लघुकथा : भाग्यदाता

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

साँझ पर्न लागि सकेको थियो |दिनभरी हिडेर खुट्टाहरु दु:खीसकेपनि मन भने थाकेको थिएन उसको |झनै , तल पानी बगीरहेको पुल माथिबाट हिड्न पाउँदा ऊ निकै उत्साहित भै ‘रहेकी थिई |ऊ कहिले पुलको बारबाट तल हेर्थी त कहिले बाबु भन्दा अगाडी दौडिएर पुग्थी |

पुल लामो भए पनि तल बाट बग्ने पानीको मात्रा कम थियो |उसलाई अचम्म लाग्यो |’यति थोरै पानी बग्ने खोलामा पनि किन यति लामो पुल बनाएका होलान् ! ‘ उसको मनमा खुल्दुली मच्चियो | केहीछिनमा , बाबु -छोरी पुल पारि पुगे | त्यहाँ झनै उसले अर्को ठुलो नदी देखी |

+’बुवा ,यो फेरी कुन नदी हो ?’   बाटो भरि उसलाई बुवाले नदीहरु चिनाउदै आएका थिए |

-‘छोरी ,यो नदी होइन नहर हो |’-बुवाले बगीरहेको पानी तिर हेर्दै भने |

+’नहर भनेको के हो बुवा ?’ -एघार बर्षकी त्यो कलिली छोरीले नदी र नहर छुट्टाउन सकिन |

-‘नदीको पानीलाई थुनेर बाँध लगाइञ्छ |अनि त्यो पानी मान्छेहरुलाई पिउनको लागी ,खेतबारीमा सिंचाई गर्नकोलागी प्रयोग गरिञ्छ |त्यति मात्र होइन त्यो पानीबाट बिजुली बत्तीपनि निकालिञ्छ |’-बाबुले नहरको उपयोगिता बताए |

+’नदी भन्दा त नहर पो ठुलो हुदों रै’छ है बुवा ?’- पानीको बहकाउतिर आँखा लगाउंदै छोरीले भनी |

+’अनि बुवा ,किन त्यो पानी उतातिर बगेको ?’

-‘बुवा केही बोलेनन् |चुपचाप पानी बगेको दिशातिर हेरी रहे | उसले बुवाको आँखातिर हेरी |

त्यो नहरको पानी बगे जस्तैगरी बुवाको आँखाबाट आँशु बगीरहेको देखी |उसले बुवालाई झकझकाई|
+’ देश बनाउँछु भनेर लागेको थिएँ,तर तिमीहरुको भाग्य पो बगाई दिएछु !’ बुवाले पश्चताप गर्दै भने |
उसले केही बुझिन , मात्र बुवाले हेरे तिर हेरीरही – त्यता छिमेकी देश झलमल बलिरहेको थियो !!

—-+—-

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *