर्हपजिम्मेवारी चरित्र राधिकाबजैलाई तुरुन्टै खट्कियो । घरमा के छ ? के छैन ? कस-कसको के समस्या छ ? आदि इत्यादि खोजीनीति गर्ने, बुझ्ने मालिक्नी एकाएक लत्तो छोडेर वास्तै नगर्ने बेजिम्मेवार हुन थाले पछि घरको बन्दोवस्त लथालिङ्ग हुन थाल्यो । त्यो देखेर राधिका बजैले भनिन् – “मैसाहेब ! यसरी बेवास्ता गरेर घर कसरी चल्ला र ?”

बजैको कुरा सुनेर अनुसूयाले कति पनि नहिच्किचाई जवाफ दिई – “रूपालाई ‘गर’ भन्नोस् न अब ।”

बजैले लामो सास फेरेर भनिन् – “मैसाहेब ! बोकाबाट दाइँ हुने भए गोरु किन चाहिन्थ्यो र ? घरकी मालिक्नीको ठाउँ रूपाले लिन सक्ने भए हजुरको कमीको महसुस किन हुन्थ्यो ?”

“मैले यही जिम्मेवारी लिनलाई नै उसलाई तालिम दिएकी हुँ । मेरो काम उसले गर्नु पर्छ भनेर त तपाईलाई मैले पहिले नै भनेकी हुँ ।” – अनुसूयाले अड्डी लिई ।

“हो, मलाई थाहा छ तर त्यसमा कुनै मानिसलाई कामको जिम्मवारी कुन हैसियतमा दिइएको छ ? त्यसमा भर पर्छ । हजुरलाई साहेबको घरमा झ्याइँझ्याइँ पञ्चेबाजा बजाएर भीत्र्याइएको हो र हजुरले जाने पनि नजाने पनि हजुरलाई घरकी मालिक्नी बनाएर घर जिम्मा दिइएको हो । यो घरमा हजुरको त्यो प्रभूता शब्दशब्दमा, भावभावमा स्वत प्रकट हुन्छ, मालिक्नी भनेर कसैले चिनाउनु पर्दैन । रूपा यो घरमा नोकर्नी भएर पसेकी हो र ऊ नोकर्नी हो भन्ने सबैमा भिजेको छ । त्यही आधारले होला साहेबसँग रूपाको लसपल छ भनेर जान्दाजान्दै पनि बाबुलालसम्म पनि ऊबाट लोभिन्छ र उसलाई पाउन सकिन्छ कि भनेर आशा गर्छ । मालिकले छोई दिदैमा नोकर्नी मालिक्नी बन्न सक्दिन । मालिककि रखौटीसम्म पनि बन्न सक्दिन । तब मर्जी होस् त, रूपालाई ‘गर’ भन्दैमा हजुरको काम गर्न सक्छे ?” – बजैले कुरा प्रष्ट्याइन् ।

“सक्नु पर्यो् नि अब । म बिस्तारै बिस्तारै सबै चिज उसलाई छोडी दिन्छु ।” – अनुसूयाले थपी ।

बजैले लामो सास फरेर भनिन् – “त्यही त भएन नि, मैसाहेब । खटाएको मानो त नोकर चाकरले खान्छन् । खान नपाए हिडी दिन्छन् । घरकी मालिक्नी त सबै आफ्नो ठान्छन् । खान नपाए पनि आफ्नै घरमा भोकै बस्छन् । रूपाको निम्ति त साहेब पनि हजुरले खटाएको मानो हो । हजुरले रोकेको दिन उसले त्यो पनि पाउदिन । उसको प्रत्येक भूमिकाको मुल्य छ हजुरले तोकी दिएको मुल्य र रूपाले त्यो बुझेकी छ । टेक्ने समाउने ठाउँ भएको भए उसले त्यो गाँस निली रहने थिइन तर ऊ योभन्दा बढी कहीँ पनि पाउन सक्दिन र खुसी छ ऊ यसैमा ।”

“तब के गाहारो भयो त उसलाई ?” – अनुसूयाले शङ्का उठाई ।

“पहिलो गाहारो त मैले भनी हालेँ । अब दोश्रो पनि सुनी बक्सियोस् । यो घरमा हामी नोकरचाकरको मुल्य र मान्यता पनि हजुरको उपस्थितिले मात्र हुन्छ । नत्र त हामी पनि बवारिसे हुन्छौँ । हुन त यसै पनि लोग्नेमानिसको घर हुदैन । घर त स्वास्नीमानिसको हुन्छ, स्वास्नीको हुन्छ । हजुरबिना त साहेबको पनि अस्तित्व देखिदैन यहाँ । वहाँ पनि हामी जस्तै स्वचालित मेसिन बनी बक्सन्छ । यो त सधैँको कुरा भयो । यो पटक त हजुरलाई सन्च छैन भन्ने सुनेपछि त साहेब अर्कै भई बक्सेको छ ।”

“कसले भन्यो यो फेरि म बिरामी भन्ने कुरा ?”

“भन्न त मैले नै भनेकी हुँ । चासो राखेर सोध्नेलाई त भन्नै पर्योन नि । साहेबले सोधनी गरेको भए साहेबलाई पनि भन्ने थिएँ । सोधी बक्सेन । अर्को थाहा हुने मानिस त अरुणबाबु नै हो ।”

“अरुणले भनेन । शायद हेमलताले भनी होली । तर रूपालाई यसले के फरक पार्योश र ?”

“हजुरको अनुपस्थितिमा साहेबको आँखा रूपामा पर्दै परेन ।”

अनुसूयाले दृष्टिलाई बाहिरतिर स्थिर गर्दै भनी – “छोडी दिनोस्, बजै, यी कुरा । सचिनको निम्ति त म एउटा पदार्थ मात्रै हुँ । हामीले एक अर्कालाई नछोएकै पनि एक जुग भई सक्यो । बाँकी यो घरपरिवार भन्ने जो यहाँ बस्यो त्यसैको हो । घरमा बस्नेले यति कुर बुझे घर चल्छ । म नभएर सचिन अर्को भएको होइन । मलाई सन्च नभएको कुरा उसलेभन्दा अरुणले पहिले थाहा पायो, मेरो रक्षार्थ दौड्यो र आफू लोग्ने भएर पनि पछि पर्योि भन्ने हीनताबोध उसम भयो होला । अब अरू कुरा होइन, रूपालाई सम्झाउनोस् । म त के ? कुनै बेला पनि सन्च नभएर ढल्न सक्छु । अरुण समयमा नपुगेको भए त्यही बेला नै ढली सक्ने थिएँ ।”

“अनि अरुणबाबु त आई बक्सेन त ?”

“ऊ आफ्नै बाटो गयो । सामान्य परिस्थितिमा मलाई उसको आवश्यकत छैन भनी ठान्छ ऊ ।”

हुन त पहिलो वाक्य बिना कुनै जोड भनिएको भए पनि त्यो भनाइमा भएको शुन्यपनले कहीँ भित्र उसको छातीमा भएको घाउ रसाए झैँ वेदनाको अमिलोपन झल्काउथ्यो ।

राधिका बजैले भने जस्तै सचिन बदलिएको थियो । ऊ गम्भीर देखिन्थ्यो । अनुसूयाको गमन र प्रत्यागमनलाई सामान्य ठानेर खोजीनीति नगर्ने मानिसले ऊ फर्केर आए पछि भ्रमण कस्तो भयो ? आदि इत्यादि सोधनी गर्यो । अनुसूयाले असमान्य केही नभएको जवाफ दिई । राति अनुसूयालाई आफ्नो अँगालोमा लिन खोजेको पनि थियो तर तापमा आउन नसकेकी अनुसूयाले त्यसलाई नम्र स्वरले अस्वीकार गरी ।

अनुसूया दिल्लीबाट फर्के पछि एउटा अतृप्त आशामा अल्झन थाली । सामान्य परिस्थितिमा पनि घरभित्र बज्ने टेलिफोनको प्रत्येक घण्टीले उसलाई अरुणलाई सम्झाउन थाल्यो – कहीँ अरुणकै फोन त होइन ? ऊ आफू फोन उठाउन डराउथी, निराशा प्रत्यक्ष बेहोर्न डराउथी ।”

“ऊ यसै गर्छ । जहिले पनि घर नफर्कन खोज्छ ।” – मनमनै भन्थि ऊ ।

फेरि जमघटको बेला आयो र यो पाली आतिथ्य सबिनाले गर्नु पर्ने थियो । जब सबिनाकोमा जमघट चल्थ्यो सचिन चहचहाउथ्यो । सबिनाका हातबाट खन्याइने प्रत्येक पेगमा ऊ मिठास भेट्टाउथ्यो र ऊ सबिनाकै छेउछाउमा झुमी रहेको थियो । मुकुन्द हेमलतामा अल्झिएको थियो तर हेमलता भने, किन हो कुन्नि ? अलि उदाश र शिथिल देखिन्थी । त्यसैले कसैले प्रश्न गर्योी – “किन उदाश, हेमुदिदी, तिमी आज ?”

“अरुणको सम्झना आए जस्तो छ । नत्र अरू सबै त यहीँ छन् त ।” – हेमलताले जवाफ दिन नपाउदै वाचाल सावित्रीको मुख चली हाल्यो ।

“बोलाऊ न त बोलाऊ उसलाई ।” – कसैले मिठो ठट्टा थप्यो ।

“ऊ अनुसूयाले त ल्याउन सकिन । मैले यहाँबाट बोलाएर के आउला ?” – विषयवस्तुलाई गम्भीर हुन नदिन ठट्टैको स्वरमा हेमलताले जवाफ दिई ।

ठट्टाको गट्टा आफूतिर फालिएकोले अनुसूयाले त्यसलाई चारैतिर छर्दै भनी – “कसैलाई पनि काम नलाग्ने जीव म मात्रै किन खोकिलामा लिएर आऊँ भनेर मैले पनि दोबाटोमा नै उभ्याएर आएँ ।”

सधैँ त यत्तिकैमा विषयवस्तु टुंगिन्थ्यो तर यो पटक कसैले पनि त्यसलाई टुंग्याउन चाहेन । एकाएक अनुसूया पर्नाले अरुण हाम फाल्दै बम्बइबाट दिल्ली पुगेको कुरा सबैकोमा पुगी सकेको थियो । त्यो कुरा पनि हेमलताले नै फैलाएकी थिई । अरूणको कुनै पनि कारवाहीप्रति आपत्ती नहुने हेमलतालाई अनुसूयाको मरिमेटी दौडिएको यो पटकको घटनाले भने उसमा अनुसूयाप्रति डाहा उब्जाएको थियो तर आफैले बाँधेको नियमकी बन्दी भएकीले अरुणलाई ऊ केही भन्न नसके पनि अनुसूयाको बदनामी गराउने प्रयाश भने गरेकी थिई ।

“अरुण केमा अल्झिएको छ, अनु, बम्बइमा तिमीलाई समेत छोड्न सक्ने गरी ?” – शिवालीले गम्भीर स्वरमा प्रश्न गरी ।

व्यंग्य र ठट्टामा सोधिनु त त्यो समाजमा मान्य नै थियो र त्यसलाई हाहा हुहु र गफकै सिलसिलामा लिइन्थ्यो तर यसरी एउटा लोग्नेमानिसको सम्बन्धमा एउटा गम्भीर प्रश्न अर्को लोग्नेमानिससँग सोधिनु अमर्यादित भएकोले सबैले शिवालीतिर हेरे । शिवालीको लोग्ने मोती सिंहले बिचैमा भनी पनि हाल्यो – ” के प्रश्न सोधैकी तिमीले ? के थाहा अनुसूयालाई उसको कुरा ? बरु हेमलतालाई थाहा होला, उसलाई सोध न ।”

शिवालीको प्रश्नको जवाफ हेमलता दिन चाहन्नथी । शिवालीको प्रश्न अरुण के गर्छ ? भन्ने चासोको प्रश्न थिएन । उसले त अरुण र अनुसूयाको सम्बन्धको सो समयमा उठेको चासो अगाडि ल्याएकी थिई । त्यसलाई समाधान गर्न हेमलताको विचार पनि थिएन र त्यसले समाधान हुने पनि थिएन । त्यसैले हेमलता मौन बसी । अनुसूया स्वभावत नै सहिष्णु भएकीले र कुनै पनि असजिले विषयलाई ठट् टामा परिणत गरी दिने हुनाले ठट्टै ठट्टामा धेरै कुरा भनिन्थे तर शिवालीको प्रश्न ठट्टा नभएर आरोप थियो । उसले चारैतिर हेरी र सबै जना अनुसूयाको उत्तरको निम्ति पर्खी रहेका झैँ देखीन्थे । त्यसैले उसले त्यसको उत्तर दिनु अनिवार्य ठानी र गम्भीर स्वरमा भन्न थाली – “शिवाली ! यहाँका प्रत्येक व्यक्तिले यो समूहको मर्यादाको सीमा जानेका छन् र त्यसलाई नाघ्नु हुन्न भन्ने मर्यादाले बाँधिएका छन् । अन्यथा को कति पानीमा छ ? भन्ने सबैलाई थाहा छ र यो पनि थाहा छ कि अनुसूया त अनुसूया नहुन सक्छे भने शिवाली अनुसूया या सावित्री बन्न सक्ने सम्भावना शुन्यसम छ । शिवाली के हो ? यो शिवालीको लोग्ने मोती सींहको समस्या हो, अरूको होइन । त्यसैले मैले या अरू कसैले तिम्रोबारेमा बयान गर्नु पर्ने आवश्यकता म देख्दिनँ । केवल यति मात्र भन्छु कि अनुसूयाहरू शिवाली होइनन् । रह्यो मेरो र अरुणको कुरा । हाम्राबारे केवल दुई मानिस, हेमलतार र सचिन, ले चासो लिन सक्छन् । कसैबाट आफ्नो लोग्ने या स्वास्नीको बारेमा अपमानजनक कुरा आउने बित्तिकै त्यसको प्रतिवाद गर्नु उनीहरूको कर्तव्य हुनु पर्थ्यो तर हेमलता र सचिन दुवैको मौनताले मैले बोल्न कर लागेको छ । दोश्रो आफू प्रतिवाद गर्न अरुण यहाँ उपस्थित छैन र हेमलता र शिवाली दुवैले उसलाई ममा गाँसेकाले उसको तर्फबाट पनि मैले कुरा प्रष्ट्याउनु पर्ने वाध्यता थपिएको छ ।” कसैले पनि त्यस्तो उत्तरको अपेक्षा गरेको थिएन । अनुसूयाजस्ती संयमित आइमाईको आक्रामक मुद्रा त्यो समूहको निम्ति अविष्टकारी हुन सक्छ भन्ने सोचेका थिए सबैले । उसले त्यहाँ भएका सबैलाई चिथ्राचिथ्रा पारेर नंग्याई दिन सक्थी । उसको त्यो मुद्रा देखेर शिवाली अत्तालिई, मोती सिंह स्वास्नीसँग रिसायो, सचिन र हेमलता बोल्न सकेनन् र बाँकी अनुसूयालाई नरिसाउन अनुरोध गर्न थाले ।

अनुसूयाले चारैतिर सबैलाई हेरी । त्यहाँ हार्दिक अनुरोधको याचना थिएन । थियो त केवल रक्सी खल्लो नबनोस् भन्ने ईच्छा । अनुसूयाले मौन रहनु उपयुक्त र आवश्यक देखिन ।

शिवालीको प्रश्नको जवाफ सुन्न सबैलाई मन भए पनि त्यो सुन्न पाउनु भन्दा अगाडि प्रत्येकको घर सँघारमा आउन सक्ने आँधीबेहेरीबाट तिमीहरूले जोगिन खोज्नु पनि स्वभाविक हो । त्यो म बुझ्छु । त्यसैले तिमीहरूको अनुरोध स्वीकार गरेर मैले भन्न सक्ने सबै कुरा त म भन्दिन तर अरुणको र मेरो व्यक्तिगत स्पष्टिकरण त मैले अगाडि राख्न कर लाग्छ । अरुण र मेरा समानता छन् किनकि हामी महानगरभन्दा बाहिरको सँस्कृतिभन्दा भित्रिएका मानिस हौँ । हाम्रो भाषा, हाम्रो सोचाइ, हाम्रा मान्यता र दायित्वका परिभाषा पनि तिमीहरूकाभन्दा फरक छन् । हेमलताले नै भन्न सक्छिन् – के अरुणले उनलाई दिएको वचन कहिले उल्लघन गर्योभ ? रह्यो उसको बम्बइ बसेको कुरा । किन बस्नु पर्ने अरुण बम्बइमा ? त्यो हेमलतालाई सोध । शिवालीको प्रश्नको मौन आशय सबैले बुझेका छौ र जवाफ सुन्न पनि चाहेका छौ । त्यो पनि सुनी हाल । एउटी स्वास्नीको अस्वस्थ स्थिति आँखा अगाडि देखेर पनि लोग्नेले बुझ्न सकेन भने कसैको मौखिक भनाइ सुनेर त्यही क्षण त्यही क्षण एउटा विरामी मित्र, अर्थात् तिमीहरूको भाषामा प्रेमिका, खोज्न जाने मित्र, तिमीहरूको भाषामा प्रेमी, छन् शिवालीहरू हो तिमीहरूसँग ? लोग्नेसँग पनि वर्षौँ वर्षौँ सुत्न नसक्ने एउटी यौन शीतल आइमाईसँग निष्ठा राखेर मासुको भाग नखोज्ने, तिमीहरूको भाषाका प्रेमी छन्, शिवालीहरू हो, तिमीहरूसित ? औँल्याएर देखाऊ एउटा मलाई र अपमान गर अरूको । हाम्रो निष्ठा उपलब्धिविहीन निष्ठा हो । त्यसैले तिमीहरूले डाही आवश्यकता छैन हामीहरूको ।”

अनुसूयाको भनाइ सुनेर सबै नै स्तब्ध भए । ‘तँ आइमाई होइनस्’ भन्ने केटाकेटीको बालचुनौतीमा ‘हेर, म स्वास्नीमानिस हुँ’ भन्दै एउटी बौलाहीले चौबाटोमा आफूलाई नंग्याएजस्तै सबैको सामु अनुसूयाले आफूलाई नंग्याई दिई र सबैलाई अपराधबोध भयो । त्यो साँझ सधैँ झैँ रमाइलो भएन र चाडै नै जमघट भङ्ग भयो ।

भोलिपल्ट हेमलताले अरुणलाई अघिल्लो दिनको घटना सुनाई । त्यो सुनेर अरुणले भन्यो – अनुसूयालाई यातना दिएर तमीहरूले के पायौ, हेमलता ?”

हेमलता उसको प्रश्नको जवाफ नदिएर उल्टै प्रश्न गरी – “अरुण ! के तिमी अनुसूयाले दावी गरे जस्तै उसलाई त्यति नै माया गर्छौ ?”

अरुणले पनि त्यो प्रश्नलाई सहजै मानेर जवाफ दियो – “हेर, हेमु ! मेरो आफ्नो भन्न कुरा सीमित छ । जसरी म ती मेरा र भनूँ तिम्रा पनि छोराछोरीमाथि विपत्ती आई लाग्यो भने म ढाल बनेर उनीहरूलाई छोप्न सक्छु त्यसरी नै म नष्ट भई दिदा अनुसूया नष्ट हुनबाट जोगिन सक्छे भने म नष्ट भई दिन सक्छु । यी दुई मात्रै मेरो सुखदुखका सामग्री हुन् ।”

हेमलतालाई केही चोट लाग्यो तर ऊ आफ्नै कार्यकी बन्दी थिई ।

“तिम्री अनुसूयालाई तिम्रो सहायता चाहिएजस्तो छ । अहिले पहिलेजस्तो सामान्य देखिन्नन् ।” – हेमलताले थपी ।

“सचिनलाई भनिनौ तिमीले ?” – अरुणले प्रश्न गरी हाल्यो ।

“सचिनमा यस्तो कुरा बुझ्ने क्षमता छैन । उसले बुझे पनि उसको बसको रोग होइन यो ।” – हेमलता चिढिई ।

“हुन्छ म आउछु त्यसोभए २।४ दिनमा ।”

सचिनले टेलिफोन राखी दियो ।

त्यो साँझ घर फर्कदा बाटोमा सचिनले अनुसूयालाई भन्यो – “तिमीले आफूलाई होच्याउन नहुने त्यसरी ।”

अनुसूया बोलिन । “त्यस्ता अनिच्छित प्रशङ्गलाई ठट्टैमा पन्साई दिएको भए त भई हाल्थ्यो नि । अनावश्यक विवादको विषय किन बनाउनु पर्थ्यो ?”

अनुसूयाले सकेसम्म आफूलाई सम्हालेर भनी – “तिमीले नै पन्साई दिएको भए पनि त हुने थियो नि । तिमीले पन्साई दिएको भए कसैले पनि अनावश्यक हस्तक्षेप भन्ने त थिएन ।”

“मैले तिमी त्यति आक्रामक बनौली भन्ने सोचिनँ ।”

“त्यही त गलत सोच्यौ नि तिमीले । दश पोइल गएकी शिवालीले आफ्नी स्वास्नीको अपमान गर्दा आफूले विरोध र गरेनौ गरेनौ, अझ स्वास्नीले विरोध गर्न हुन्छ र गर्न सक्छे भन्ने पनि सोचेनौ । त्यो तिम्रो कमजोरी होइन, तिम्रो चाहनाको कमजोरी हो । शिवालीको प्रश्नको उत्तर सुन्ने चाहना त तिमीमा पनि थियो । आफ्ना आँखाले सद्दे देखेकी मानिस कसैले ‘विरामी’ भन्दा तिमीलाई पत्यार लागेन र अझै पनि लागेको छैन । एउटी नोकर्निको आँखाले ‘सन्चो छैन’ भन्ने देख्यो तर ‘माया गर्छु’ भन्ने लोग्नेको आँखाले देखेन ।” “मैले तिमी विरामी थिइनौ भनेर कहिले भनेँ र ?”

“भन्नु पर्छ यस्ता कुरा ? यी त स्वत बाहिर देखिने कुरा हुन् । सत्य र असत्य खुट्याउने चेष्टासम्म पनि गरेनौ तिमीले । तिमीले त यसलाई मेरो छलछाम र अरुणको दुर्मनशाय ठान्यौ र डेग पनि चलेनौ । अरुणको दृष्टिले मेरो रक्षा गर्ने पहिले व्यक्ति तिमी ठान्यो र तिमीकोमासम्म कुनै सुरतले सन्देश पठायो । नत्र हेमलतालाई उसले किन सुनाउनु पर्थ्यो ? उसको दुर्मनशाय भएको भए त झन लुकाउनु पो पर्ने थियो । उसले लुकाएन किनकि जोसुकैबाट भए पनि मेरो रक्षा होस् भन्ने उसको पवित्र चाहना थियो र छ ।”

“यति धेरै तिमीले भनी सकेपछि अरुणलाई भेटेपछि निको हुने त्यो तिम्रो रोग के हो ? त्यो पनि सुनी हालू न त ।”

अनुसूया चिसी भई । दिल्लीको दुर्घटनापछि दोश्रो मानसिक शितलता मस्तिष्कमा आयो र वास्तविकता नै बिर्साई दिने गरी टाउकोमा लाटोपन भरियो तर उसले बलैले आफूलाई संयममा ल्याउदै भनी – “यसलाई विक्षिप्तता भन्छन्, सचिन, विक्षिप्तता । तिमी आफ्नो स्वार्थमा यति सीमित छौ कि अर्काको मानसिक स्थिति बुझ्नै सक्दैनौ ।”

तर जति प्रयास गरे पनि उसको स्वर असंयमित भई हाल्यो र अनुसूयाको असंयमित स्वर सुनेर सचिन साँचै झस्कियो । स्वास्नि बौलाउन सक्ने कुरा त उसले सोचेकै थिएन । त्यो स्थितिको उसले कल्पना पनि गरेको थिएन ।

अरुणले २।४ दिनमा आउछु भनेको हो तर दुई हप्ता बित्न लाग्दा पनि नआएकोले हेमलता छक्क परी । हुन त सामान्य स्थितिम २।४ दिनलाई एक डेढ हप्ताले त्यति फरक नपार्नु पर्ने हो तर वचन दिई सकेपछि वचन फरक नपार्ने अरुणको बचनमा बिनाकारण फरक पर्यो । अझ त्यसमा पनि अनुसूया विरामी छ भने पछि पनि ऊ रोकिएर बस्यो । त्यसमा थप उसले टेलिफोन पनि गरेको थिएन । नियमित टेलिफोन गर्नेले कुनै अनिष्ट नपरी कसरी फोन नगरी बस्यो होला त ? हेमलता एउटी स्वास्नीले चिन्ता लिनु स्वभाविक थियो । उसले अनुसूयालाई पनि सोधिन किनकि ऊसकोमा फोन आएन भने अनुसूयकोमा पनि गएन भन्ने कुरामा विश्वस्त थिई । त्यसैले उसले अरुणको खोजीमा बम्बइमा उसको आफन्तकोमा टेलिफोन घुमाई ।

भोलिपल्ट नै जानकारी आई पुग्यो अरुण विरामी छ भन्ने र हेमलतालाई तुरुन्तै आउन पनि आग्रह गरियो । स्थितिको गम्भीरता बुझेर हेमलता त्यही दिन बम्बइतिर लागी । हेमलता गएको तीन दिनपछि राधिकाबजैले अनुसूयालाई भनिन् – “मैसाहेब ! हजुरलाई फोन ।”

“कसको ?” – अनुसूयाले उत्सुकतासाथ सोधी ।

“हेमलता मैसाहेबको ।” अनुसूयाले कुनै उत्सुकता लिइन किनकि अरुणले कहिले पनि हेमलता मार्फत कुनै सन्देश पठाएको थिएन । “किन रे ?”

“त्यो त भनी बक्सेन ।”

अनुसूयाले गर्हुबगो पाइलाले गएर टेलिफोन समाई ।

“अनु ! अरुण विरामी छ । त्यसैले तिमीलाई बम्बइबाट फोन गरेकी ।” – हेमलताले जानकारी दिई ।

“के भयो उसलाई ?”

“त्यो कुरा लामो छ । टेलिफोनमा भनी रहन सम्भव छैन ।”

“कस्तो छ उसलाई ?”

“स्थिति गम्भीर छ , पिडा धेरै छ । शायद तिम्रो उपस्थितिले उसको पिडालाई केही दम गरी दिन सक्छ कि ?”

अनुसूया नजाने कुरै भएन । हेमलताबाट ठेगाना पाएपछि ऊ भ्रमणको तयारीमा लागी । प्रत्येक मिनट मुल्यवान थियो उसका लागि र सचिनसँग अनुमति लिन समेत उसलाई फुर्सद भएन । सचिनले अनुमति नदिए पनि ऊ जाने नै भएपछि उसलाई आफू गएको समाचार छोडेर ऊ एक घण्टा भित्र नै बम्बइतिर लागी ।

अनुसूया बम्बइको अस्पतालमा पुग्दा दिनको १२ बज्न लागेको थियो र उसले काठमाडौ छोडेको १८ घण्टाभन्दा बढी भई सकेको थियो । सो समयमा ऊ कमै सुतेकी थिई र चिया र कफी बाहेक अरू केही खाएकी पनि थिइन । अस्पतालको आगन्तुक कक्षमा आफ्नो सामान थन्क्याएर ऊ सरासर अरुणको केबिनमा गई ।

केबिनमा हेमलता एक्लै थिई । उसलाई देखेर हेमलता छक्क परी किनकि उसले अनुसूया आउन सक्ने सम्भावना देखे पनि दौडेर यति चाँडो आई पुग्छे भन्ने सोचेकी थिइन । अगाडि पर्ने बित्तिकै अनुसूयाले प्रश्न गरी हाली – “कस्तो छ अहिले ?”

“सेडेटिभ दिएर सुताएको छ ।”

“भयो के यति चाँडै ? मैले भेट्दा त सद्दे नै थियो त ।”

हेमलताले लामो सास फेरेर भनी – “यही त हामीले गल्ती गर्यौ. नि, अनु । मैले, तिमीले, सबैले सोच्यौ – अरुणलाई केही भएको छैन । उसले भनेन । मसँग हार्दिक आत्मियता भएन केही भन्न । तिमीलाई निर्बल ठानेर दुख दिन चाहेन । नातागोता उसका छैनन् । साथीभाइले वास्ता गरेनन् । ऊ बराबर बम्बइ आउथ्यो । मैले सोचेँ – मबाट भागेर ऊ कहीँ सुख खोज्न जान्छ । तर ऊ त सधैँ उपचार गराउन आउदो रहेछ यहाँ ।”

“रोग के लागेको यसलाई ?”

“कलेजो पुरै बिग्रिई सक्यो रे । फोक्सोबाट मुटु छुन मात्र बाँकी छ रे । कुनै पनि दिन कुनै पनि समयमा जान सक्छ रे । डाक्टर भन्छन् – धेरै भए २।४ दिन ।”

“उसलाई थाहा छ त यो सबै ?”

“किन थाहा नहुनु ? कसैको पनि सहयोग नखोज्ने मानिस मृत्यु पनि एक्लै बेहोर्न तयार हुन्छ । म खोज्दै नआएकी भए ऊ एउटा बवारिसे लाश बन्ने थियो । ऊ त यहाँ आउन मानेको नै होइन । मैले नै बलजफ्ती लिएर आएँ । जीवनको सुख त उसले मबाट पाएन, भई हाल्यो । मृत्युको सुख त पाओस् भनेर बोलाएकी तिमीलाई मैले ।”

अरुण बिउँझदा अनुसूया केबिनमा एक्लै थिई र उसलाई सामु देखेर उसले पिडामा मुस्कुराउदै भन्यो – “आखिर तिंमीलाई ताने यहाँ ।”

अनुसूया अरुणको शरीरमा मुख गाडेर बिना आवाज रुन थाली । अरुणले उसको कपाल सुमसुम्यादै मलिन स्वरमा भन्यो – “आजसम्म म तिम्रै निम्ति बाँचेँ । मनको त बाँच्ने चाहना थियो तर अब शरीरले साथ दिएन । हुन पनि मृत्युसँगको लडाइमा सधैँ जितिने त होइन । त्यसैले तिमी नरोऊ । यो अवश्यम्भावी मृत्युलाई मैले स्वीकारे जस्तै तिमी पनि स्वीकार गर ।”

अनुसूयाले आँशु त पुछी तर उसको छातीभित्र एउटा भक्कानो भने बसी रह्यो ।

अरुणका होसकाभन्दा बेहोसीका क्षणहरू बढी हुदै गए । एउटा होसको क्षणमा उसले हेमलतालाई भन्यो – “हेमु ! मेरा छोराछोरी त तिमीले जिम्मा लिएकै छौ । अब यो अनुसूया एउटीलाई पनि मेरो नासो सम्झेर हेरचाह गर ।”

हेमलता केही नबोली आँशु झारेर बसी रही ।

अनुसूया पुगेको चौथौँ दिन अरुण गयो । उसको मृत्युको आघातले अनुसूया लाटीजस्तै भई । हेमलताले अरुणको दाहसँस्कार गरेको भोलिपल्ट नै अनुसूयालाई लिएर काठमाडौँतिर लागी ।

आज फेरि अनुसूया गृहस्वामिनी भएकी थिई तर त्यहाँको उसको जिम्मेवारी सीमित थियो । अतिथीहरूको निम्तिको सबै बन्दोवस्त रूपाले जिम्मा लिएकी थिई । सिकी सकेकी थिई रूपाले त्यो काम । उसलाई त्यो समूहमा घुँडा जोडेर बस्ने, खाने अधिकार नभए पनि अनुसूयाकी कार्यवाहकका रूपमा सबैले स्वीकार गरेका थिए उसलाई । त्यो समूहकी सदस्य हुन त न रूपाले नै सक्थी, न उनीहरूले दिन्थे नै ।

अनुसूयाले पेग उठाएर घुड्को लिई र चारैतिर आँखा घुमाई । श्वेतवस्त्रा हेमलता शालिन देखिन्थी र मुकुन्द उसको शालिनताका सामु सानो देखिन्थ्यो । तैपनि ऊ हेमलताकै पछि थियो । अनुसूयाले आफूलाई हेरेको देखेर हेमलता मुस्कुराई तर अनुसूयाले कुनै प्रतिकृया जनाइन ।

अरुणको मृत्युपछि हेमलताले अनुसूयालाई आफ्नी छोरीलाई नै जति प्रेम दिई । भन्थी – “तिमी मेरो निम्ति अरुणकी प्रतिरूप हौ । अरुणले त मेरो प्रेममा विश्वास नै गरेन, तिमी त त्यसो नगरौली ।”

हेमलताको प्रेम स्वीकार गरी अनुसूयाले र उसको हेरचाह पनि स्वीकारी । सावित्रीको भाषामा भन्ने हो भने – ‘दुईटी एउटै व्यक्ति हुन् । केवल एउटीको तन विधवा भयो अर्कीको मन विधवा ।

सबिना सचिनसँग बढी लाडिन थालेकी थिई । उसलाई लाग्यो होला – अनुसूयालाई छुन नपाएपछि मरिमेट्ने छ सचिन उसको लागि ।

“रुपासँगको सम्बन्ध थाहा पाई भने फेरि परपर तर्कन थाल्ने छ ।” – अनुसूयाले मनमनै सोची ।

शिवाली आउन छोडी । त्यो समाज नै त्यस्तो । त्यहाँ सबै चिज चल्छ तर अपमान कसैको गरिनु हुन्न । टुप्पाबाट पलाएकी शिवली त्यो सम्भ्रान्त समाजमा कुलिन कहलाउन पसेकी थिई, अपमानित भएर निस्की । सबैले त्यो जोडीलाई बोलाउनै छोडी दिए ।

अनुसूयालाई नशाको तृष्णा बढ्यो पेगमा रक्सी हालेर बरफका लागि भान्सामा पसी ।

“पुगेन, मैसाहेब ? दुईटा त मेरै आँखाले देखी सकेँ ।” – राधिका बजैले आपत्ती गरिन् ।

“यही मात्रै अब ।”

अनुसूया बरफ हालेर बाहिर निस्की ।

कसैको त कस्तो हुन्छ मरण पनि जिउदाको आत्मा नै लुछेर लाने ?” – राधिकाबजै फत्फताइन् ।

“लत्ता छोडेपछि त्यस्तै हुन्छ नै ।” – रूपाले प्रतिवाद गरी ।

भदैको कुरा सुनेर राधिका बजैले वक्रदृष्टिले हेर्दै भनिन् – “तँलाई पनि भात लागे जस्तो छ । सानीबाट रूपा बनाउने मालिक्नीलाई नै अब त्यसो भन्न थालिस् ? पुरा खानेले थालधनीको डाही गर्नु हुदैन । त्यसो गरे थाल नै खोसिन सक्छ । मालिक्नी विस्तारै विस्तारै सबै चिजबाट आफ्नो हात झिक्दै छन् । यो घर, यो परिवार र अझ मालिक्नीलाई पनि आफ्नो ठानिस् भने यो घरमा तैले मालिक्नीलो ठाउँ लिन नसके पनि घरका सदस्यले पाउन सक्ने मान पाउन सक्छेस् । त्यसैले उनको चोटमा सहानुभूति गर्न सिक् ।” “अर्काको पोइको पनि के त्यस्तो माया त ?” – रूपाले भनी हाली ।

“मायाको जोईपोइ हुदैन । यी त यस्ता थिए एउटालाई चिमोटे अर्कोलाई दुख्थ्यो । यो माया भन्ने अघोरीको गाँठो नै पापी । छिनाल्नलाई जति तान्यो उति नै कसिदै जाने । ए ! जा । गएर हेर के चहियो बाहिर ।” – बजैले कुर टुंग्याइन् ।

अनयसूयालाई, किन हो कुन्नि ? अरुण कहीँ छ जस्तो लाग्न थाल्यो । उसले सधैँ ऊ बस्ने सोफामा हेरी । ऊ त्यहाँ थिएन । चारैतिर आँखा घुमाई, कहीँ देखिन ।

‘बाहिर गयो होला’ – सोची उसले र बाहिर निस्की । बरण्डा रित्तो थियो र ऊ सधैँ बस्ने त्यो लनको कुर्सी पनि खाली थियो । उसलाई ‘अरुण छैन’ मा विश्वास भयो । अरुणको मृत्युमा विश्वास भयो । ऊ उदास भई, एकदम निस्सहार उदासी भरियो उसमा । ऊ रुन मात्र सकिन । उसको मस्तिष्कभरि रित्तोपन भरियो र त्यही रित्तोपन बोकेर भित्र पसी । भित्र भने सबै उही थियो, केही परिवर्तन भएको थिएन ।

अनुसूया प्रत्येक टेबल हेर्दै गई, प्रत्येक मानिसलाई हेर्दै गई । कसैले केही सोध्यो, कसैले केही भन्यो । उसले जवाफ दिइन । शायद सपना देखि रहेकी थिई ऊ । जोरविजोरको खेल घुमी रहेको थियो उसको टाउकोमा । जोर छ, विजोर छैन । विजोर छ, जोर छैन । केटाकेटीको जोर कि विजोरको खेल । आफ्नो दाउ कुनमा राख्ने ? जोरमा कि विजोरमा ? ऊ भनी रहेकी थिई । शायद मुखबाट शब्द निस्किएका थिएनन् होला । नत्र सबैले हेरी हालने थिए नि । रक्सीको नशा लागे जस्तो लाग्यो उसलाई त्यो चौथो पेग पछि त तर जोर विजोरको उसको खेल टाउकोमा घुमी रहेको थियो । जोरविजोरको खेल चली रहेको थियो ऊभित्र ।

अचानक उसले देखी – सबै चिज विजोर । १, ३, ५, ७, ९ मात्रै । हरेक व्यक्ति विजोर, हरेक चिज विजोर, हरेक गिन्ती विजोर । ऊ अब त सबैले सुन्ने गरी नै गन्न थाली – “एक, तीन, पाँच, सात, नौ ।”

अनुसूयाको स्वर सुनेर सबै ऊतिर फर्किए र आश्चर्य मानेर हेर्न थाले । सो देखेर हेमलता उठेर आई र उसलाई समाउदै भनी – “के भयो, अनु ?”

अनुसूयाले विक्षिप्त आँखाले हेमलतालाई हेर्दै भनी – “हेर न, हेमुदिदी । जोर त छँदै छैन । विजोर मात्रै छ यहाँ । त्यसोभए ऊ छैन । हो कि ? ऊ छैन । ऊ भए त भित्ताभरि विजोर हुनु नपर्ने । ऊ छैन, पक्कै छैन ।”

सबै जना वाल्ल परे । सचिन पनि ‘के भनूँ, के भनूँ ?’ भयो । व हेमलताले अनुसूयालाई अँगालोमा लिदै हिडाएर भनी – “हिँड सुत्न । तिमी धेरै थाक्यौ आज ।”

अनयसूया विरोध नगरी हिडी । ऊ बर्बराउदै गई – “यसरी नढाँट्नु पर्ने नि उसले । ‘तिमी जाऊ, म आउछु’ भनेको थियो उसले । उसले ढाँट्नु नपर्ने हो तैपनि ऊ आएन । अनि जोर कि विजोर रोजेँ । विजोर पर्योभ । केटाकेटीदेखि नै यो विजोर मलाई फाप्दैन । सधैँ नराम्रो मात्र ल्याउछ यसले ।”

हेमलताले अनुसूयालाई ओछ्यानमा सुताएर कठोर स्वरमा भनी – “अरुण मरी सक्यो, अनुसूया, ऊ मरी सक्यो । तिमी र मैले उसलाई अन्तिम पटक भेटेका होइनौ ?”

अनुसूया विक्षिप्तताको त्यो क्षणबाट बिउझी र चारैतिर हेर्दै आफ्नो स्थितिको अन्दाज गरेर दुखलाग्दो स्वरमा भनी – “त्यसोभए मेरो जीवनको अध्याय अन्त्य भयो त ?”

हेमलताले स्नेहयुक्त स्वरमा भनी – “हो, अनुसूया । तिम्रो जीवनको यो दोश्रो अध्यायको अन्त्य भयो । अब त तिमीले अर्को अध्यायको थालनी गर्नु छ ।”

समाप्त

काठमाडौ २०५०।५।३०

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *