पुस्तक समीक्षा : डायस्पोरिक उपन्यास “मोटेल अमेरिका”

~शार्दूल भट्टराई~book-cover-rajab-motel-america-upnyas

हिजोआज स्वेच्छिक आप्रवासीको जीवनमा आधारित लेखनलाई पनि डायस्पोरिक मानिन्छ । भी.एस. नयपालका अनुसार, सङ्क्रमणकालीन द्वैध मनोविज्ञानको आग्रहसहित तनाव र अभिघातका पात्रहरूका आधारमा डायस्पोरा साहित्य सिर्जना हुन्छ । आप्रवासीको जीवन सङ्घर्ष, विरानोपना, आत्मपहिचान, पीडाप्रद अनुभूति, मानसिक अवस्था आदि कुराहरू डायस्पोरा लेखनका विषय हुन् । राजवको पछिल्लो उपन्यास “मोटेल अमेरिका” यस्तै डायस्पोरिक कृति हो जसमा अमेरिकास्थित आप्रवासी नेपालीहरूको मनोदशा चित्रित छ । उपन्यासले आप्रवासीका जीवन सङ्घर्ष, पीडा, मानसिकता जस्ता विषय–सन्दर्भहरूलाई उतारेको छ ।

सपनाको भारी बोकेर अमेरिका पुग्नेहरूमध्ये बेरोजगारहरूको दुःख कस्तो हुन्छ ? कसैको ‘पाल्तु कुुकुर’ जसरी बेकार बस्नुको ग्लानि कस्तो हुन्छ ? अनि जब काम पाइन्छ, डलरको कमाइ हुन थाल्छ, त्यसपछिको खुसी कस्तो हुन्छ ? त्यसपछि उनीहरू पहिलेको दुःख बिर्सन्छन् । डलरमा डुब्दै गएपछि देश बिर्सन थाल्छन्, घर बिर्सन थाल्छन् र आमाबाबुसमेत बिर्सन थाल्छन् । आप्रवासीको अवस्थालाई उपन्यासकार राजवले यसरी नियालेका छन् ।

अमेरिका पुगेको एक्लो छोरोलाई क्यान्सर पीडित बाबुको मृत्युमा घर आउने फुर्सद हुँदैन । ऊ आमाको विह्वलshardul-bhattarai मनलाई दुई हजार डलर पठाएर थुमथुम्याउन खोज्छ । बाबु मरेको आठ महिनामा आमाले छोरालाई एकपटक घर आऊ भन्दै आठसय पटक फोन गर्छिन् । शुरु–शुरुमा आमालाई सान्त्वना दिए पनि पछि–पछि झ्र्को मान्न थाल्छ । हुँदाहुँदा हैरान मानेर फोन उठाउनै छाड्छ । ऊ प्रत्येक हप्ता ब्याङ्क खातामा डलर जम्मा गर्ने रसमा लिप्त बनिसकेको छ । मान्छेलाई पैसाको लालचले यस्तै बनाउँछ ? उपन्यासकार राजवले यही प्रश्नमा आप्रवासी जीवनलाई खोतल्ने काम गरेका छन् ।

उपन्यासकारले मोटेल अमेरिका मा मूल कथासँग सान्दर्भिक बनाएर धेरै विषय उठाएका छन् । अमेरिकी पूँजीवाद सङ्कटापन्न हुँदा व्यक्तिको व्यवसाय, रोजगारी र जीवनयापनमा परेको प्रभाव, कमाइ शून्य हुँदा एउटा आप्रवासी नेपालीको अवस्था र डलर कमाउन थालेपछिको परिवर्तनको सेरोफेरोमा बुनिएको उपन्यासमा अनेक चरित्र तथा तिनका उपकथाहरू छन् । उपन्यासमा डलरका लागि कठोर परिश्रम गरेर राति निद्रामै रुने चरित्रसँगै दर्शनशास्त्रको चारित्रिक रूपबाट पतीत प्रोफेसरको चर्तिकला पनि छ, जसबाट व्यक्ति, व्यवहार, काम र चरित्रको भिन्नता प्रस्तुत भएको छ । बगैँचाको साँझ्मा नोस्टाल्जिक हँुदै एकैछिन रमाउने खुसी तनका दुःखी मनसँगै कुण्ठाग्रस्त चरित्रहरू पनि छन्, उपन्यासमा । राजवले ६ लोग्ने र नौ छोरीकी आमासँगै प्रसिद्ध उपन्यासकार रिचर्ड फोल्हर, कवि टिम रसेल र प्रोफेसर रोनाल्ड टि वुन्डीलाई पनि उपन्यासका पात्र बनाएका छन् ।

अहिलेको जीवन अनेकौं मृगतृष्णाहरूबाट जेलिएको छ । त्यसमा पनि सम्पत्तिको लालचले मान्छेको जीवनलाई कस्तोसम्म परिबन्दमा पु¥याउँछ, यसै भन्न सकिन्न । त्यस्तै परिस्थिति र परिबन्दमा बुनिएको मोटेल अमेरिका को पूर्वाद्र्ध निकै बलशाली छ । यसरी अगाडि बढेको पूर्वाद्र्धको मूल कथानक–शृङ्खला गम्भीरता र प्रभावका साथ अन्य विषय–चरित्रहरूको उपस्थितिसँगै उत्तराद्र्धमा धेरैतिर फैलिन पुगेको छ । उत्तराद्र्धमा मोटेलका महिला कर्मचारी र पाहुनाका रूपमा प्रवेश गर्ने यौनवासी, अल्पवासी र दीर्घवासीकै चर्चामा बढी केन्द्रित छन्, उपन्यासकार । यसबाट पूर्वाद्र्धको उत्कर्षउन्मुख गम्भीरतालाई उत्तराद्र्धले पूर्ववत् वहन गर्न नसकेको महसुस हुन्छ । तथापि, नेपाली डायस्पोरा साहित्यमा यो उपन्यासलाई विशेष उपलब्धि मान्नुपर्छ ।

जटिल विषयलाई सरल पारामा प्रस्तुत गर्ने आफ्नो लेखकीय विशेषतालाई राजवले पछिल्लो कृतिमा पनि शक्तिशाली ढङ्गले कायम गरेका छन् । क्लिष्ट र बोझ्लिो लेखनका अगाडि राजव मोटेल अमेरिका मा पनि एक किसिमको चुनौती नै भएर उभिएका छन् ।

मोटेल अमेरिका
लेखकः राजव
प्रकाशकः साझा प्रकाशन
पृष्ठ १०६, मूल्यः रु.१६५

(स्रोत : हिमाल खबर)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.