अनूदित कविता : केही बोलिन

~मार्टिन निमोलर~martin-niemoller

जर्मनीमा नाजीहरु
सबैभन्दा पहिले
कम्युनिष्टहरुलाई लिन आए
त्यतीखेर
मैले केही बोलिन,
किनकी म कम्युनिष्ट थिइन ।

त्यसपछि
उनीहरु यहुदीलाई लिन आए,
त्यतीखेर पनि म केही बोलिन, किनकी म
यहुदी थिइन ।

त्यसपछि
उनीहरु मजदुर
सगंठनको लागि आए,
त्यतीखेर पनि म केही बोलिन,
किनकी म मजदुर कार्यकर्ता थिइन ।

त्यसपछि उनिहरु क्याथोलिकलाई लिन
आए
र पनि म केही बोलिन,
किनकी
म प्रोटेस्टेन्ट थिए ।

त्यसपछि त
उनीहरु मलाईनै लिन आए,
त्यतीखेरसम्ममा
कोहीपनि बाकीँ थिएनन्
जसले कसैकोलागि बोल्न सक्छ ।

– पादरी मार्टिन निमोलर (१८९२ – १९८४)

This entry was posted in अनूदित कविता and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *