कविता : जिन्दगी मृत्युको कहतारोमा

~उषा शेरचन~

शून्य’ शून्य’ अति शून्य ।’
भयानक पिंजडाभित्र
बन्द मोटरहरू गुडिरहेछन्
– शून्य यात्रीहरू ओसार्दै
– शून्य छातीहरू ओसार्दै
भक्काना छुट्छन् मौनताबीच
– बन्द ज्वालामुखीहरू
अभिशाप बन्दछन् शून्यताबीच
– जीवन र मृत्युहरू

जीवनहरू गिल्ला गर्दै छन्
मृत्युहरू ठट्टा गर्दै छन्
नजिकैबाट सबै-सबैलाई पुन नियाली हेर्दै छन्
– बीभत्स हांसो बोकेर
– डरलाग्दो चीत्कार खोपेर
औंलाका काप-कापबाट-
बिचरो जिन्दगी टोलाइरहेछ
मृत्यु पनि चियाइरहेछ
नालीबाट फुटेका एकनासे स्वरमा
– जिन्दगी पनि बगिरहेछ
एकनासे आवाजहरू गुन्जिरहेछन्
समयलाई चिरिरहेछन्
-सायद अपरेसन गर्दै छन्)
आशाका किरणहरू फुट्न नपाउंदै
– भ्रूणहत्या नगर आवेशमा आएर
भावनाका लहरहरू बग्न नपाउंदै
– बांध नबांध भावावेशमा आएर
रत्यौली खेल्न देऊ जिन्दगीलाई एकछिन
– लामो शून्यतालाई भत्काएर
– लामो मौनतालाई फुटालेर
– जिन्दगीलाई कोल्टो र्फर्ेन देऊ
– जिन्दगीलाई नयाँ आयाम थप्न देऊ
प्रतीक्षालाई विश्राम दिन
झमझम नशा लाग्न थालिसक्यो
बेहोसी छाउन लागिसक्यो
बजाइदेऊ सम्पूर्ण तार छेडेर
– जिन्दगीलाई अब नशा लाग्न नपाओस्
सुनाइदेऊ सम्पूर्ण राग छेडेर
– जिन्दगी अब बेहोसिन नपाओस्

शून्यताले थिच्न नपाओस् कतै
मौनताले बिझन नपाओस् कतै
नभए रंगाइदेऊ जिन्दगीलाई
गितारका तार खेलेर
नभए छेडिदेऊ भावनालाई
सितारका धारिला तार रेटेर

रगताम्य हुने गरी-
स्वप्नलोकबाट ब्युंझोस् जिन्दगी
तारहरूका प्रत्येक घोचाइबाट

आऊ भत्काऊ शून्यतालाई/सपनाबाट ब्युंझाएर
आऊ जलाऊ मौनतालाई/सपनाबाट ब्युंझाएर

ओहो ⁄ कसले छेड्न थाले फेरि
– यी सुमधुर तरङ्गहरू
ओहो ⁄ किन हांस्न थाले फेरि
– यी डरलाग्दा मृत्युहरू

हेर त ⁄ जिन्दगीलाई हंर्साई-हंर्साई
– मार्ने दाउ हेरेको
हेर त ⁄ जिन्दगीलाई र्फकाई-र्फकाई
– मार्ने सुर कसेको
हेर त ⁄ जिन्दगीलाई खेलाई-खेलाई
– मार्ने विचार लिएको

उः’ उः’ उः’ लौ हेर
उः’ उः’ उः’ लौ हेर
मृत्यु पुनः नियाली गयो
– एउटा प्रतीक्षा दिएर
मृत्यु पुनः र्फर्केर गयो
– मीठो आश्वासन लिएर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *