कविता : स्वतन्त्रता

~मणिराज सिंह~Maniraj Singh

जीवनको आरम्भ
जसरी गर्दा पनि हुन्छ,
क,ख,ग – ए, बी, सी –अथवा वन, टू, थ्री
तर, यही आकाश, धर्ती र समुद्र नाघेर
गन्तव्य पहिल्याउन सक्नुपर्छ
जाँगरमा इन्द्रेणी उनेर ।

डाँडाहरु सम्याउँदै
शिरमाथिको बादल पन्छ्याउनुपर्छ
टिप्न सक्नुपर्छ भीरमाथिका फूलहरु
काँडाहरुसँग मितेरी गाँसेर फोर्न सक्नुपर्छ पहाडहरु पुछ्नुपर्छ अनुभूतिका आँसुहरु
कोर्नुपर्छ एक मुठ्ठी लाली मझधारमा एक्लै उभिएर
र भत्काउनुपर्छ
माकुरी जालमा बेरिएका विषाक्त सोचहरु
अनि ताछ्नुपर्छ मक्किएका कृत्रिम आडम्बरहरु हटाउनुपर्छ उचनीचका उकाली ओरालीहरु
निर्माण गर्नुपर्छ चाहनाका गोरेटाहरु
जहाँबाट उक्लिन सकियोस्
सगरमाथाको टुप्पोसम्म
बनाउन सकियोस् अर्काे सगरमाथा
चियाउन सकियोस् समुद्रको अनन्त गहिराइसम्म
त्यहाँ फर्फराएर स्वतन्त्रताको झण्डा
भन्न सकियोस् गर्वले छाती फुलाएर
र घामका किरणहरुमा
कोर्न सकियोस् स्वतन्त्रताको नयाँ कथा।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.