लघुकथा : धन अभियान

~कृष्ण शाह यात्री~

‘गैंडा बचाऊ अभियान’का संयोजक धनबहादुरले गैंडाको महत्व दर्शाउँदै गैंडाको संरक्षण गर्ने काममा दिनरात खटियो ।

गैंडा मारिने क्रम त रोकिएन । तर ‘गैंडा बचाऊ अभियान’को बैंक खातामा करोडौं रकम सहयोग जम्मा भयो । ठूला र कहलिएका अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुले धनबहादुर र उनको अभियानसँग सहकार्य गरे ।

मोटो रकम हात परेपछि धनबहादुरले गैंडा बचाऊ अभियान छाडेको छ । अचेल ऊ ‘बाघ बचाऊ अभियान’ मा लागेको छ ।

(स्रोत : रचनाकारको लघुकथासङ्ग्रह ‘तारो’- २०६९ बाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.