अनूदित कथा : द आर्टिस्ट

~नाओया शिगा~Naoya Shiga
अनु : रुमन न्यौपाने ‘अमन्त’

सिबेईको आमा बाबुलाई थाहा छ उ प्राय लौका किन्न आफैं जान्छ । उसले त्यो केही ऐनमा लेराउँथ्यो र छिट्टै त्यो ठुलो संग्रह बन्दै थियो । जब उ लौका लिएर आउँथ्यो, त्यस माथि कुनै यन्त्रको सहायताले प्वाल बनाउँथ्यो । बिँयाहरुलाई त्यस माथि पारिएको प्वाल बाट निकाल्थ्यो । त्यसपछि लौका बाट निस्कने नमिठो गन्घको प्रतिरोधको लागी त्यसभित्र केही चियाको पातहर हाल्थ्यो । अब उसको काम बुवाको कपमा जोगाएर राखेको पोलिसको थिग्रालाई साबधानी र्पुबक त्यसको बाहीर दल्नु हुन्थ्यो । सिबेईको लौका प्रतीको रुचि उत्कठ थियो । एकदिन उ समुन्द्र किनारामा घुम्दै गर्दा, मनपरेको बिषयमा घोत्लिदै गर्दा । उ एउटा साधारण दृश्यले अचम्मीत हुन्छ । उसले एउटा तालुखुईले, लामो टाउको भएको बुढो आफ्नो छाप्रो बाट हतारिदै समुन्दै तिर निस्कँदै गरेको देख्छ ।

‘कस्तो अदभुत लौका’ । सिबेईले सोच्छ ।

एकैछिनमा त्यो बुढो आफ्नो तालुखुईले खप्पर हल्लाउँदै सिबेईको अधिल्तीरबाट अदृश्य हुन्छ । बल्ल उसलाई आफ्नो मुर्खताको आभास हुन्छ र निकै बेर त्यहीँ बसेर आफैमा हासिँरहन्छ । त्यस दिन उ घर र्फकीदा सम्म Ruman Neupane Amantहाँसिनै रह्यो ।

जब उ कहीले काँही ग्रोसरी, हलुवाई पसल वा त्यसतै लौका बेचिने क्युरियो पसल अगाडिबाट हिड्थ्यो । उ एकछिन अन्तीममा रोकिएर, आफ्ना आखाँहरुलाई त्यस बहुमुल्य लाग्ने लौकाको मुल्याँङ्कनमा लगाउँथ्यो ।

सिबेई अझै प्राईमरी स्कुलमै पढ्छ । उ भर्खर १२ बर्षको थियो । कक्षा पछि पनि अरु बच्चाहरु संग खेल्नुको साटो उ लौका खोज्न बरालिन्थ्यो । र पछि बेलुका त्यो नयाँ लेराएको लौका लाई कोठामा बसेर चम्काउँथ्यो ।

जब त्यसको निरिक्षण सकिन्थ्यो । उ त्यसमा केही खन्याउँथ्यो र आफ्नै ढाँचामा बनाईएको कर्कले बन्द गरिदिन्थ्यो । रुमालमा त्यसलाई बेरेर त्यसैको लागी बनाईएको सानो टिनको बाकसमा त्यसलाई हालेर गोडा तताउँने कोईलाको भाँडा माथि राखीदिन्थ्यो । सकेसम्म अर्को बिहान उ छिट्टै ब्युँझन्थ्यो र टिनको बाकस खोल्थ्यो । त्यसपछि लौका को निरिक्षण र्गथ्यो । गएरातिको ब्यबहारले लौका पुरै ओसिलो भएको हुन्थ्यो । त्यस लौकाको बिच भागमा डोरिले बाँधी घाममा सुकाउन राख्नु भन्दा अघि उ आफ्नो सम्पतीलाई भत्ति पुर्बक हेर्थ्यो । र स्कुलको लागि निस्कन्थ्यो ।

सिबेई बन्दरगाह सहरमा बस्थ्यो तैपनी यो शासकिय रुपले सानो सहरनै थियो । एक छेउ बाट अर्को छेउ पुग्न २० मिनेट हिड्न सकिन्थ्यो । सिबेई बाटोहरुमा लापारबाही पाराले टहलिन्थ्यो र चाँडै नै सबै बाटोहरु र लौकाको प्रकारहरु चिन्न सक्ने भईसकेको थियो । उ बुढो, गँठिलो, ग्रन्थियुक्त र अजिब ढङगले सजाएको लौका तिर त्यति ध्यान दिदैन थियो । जुन प्रकारले ति सजाईएका हुन्थे, सिबेईलाई ति सुडौल र गुणमा एकै नास छन् जस्तो लाग्थ्यो ।

‘यो तिम्रो छोरा देख्दा मात्र साधारण हो’ । उसको साथिको बाबुले भन्छ जो उसको बाबुलाई बोलाउन आएको हुन्छ । उसले केटा तिर औला देखायो, जो अहिले कुना तिर बसेर सफा र गोलो भकुन्डो जस्तो लाग्ने लौका टलकाउँदै थियो ।

‘गधा! ब्यस्तसगं यसै संग खेलेर समय बिताउँछ’ । उसको बाबुले घिनलाग्दो नजरले सिबेईलाई हेर्दै भन्छ ।

‘ल हेर, मेरो साथि सिबेई’ । उसको साथिले भन्छ । ‘यो धेरै थुपार्दैमा यसको कुनै काम छैन । यो गन्न सकिने परिमाण होईन । तिमीलाई थाहा छ ? एउटा केही असामान्य भेटाएर तिमी के गर्न चाहान्छौ’ ।

‘म यस्तै चाहान्छु’ । सिबेईले भन्छ र कुरा सकाईदिन्छ ।

सिबेईको बाबु र उसको साथि लौका को कुरा गर्न थाल्छन् ।

‘गएको बसन्त श्रृतुमा त्यो कृषी मेलामा राखिएको लौक तिमीलाई याद छ’ ? सिबेईको बाबुले सोध्छ ।

‘मलाई संझना छ । त्यो ठुलो, लामो…….’

सिबेई तिनिहरुको गफ सुन्दै भित्र भित्र हास्दै हुन्छ । बास्तबमै त्यो लौकाले त्यो बेला हलचल लेराएको थियो । जब उ त्यो हेर्न कुषीमेला पुग्यो(बास्तबमा bakin को हुन सक्थ्यो भन्ने थाहा नपाईकन) तब उसले त्यो लौका एकदमै खराब देखीने (stupid looking) पायो र मेला बाट तुरुन्त र्फकियो ।

‘मलाई त्यो कुरा गर्नु पर्ने चिज जस्तो लाग्दैन’ । बिचमा सिबेईले भन्यो । ‘त्यो मात्र बेढङ्गको बस्तु थियो’ ।

उसको त्यो कुरालाई उसको बाबुले ठुलो आँखा पार्यो ।

‘के भनेको’ । उ चिच्यायो । ‘के भन्दै छस् भन्ने तँलाई थाहा छैन भने चुप लाग्नु बेश’ ।

सिबेईले एक शब्द पनी बोलेन ।

एक दिन जब उ अपरिचीत पछिल्लो बोटो तिर हिड्दै थियो । उसले एउटी बुढि आईमाईले दोकान राखेको देख्यो । त्यसले केहि सुन्तला र ट्रपिकल फलफुल बेच्दै थिई । दोकानको पछाडी त्यसले ठुलो मात्रामा लौका झुन्डाएकी थिई ।

‘म लौका हेरु’? सिबेईले सोध्यो र तुरुन्त दोकानको पछाडी पुगी लौकाहरु परिक्षण गर्न थाल्यो । अकस्मात उसले एउटा पाँच ईन्च लामो लौका तिर आँखा पुर्यायो । पहिलो नजरमै उसलाई त्यसमा केही छ जस्तो लाग्यो । सिबेईको धड्कन त्यसलाई देखेर जोर जोरले धड्कन थाल्यो ।

‘कति पर्छ यसको’ ? उसले स्वाँ स्वाँ शब्द गर्दै सोध्यो ।

‘हँ’ । त्यो बुढि आईमाईले भनि । ‘बच्चा देखिन्छौ, ठिक छ, दश ऐनमा लैजाउ’ ।

‘यतिको लागि’? सिबेईले तुरुन्त भन्यो । ‘मेरो लागि यो राखिदेउ, हुन्छ’ ? म पैसा लिएर आउँछु ।

उ घर तिर दौडियो र केही पनि समय ढिला नगरी दोकान र्फकियो । उसले लौका किनेर घर लग्यो । त्यस समयपछी उ आफ्नो नयाँ लौका संग कहिल्यै पनि छुट्टीएन । उ यसलाई झन स्कुल नै लिएर जाने र पोलिस गर्न थाल्यो । लुकेर कक्षाको बेच्च मुनि उसले यो काम गर्न थाल्यो । केहि समय नबित्दै उसको यो कार्य लाई कक्षाको एउटा शिक्षकले समात्यो । बिषेश गरि यो कक्षा ‘नैतिकताको’ भएकोले शिक्षक बडि नै बहुलाएको थियो । शिक्षक जापन कै अर्को क्षेत्र बाट आएको थियो । केटाले लौका संकलन गर्ने र त्यो सित समय बिताउन गरेको भाँडाकुटि खेल एकदमै झिँझाउने थियो । शिक्षक आफ्नो बिद्यार्थीले कठोर naniwabushi ballad गाएको पनी पर्बाह गर्दैनथ्यो तर जब उसले सिबेईलाई शान्त सगं लौका पोलिस गरेको भेट्टायो । उ रिसले काम्न थाल्यो र करायो ।

‘तँ मुर्ख छस् । यहाँ तँ जस्तो बच्चाको कुनै भबिष्य छैन’ । त्यसपछि सिबेईको लौका लाई जफत गरिदीयो । सिबेईले शिक्षकलाई ठाढो गरि हेर्यो तर रोएन ।

जब शिक्षक उसको घर पुग्यो, उ पँहेलो भयो, डरले । कुनै शब्द नगरी उ गोडा तताउने तातो भाँडो भाथि खुट्टा राखेर निरउदेश्य भित्ता तिर हेर्दै बस्यो । शिक्षक आएको निकै बेर पछि पनी उसको बाबु काठको पसलबाट(जहाँ सिबेईको बाबु काम र्गथ्यो) घर नआई पुगेको हुनाले उसको आमालाई झपार्न थाल्यो ।

‘यस्ता कुरामा परिवारले ध्यान दिनु पर्छ’ । उसले कडा मिजासले भन्यो । ‘जुन कुराहरु नहोस् भनि परिवारले हेरिदिनु पर्छ’ ।

दुखको यो लाजमा सिबेईको आमाले शिक्षको सामु केहि क्षमायाचना गरि । त्यसैबखत, सिबेईले आफुलाई त्यहि कुनामा राखिराख्न बलजफत गर्यो । डराउँदै उसले आफ्नो तामसिक शिक्षकलाई हेर्यो र ठिक पछाडी को भित्ता जहाँ पुर्णरुपले तयारी लौकाहरु झुन्डाएको थियो । यदि यो सबै शिक्षकले देख्यो भने के हुन्छ ?

उ भित्र भित्रै काम्दै थियो । र केहि नराम्रो घटित हुने सोच्दै थियो । तर त्यसै बखत त्यो बयानबाजि शिक्षक रिसले ढोका ठुलो आवाजले बन्द गरेर घर बाट निस्कियो । सिबेईले मुक्तिको लामो स्वास फेर्यो ।

सिबेईको आमा हल्का संग रुदै थिई । झगडालु आवाजमा सिबेईलाई हकार्न थालि । यसै बिचमा उसको बाबु घर र्फकन्छ । के भएको थियो भन्ने थाहा पाएपछी उसले सिबेईको कमिज समायो र पिट्न थाल्यो ।

‘तँ बिग्रेको छस्’ । उ चिच्यायो ।

‘यो सबै हेर्दा तैले केहि पनि गर्दैनस्, तँ कहि पुग्दैनस् । तँलाई बाटोमा लगेर छोडिदीन मन छ , त्यही लाएक छस्’ । भित्तामा झुन्डिएको लौकाहरुले उसको आखाँ तान्यो । केहि पनि नबोली, उसले आफ्नो हतौडा समायो र एक एक गर्दै सबै लौकाहरुलाई टुक्रा टुक्रा पारिदीयो ।

सिबेई पँहेलो भयो तर केही पनि बोलेन ।

अर्को दिन, शिक्षकले त्यो जफत गरेको लौका स्कुलको पालेलाई दियो ।

‘समाउ ! यो लिउ’ । उसले भन्यो । मानौ कुनै घिनलाग्दो फोहर दिदै थियो । पालेले त्यो लौका घर लिएर गयो र आफ्नो एकदमै साँघुरो कोठामा झुन्डायो । दुई महिना पछि, पाले, आफुलाई पौसाको गाह्रो भएको पाउँछ । त्यो लौकालाई क्युरियो पसलमा लाने बिचार गर्छ । र केहि पैसा पाउने आशा राख्छ । स्थानिय क्युरियो पसलेले त्यस लौकालाई नियालेर परिक्षण गर्छ । अनिच्छुक भएको बोलिले उसलाई लौका फिर्ता दिदै भन्छ ।

‘म तिमीलाई पाँच ऐन दिन्छु यसको लागी’ ।

पाले चकीत पर्छ । तर एकदमै चलाखी पुर्बक उसले भन्छ । ‘म यतिको लागी यसलाई बेच्दिन’ । तुरुन्तै पसलेले फेरि भन्छ र दश ऐेनको लागी अफर दिन्छ । तर पाले अझै डगमगाउँदैन ।

अन्तमा पालेलाई पसलेले लौकाको लागि पचास ऐन दिन्छ । पाले पसलबाट आफ्नो भाग्य लाई संझदै र्फकन्छ । शिक्षकले दिएको सित्तैको उपहारले सधै एक बर्ष भरिको तलब पुरा गर्न सक्दैन । उसले लौकालाई चतुर्याई पुर्बक बेचेको कुरा कसैलाई पनि भन्दैन । उसले यो कुरा सिबेईलाई र शिक्षकलाई पनि भन्दैन । उसले खास लौका के भयो भन्ने कुरा बताउने अर्थ राख्दैन । हो, पाले एकदमै चलाख थियो तर त्यति सम्म पनी होईन । पछि उसले बुझ्यो त्यो लौका जिल्लाको धनि संकलकले क्युरियो पसले संग छ सय [600]यानमा किन्यो ।

सिबेई अब उसको पेन्टिङहरु तिर लठ्ठीन थाल्यो । उसले धेरै लामो समय पछि न त शिक्षक प्रति न त बाबु प्रति नै तितो राख्यो जसले उसको बहुमुल्य लौकाहरु लाई टुक्रा टुक्रा पारिदीएको थियो । अब, बिस्तारै उसको बाबुले उसलाई उसको पेन्टीङहरु लाई लिएर झपार्न थालेको थियो ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in अनूदित कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *