‎कविता : भारी

~यल्जी विवश~l-g-biwash

उफ्…
सि..sss,औ..स्…sss-
यो पसिना पनि कति आएको हो,

मैले त सोचेको पनि थिईन-
बाह्र बर्ष पछि त खोला पनि फर्किन्छ, भनेझै
बर्सौपछि
अचानक यहि चौतारीमा यसरी तिमिसँग भेट हुन्छ भनेर,
यहि चौतारी हो,
जहाँ हामी गुराँसको ईन्द्रेणी बनाउथ्यौँ ,
जहाँ हिमालको मुस्काँन हाँस्थ्यौ,
जहाँ जून र बादलको लुकामारी खेल्थ्यौँ
र रोप्थ्यौँ- यहि बरपिपल जस्तै यूगल सपनाहरु !

उफ्… यो पसिना पनि कति आएको;
तिमिले छोडि गएदेखि,
म त हर साँझ सिँगो मरुभूमि पिउँथे-
तर किन आजसम्म नि नसुक्या होला,
यो पसिनाको मुहाँन !

कालो गोमन सर्पजस्तै समयले लखेट्दा
जब एक्लै भाग्थे- जरुर त्यो बेला तिमी संझिन्थेँ
र रुखमाथी चढेपछी- एक अँगालो बतास्
तिम्रै याद बोकेर आउथ्योँ
र केही टुक्रा समुन्द्रको नुनिलो पानी
कोशेली थमाएर जान्थ्यो ,

के सोच्दैछौ? यसरी झोँक्राएर,
पहिलेजस्तो छैन-
हेर त, त्यो पहाड त्यही हो;
पहिरोले अपांग बनाएको छ,
हेर त , त्यो त्यही क्षितिज हो- तुफानले च्यातिदिएको छ,
हेर त , त्यो तमोर-शिशिरले सुकाईदिएको छ !!

तिमी गएदेखी,
हेर न यार, प्रत्येक बशन्तमा गाउने कोइली हराएकी छे,
प्रत्येक बिहाँन झुल्किने भानु भागेको छ,
प्रत्येक बच्चाहरुले खेल्ने
गुच्चा र डण्डिबियो हराएको छ,

यत्रो बर्षपछि
अचानक भेटियौ,
तर मैले जस्तै हराएछौ है-
गालाको स्याउ,कपालको रेशम,आखाँको ऐना
अनि दाँतको शहर
र खुट्टाको धरहरा पनि !!

अर्को टापु पुग्नुअघी-
किन यति अभागी भयौँ हामी-
जो एक्लै-एक्लै
यो दुनियाँको भारी निधारले थामीरहन्छ..!

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.