बाल कविता : कसरी चिन्ने कोही छैन शहरमा

~राजकुमार पुन~

कसरी चिन्ने कोही छैन शहरमा
नौ महिना नपुगी अबैधरुपमा फ्याकिएछु नहरमा
कसरी बाँचें, कसरी हुर्कें थाहा छैन मलाई
पीडाको रापमा बाँचिरहेछु यो मुटु जलाई

पुलको मुनि बस्दछु म त्यही मेरो बास हो
फोहोर टिपी खान्छु म त्यही मेरो गाँस हो
बालगृह भनी पैसा ठग्छन् यहाँ मेरो नाउँमा
राज्यको रेखदेख छैन कहिले यिनिहरुको नाममा

पढी लेखी सज्जन बन्ने थियो मेरो रहर
बाध्यता मेरो फोहोर टिप्ने घुम्दैछु शहरमा ।

(स्रोत : केटाकेटीअनलाईन डट कम)

This entry was posted in बाल कविता and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *