हरिप्रसाद बास्तोलाका दश हाइकुहरु

~हरिप्रसाद बास्तोला~

नक्सामा खोज
कपिलवस्तु कहाँ
नबन अन्धो।

दुर्भाव त्याग
कपडी होडबाजी
बुद्ध नेपाली।

छैनन् अनेक
विश्वमा बुद्ध एक
चाल विवेक।

पचाउ सत्य
उत्खनन विश्वास
ऐना आकृति।

धार्मिक ग्रन्थ
त्रिपिटक किरण
ज्ञान पलाओस्।

हडप्ने बानी
अनुचित संस्कृति
छोड संसारी।

शान्ति उद्घोष
नेपाल मातृभूमि
विश्वमा आदि।

बुद्ध सन्देश
वर्तमानकै खाँचो
अदृश्य ऊर्जा।

विश्वका शान
गरिमाका चहक
जाग नेतृत्व।

विश्वका ज्योति
२५५८ औं बुद्ध जयन्ती
शान हिमाली।

(स्रोत : मजदुर दैनिक)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *