पत्र कथा : सानो प्रेमपत्र प्रेमीलाई

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

प्रियतम,

मीठो सम्झना तथा अदितीय मायाका थुँगाहरू
जीवनको यो मोडमा आएर तिमीप्रतिको मेरो प्रेमलाई यसरी व्यक्त गर्नुपर्दा तिमीलाई अचम्म लागेको होला । हो, म तिमीलाई प्रेम गर्छु तिमीलाई म क्षणिक शारीरिक आर्कषणमा आशक्त भएर होइन, जन्मजन्मान्तर म तिम्रो प्र्रेमको छहारीमा सुस्ताउन चाहन्छु । म तिम्रो प्रेमको स्वप्निल संसारमा डुब्न चाहन्छु । आऊ, तिमी र म भएर प्रेमको एउटा नयाँ परिभाषा दिऔँ अनि यो संसारले हाम्रो उदाहरणीय प्रेमलाई लिएर फेसनझैँ फेरिने प्रेमको घृणा गरून् अनि क्षणिक आसक्तिमा रमाउन तिरस्कार गरून् ।

हाम्रो प्रेममा विभिन्न बाधा अवरोधले तगारो हाल्न आउलान् र यो समाजले पनि सजिलै स्वीकार नगर्ला तर आऊ, अजर अमर हाम्रो अप्रमेयलाई युगौँयुग अनुकरणीय बनाउने प्रण गरौँ । म तिम्रो प्रेममा जीवन्त बाँच्न चाहन्छु । प्रत्येक श्वासमा तिम्रो प्रेमको आभासमा लिप्त हुन चाहन्छु ।

प्रेमको जति नौ भाव फैलाए पनि जति नै शैली लम्ब्याए पनि अनि जति नै शब्दले भराए पनि तिमीप्रतिको मेरो प्रेमाशक्ति भाव कमै हुन जान्छ । शाहजहाँ ले मुमताजका लागि मजनूले लैलाका लागि हिरले राझाका लागि अनि मदनले मुनाका लागि आफ्ना प्रेमिकाका लागि प्रेम जीवन्त बनाएजस्तै आऊ, हामी पनि एकआपसमा डुबौँ अनि रमाऔँ क्षितिजपारिको प्रेमिल संसारमा ।

तिम्रो र मेरो प्रेम आज हैन , बीस वर्षगाडि नै सुरु भएको थियो । त्यस बेला म भर्खर यौवनको खुड्किलामा चढ्दै थिएँ । त्यस समयमा मलाई कुनै अदृश्य शक्तिले तानिरहेको र म कतै हराइरहेको भान हुन्थ्यो । मलाई थाहा थियो त्यो आकर्षाको बिन्दु तिमी नै थियौँ भनेर । अचेतन मेरो मन कतै डोरिरहन्थ्यो । मलाई तिम्रो प्रेमको केही मात्रामा भए पनि आभास त थियो तर त्यसलाई आब्रति दिन सक्ने मेरो सामर्थ्य थिएन । तिम्रो र मेरो प्रेम फस्टाउन , फुलाउन हामी कतै एकान्तमा घुम्न जानुपथ्र्यो अनि हराउनुपथ्र्यो एकआपसमा । तर त्यो समय, त्यो समाजमा घर छोडेर छोरी मान्छेले एक्लै बाहिर कतै जानु भनेको अपराध गर्नु बराबर थियो । प्रेमको उजागर गर्नु भनेको आफ्नो हत्या आफैँले गर्नु बराबर थियो । यस्तै विवशता र बाध्यताले तिम्रो मेरो प्रेमको बीजारोपण हुन नपाउँदै कतै शून्यमा हराएर गयो ।

त्यसपछि मैले परिवेशको दास भई कतै एउटा सम्झौता गर्नुपर्‍यो । त्यो जीवनको अति महत्वपूर्ण निर्णयपनि थियो । त्यो निर्णय मलाई दाम्पत्य जीवनमा बाधिन बाध्य तुल्यायो । त्यसपछि म, तिमी र तिम्रो भावानाबाट धेरै टाढा पुगेँ । म आफ्नो वैवाहिक जीवनमा यसरी रुमल्लिएँ कि तिम्रो र मेरो आकर्षाको सूक्ष्म आभाससम्म मलाई भएन ।

वैवाहिक जीवनको गाडी चलि नै रह्यो । त्यसपछि मैले दुई छोरीका आमा हुने सौभाग्य पाएँ । म सानैदेखि आत्मास्वाभिमानी र स्वावलम्बी प्रवृतिको मान्छे थिएँ । यसै प्रवृतिले मलाई जागिर खुवायो अनि म स्वावलम्बी भई बाँच्न सक्ने बनायो । तर मान्छेले आफ्नो चाहना सत्यलाई पन्छाएर पनि बाँच्नुपर्दो रहेछ । जीवनका वास्तविक कतिपय यथार्थबाट म अनभिज्ञ रहेछु । म सामाजिक विसङ्गति विब्रतिबाट पीडित भएँ । म नारीहुनुको पीडाले थिचिएँ । म राष्ट्रियताको पीडाले निचोरिएँ र रुढीग्रस्त समाजदेखि विरक्तिएँ । हो, यस्तै पीडाले म तडपिएँ । म जीवनको सत्यको खोजीमा भौतारिएँ । मैले आफूले आफूलाई प्रत्रि्रश्न गर्न थालेँ, जीवन के हो अनि सत्य के हो – अनि आस्तित्वबोध के हो – मैले आपत्तिको यो अवस्थामा तिमीलाई सम्झन पुगेँ । तिमीबाहेक अरू कसैबाट सहारा पाउन सक्दिनथेँ । तिमी नै मेरो अस्तित्व जीवन्त राख्न सक्थ्यौ, सत्यलाई बोध गराउन सक्थ्यौ ।

म आफ्ना विगतका पानाहरू पल्टाउन थालेँ । संस्मरणका बहावमा म बग्न थालेँ अनि तिम्रो हृदयमा शरण लिन पुगेँ तर यो समाज, यो व्यवहारले तिम्रो र मेरो प्रेमलाई सजिलै स्वीकार गर्लान् त – स्वीकार गरे पनि कुन रूपले र कसरी गर्लान्, मलाई डर लागिरहेछ । मैले झण्डै छ सात वर्षघि छद्मनाम ‘नीहारिका’ प्रयोग गरी तिमीप्रतिको प्रेमासक्तिलाई उजगार गरेको थिएँ । तिम्रो गहिरो प्रेममा डुबेर मैले मेरो तिमीप्रतिको भावनालाई यसरी आकार दिएको थिएँ । त्यसको सबुत सप्रमाण म तिमीलाई यहाँ यसरी उपकथाबाट पेश गर्न चाहन्छु ।

असफल सङ्र्घर्ष
आज उसलाई हेर्न आउने भएका छन् केटापक्षहरू । अब उसलाई कुनै नौलोपना लाग्न छोडिसकेको छ । हेर्न र हेराउने कार्यक्रमबीच ऊ अभ्यस्त भइसकेकी छे । उसका अगाडि नाच्छन् लमतन्न परेको बैठक कोठामा कुँदेको सोफामाथि बेहुलो हुने केटो र छेउछाउमा एकदुइजना साथीहरू अथवा आमा, दाजु, भाउजू आदि । पाँच वर्षेखि उसको जीवनमा शृङ्खलाबद्ध रूपमा सम्पन्न हुँदै आएको कार्यक्रम हो यो । सुरुमा त ऊ डराएझैँ हुन्थी । ऊ सोच्थी अब विवाह भइहाल्नेछ र उसले माइतीघर सदाका लागि त्याग्नुपर्नेछ तर होइन रहेछ, यहाँ त दाइजो, रूप, घर रहनसहन आदिको मोलतोल भएर मात्रै जीवन गाँसिने रहेछ । त्यसैले अब उसको मस्तिष्कमा कुनै प्रतिक्रिया हुँदैन । मानौँ ऊ परिचित व्यक्तिसँग भेटघाट गरिरहेकी छ, साँच्चै हेर्न आउने प्रत्येक कालो, गोरो, मोटो, पुड्को कुनै पनि मानिससँग ऊ परिचित छे । किनभने हेरेर गइसकेपछि उनीहरू आफ्नो नकारात्मक धारणालाई विभिन्न फूलबुट्टा भरेर तेर्स्याइदिन्थे । ऊ यसलाई सहर्षस्वीकार गर्थी । त्यसैले आज फेरि हेर्न आउने पात्रको उत्तरप्रति ऊ ज्ञात छे ।

सोफामा सबै बसेका छन् । ट्रेमा चिया तयार छ तर बाहिरबाट ‘ल्याउनूँ’ भन्ने आदेश आएको छैन । चियाको बाफसँग उसको कल्पना उडेर निराशाको बादलमा ठोकिएर छताछुल्ल हुन्छ । त्यसै बेला बाहिरबाट ‘चिया ल्याउनू’ भन्ने हुकुम हुन्छ । नीता चिया लिएर जान्छे । परिचयको औपचारिकतापछि नीता भित्र पस्छे । केटो राम्रो, बोलक्कड र बान्की परेको थियो । उसको व्यक्तित्वलाई सुन्दरताले अझ उजिल्याइदिएको थियो ।

बैठक कोठाको छेउमा बाहिरको वार्तालाप सुन्ने गरी बसी, नीता । केटो स्वतन्त्र विचारको उच्च आदर्श र मर्यादाको पालना गर्ने खालको लाग्यो नीतालाई । केटो उसकै सहपाठी स्वरूपाको अफिसमा काम गर्ने रहेछ । ऊ स्वरूपाको भेटघाटको समयमा हराउन पुगी ।
स्वरूपा आफ्नो अफिसको दृश्य यसरी प्रतिविम्बित गर्दथी उसलाई । मिलेको नाकनक्सा, छरितो जीउ भएकी स्वरूपामाथि धेरै पुरुष सहकर्मीहरूका आँखा गाडिन्थे । चञ्चले स्वभाव र यौवनले उन्मत्त भएको जवानीमा ख्यालठट्टा र हँसीमजाकले थप सुन्दरता थपिदिन्थ्यो । अफिसको काम जिम्मेवारीपर्ूवक ननिभाए पनि उसलाई कुनै प्रतिक्रिया हुँदैनथ्यो । आफ्नो लापरबाहीलाई हाँसेर नै सबैको सामु मादकताको रसपान गराउँदथी । कतिले विवाहबन्धनमा बाँधिने प्रस्ताव पनि राखेका थिए । जति उसको सौर्न्दर्यमा निखार थियो भविष्यप्रति ऊ त्यति नै सजग थिई । विवाह भइसकेपछि अविवाहिताको जस्तो स्वतन्त्रपना नहुने र वैवाहिक बन्धनले आफ्नो चाहनालाई बाँध्ने हुनाले तुरुन्त यस कुरामा निर्णयगर्न सकेकी थिइन तर प्रब्रतिमाथि पुरुषको विजय भएजस्तै उसको जीवनमा पनि प्रेमको बीजारोपण भयो । कुनै एउटा सहकर्मीसँग होटल, पार्क, सिनेमाघर आदि घुम्न थाली स्वरूपा । सम्पूर्ण रमणीय स्थलहरूमा मगमगायो उनीहरूको प्रेमगाथा । प्रेमको थुँगा मालामा परिणत भइसकेको थियो । मात्र अब पहिरिन बाँकी थियो तर स्वरूपाले सो व्यक्तिको विवाह पहिले भएर पारपाचुके भइसकेको कुरा अन्त कतैबाट थाहा पाई । आफूसँग जीवनको यति गहिरो सत्यबाट टाढा राखेको हुनाले सो व्यक्तिप्रति स्वरूपालाई अविश्वास जागेर आयो । सोही अविश्वासले उनीहरूलाई धेरै टाढा पुर्‍याइदियो । त्यसपछि स्वरूपाले अर्कै अफिसको आफूभन्दा माथिको हाकिमसँग विवाह बन्धनमा बाधिई । स्वरूपाको कुरा उसलाई फिल्मको कथाजस्तै लाग्दथ्यो । छाती चरक्क चिरिन्थ्यो । कहाँ ऊ सोकेसमा सजिएर बिक्री हुन बसेकी गुडियाजस्ती, जसलाई ग्राहकहरू मोलतोल गरेर छोड्छन् भने कहाँ स्वरूपा जो आफ्नो जीवनसाथी बनाउन पुरुषहरूको मूल्याङ्कन गर्दथी । आफ्नो अभिशप्त जिन्दगीदेखि भागेर अन्तै जान मन लाग्छ नीतालाई, तर परिवार, समाज र संस्कार पहाड बनी छेकिदिन्छ । उसका अपहृत चाहनाहरू संस्कारको वेदीमा बलि दिइसकेका छन् । उसका उत्कण्ठा र भावनाहरू शून्यमा हराइसकेका छन् ।

नीतालाई फेरि बाहिर कोठामा बोलाइन्छ । केटा र नीताबाहेक अरू सबै हिँड्छन् । केटाले आफ्नो विगतका घटनाहरू भन्छ र व्यक्तिगत कुराहरू पनि भन्छ र नीताको बारेमा थोरै सोध्छ । छोरी मान्छेले थोरै बोल्नुपर्ने र लजालु स्वभावमा हर्ुर्किनुपर्ने संस्कारको अनुशासनलाई राम्ररी पालना गरेकी छे नीताले, अन्तिममा उसले आफ्नो पहिली श्रीमतीसँग सम्बन्धविच्छेद भएको कुरा गर्छ । र यसै कारणले एउटी प्रेमिकाले धोका दिइसकेको हुनाले यसपटक उसले पहिले खुलस्त पारेको कुरा पनि भन्छ । नीता छाँगाबाट खस्छे । उसलाई असमञ्जसताको झोलुङ्गे पुलमा हल्लिएझैँ लाग्छ, रिंगटा लाग्छ । स्वरूपाको जीवनसँग भएको अपूर्ण कथा ऊसँग आएर पूरा हुन्छ भन्ने उसले सपनामा पनि सोचेकी थिइन । उसलाई लाग्छ स्वरूपाझैँ अस्वीकार गरिदिऊँ तर उसका इच्छाहरू बन्धकमा राखिएका छन् । स्वरूपाझैँ स्वतन्त्र विचारमा उड्न उसका पखेटाहरू काटिएका छन् । उसले विरोध गर्न ठूलो सङ्र्घर्ष गर्नुपर्नेछ र त्यो सङ्र्घर्षमा उसको पराजय निश्चित थियो । ऊ सङ्र्घर्षका लागि पाइला चाल्छे र बिस्तारै भित्र जान्छे । भित्र सबैजना आशा र निराशाका नजरले हेरिरहेका हुन्छन् । बढ्दै गएको आफ्नो उमेरसँग घट्दै गएको आमाको मायाले थकाइ मार्न चाहेको देखिन्छ । दाजु, भाउजू यसपाला त आफू दायित्वबाट मुक्त हुने सपना देखिरहेका हुन्छन् । सबैका आँखाले नीतासँग प्रश्न गरिरहेका हुन्छन् । सबैको चाहना र इच्छाले नीताको भावनालाई थिचिदिन्छ, किचिदिन्छ ।

नीहारिका
मैले यसरी छदमनामप्रयोग गरेको हुनाले कसैले पनि तिमीप्रतिको मेरो प्रेमोभावलाई थाहा पाउन सकेनन । तर होइन रहेछ समाज बन्धन अनि व्यवहारसँग डराएर कसैसँग प्रेमगर्न सकिँदैन रहेछ । एउटा निष्कपट विशुद्ध र स्वच्छ प्रेमलाई र्सार्वजानिक रूपले स्वीकार गर्नु पर्दोरहेछ नत्रभने त्यो प्रेमको भ्रुणहत्या हुन्छ भन्ने अवश्यभावी छ । त्यसैले मैले केही समयअघि नै हाम्रो प्रेमको शङ्खघोष गरिसकेको छु । जुन शङ्खघोष शुभमङ्गलका साथ प्रारम्भ भएको छ । म तिमी विनाको कुनै पनि क्षणको कल्पना गर्न सक्दिनँ । आऊ, एउटा दह्रो प्रतिज्ञा गरौ अविस्मरणीय मिलनको । तिमी मलाई तिम्रो विशाल हृदयमा राखेर शिवशक्तिझैँ एकीकार हुन देऊ अनि बाँच्न देऊ मेरो अस्तित्व, व्यक्तित्व र आफ्नोत्वलाई युगयुगान्तरसम्म ।

अन्तमा यस उपकथाकी नीता म स्वयम हूँ भन्दा मलाई यौटा फरक अनुभूति हुन्छ । त्यो तिमीले बुझ्यौ होला बुझ्नु पर्छ । हो, यस्तै धेरै उपकथाकी नीता हुँ म, जसले समाजका धेरै विकृति, विसङ्गति र वितृष्णाहरूसँग जुधेकी छे । पछारिइएकी छे र सङ्र्घर्ष गरिरहेककी छे । समाजमा रहेका यस्ता विब्रतिलाई म तिमी मार्फ देखाउन चाहन्छु । त्यसैले म तिमीलाई आफूभित्र साक्षात्कार बनाउन चाहन्छु । अनि तिमीभित्र आफूलाई समेटन चाहन्छु । म अवश्य यस कुरामा विश्वस्त छु कि हाम्रो मिलन अजर, अमर र अप्रमेय हुनेछ ।

तिम्रो हृदयमा समाहित हुन चाहने
उही तिम्रो पुरानी प्रेमिका नीहारिका

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : नेपाली कथा, पत्र साहित्य | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *