लघुकथा : सानो प्रेम कथा

~बिक्रम ज्ञवाली~Bikram Gyawali

कुनै कामले मगौशाला गएको थिए । फर्किने बेला बिहानै देखिको कालो बादल फुट्यो । सडक पनि भिज्यो । बाटोमा हिंडेकाहरु राम्रो ओतखोजेको पनि देखिन्थियो । मलाई भने कपन पुग्ने हतार । बस कुर्दै थिए एउटा रुखको तलओत लागेर ।

एउटा पोछी आर्कोगाडी आयो तर कपनको गाडीको कुनै सुर सारनै देखिन । यता उता आँखा घुम्दा घुम्दै मेरोआँखा छाता ओडेर बसेका दुई केटी माथि पर्‍यो । तेस्को अलि समय पोछी बाइ भनेर हातहल्लाएर त्यो मध्येकी एक जाना गई । आर्की चै म जस्तै आशाबादी अनुवार सँगै गाडीकुर्न लागिन् । हेर्दा गोरो अनुवार ,मिलेकाआँखा , ओठ पनि तेस्तै अनी आल्की । नजिक गए तर वास्ता नगरे जस्तै गरे । बोल्नमन लाग्यो तर हिम्मत आएन ।

त्यही बेला फेरी ठुलो पनि पर्‍यो । म सँग छाताथिएन । खै के गर्दा को तिन्को नजर म माथि पर्‍यो । दया लाग्यो होला की माया म भन्न सक्दिन । आँफै नजिक आइ ।

“तपाईंलाईपनिले भिजायो आउनुस् छातामा ओत लाग्नुस् ” भनिन् । मन उड्यो त्यो कालो बादलभन्दा माथि । सास पनि लामो लामो भयो । शरीर तातो तातो भयो । अचम्म को अनुभब नै भयो।हिम्मत गरे । अनी सोधे ” तपाईं कहाँ सम्मजाने ?”

” कपन । अनी हजुर ?”उनले सोधिन् । ” लौ म पनि त कपननै जाने हो तर एक घण्टा देखी कपनको गाडीनै आएको छैन “। म भन्छु ” हो र ? यस्तैहो यो रुटमा कपन को गाडी थोरै आउछ आए पनि धेरै कोचा कोच्कोच हुन्छ ” । उनी भन्छिन ।

तेस्पोछी दुबैजना चुप । लगभक १० मिनेट पोछीगाडी आयो तर खुट्टा राख्न पाए भाग्य । छाता बन्द गर्दै हामी पनि भित्र । अनी गाडीहिड्छ ।१० मिनेटमा गाडी चाबहिल पुग्छ । मान्छेझर्छन् । सिट खाली हुन्छ । हामी बस्छौसँगैको सिट मा । अनी एक हुल मान्छे छड्छन् पनि ।

” कस्तरी कोच्छ है मान्छे पनि गुन्रुक भन्दा पनिधेरै “। धेरै बेरको मौनता तोड्डै मबोल्छु ।

” यस्तै हो बानीनै परे सक्यो ” । उनी भन्छिन।

” थाहा छ ? अस्ती म काठमाडौं आउने बेला एउटा गाडी मा कती धेरै पडाहरु कोचेर ल्याएको थियो । कुनै को शरीरमा घाऊ थियो अनी कुनै चै मर्न नैलागेका थिए । जामले गर्दा धेरै समय हाम्रोगाडी त्यो गाडीको पछाडि पर्‍यो । धेरै दु:ख पनि लाग्यो मलाई । फेरी मैले त्यो घटनाभुलेको थिए आज हामी कोचा कोच् हुँदा यादआयो ” ।

हा हा हा ।।।।(हाँस्दै) उनी भन्छिन “त्यस्तो माया लाग्यो त्यो भैसीको पाडा देखेर हजुरलाई ” ।

हासोको करण म बुज्न सकिन तर चुप लाग्न नै बेश ।गाडी हिडिरहेको थियो । भाडा माग्ने भाइ आयो ।” दुईजना कपन ” भन्दै भाडा मैले नै दिए ।

” ओ हो के हो ? तपाईंत समाज सेबी हो क्यओ ? चिन्नु न जान्नु भाडा दिनु भयो त ?”म झस्किन्छु साच्छी म त अन्जान हो उस्को लागिभन्ने होश् आउछ ।गाडी कपन पुग्छ । उनी भन्छिन् ” ल मेरोझर्ने ठाउँ आयो मेरो बुढा लीन आएको रहिछ “।

” हँ ” म झस्किन्छु र सोच्छु “थुक्क फेरीगलत ठाउँ मा तिर हान्न खोजेछु । “ल राम्रो सँग जानुस् ” मसिनो सोर बनाउँदै म भन्छु ।

” बाइ ” । भन्दैहात हल्लाउदै उनी जान्छिन ।

गाडी हिड्छ ।अगी मात्र पलाको माया पनि सँगै कहाँ हिड्छ हिड्छ खै मलाई नै थाहा छैन । लौ म त आफुगाडीबाट ओर्लिन पर्ने ठाउँ भन्दा १५ मिनेट टाढा पो आएछु सोच्दा सोच्दै । थुक्क ।ओर्लिन्छु अनी लिखुर लिखुर हिड्छु । पानी फेरी पर्न थाल्छ तर अैले चै कोइ छाता ओढाइदिने मान्छे पनि आएन ।

(स्रोत : Writingnepal.com)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.