रत्नशम्शेर थापाका तीन तङ्काहरु

~रत्नशम्शेर थापा~ Ratna Shamsher Thapa

आजको रात
जागिरहेछ इच्छ
सिंगौरी खेल्ने
मृत्‍युसँग मलाई
भित्रभित्रै रमाइ ।

परेलीदेखी
मीठा सपनाहरु
अमीलिँदैछन्
नुनिलो आँसुसँगै
अचेल शनै: शनै: ।

फक्रिनु साटो
ओइलाउन थाले
कोपिलाहरु
लापर्वाहीले गर्दा
दुष्ट मालिहरुको ।

(स्रोत : मधुपर्क २०६३ बैशाख )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in तङ्का and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *