गजल : ठूलो पारी छात्ती

~गोर्खे साइँलो~Rishi Lamichhane 'Gorkhe Sailo'

सद्भावना कायम गर ठूलो पारी छात्ती
जनता भन्छ हत्या-हिंसा गर्नछाड साथी ।

धेरै मरे नेपालमा सिधा-सादा जनता
अझै पनि मौका छोपी नबनिदेऊ घाती ।

राष्ट्र प्रेमी बन्न सिक अहंकार बिनाको
रक्तपातमा बिश्वास गरे पुग्ने छैनौ माथी ।

मानवताको सेवा गर नेपाली हौ भने
मकुण्डोले मुख छोपी किन हिड्छौ राती

गोर्खे भन्थ्यो सबैमिली मनव सेवा गरौँ
समाजमा मानवको सेवा गर्नु जाती ।

– गजल कुटेरी, बिशालमार्ग नारायणगढ चितवन ।

(स्रोत : मधुपर्क २०६५ बैशाख)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.