गजल: पिडाहरू मेरा सबै

~डा. जुजु राज श्रेष्ठ~dr-juju-raj-shrestha

पिडाहरू मेरा सबै मनको कुनामा राखिरहें
आफ्ना ईच्छाहरू सारा आफैले नै मारीरहें

सोध्ने मात्रै कति हो कति, कति आए पनि
के भा’छ भनि सोधे, बोल्दै नबोली टारीरहें

सक्दो गरियो, खुशी भने उतातिरै पारीदिएँ
साँच्चै उनको दु:ख, आफ्नै भागमा सारीरहें

रोक्दा रोक्दै नि सबथोक छाडेर उ पर भई
संझदै निष्ठुरीलाई चुपचाप आँसु झारीरहें

चिरा परेको मन, हिम्मत गरी गरी टालियो
दु:खी भएपनि, अरूलाई चै खुशी बाँडिरहें

नसोचेको नि होईन, जीवनै आफै सिद्याउन
पक्कै मेरो पनि त दिन फिर्छ भन्दै बाँचिरहें

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.