पत्र कथा : कल्पनाको अर्को बिहे

~बसन्त नेपाल~basanta-nepal

रातको निस्तब्धतासँगै मस्त निन्द्रामा सुतेको छ दुरो देशको एक शहर पनि । यो बिरानो शहरको सुनसान अनि काल रात्रीलाई साथ दिदै छ प्रितम । खै किन्न हो कुन्नि निन्द्रा उ देखी टाढा भागीरहेछ । हासोँ खुशी उल्लास हैन मन त्यसै बिरक्तिएको छ उसको । हात र खुट्टाहरु चिलका पखेटा झै फटफटाइ रहेका छन् । आफ्नो मातृभुमी भन्दा सातसमुन्द्र पारीको देश , घर परीवार अनि आफन्तजनहरुको मायाममताबाट बन्चित रही बिरानो तथा उजाड मरुभुमीमा बितीरहेको दासत्वको जीन्दगी । समय परीस्थीती अनि बाध्यताले मानिसलाई कहाँ पुर्याउछ कुनै भरोसा नहुने रहेछ । लटरमै सपनाहरु झुलेका थिए प्रितमको मानसपटलभरी । धन आर्जनको सपना,मुटुभन्दा प्यारी कल्पनासगँ साथ रहने सपना अनि मातृभुमीको माटोमा लडीबुडी गर्नै सपना ।

कता गए आज यी सारा सपनाहरु – सपनै सपना फुलेको प्रितम्को जीन्दगी आज दिनप्रतीदीन ओइलीरहेको छ । अहँ करडोँ धनसम्पतीको मालीक बनी ऐस आरामको जीन्दगी जीउने सपना थिएन प्रितम्को । एक लाखबाट थपीदैँ गएको ऋणबाट मुक्ति अनि धर्मपत्नी र छोराछोरीको लालनपालन , बास यही थियो उसको मनोकामना तर यी अत्यावश्यक मनोकांक्षाहरु पनि मातृभुमीले प्रदान गर्न नसके पछि एउटै बिकल्प थियो मुग्लान फिर्ने । इष्टमित्रहरु, गैरीखेतको रोपाइ । ओहो धनले राज गर्न नपाए पनि मनले त राज नै गरेकै थिएँ नि ! फेरी उसको मानसपटलमा सल्बलाउछ जिवन संगीनी कल्पनाको चेहरा, चार बर्षो गहिरो मायाप्रिती पछि यी दुइ जोडी दाम्पत्य जीबनमा बाधीएका थिए । ” खुब रमाइलो भएको थियो बिबाहको दिनमा” प्र्रितम्को मानसपटल घुमीरहेको छ -” मोरीलाई नदेखेको पनि एक बर्षभइसकेछ” ।

तर दैबको खेल नै भनौ मदनले मुनालाई चटक्क छाडेर भोट गएझै प्रितम् पनि प्यारीसँग केहीँ महिनाको उठबस पछि दुर देश फिरेका थिए । सोच्दासोच्दै उसका नेत्रकोपबाट आँसु बगीरहृयो । उसका ती आसुले सिरानी पनि चिसो पो भइसकेको रहेछ । प्रितम्को मन बिदिर्ण भएर आयो । बिदेश नजानुहोस ,आफ्नै देशमा केहीँ गरेर बसे हुन्न र ! तपाइसँग अलग रहेर म कसरी दिनहरु बिताउन सक्छु , बिदेश फिर्ने अन्तिम घडी सम्म पनि कल्पना भन्दै थिइन – चिढीपत्र चाहीँ लेख्दै गर्नु ल ! आफ्नो ड्यूटी फत्ते गरेर भर्खरै आफ्नो कोठामा छिरेको छ प्रितम सात समुन्द्र्रपारीको देशमा । उ डङ्रग लड्न पुग्छ ओछ्यानमा । आज उसलाई मात्रृभुमीको यादले धेरै सतायो, कल्पनाको मायाले दिलको कुनाकुनामा ठक्कर दिन थाल्यो । रातको चकमन्तासँगै आखाँ रसाए उसको । मध्यरातमा कापी र कलम लिएर उ तयार भयो चिठी लेख्नको लागी । जलीरहेको दिललाई मलम लगाउने अचुक दबाइ नै चिठी हुदोँरहेछ यो दुरो देशमा ।

मनमन्दिरा कल्पना,

आराम छु भनेर भनौँ पनि कसरी मुटुको एक टुक्रा त तिमीले नै चुडेर लगीसक्यौँ बाँकी रहेका टुक्राहरु पनि त्रि्रै यादमा तड्पीरहेका छन्, तै पनि आराम छु भन्न बाध्य छु ,तिमी त आराम छौ होला हैन – कल्पना जीन्दगी पनि अचम्मले जीउनु पर्ने , म धेरै पिढाबोधको सामना गरीरहेको छु मुग्लानमा । काम, दाम सबै राम्रे छ तर मेरो लागी कम भनेको एउटै चिज हो तिम्रो माया ,जसको अभाब म सेकेण्ड सेकेण्डमा गरीरहेको छु ।

तिमी पनि मलाई कती सम्झदीँ हौँली – धैर्य गर कल्पना, छिटै सारा ऋणबाट मुक्त भइ उचो शिरकासाथ तिमी र म मायाँ नै मायाको संसारमा जीन्दगी जीउने छौ जहाँ तिमीलाई कुनै पनि कुराको अभाबको महशुस हुन दिने छैन । कल्पना तिमीले अघिल्लो खतमा छोरा ठूलो भइसक्यो भन्ने कुरा लेखेकी थियौँ, साँचि कत्रो भयो – झगडा गरेर हैरान पार्दो हो तिमीलाई , छोरालाई धेरै पढाएर ठूलो मान्छे बनाउनु पर्छ ल ! त्यही छोरा र तिमी नै त हौँ मेरो लागी जसका लागी म यती टाढा एकल जीन्दगी बिताइरहेको छु । तिमी र म सँगै रहँदा कती खुशी हुदो हो हाम्रो मन । यही क्षणको प्रतीक्षामा छु म ।

उही,
प्रितम

२.

चिठी तयार भइसकेपछि उसले मनमनै गम्यो-“चिठी पाउँदा मोरी आँगनमा नाच्दी हो एक पटक” । अहो रातको दुई बजीसकेको छ अब त सुत्नु पर्छ , उ गुटमुटु पर्छ सिरक भित्र ।

ढोकामा कसैले ढकढक गर्यो , आ हावाले त होला भन्दै उ फेरी सीरकभित्र पस्यो ,तिन पटकको पालामा भने उसले डराइ डराइ ढोका खोल्यो । ओहो त्यहा त आफ्नै काका पो ठि� उभिरहनु भएको छ , प्रितम तिन छक पर्यो । ” काका के पारा हो यो यती मध्यरातमा बिना सुचना कसरी आइपुग्नुभयो-

तपाइ कहीले परदेशमा आउनु भएको नि ” – “अचम्म मान्नु पर्ने केही कारण छैन प्रितम” काकाले मुख खोले-” गाँउमा बाच्नै नसकिने भइयो ,ऋण झन बढेर गयो , गाउतिर पनि धेरै नजाती कुराहरु सुनिन थाले , त नै छस् भनेर आएको हो म परदेशमा”। खै काकाले के के भने प्रितमले बुझनै सकेन तर उसले यती महशुस गर्यो की काकालाई धेरै ठूलो पिर परेको रहेछ आजभोली । प्रितमलाई गाँउघरतिरको ताजा समाचार सुन्ने कौतुहलता जाग्यो । ” काका, हाम्रा जहान परीवार सञ्चै छन त” –

भतीजाको माया लाग्दो प्रश्नले काका झस्किए एकपटक । खै के भनौ छोरा, नभनौ भने तलाई कसरी कुरा लुकाउनु , भनौ भने तैले कसरी पचाउने यो कुरालाई -काकाले खिन्न मुहार लगाउदै भन्न थाले- ” म त तेरो श्रमितीको चाला राम्रो देख्दीन , गाउँलेहरु पनि धेरै कुरा काट्न थालेका छन आजभोली , । कल्पनाले के गरी र गाउँलेहहरुले कुरा काटेका – प्रितम्ले कोठै गर्जीने गरी भन्यो । त मुग्लान फिरे पछि उ अलि बदलिएकी छे , छोराको पनि त्यती ख्याल राख्दिन , गाउमा एउटा नया मान्छे आएको छ त्यसै सँग पल्किएकी छे भन्ने सुन्छु , कतीपटक त्यो केटासँग जिल्लिएको म आफैले देखेको छु , छिमेकीहरुले त तेरी श्रमितीले लेखेकी खत पनि फेला पारेका छन् रे … काकाको कुराले प्रितमको शरीरको सारा रगत एकै पटक उम्लिएर आयो ,आफनी श्रमितीको चरीत्रमा दाग लागेको समाचारलाई उसले बिश्वास गरेन । मध्यरातको यो ननिको समाचार ल्याउने आफ्नो काका प्रती उसमा घृणा जागेर आयो , ऋषले उसको आँखामा एक पटक झिल्लिक बत्ती बल्यो अनि सिरानीबाट टिल्ल टल्कने खुकुरी निकाली काकामाथी प्रहार गर्दा खुकुरी भाच्चिन पुग्यो । झल्यास बिउँझियो प्र्रितम । उ बेस्सरी चिच्यायो । उसले कोठाका कुनाकुनामा नजर घुमायो , तर त्यहाँ उसका काका थिएनन् । आज उसले साह्रै नजाती सपना देख्यो । सपनाबाट बिउझीसकेपछि प्रितम्लाई रतभरी निन्द्रा लागेन, हृदयका कुनाकुनामा अशान्तिका काला बादलहरुले ठक्कर दिन थाले । मनमा कुराहरु खेल्दा खेल्दै रात बितेको पनि उसलाई पतै भएन । आँ सपनालाई सोचेर निरास हुनु किमार्थ राम्रो काम होईन भन्ने सोच्दै उ सिरक च्यापेर सुत्यो ।

असारे महीना , सीमसीमे पानी परीरहेको थियो, गाउँमा रोपाइको चटारोले धपक्कै छोपको थियो । गाउलेहरुलाई खाना खाने फुर्सद समेत थिएन । तर कल्पनाले रोपाइँको कुनै सुरसार गरेकी छैन ,सध्यारहरु सबैले रोपाइँ गरीसके तर बिचमा आफ्नो खेत बाँझो भएकोमा अलीकती पनि फिर्की छ्रैन । प्रितमले फोनमा रोपाइँ सिधीयो भनेर सोध्दा गाउँमा सबै भन्दा पहीले आफूले रोपाइ गरेको जबाफ दिइएकी थिइ उसले ।”हैन हो यसले यस साल रोपाइ नगर्ने भइकी क्या हो” -सध्यार नन्दलालले फुराए-“कल्पनाको आज पानीको पालो थियो तर उ शहर घुम्न गएकी छे भन्ने सुन्नमा आएको छ ,म त यसको निको चाला देख्दिन है दाजूभाइ हो ! फेरी नेत्रबहादुरले चिउडोमा हात राखेर भने – ” आज उ एका बिहानै किसन बाबु सँग शहर घुम्न गएकी छे ,प्रितम्लाई यसले रुवाउने भइ”। एककान दुइकान मैदान हुदै किसन र कल्पनाको सम्बन्धबारे गाउभरी चर्चा परीचर्चा हुन थाल्यो , साच्चै कल्पना आफनो श्रीमानका अगाध मायाममतामाथी खेलबाड गरीरहेकी थिइ ।

बिबाहीत नारीको मायामा क्रमशः हुर्कदै थियो । आज गाउको रोपाइको रौनकबाट टाढा रहेर कल्पना र किसन शहरको रमीता हेर्न बेस्त छन् । उनीहरु जाउलाखेलको चिडीयाखाना पुगे, रत्नपार्कलाई फेरो लगाए , पशुपतीनाथको दर्शन गर्न पनि भ्याए , हीड्दा हिड्दा थकाइको महशुस भएपछि यि दुइ प्राणी एक बगैचामा गए, कल्पनाले झोलाबाट चाउचाउ निकाली ,प्रितमलाई आँ गर्न लगाइ अनि चाउचाउ मुखमा हालीदिइ । दुबैजना प्रेमका मीठामीठा कुरामा लिप्त भए ,”मलाई तपाइले धोका दिनु हुन्न नि है” लाडे श्वरमा कल्पना बोल्न थाली-अब तपाइ र म भाग्नु पर्छ । तिम्रो श्रमिानले थाहा पाए भने के यसलाई पचाउन सक्लान र,किसनले भन्यो-पहिला तिमी आफ्नो श्रीमानसँग छुटिनु पर्छ अनि तिमी र म बिहे गरेर बसौला । कुरा गर्दा गर्दै कल्पना किसनको काखमा लडी , किसनले पनि आफ्नो हात कल्पनाका अङ्ग प्रतङ्गमा पुर्यायो । कल्पना त्यतीकै लठीइ । उनीहरुको शहर यात्रा निकै रोमान्चकारी रहयो ।

आज कल्पना आफ्नो बिस्तरामा लडेकी छे ,किसनको हात समातेर शहर घुमेको दृश्य ,बगैचामा किसको काखमा सुतेको क्षण सम्झदा उसलाई रमाइलो लागेर आयो । यि सबै आनन्दका क्षणहरुका अगाडी प्रितमको दुरो देशको भावनात्मक माया धेरै टाढा भयो कल्पनाका लागी । प्रितम आफ्नै लागी दुर देश पलायन भएको छ भन्ने कुरा उसले बुझ्न सकिन । दिनहरु बित्दै गए , किसन र कल्पनाको पिरती दुबो झै मौलाएर गयो । समाज, आफ्नो परीवार, धर्म सबै कुराबाट टाठा रही जीन्दगी जीउननिर्णयमा पुगे यि दुइ प्राणी । छोरा सरोजलाई पो के गर्ने -कल्पना सोच्न थाली- मैले छोडेर गइसकेपछि प्रितमले पनि बेवास्था गर्यो भने सरोजको के हालत होला – कल्पना धर्म संकटमा परीरहेकी बेला कीसन आइपुग्यो । के सोचिरहेकी कल्पना -किसन बोल्न थाल्यो-अब धेरै नचोच , जती सक छिटो तिमी र म भाग्नु नै बेश देखेकी छ्, मैले त , गाउँभरी तिम्रो र मेरो चर्चा चल्न थालेको छ । भाग्न त भाग्ने तर सरोजलाई कसरी लिएर जाने – त्यती सानो कुरामा पनि चिन्ता लिएर बस्ने – किसनले जुक्ति निकाल्यो- सरोज ठूलो भइसकेको छ ,तिमीले प्रितमलाई आफ्नो सत्य कुरा बताउनु , तिमीले म सँग बिबाह गर्न थालेको खबरले उ नेपाल आउँछ, अनि आफ्नो छोराको रेखदेख गर्न उ बाध्य भइहाल्छ नि । किसनको भनाइलाई कल्पनाले र्समथन जनाई । प्रितमप्रतीको सारा प्रेम एकादेशको कथा बन्ने भयो , जीबन यात्रामा कल्पनाले प्रितमलाई एक असक्षम पूरुष घोषित गरीदिई । एक दुइ दिन पछि नै गाउँबाट भाग्ने निर्णयसाथ उनिहरु छुटीए त्यस रात । समय आफ्नै रफ्तारमा बितिरहेको थियो , भेडा चराउने काम दैनिक रुपमा चलिरहेको थियो प्रितमको , आज पनि उ समुन्द्रको किनारमा भेडा चराइरहेको छ , सयौँ हुल भेडाको बिचमा ठिङ्ग उभिएर, भेडाबाख्रालाई नै आफ्नो दौतरी ठान्दै प्रितम् गम खादै छ -यसपालीको तलब त सबै कल्पनालाई नै पठाइदिन्छु , बिचरीलाई घर धान्न कती गाहा्रे भएको होला , छोरालाई पनि त अब स्कूल भर्ना गर्ने बेला भयो होला । कहिले उसको भित्री मनले भन्छ – आफ्नी प्यारीसगँ छुटिएर यती टाढा भेडागोठाला भएर के जीन्दगी जीउने – हाम्रो भन्दा त बरु यिनै भेडाहरुको जीन्दगी जाती । एकैछिनमा समुन्द्रिकिनारमा हावा चल्न थाल्यो , उसको नजीकै एउटा भुमरी आएर घुम्न थाल्यो, खजुरका पातहरु उसको सामुन्ने फन फनी घुम्न थाल्यो । ओहो यो त नजाती पो हो त , केहीँ दशा पो लाग्ने हो की क्या हो – उसले भेडाबाखा्रहरु जम्मा गर्रयो अनि भेडाहरुको पछि पछि उसले गह्रो पाइलाहरु चलायो । अरवि राज्यमा क्रमश रात पर्दै गहीरहेको थियो , समुन्द्र सुसाएको आवाजले प्रितम बेलाबेला झस्किने गर्थो , समुन्द्रि छालको बेग पनि त्रि्र हुदै थियो । सोच्दासोच्दै उ आफ्नो बासस्थान पुग्यो , भेडाबाखा्र मुदिरलाई जिम्मा लगाइ उ सिधै खाटमा पल्ट्यो , समुन्द्रि किनार देखी नै भौतारीरहेको मन अझै शान्त भइसकेको थिएन, उसको मन बिर्दिण भएर आयो । भोलिपल्ट बिहानै उसले एउटा खत पा्रप्त गर्रयो । खामको बाहीर पठाउनेको नाम कल्पना देखेपछि , उसका अनुहारभरी खुशीका रेखाह्रु कोरीए । हतारहतार चिठी खोल्यो उसले

पतीदेब,
प्रणाम,

आज म जीन्दगीमा कसैलाई पहिलोपल्ट पत्र लेख्दै छु । यो पत्र लेख्दा म खुशी पनि छु र दुखी पनि । तिमीबाट टाढा भएकोले म दुखी छु भने म जीन्दगीका आवश्यकताहरु परिपूर्ति गर्ने जमर्कोमा छु ,यसले भने मलाई खुशी बनाएको छ । के गर्ने मानिस समय अनुसार चल्नु पर्दो रहेछ । त्यही समय अनुसार चल्दै छु पतिदेब म । तपाइले पठाउनु भएको पैसाले सबै ऋण तिरीसके अब तपाइले ऋणको चिन्ता गर्नु पर्दैन । छोरालाई पनि गाउँको बोर्डीङ्गस्कुलमा भर्ना गरेको छु । मैले तपाइसगँ बिबाह गरेपछि धेरै दुखहरु सहदै आएको छु जसलाई म सदाको लागी दुर गर्दै छु । प्रितमलाई माया गर्न थालेका् छु मैले । हाम्रो पिरती बसेको पनि तपाइ मुग्लान छिरेदेखी नै । तपाइले यो पत्र प्राप्त गर्दा म किसनसगँ बिबाह गरेर टाढा गइसकेको हुने छु । तपाइले छोडेर गएको छोरालाई राम्रो रेखदेख गर्नुहोला ल ! अब तपाइले पनि अर्को बिबाह गरेर नयाँ घरजम गर्नु होला , मलाई सम्झेर अलिकती पनि बिचलित नहुनुहोला है –

उही ,
कल्पना,

पत्र पढी सकेपछि प्रितम्को मन भारी भएर आयो , एकै छिन पहीले खुशीले गदगद भएको हृदयमा पिढा बल्झियो एक पल्ट आखाँबाट झिल्लिक बत्ती बल्यो , संसार अन्धकार भएर आयो , उसलाई चक्कर चल्न थाल्यो, सारा जीन्दगीका योजनाहरु सिसासरी फुटी गए । आफ्नो सारा जीन्दगी जसलाई उसले अर्पेको थियो उसैले आफ्नो हृदयलाई चिराचिरा पारीदिइ । मुटुभरीको माया गर्ने, एक नारीलाई जीन्दगीभरी सुखी र माया नै मायाको संसारमा हुकाउर्ने अभीलाषाकासाथ दुर देशपलाएन भएको प्रितमको चोखो मायालाई उसले लत्याउन पुगी , । पत्रमा भने जस्तो प्रितम्ले उसलाई खासै दुख कटाएको थिएन । गाउँघरको मेलापातमा कल्पनाइ घरमा राखेर उ आफै सरीक हुने गर्थो । राम्रो लाउँन र मिठो लाउन दिएकै थियो । प्रितम्ले उसलाई कहील्लै गाली गरेन , सधै तिमी भनेर सम्बोधन गर्थो । उसको दुख नै आफ्नो दुख सम्झन्थ्यो । मुग्लान छिरेदेखी कमी भएको थियो त एउटै कुराको । त्यो हो सहबास । जसलाई कल्पनाले प्रितमद्वारा परीपुर्ती गर्ने गर्थी ।

आज प्रितमको मन स्थिर छैन , त्यही कल्पनाको पत्रले उसलाई रिङग्याई रहेको छ । ” तपाइ नहुदाँ म कसरी दिनहरु बिताउन सक्छु ” जगल्टेले मुखले ठिक्क पारेकी रहीछे । अनेकथरी तर्कनाहरु ओइरीन थाले उसका मानसपटलभरी । बिबाहमा कल्पनालाई माग्न गएको दिन , बिबाहको दिनमा उसलाई जीस्क्याएको क्षण , बिबाहको पहिलो रात , यि सबै कुराको याद एक पछि अर्को गर्दै आइरहे । एक दिन कल्पना रिङगटाले आँगनमा ढलेकी थिइ , हत्त न पत्त प्रितम्ले उसलाई पिठ्यूँमा बोकेर अस्पताल पुर्याएको थियो । उ बेहोस अबस्थामा थिइ , डाक्टरहरुले कल्पनाको शरीमा रगतको कमी भएको कारणले यस्तो भएको बताएपछि प्रितम्ले आफनो शरीरको आधा लिटर रगत कल्पनाको लागी दान दिएको थियो । तर आज कल्पनाले यसको कुनै प्रबाह गरीन । यि सबै कुराले उसको मन बिदिर्ण भएर आयो । पिडा र बिछोडले उ मर्माहत भएको थियो । उ निर्दयतापुर्वक कल्पनालाई सराप्दै थियो । आफु भन्दा अलीकती धनी केटा पाएपछि सारा कसमहरु भुल्ने कल्पनामाथी उसको सारा ऋष खनिन पुग्यो । अतितमा घटीत घट्नाका परीछेदहरुले उसलाई लखेटीरहृयो । कल्पनाले प्रितम्लाई जसरी छोडी त्यसरी प्रितम्ले कल्पनालाई छोड्न निकै कष्टप्रद थियो , किनकी प्रितमको माया कल्पनाप्रती बृक्षमा तता झेलीएझै झेलीएको थियो । उसको लागी जीन्दगी नै कल्पनाप्रती र्समपित थियो । अब प्रितमले कसका लागी जीउने – कसका लागी मुग्लानको तातो हावामा सास फेर्ने- यिनै तर्क बितर्कले उसको दिमाग तातेको छ । दिन बिते, महीना बिते , प्रितमले पनि भुतलाई भुल्दै पैसा बचत गर्दै गयो। कल्पनाप्रतीको बदलाको भावना त्यागीदियो । बिछोडको पिडामा अरुको जस्तो उसले लुमा पिएर आफ्नो चच्चा प्रेम पनि प्रदर्शन गरेन । मुटुलाई दह्रो बनाउदै नयाँ रुपमा उसले आफ्नो जीन्दगी जीउन थाल्यो । बिचमा न त कल्पनाले सर्म्पर्क गरी न त प्रितमले नै । छोराको हालखबर पनि केही थाहा थिएन ।

तातो मरुभुमीमा नेपाली क्यालेण्डरका पन्नाहरु पल्टदै गए । मौसमले आफ्नो काचुली फेर्दै गयो । चार्डपर्व आउनेक्रम सुरुहुन थाल्यो । परदेशीहरु घर फिर्न थाले । हेर्दाहेर्दै दशैँले पनि झ्याप्पै छोपीहाल्यो । यही दशैँको मौका छोपेर प्रितम पनि मातृभुमी फिर्ने शुरसारमा छ । सामान पनि के नै किन्नु थियो र उसको लागी – उसको आफन्त भन्नु नै को नै थियो र – जे भए पनि आफुले एक पटक चुप्पा खाएर हीडेको छोराका लागी भने उसले केही कपडा तथा खेलौनाहरु खरीद गर्यो । “कल्पनाले छोरालाई लिएर गएकी हो या एक्लै “-उसले मनमनै गम्यो -” उता गएपछि छोरालाई बोलाएर सबै कपडा दिनु पर्ला “। कल्पनाले छोरालाई लिएर नगएकी भए बिचरो कहाँ गयो होला , छोराको अनिच्चित भविश्यको चिन्ताले पनि उसको छाती पोलेकै छ । हवाइजहाजले अरबलाई बाइबाइ गर्न थाल्यो । चालक सदस्यहरुले सीठी फुकेर यात्रा गर्दा पालना गर्नु पर्ने नियमहरु भन्न थालेपछि प्रितको सोचाइ भङ्ग भयो । सगैँको सीठमा एक महीला बसेकी थिइन , उसक काखमा लाडीदै थियो एक चञ्चले बालक । घरीघरी त्यो बालक प्रितमको पाखुरा समाउन पुग्थ्यो , उसको आखाँमा एक टकले हेरेर खितीत हास्ने गर्थो , जसले प्रितमलाई पलपलमा आफ्न छोराको याद दिलाउथ्यो । हवाइजहाज नेपालमा प्रबेश गरेपछि सबैजना कराउन थाले , दश औला जोडेर सबैले ” जय पशपती”भनेको आवाज हवाइजहाजभीत्र गुञ्जियो । मात्रृभुमीमा पाइला टेके पछि रनभुल्मा पर्यो प्रितम् । कता जाने , के गर्ने – उसले एक पटक पशुपतीनाथको दर्शन गर्ने निर्णय गर्योर, पशुपतीनातसँगे कल्पनाको सुख ,शान्ति, छोरा सरोजको उज्वल भविश्य जस्ता वरहरु माग्यो उसले । मन्दिर परीसरबाट बाहीर निस्केपछि बाह्रबिषे जाने बषमा चढ्यो उ । उसको घर धेरै दुर्गम ठाउँमा भएको हुनाले गाडीबाट ओर्लेर धेरैबेर हिड्नु पथ्र्यो , । साच्चै उ आज धेरै बर्ष पछिको अन्तरालपछि आफ्नो गाउँ फिरेको छ । उसको गाउँमा केही परिबर्तनका रेखाहरु कोरीएका रहेछन् । गाउँमा बिजुली बत्ती पनि बलीसकेछ । अतीतलाई मानसपटमा सजाउदै उ लम्किरहेको छ । यो यहीँ गाउँ हो जहाँ उ जन्मियो , हुर्कियो, गाउँबेशी मेलापात , पानि पधेरो , सबै गरेको छ उसले यहाँ । कहीलेकाहीँ राग ढालेर गीत गाउँदै हिड्थ्यो उ ।

“ए उ हेर त प्रितम लाहुरे आएको जस्तो छ , हरीलालल ले भने “- ” ओ हो कती मोटाए छ” । फेरी नन्दलाल भन्न थाले – बिचरो प्रितम, एउटी उत्ताउलीले छोडेर गइहाली , अब कसलाई यसलाई कसले हेरबिचार गर्ला – हरीलाल र नन्दलाल बिच कुरा हुदै थियो , प्रितम पनि त्यही पुग्यो । उसले दुबैलाई खुटामा ढोग्यो । धेरैबेर सम्म उनिहरुले भलाकुसारी गरे , कल्पनाको बिषयमा चर्चापरीचर्चा भए । छोरालाई गाउँमै छोडेर कल्पना र प्रितम काठमाण्डौँमा बसोबास गरीरहेको उसले थाहाँ पायो । छोरा सरोजलाई भने गाउँके रामप्रसाद सरले पाल्नुभएको रहेछ । राम प्रसाद सर प्रति कृतज्ञता प्रकट गर्दै उ नन्दलाल र हरीलालसँग छुटीयो । आफ्नो घरको आगनको डिलमा उभियो प्रितम् , यो आँगनमा धेरै गाउँलेहरु झुमिन्थे उ हुदा , केटाकेटीहरुको हुल लाग्थ्यो , तर आज यो घर रित्तो छ , ढोकामा बडेमाको भोटेचाल्चा लगाइएको छ , । घरपरीसरमा मात्र हैन घर भित्र पनि झारैझार उम्रिएको थियो । उसले एउटा पटुका फेला पार्यो जुन पटुका बिवाहमा कल्पनाका लागी उसले किनेको थियो । यि सबै दृश्यहरुले उसलाई निरास बनायो । मन बिरक्त भएर आयो, खै उसले के सोच्यो कुन्नि , त्यो पटुका बोकेर उ जङ्गलतिर जादै थियो ।

भोलीपल्ट प्रितमले आत्महत्या गरेको समाचार गाउँभरी फिजीँएको थियो । उता कल्पनाले प्रितमलाई छोडेर शहरकै एक होटलवालासँग पोइला गइ रे भन्ने हल्ला सनसनीपूर्ण फैलदैँ थियो ।

समाप्त

बसन्त नेपाल
हाल : ओमान मस्कट

(स्रोत : ईलम्जुङ् डट काम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : नेपाली कथा, पत्र साहित्य | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *