बाल कथा : कस्तो बिर्सिएको ?

~नीलम कार्की निहारिका~Neelam Karki Niharika

सुरज छ बर्ष पुरा भएर सात बर्षमा हिडी रहेको छ | अप्रिल २१ उसको जन्मदिन हो | त्यसैल्रे सबै लाई भन्दै हिड्छ ‘थाहा छ मेरो बर्थ डे (जन्म दिन ) आउन लाग्यो | अर्को महिना हो | तिमि आउ है मेरो घरमा केक खान | ‘

जब उसको छैटौ जन्म दिन थियो, उसले आफनो बाबा  मामुसंग चेस उपहार मागेको थियो | चुम्बकले टासिने चेस उसका बाबा मामुले टल्कने कागजमा बेरी फुल टासेर दिएका थिए | उ आफुले चाहेको उपहार पाएर निकै खुसि भएको थियो |

सुरजलाई चेस खेल्न अति मन पर्छ | उसको हजुर बुवा चेस खेली रहने हुनाले त्यही देखेर पनि हुन् सक्छ उसको चेस खेल प्रति रुची  भएको | तर उ आफु भन्दा खेल्न जान्ने संग खेल्न त्यति मन पराउदैन | घरमा आएका पाहुनालाई सबै भन्दा पहिला सोधने गर्छ  ‘हजुर लाई चेष खेल्न आउछ ?” जब  खेल्न आउदैन भन्ने जवाफ आउछ, उसको चेस राखेको झोला लिन दगुर्छ र लिएर आई खेल्न तयार हुन्छ |

सुरजले चेसका गोटीहरु हाती, घोडा, उट, राजा, रानी, सैनिक सबै चिन्दछ | तर ति गोटीको चालको लागि  भने कहिले काही सुरजको आफनै नियम हुन्छ  |

सनिबार को दिन थियो | सुरज आफनो बाबा मामुको साथ बाबाको साथीको घरमा गएको थियो | अचानक हिउ परेको हुदा  उनिहरु त्यो रात त्यही बस्नु पर्ने भयो |बाबा मामु र उहाका साथीहरु ढिला सम्म कुरा गरि बसेका हुदा उजेलो हुदा सम्म निदाई रहनु भएको थियो | सुरज  भने सधैको समयमा सुतेको   हुदा उसको एका  बिहानै निन्द्रा खुल्यो | उ उठे पछी सिरानी निर रहेको  बाबाको फोनमा खेल्यो  तर केहि बेर मा फोन को चार्ज सकियो | सुरज लाई मामुको फोनको पासवर्ड थाहा थिएँन | के गर्ने होला भनि सोची रहेको समयमा उसको आखा चेस बोर्डमा पर्यो | उसले चेस निकाल्यो र सबै गोटी मिलाएर केहि बेर एक्लै खेल्यो |

खेल्दा खेल्दै उसले सुन्यो तल्लो तलामा भाडा बजेको  | अब भने घरमा  कोहि उठेको हुनु पर्छ भन्ने लागेर बिस्तारि माथिबाट तल्लो तलामा हेर्यो |  बाबाको साथीले रातिको जुठो भाडा माझी रहनु भएको रहेछ | उ आश्चय मानेर हतार हतार नजिक गएर सोध्यो “अंकल हजुर ले यो के गर्नु भएको ?”

“भाडा सफा गरेको बाबु |”

“आन्टी खोइ त् , उठ्नु भएको छैन ?”

“हस्पिटल ,काममा गएकी छन |”

“हजुर ब्याई  (केटा मान्छे )ले पनि गर्ल (केटि मान्छे )ले झैँ  भाडा माझ्नु हुन्छ त् ?

“किन हुन्न त् ? ‘ब्याईले’ पनि ‘गर्ल’ झैँ खान हुने अनि भाडा माझ्न नहुने ?”

“त्यो त् हो |” केहि बेर सोचेर अंकलको कुरा मा सहमति जनायो |

अनि सम्झिए झैँ भन्यो “अंकल चेस खोल्न आउछ हजुरलाई ?”

“आउदैन नि बाबु |” अंकलले  यसै भनि दिनु भयो |

“म सिकाई दिउ ?” उत्साहित भयो सुरज |

“हुन्छ |”अंकल ले टाउको हल्लाउदै भन्नु भयो |

सुरज दगुरेर माथि गयो | चेस बोर्ड र गोटी लिएर आयो |खेल्नको लागि सबै मिलायो |त्यतिन्जेल अंकलले रातिको केहि  बाकि  भाडा सफा गरि सक्नु भएको थियो |

खेल सुरु भयो | अंकलले जानी जानी सुरजलाई आफनो हाती घोडा का गोटी खान दिनु हुन्थ्यो | “अंकल ‘सुसईड गेम’ नखेल्नु न |” आफुलाई अंकलले जिताउन खोजेको भन्ने लागेर उसलाई मन पार्थेंन | र फेरी भन्यो “हजुर लाई खेल्न आउने रैछ हो ? त्यसै आउन्न भन्नु भाको थियो हो ?” अंकल मुसुक्क हास्नु मात्र भयो |

केहि बेर पछी सुरजले अंकल को  किंग  खाई दियो र “ अंकल हजुरको क्विन लाई ‘चेक’ है ”  खुसिहुदै  भन्यो  | अंकलले भन्नु भयो “ तिमिले किंग खान मिल्दैन बाबु  | खेलको   अन्तिम  सम्म किंग हुन्छ  | क्विन लाई होइन किंगलाई दिनेहो नि  चेक पनि | ”सुरज लाई नियम  सिकाउनु ,बुझाउन खोज्नु भयो अंकलले |

 “किंग जुन बेला पनि खान सकिन्छ | क्विन  अन्तिम सम्म हुन्छ | क्विन लाई नै हो चेक दिने |हजुरलाई खेल्न आउने रैनछ अंकल |” सुरजले जिद्दी गर्दै भन्यो |

“होइन बाबु किंग अन्तिम सम्म हुन्छ | किंग सबै भन्दा महत्वपूर्ण हुन्छ नि त् बाबु  |”सुरज को टाउमा मायालु हात ले  मुसार्दै भन्नु भयो |

सुरजले केहि सोचेर भन्यो “यु आर राईट अंकल !” हो त् किंग भनेको  ब्याई हो (केटा ) , क्विन भनेको गर्ल (केटि )| गर्ल भन्दा ब्याई नै पावर फुल (सक्ति साली) हुन्छ भन्ने कस्तो बिर्सिएको मैले ?” आफनो टाउको हात राखेर बोल्छ सुरज |”

अंकलले भन्नु भयो  “  चेसमा क्विन पनि पावरफुल (सक्तिशालि) हुन्छ नि बाबु  | छड्के- सिधा , दाया- बाया, अगाडी- पछाडी जता सुकै जान सक्छ | अनि नि बाबु ‘गर्ल’ भन्दा ‘ब्वाई’ पावर फुल हुन्छ भन्नु गलत हो  |ब्वाईले गर्न सक्ने हरेक काम ‘गर्ल’ ले पनि गरेका छन |ल भन ‘गर्ल’ ले प्लेन(हवाई जहाज ) उडाएका छैनन ? ,’गर्ल’ साईनटिस्ट छैनन् ?, टिचर (सीक्षक )छैनन् ? यो चेस पनि ‘गर्ल’ ‘ब्याई’ सबैले  खेल्न सक्छन | यहि हेर तिम्रो आन्टी डाक्टर हो |तिम्रो मामु ईन्जिनियर हो | म पनि ईन्जिनियर हो | के फरक छ हामिमा ? समान छैन त् ?”

केहि बेर घोरिएर सुरजले आफ्नो टाउकोमा हात राखेर बोल्यो  “हो त् है मैले कस्तो बिर्सिएको ?”

र केहि पछी भन्यो “‘म सात बर्सपुरा भएर   आठ  भए पछि भने केहि पनि बिर्सिन्  अंकल | मेरो बर्थ डे मा आउनु है | अप्रिल २१ मा हो |”

(स्रोत : केटाकेटीअनलाईन डट कम)

This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.