गजल : छटपटीमा रात बित्यो

~डा. दुबसु क्षेत्री~dubasu-chhetri

छटपटी छटपटीमा रात बित्यो
कुतकुती कुतकुतीमा बात बित्यो

आँखामा आँखा ओठमा ओठ
एकै झमटमा यौवनको बात बित्यो

नजर हेर्दा नजर झुके अधर चुम्दा अधर
केही भन्न नपाउँदैमा बात बित्यो

तिम्रो कथा नसिधिंदै सबै ताराहरू झरे
आफ्नो कथा शुरु नहुँदैमा रात बित्यो

कुरा गर्दा गर्दै भाले बास्यो
उफ्, केही हुन नपाई सुहागरात बित्यो

(स्रोत : साहित्य सङ्ग्रहालयले यु-ट्युबको भिडियोबाट टाईप गरिएको)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.