गजल : आतङ्कको राग सधै

~अमर त्यागी~amar-tyagi

सुनाउछ समयले आतङ्कको राग सधै
लुटिदैछन् फूलहरू रक्ताम्मे छ बाघ सधै

रेटिदैछ प्रतिदिन चेतनाको घाटी यहा
लागेको छ चरित्रमा कलुषित दाग सधै

बेचिदैछ स्वाभिमान आज खुला बजारमा
खोसि“दैछ यो धर्तीमा निमुखाको माग सधै

मिचिदैछ इमान र सद्भावको साधसीमार्
गर्छन् सबै आफ्नै सुख-सुविधाको माग सधै

मानिसले मानिस भै उज्यालोमा बाच्नलाई र्
गर्न सक्नर्ुपर्छ आफ्नो स्वार्थ त्याग सधै

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ११४)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.