नियात्रा : ५४१६ मिटर

~भीष्म उप्रेती~Bhishma Upreti_1

बिहान चार बजे उठ्ने सल्लाह भएको थियो हिजो तर जाडो असाध्यै धेरै भएकाले उठ्न मनै लागेन । फेरि होटेलभरि विदेशी पर्यटकहरू रहेका र पहिला उनीहरूलाई ब्रेकफाष्ट गराउने जानकारी पाएकाले पनि यस्तो जाडोमा उठेर सास्ती पाउनुको अर्थ पनि देखिनँ । मनभरि उत्सुकता थियो आजको यात्राको । यस यात्राको सबैभन्दा उत्कर्षानन्दलाई अनुभूत गर्ने तयारीमा थियौँ हामी । यात्राभरिको सबैभन्दा उचाइमा रहेको थोराङला पास हुँदै अघि बढ्दै थियौँ आज । यस्तो उत्सुकताबीच पनि उठेर यात्राको लागि तयार भइहाल्ने जाँगरलाई जाडोको निरन्तर आक्रमणले उठ्न नदिएर ओछ्यानमै लम्पसार भइरहन विवश पारिरहेको थियो ।

सवा चार बजेतिर माइला दाइ कोठामै आइपुग्नुभयो बोलाउन । श्रीओमजी, मणि, ठाकुरजी र म चारै जना ज¥याकजुरूक उठ्यौँ चिसोसँग पौँठेजारी खेल्दै । हतारहतारमा सबै काम सकेर झोला बोक्तै लौरो टेकेर डाइनिङ रूममा पुग्यौँ ।

विदेशीहरूको एउटा समूह थोराङला पासतिरको यात्रामा निस्किसकेछ ।

हामीले तातो रारा चाउचाउ र त्यसको सुप खायौँ । डाक्टरसा’बले हिजै बेलुकी दिनुभएको सल्लाह अनुसार उचाइमा लेक लाग्नबाट जोगिन लसुन मिसाएको पानी, जुस, विभिन्न क्याडबरी चकलेटहरू तथा चुइगम समेत छुट्टै झोलामा बाटोमा झिक्न सजिलो हुने गरी बोक्यौँ । हाम्रो आत्मबललाई अझ बलियो बनाउन लेक लाग्नबाट बचाउने औषधी पनि आधाआधा चक्की खायौँ । यसरी हामी मानसिक, शारीरिक एवं सम्पूर्ण रूपले यात्राको लागि तयार भयौँ ।

बिहानको पाँच बज्नै लाग्दा आ–आफ्नो झोलालाई पिठ्यूँमा चढाएर लौरो टेक्तै टर्च लाइटको मधुरो उज्यालोलाई आँखामा टाँगेर बाटोमा निस्कियौँ । उकालोतिर पाइला राख्नु ठीक अघि मैले मनमनै पर्वतराजलाई प्रणाम गरेँ र मेरो आरोहणलाई सहजै स्वीकार गर्न आग्रह गरेँ ।

हिमाल र पहाडसँगको हाम्रो सम्बन्ध अनादिकालदेखि नै अटूट छ । हामी पर्वतराजलाई पूजा गर्छौं र विपत्तिहरूदेखि जोगिने विश्वास गर्छौं । हाम्रा गौरीशंकर र अन्य अनेकौं देवीदेवता कैलाश लगायत यिनै हिमाली क्षेत्रमा वसोवास गर्ने विश्वास गर्छौं । यसैगरी, हामी उचाइलाई आप्mनो अठोट बनाउँछौँ र त्यहाँ पुग्न संकल्प गर्छौं । यिनै हिमालहरूसँग खेल्दाखेल्दै, यिनैका काखमा लड्दालड्दै हाम्रा युगहरू बित्छन् । हाम्रो जीवनको अजस्र स्रोतका रूपमा रहेका गङ्गाहरू यिनै हिमालहरूबाट रसाएर बग्छिन् । हामी यिनै नदीहरूबाट गति सिक्छौँ, यिनै नदीहरू हाम्रो संंस्कृति, आदर्श, सभ्यता एवं जीवनपद्धतिका स्रोतहरू पनि हुन् । आज भाग्यले म यिनै हिमालहरूको, अन्नपूर्णको काखमा आइपुगेको छु र थोराङला आरोहणको तयारीमा छु ।

मैले आरोहणतिरको प्रथम पाइला उचाल्नुअघि हिमाललाई प्रणाम गर्नु आप्mनो कर्तव्य सम्भेmँ । यो शायद मैले हिमाली सभ्यताबाटै सिकेको विनयशीलता हो, सम्मान हो ।

उकालोतिरको यात्रा शुरु भइसकेको थियो । यस्तो उच्च उचाइमा सास धेरै बढ्ने गरी छिटोछिटो हिँड्दा विरामी होइने रहेछ । त्यसैले हामीलाई सास धेरै बढ्ने गरी छिटो नहिँड्न भनिएको थियो । सबै साथीहरू समूहमै हिँड्ने सल्लाह पनि भएको थियो । यसै सल्लाहअनुसार शुरुशुरुमा केही बेरसम्म सँगसँगै हिँड्न प्रयत्न ग¥यौँ । तर केही साथीहरू असाध्यै ढिलो हिँड्न थालेपछि आफ्नो स्वाभाविक गतिलाई धेरै घटाएर हिँड्दा गाह्रो हुन थाल्यो हामीलाई । त्यसैले बाबाजी, मणि, ठाकुरजी र म अघि बढ्यौँ आफ्नै गतिमा ।

बाटो एकदम ठाडो उकालो थियो । यस्तो बेलामा उभिँदा जाडो बढ्ने र हिँड्दा सास बढेर जाने भएकोले ज्यादै सन्तुलन मिलाएर हिँड्नुपर्ने रहेछ । दुई, चार कदम हिँडेपछि मुख सुकिहाल्थ्यो । त्यसैले लसुनपानी र जुस पिउँदै हिँड्न थाल्यौँ । बेलाबेलामा आपूmले बोकेको मार्स चकलेट टोक्तै पनि थिएँ । यसले केही तागत थप्थ्यो । अरू बेला चुइगम चपाइरहन्थेँ ।

आकासमा जून झलमल्ल लागेको थियो । ताराहरू चम्चमाइरहेका थिए । चार हजार पाँच सय मिटरभन्दा माथिको उचाइमा चढ्दै थियौँ हामी । जतिजति माथि जाँदै थियौँ त्यतित्यति नै जूनतारा नजिकिँदै आउँदै थिए, त्यतित्यति नै उत्तेजना र उत्सुकता पनि बढिरहेका थिए । अर्कोतिर, ‘लेक लागिहाल्ने पो हो कि !’ भन्ने डरको एउटा त्यान्द्रो पनि झुन्डेर सँगसँगै आइरहेको थियो ।

साथीहरूमध्ये विशेषतः साम्बजी र श्रीओमजी निकै पछि परिसक्नुभएको थियो । डाक्टर र माइला दाइ उहाँहरूसँगै भएकोले हामी त्यति पिरिएका थिएनौँ । साम्बजीलाई सजिलो होस् भनेर बाबाजीले हार्दिकतासाथ उहाँको झोला बोकिदिने प्रस्ताव गर्नुभयो । तर साम्बजी मान्दै मान्नुभएन । जसरी भए पनि आफ्नो झोला आपैmँ बोक्छु भनिरहनुभयो । उहाँले आपूmलाई हिँड्न नसक्ने भनेर उडाएकोजस्तो अर्थमा लिनुभयो भनेर बाबाजीले चित्त दुखाउनु पनि भयो । मणि र मैले बाबाजीलाई सम्झायौँ । गोविन्दजीले भने हिजो हिँड्न गाह्रो भएकोले आजलाई कुनै जोखिम उठाउन चाहनुभएन र एउटा घोडा भाडामा लिनुभयो ।

लगभग एक घण्टा उकालो उक्लेपछि हामी थोराङ हाइटमा आइपुग्यौँ । यहाँ पनि होटेल र रेष्टुरेन्टहरू रहेछन् । यिनमा पनि पर्यटकहरू टन्नै भरिएका छन् भन्थे होटेलका कर्मचारीहरू । दस मिनेट जति हामी थोराङ हाइटमा उभियौँ । एकै ठाउँ स्थिर भएर उभिँदा जाडोले हानेर बिजोगै हुन्थ्यो । त्यसैले यताउता गर्दै बितायौँ । साथीहरू आइपुगे । उनीहरूले पनि यहाँ एकछिन उभिन चाहेपछि हामीचाहिँ हिँड्यौँ ।

यतिन्जेलसम्ममा वातावरण निकै उज्यालो भइसकेको थियो । अब टर्चलाइटको आवश्यकता थिएन । हामी मिर्मिरे बिहानीलाई समाएर हिँड्न थाल्यौँ । बाटो केहीबेर तेर्सो भयो र फेरि उकालो चढ्न थाल्यो । अब भने हिउँ बाटोसम्म नै आइपुगेको भेटिन थाल्यो । मैले हिउँमा मणिको नाम लेखेँ र उसलाई देखाएँ । ऊ ज्यादै खुशीले उफ्रियो । उसको खुशी देखेर मलाई पनि ज्यादै आनन्द लाग्यो ।

बाटोमा थोराङला पास काटेर पारि जान हिँड्नेहरूको ठूलो ताँती देखिन थाल्यो । अधिकांश विदेशीहरू देखिन्थे कहाँकहाँबाट यो हिमाली पदयात्राको आनन्द लिन आएका । विदेशीहरूको ठूलो लर्को उकालोतिर हिँडिरहेको देख्ता ढिलै भए पनि आपूm यस यात्रामा आउन पाएकोमा एकदम खुशी लाग्यो । मैले एक्याप र रमेशलाई यो अवसरका लागि फेरि एकपल्ट धन्यवाद भनेँ मनमनै । विदेशीहरूका बीचबीचमा फाट्टफुट्ट उनीहरूका पथप्रदर्शक र भरियाका रूपमा हिँडिरहेका नेपालीहरू पनि देखिन्थे । यहाँ रङहरूको मिश्रण भएर इन्द्रेणी बनेको थियो र नीलो आकासमुनि सेतो हिउँको तन्नामाथि सलबलाइरहेको इन्द्रेणी ज्यादै सुन्दर देखिन्थ्यो ।

पदयात्रामा यसरी यात्रुहरूको ठूलो लस्कर भेटेपछि रमाइलो ह्वात्तै बढेर जाँदो रहेछ र हिँड्ने एवं सजिलै लक्ष्यमा पुगिने आत्मविश्वास पनि चुलिँदो रहेछ ।

हामी उकालो चढ्दै गयौँ । जतिजति उकालोतिर जाँदै थियौँ त्यतित्यति नै हिउँको ज्याकेट र हिउँकै टोपी लगाएका हिमालहरू होचा हुँदै गएका थिए । आकासका ताराहरू पनि धर्तीतर्पैm ओर्लिरहेका र एकैछिनमा हात लम्काउँदा भेटिन्छन्भैmँ लाग्थे । क्या रमाइलो !

हिउँको बीचमा हिँडिरहँदा उकालो उक्लँदा पनि ज्यादै चिसो अनुभूत भइरहेको थियो । बाक्लो पञ्जा लगाएको हातलाई समेत चिसोले नराम्रोसँग अँठ्याएको थियो । पिउँदै गरेको जूसको बट्टासमेत समाउन गाह्रो भइरहेको थियो । यस्तैमा पनि हामीले हिउँकै बीचमा उभिएर केही फोटाहरू खिच्यौँ । क्यामरा चलाउनु पनि सजिलो थिएन तर मन लागेपछि त कसको के लाग्छ र ?

डाँडापारिबाट बिस्तारै बालक घाम झ¥यो धर्तीमा । घामको उज्यालोले धोइएको हिउँ झनै चम्किलो र निख्खर देखिन थाल्यो । घाम पूर्वी आकासबाट जतिजति माथि सर्दै आयो चिसो त्यतित्यति नै कम भएको आभास हुन थाल्यो ।

मैले माथि पुगेपछि पछाडि फर्केर हेरेँ । साम्बजी लगायत केही साथीहरू ज्यादै पछाडि छाडिनुभएको थियो । उहाँहरू मानौँ हिँडिरहनुभएको थिएन, घस्रिरहनुभएको थियो । यात्राको पहिलो दिनदेखि नै अघिअघि सँगसँगै हिँडेका मणि र ठाकुरजी पनि अहिले पछाडि नै छाडिएका थिए । यसैबेला किरणजी पनि आइपुग्नुभयो र हामी सँगसँगै हिँड्न थाल्यौँ । बरू उज्ज्वलजी र यज्ञजी हिँडिरहनुभएको थियो आज मज्जैसँग ।

घाम झलमल्ल भएपछि मैले एकाएक कालो चश्माको महत्व बुभेmँ । सबै यात्रीहरूले कालो चश्मा लगाएका थिए घामको किरणबाट आँखालाई जोगाउन । मसँग भने चश्मा थिएन । जीवनमा कहिल्यै चश्मा लगाउने रहर लागेन मलाई तर यहाँ घामको उज्यालो किरण हिउँमा ठोक्किएर सीधै आँखामा आउँदो रहेछ । आँखा त खोल्नै नसकिने । म आँखालाई अलिअलि खोलेर तल भुइँतिर मात्र हेर्दै अगाडि बढ्न थालेँ । आँखाको दृष्टिशक्तिमा खराबी उत्पन्न हुने हो कि भन्ने चिन्ताले खान थाल्यो । जीवनमा पहिलोपल्ट चश्माको आवश्कता बोध भयो र लगाउने चाहना पनि ।

अर्कोपल्टदेखि हिमाली पदयात्रामा निस्कँदा साथमा चश्मा छुटाउने छैनँ ।

आँखालाई आधा मात्रै खुला राखेर बिस्तारै हिँड्दै गर्दा यसो माथितिर हेरेको त मानिसहरूको ठूलो झुन्ड देखा प¥यो । मानिसहरू नाचिरहेका, हात मिलाइरहेका, गला लगाइरहेका र फोटाहरू खिचिरहेका देखिन्थे । अहो ! यस यात्राको चरम उत्कर्ष त्यो, शिखर त्यो, आकर्षणको केन्द्र त्यो । हामीलाई विगत आठ दिनदेखि जत्ति नै थाके पनि निरन्तर हिँड्न प्रेरित गरिरहने प्रेरणापुञ्ज त्यो । त्यो थोराङला पास – मनाङ र मुस्ताङ जिल्लाको सिमाना । खुरुर्र दगुरेर त्यहाँ पुगिहाल्न चाह्यो मनले । भावना भरिएको मात्र होइन, छताछुल्ल भएर पोखिन थाल्यो बाटैमा । आवेग र उत्तेजना बढेर उडूँउडूँजस्तो हुन थाल्यो । आँखा खोल्न कठिन भइरहे तापनि गोडाहरू चाँडोचाँडो हिँड्न थाले । मन त दगुरिहाल्यो ।

‘थोराङला पास ५४१६ मिटर’ थोराङला पासको उचाइमा निर्मित स्तम्भमा लेखिएको थियो । स्तम्भलाई ध्वजापताका र खादाले छपक्कै छोपेका थिए । लामाहरूको विश्वास यहाँ पनि चुलिएको थियो । हामीसँग पर्वतराजलाई पूजा गर्ने संस्कार छ, उचाइलाई पूजा गर्ने संस्कार छ, आकास र पानीलाई पूजा गर्ने संस्कार छ । संस्कारको प्रतिनिधित्व कति राम्ररी भएको थियो यहाँ पनि ।

मानिसहरू फोटो खिचिरहेका थिए त्यो स्तम्भसँगै उभिएर । बाबाजीले फोटो खिचौँ भन्नुभयो । हामीले पनि फोटाहरू खिच्यौँ । विदेशी पनि खिच्दै थिए । एउटी गोरी तरुनीले भनिहाली – “आउनोस् न, तपाईं पनि हामीसँग फोटो खिच्न ।”

म पनि मिसिएँ त्यो समूहमा र फोटो खिचेँ । खुशी बाँड्नलाई मान्छेहरू चिन्नु नै किन प¥यो र ! चिनजान त दुःख साट्नलाई पो चाहिन्छ त । त्यहाँ जोसुकैले जोसुकैलाई बधाई दिइरहेका थिए । मैले पनि केही बधाईहरू थापेँ र केही बधाईहरू बाँडेँ पनि ।

थोराङला पासमा सानो कफी सप पनि रहेछ । हामीले त्यो चिसोमा तातो कफी पियौँ । महङ्गो थियो तर यति उचाइमा पैसाभन्दा पनि सेवा पाउनु नै महत्वपूर्ण कुरा हो ।

मणि, ठाकुरजी र अरू केही साथीहरू आइपुग्नु भयो । फेरि एकपल्ट आनन्द, उत्तेजनाले भिज्ने र भिजाउने क्रम शुरु भयो । फेरि फोटो सेसन चल्यो । फेरि बधाईको साटासाट चल्यो ।

थोराङला पास सँगै जोडिएका केही सेता हिमालहरू अभैm केही अग्ला देखिन्थे । मलाई तिनलाई पनि आरोहण गरूँ र झनै माथि पुगेर संसारलाई हेरूँजस्तो लाग्यो । केही कदम माथि चढेँ पनि तर यो हठ व्यवहारिक थिएन । न बाटो थियो त्यहाँ न हिमाल चढ्न चाहिने कुनै औजार नै । म पुनः फर्केँ ।

“यहाँ धेरै लामो समसयम्म बस्नु हुँदैन मस्तिस्क सुन्निएर समस्या हुन सक्छ ।” किरणजीले भन्नुभयो । हामी यहाँ आएको निकै बेर भइसकेको थियो । रमाउन पुगेकै थिएन, उत्सव मनाउन पुगेकै थिएन, खुशीले हिउँभरि पोखिएर बग्न पुगेकै थिएन । मणिले भन्यो – “जानुभन्दा पहिला कविगोष्ठी गर्नुपर्छ । अविष्मरणीय र ऐतिहासिक हुन्छ यो ।”

“तुल खोइ त ?” सोधेँ ।

“रमेशसँग छ ।” रमेश आइपुगेको थिएन ।

“मचाहिँ कविता सुनाएर तल झर्छु है त ।” मैले भनेँ र कविता सुनाएँ ।

मस्र्याङ्दी नदी

हिउँ पग्लेर मात्र बगेको होइन

तिलिचो ताल बगेर मात्र बनेको होइन ।

पिसाङ, तिलिचो र गङ्गापूर्ण हिमालहरू

र तीसँगै जोडिएका अरू पहाडहरूसँग

भन्नलाई अनेक कथाहरू छन्

कसरी तिनीहरू उभिए दृढतापूर्वक

र बेसहारा मानिसहरूलाई वास दिए

दुश्मनजस्ता चिसो हिउँ र मुटु छुने बतासलाई

सहेर आपूmले

कसरी मानिसलाई खेल्ने र सपना देख्ने काख दिए

कसरी बढ्यो स्वार्थको पहाड मानिसभित्र

र त्यसले तिनै हिमाललाई हरियो गहनाविहीन बनायो

कसरी तात्न थाल्यो पर्यावरण

र हिमाललाई प्यासी राख्तै

ग्लेसियर माथिमाथि सर्दै गयो ।

कसरी आँखाभरि राखेर हुर्काएका मानिसले

ती बूढा हिमालहरूलाई माया मारेर

भुरुर्र उडेर गए

र फेरि फर्केर हेरेनन् ।

यी हिमाल र यिनैसँग जोडिएका पहाडहरूसँग

भन्नलाई अनेक कथाहरू छन्

तर सुनिदिने कोही छैन

एक्लो, असहाय र मूक बन्नुपरेपछि

आवाजहरू आँसु बन्दा रहेछन्

शब्दहरू पग्लेर बग्दा रहेछन् ।

मस्र्याङ्दी नदी

हिउँ पग्लेर मात्र बगेको होइन

तिलिचो ताल बगेर मात्र बनेको होइन ।

विदेशीहरूले पनि सुने कविता । हामी कवितायात्रामा छौँ भन्ने जानेपछि उनीहरू झन् खुशी भए । जीवनमा कहिल्यै कल्पना पनि गरेका थिएनन् होला यति उचाइको निर्जन हिमालमा पुगेर कविता सुन्न पाइने कुरा उनीहरूले । र, मैले पनि यसरी यति उचाइमा कविता पढुँला भनेर न सपनामा, न त कल्पनामा नै कहिल्यै सोचेको थिएँ । त्यसैले पनि खुशीको सिमाना थिएन ।

एक हुल विदेशीले हामीसँग फेरि फोटो खिचे । यसपालि उनीहरूले नेपाली पदयात्रीसँग होइन, नेपाली कविहरूसँग फोटो खिचेका थिए ।

यहाँबाट ३ घण्टाभन्दा बढी समय ओरालो झरेपछि मुक्तिनाथ आइपुग्ने रहेछ । मुक्तिनाथ हिन्दुहरूको एउटा महान तीर्थस्थल पनि हो । त्यहाँका एक सय आठ धाराहरूमा सके नुहाउने, जाडोले नसके हातमुख मात्रै भए पनि धुने धोको पनि पालेकै थिएँ । त्यसपछि पनि अझ अगाडि जानुपर्ने थियो जोमसोम पुग्न । आजको वास जोमसोममा हुने पूर्वनिर्धारित योजना थियो ।

थोराङलालाई छोड्नुअघि मैले आँखा बन्द गरेँ र त्यत्तिकै उभिएँ केही क्षण । म थोराङला पासको अप्रतीम आनन्द तथा यो सिङ्गै यात्रालाई नै पूर्ण रूपले आत्मसात गर्न चाहन्थेँ । उचाइको यो स्निग्धता, पर्यावरणको स्वच्छता, ताजापन र दृश्यको नवीनताले जस्तै दुःखी एवं दरिद्र हृदयलाई पनि आनन्दले भरिपूर्ण पारिदिने रहेछ । सबै दुःखहरू, द्वेषहरू, इष्र्या र कपटहरूलाई त्यागेपछि प्राप्त भएको स्निग्ध एवं अनुपम सौन्दर्यको असीम आकर्षण र सुन्दरताले मान्छेको मन त्यसैत्यसै उड्दो रहेछ नीलो आकाशमुनि सेतो कञ्चन बादलभैmँ । वास्तवमा सौन्दर्य र आनन्दको चूडान्तमा पुगेपछि शिवत्व प्राप्त हुने रहेछ । जहाँ शिवत्व प्राप्त हुन्छ सम्भवतः शिवको वास पनि त्यहीँ नै हुँदो हो, देवको वास पनि त्यहीँ नै हुँदो हो । थोराङला भञ्ज्याङमा उभिएर असीम सौन्दर्यको स्निग्ध सुन्दरताले घेरिएको बेला मलाई यस्तै अनुभव भयो ।

आँखा बन्द गरेर एकछिनसम्म बसिरहेपछि मथिङ्गलमा अनेक विचारहरू आउन थाले । यात्राका आफ्ना हरेक पाइला, अनुभव र कमीकमजोरीलाई सम्झन थालेँ । लाग्यो – जीवनमा मायाको ठूलो अर्थ छ । आपूmले आपूmलाई माया गर्न जान्नु ठूलो उपलब्धि हो । आपैmँलाई माया गर्न नजान्नेले अरूलाई पनि माया गर्न जान्दैन । मान्छेले सबैभन्दा पहिला आपैmँलाई माया गर्न जान्नु र सक्नुपर्छ । छोएँ आपैmँलाई, उधारेर हेरेँ र ठाउँठाउँमा टाल्नुपर्ने, सच्याउनुपर्ने ठाउँहरू पनि देखेँ । यसैगरी, आफ्नाहरूलाई पनि सम्भेmँ कतिपल्ट र मलाई यो अवस्थासम्म आइपुग्न विभिन्न ठाउँहरूबाट विभिन्न रूपले योगदान गर्ने सबैप्रति कृतज्ञ भएँ ।

आपूmलाई माया गर्नु भनेको आफ्ना गल्तीहरूलाई, कमजोरीहरूलाई पहिल्याएर सच्याउँदै जानु नै हो ।

“अब जाने कि ?” बाबाजीले सोध्नुभयो ।

“एकछिन अभैm बसौँ न ।” भनेँ ।

उहाँले केही भन्नुभएन ।

थोराङला पासबाट पछाडि फर्केर हेर्दा पनि मानिसहरूको ठूलो लश्कर आइरहेको थियो तलबाट । सम्भेmँ – हिजोअस्ति र झन् अस्ति यसरी नै कति हिँडे होलान् यो बाटोमा । भर्खरै हामी पनि त्यही बाटो हुँदै आयौँ । हेरेँ तलतिर हामी जानुपर्ने बाटोमा पनि । केही मानिस ओरालो पनि झरिरहेका थिए । अब केही बेरपछि हामी पनि हिँड्नेछौँँ त्यही बाटोबाट । त्यसपछि अरूहरू, अनि अरूहरू र फेरि अरूहरू हिँड्नेछन् । यो उकालो चढ्नु र ओरालो झर्नु पनि वास्तवमा निरन्तरता मात्र रहेछ ।

डायरी निकालेँ र पुनः एकपल्ट सर्सर्ती लेखेँ –

यतिका वर्षसम्म

निरन्तर हिँडिरहँदा पनि

कहिल्यै आफ्नो हुन सकेन

आपूm हिँडिरहेको बाटो ।

जहिले पनि

आफ्नो भन्नु त केवल

यात्रा मात्रै रहेछ ।

थोराङला पासमा उभिएको यो क्षण यस सम्पूर्ण यात्राको उत्कर्ष हो । उकालोतिरको यात्राको अन्तिम विसौनी हो यो । विगत आठ दिनदेखि यहीँसम्म आइपुग्ने उत्सुकता, उत्कण्ठा र उत्तेजना बोकेर हिँडेका थियौँ । कसैले सोद्धा पनि भन्थ्यौँ – “थोराङला पासको यात्रामा हिँडेको ।” यो ठाउँमा आएर उभिएको केही बेरपछि ती सबै उत्तेजना, आवेग र उत्कण्ठाहरू जमेर, सेलाएर यहीँको हिउँजस्तै बनेका थिए र हामी क्रमशः शिथिल भइरहेका थियौँ । उत्सुकता, आवेश र उत्तेजना सकिएपछि एकाएक थकाइ लाग्दो रहेछ, शरीर गल्दो रहेछ । यात्राका बीचबीचमा पनि कतिपल्ट थाकेका थियौँ, तर थकाइ लागेको थिएन । अहिले भने उकालो सकिएर ओरालो झर्ने बेलामा यात्रामा पहिलोपल्ट साँच्चिकै थाकेको महसुस गरेँ । तल कहाँ हो कहाँ आँखाले देखुन्जेलको भाग ओरालो थियो, उत्सुकता र आवेगबिनाको नीरस थियो । तर अहिलेसम्मको यात्राले दिएका अनुभवहरू, घटनावृत्तहरू, दृश्यहरू एवं मानिसहरूसँगको संवादबाट प्राप्त ज्ञानको उज्यालोले बाँकी यात्रालाई अँध्यारो एवं कठिन हुनबाट जोगाउने नै छ । थाकेर गति ढिलै भयो भने पनि त्यही उज्यालो बालेर बाटो पहिल्याउन सकिनेछ जसबाट टुङ्गोमा पुग्न मद्दत मिल्नेछ ।

जीवनमा पनि यस्तै हुन्छ होला । उत्तराद्र्ध उत्साहहीन, उत्तेजनाहीन, थकित, एक्लो र क्लान्त हुन्छ होला । एक वर्षअघि मात्र चालीस वर्षको उमेर नाघेँ । अब क्रमशः उत्तराद्र्धतिरको यात्रामा उन्मुख हुने बेला हुन लागेको थियो । अहिले सम्झँदा जीउ सिरिङ्ग भएर आयो । तर यस यात्रामा जस्तै जीवनको पूर्वाद्धमा जम्मा गरिएका शीप, अनुभव, ठक्करहरू एवं ज्ञानले जीवनको उत्तराद्र्धलाई पनि अँध्यारो हुनबाट जोगाउने नै छन् र अझ बढी व्यवस्थित, सन्तुलित तथा सफलता हात पार्न सहयोगी हुनेछन् भन्ने पनि सोचेँ । यति सोचिसकेपछि जीवनको उत्तराद्र्धलाई सहर्ष स्वीकार्ने र रमणीय बनाउने आँट एवं भरोसा बढेर आयो ।

म एकपल्ट आपैmँभित्र मुस्कुराएँ ।

शनिश्चरे, झापा
हालः काठमाडौं

(स्रोत : कवि तथा निबन्धकार भीष्म उप्रेतीको “अन्नपूर्ण फेरो” पुस्तक)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *