कथा : वधपर्व

~अभय श्रेष्ठ~chanki shrestha - abhaya

अन्तिम भेटको दुःख अवश्य हुँदो हो, अरूणाका आँखाहरू ‘फेवाताल-रूपाताल’ भएका थिए । बिस्तारै त्यसले उसका गाला भिज्न थाले ।

यस्तो बेला ऊ अझै राम्री लाग्थी । प्रेम उत्सवमय रहेको बेला बारम्बार म उसलाई रुवाउने रहर गथर्ंर्ेे रुँदा उसको सौर्न्दर्य अझै खुलेझैँ लाग्थ्यो । ठ्याक्कै सल्मा हायकजस्ती । त्यस्ती फेसनेबल त के हुन्थी तर त्यत्तिकै उन्नत । सल्मा हायकको नाम यसले सुनेकी थिई-थिइन, म भने तिनको सुन्दरता र अभिनय दुवैको प्रशंसक थिएँ । अर्को कुरा, अरूणा रुँदा ऊसँग अझ बढी आत्मीय हुने र नजिकिने मौका मिल्थ्यो । उसका आँखामा आँसुका दागहरू देखिन थाले । यसले गर्दा ऊ अझै सुन्दर देखिएकी थिई । अन्तिम पटक, सान्त्वना दिने हिसाबले म उसलाई ‘प्रेमपर्ूण्ा’ र्स्पर्श गर्न थालेँ । अन्तिम पटक नै ठानेर होला, ऊ पनि कुनै प्रतिरोध नगरी शान्ति प्राप्त गर्ने उद्देश्यले एकोहोरो आँसु बहाउन थाली । अरू बेला हुँदो हो त, केही नितान्त निजी उत्तेजना र भावुकताका क्षणबाहेक हात मात्र र्स्पर्श गर्दा पनि उपियाँजस्तै उम्कने तर्खर गर्थी । कुमारी रहुञ्जेल मन-प्राणले कुमारी रहन दत्तचित्त थिई सायद । कविता लेख्ने एक जमाना थियो जब हाम्रो हिमचिम भयो । अरूणाकै प्रेरणामा मैले कति कविता लेखिदिएँ, त्यसको अब के अर्थ ! जब हाम्रो सम्बन्ध गाढा हुँदै गएको थियो, त्यसैबेला अमेरिकाले तेस्रो विश्वमा भर्खरै डिभी छिराएको थियो । उसको प्रेम बिस्तारै डिभीसँग गाढा हुन थाल्यो ।

बिस्तारै ऊ अमेरिकालाई सुन्दर कविता मान्नथाली र डिभीको चक्करमा मसँग बिहेको महाकाव्य रच्न थाली । अरूणा कति अर्थमा महवाकङ्क्षी थिई जसप्रति मलाई घृणा थियो । उसका थुपै्र दौँतरी डिभीको काँधमा चढेर वा बिहे गरेर अमेरिका उडेका थिए । आफ्नो छिमलमा झन्डै अब ऊ एक्ली थिई । अतः उसका पनि रहरका पखेटाहरू बेस्सरि फडफडाउन थालेका थिए । देशमा सबै चीज अर्थहीन देख्न थालेकी थिई । अरू द्वार खुला थिएनन् र भाग्यले पनि साथ दिइरहेको थिएन । डिभी यसलाई कहिल्यै परेन । नियमित भर्न थालेको केही वर्षै, ब्रहृमचारीलाई कामुक केटी आइलागेझैँ मलाई परिदियो । खबर पाएर ऊ निकै उत्तेजित देखिई र एकसाथ बिहे र अमेरिकाको सपना देख्न थाली । उसका आँखामा निर्निमेष पचास ताराअङ्िकत अमेरिकी झण्डा फर्फाउन थालेको थियो । प्रतिक्रियामा मलाई ऊ निस्पृह देख्न थाली । यसको अर्थ के हो – म एकाएक देशभक्त देखापर्न थालेँ । अमरसिंह थापा वा बलभद्र कुँवर ज्यूँदा हुँदा हुन् त उनीहरू पनि नतमस्तक हुन्थे होलान् । देशै डिभीको काँध चढेर अमेरिका जाने सपनाको बाइपङ्खी घोडा चढिरहेको बेला मजस्तो मानिस देशभक्त बनेको दृश्य कस्तो होला – अरूणा त त्यसको व्यङ्ग्यात्मक पोट्रेट कति हो कति खिच्न थालिहाली ।

अमेरिकाले एयरहोस्टेजजस्तै मुस्कान छाडेर स्वागत गरेपछि तेस्रो विश्वका देशहरू साँच्चिकै अमेरिकामय देखिन थालेका थिए । मानिसहरू खाँदा, चुठ्दा, हिँड्दा र कहाँसम्म भनंंंे पत्नीसित एकान्त प्राप्त गरिरहँदा पनि अमेरिकाकै सपना देख्न थालेका थिए, आउँदो सन्तानले अमेरिकाकै भाग्य ल्यावस् भनेर । कतिपय कवि, कथाकारका कलम अमेरिका मात्र होइन, ‘आदर्शनारी’हिलारी क्लिन्टनको विरुदावलि गाएर महान् अमेरिकालाई नै धन्य बनाइरहेका थिए । यहाँको सोह्र वर्षो पठ्ठो त्यहाँकी सत्तरी वर्षो चाउरी बूढीको कमैया(लोग्ने बन्न तयार थियो भने अठार वर्षो कोरली त्यहाँको एड्सपीडितकी स्वास्नी बन्न पनि राजी थिई । यहाँका कलाकार त्यहाँ कुक बन्न, डाक्टर, प्लम्बर र पत्रकार, स्विपर बन्न र्टाईसन शैलीमा प्रतिस्पर्धा गरिरहेका हुन्थे । फेरि पनि यदाकदा हुरीले ल्याउने समाचारको बाछिटामा भने ती गौरवशाली कलाकार, डाक्टर र पत्रकार बनेरै छाउने गर्थे । कति दृश्य त यस्तासम्म देखिन्थे, अमेरिका जाने मौका मिलेको छ भने बिहेबारी चल्न नसक्ने नातेदारबीच पनि अनेक व्याख्यासहित बिहे भइरहेको हुन्थ्यो ।

यसमा उनीहरूको तर्क हुन्थ्यो- अमेरिका जस्तो चीर-सपनाको लोक पुग्ने औसरबाट आफन्तलाई किन वञ्चित गर्ने ! -धन्य, नेपाली महान् धर्तीको कोख अवश्यम्भावी परदेशी सन्तान जन्माउनकै लागि मलिलो थियो !) यस्तैमा अरूणा मलाई एक साथ हिदायत दिन र मेरो कायरतामाथि थुक्न थाली तर मेरो भावुकता पनि कम थिएन भन्नर्ुपर्छ । ‘देशप्रेमी सबै अमेरिका गए यो देश कतिञ्जेल देश रहला, अरूणा – ‘यो देश कहिले पो देश थियो र तिमी देशको कुरा गर्र्छौ !’ ‘देश भनेको भौतिक सुविधाको थुप्रो मात्र होइन, आफ्नोपन पनि त हो !’ ‘तर आफ्नोपन त्यहाँ हुन्छ जहाँ सुख-सुविधा हुन्छ ।’ ‘यहाँको अल्छीपनाले त्यहाँ सुख-सुविधा हुन्छ भन्ने तिमीलाई लाग्छ -‘ ‘त्यहाँ धेरै औसर छन् । तिमी सम्राट् उपाध्याय बन्नसक्छौं । म मृदुला कोइराला बन्नसक्छु । यहाँ त कमैया र कोइला मात्र बन्न सकिन्छ ।’ ‘हामी एक-अर्कालाई नै अमेरिका मानौं न, के हुन्छ !’ संवादबाटै प्रस्ट हुन्छ- अरूणा जिद्दीवाल केटी थिई तर प्रत्यक्षमा म हार्नेखालको थिइँन । ऊ खोक्रो अनुभव गरिरहेकी थिई । डिभी पर्नु तर अमेरिका जान मन मर्नु, हामीजस्ता वीर नेपालीका सन्तानका लागि यो संसारकै आठौं आर्श्चर्य थियो ।

म त्यो आठौं आर्श्चर्यको महानायक बन्न योग्य कसरी भएँ हुँला – जवाफका लागि तपसिल – -बोधार्थः स्विटहार्ट अरूणिमा एट हटमेल डट कम) । -प्रेमको पर्ूवाभ्यासमै अरूणाले धोका दिनसक्छे भनेर आफूलाई टेकोसेको लगाएर उभ्याउनु मेरा लागि एक्काइसौं शताब्दीकै महपर्ूण्ा माग थियो । यसबाट स्पष्ट हुन्छ, वास्तविकता एकसय असी ड्रि्री नै भिन्न थियो । -महानुभावहरू, म त आधुनिक शुनःशेफ नै बनिरहेको थिएँ नि !) घरमा त भन्नै परेन, नितान्त असहाय बनिएको थियो । पिताजी, माताजी कर्तव्यबोधको पाठ पढाएर परमधामको गौरवमय बाटो हिँडिसक्नुभएको थियो । कर्मशील दाजु-भाउजु थिए, उनका सालासाली र थुप्रै आफन्त थिए, जसको नजरमा म नितान्त हुतिहारा थिएँ । -घरमा असहायक मान्छे संसारमै एक्लो हुन्छ ।) एमए ड्रि्रीधारी युवक, त्यसको ७ वर्षम्म, जीवनको एकतीस हिउँद-वसन्तसम्म, मिलोराद पाभिचको नायकजस्तै बेकाम हुने सौभाग्य उपभोग गरिरहेको थिएँ । जाँच वा अन्तर्वार्ताको गणना छैन । बरु त्यसको विशेषज्ञ भइयो, जागिर त कुनै युवतीजस्तै मलाई हेरेर गाइरहेझैं लाग्थ्यो- खोलापारि म मै माया लाउँदिन । मैले एउटा सिनेमा हेरेको थिएँ – रिभर्सल अफ फोर्च्र्युन । शर्ीष्ाकले नै सङ्केत गर्छ । एउटा प्रसङ्ग मेरा तिनै सहपाठी अन्तर्वार्ता लिने र मलाई फेल बनाइदिने हैसियतमा थिए जो कलेजकालमा पूरै असफल र लफङ्गा थिए । सब्जेक्ट टप गरेर मेडल पाउने भने म हुन्थेँ । यो के हो – भएन त रिभर्सल अफ फोर्च्र्युन – सपनामा अक्सर म आफूलाई नाङ्गो पाउँथे ।

लुगा त, सपनामै हो, हैसियतले भ्याएसम्म पर्याप्त लगाउँथे, नाङ्गनिुपर्ने डरले तर कसले कसरी हो मेरा सबै लुगा अपहरण गरिदिएका हुन्थे, जसका कारण म बिलकुल नाङ्गो, लज्जित, कमजोर, बेसाहरा र आतङ्कति हुन्थे । मलाई नाङ्गो देखेर प्रेमिकासहित पर्याप्त उत्तेजक लुगा लगाएका युवतीहरू लखेटिरहेका हुन्थे । म भने सास न बाससित भागिरहेको हुन्थेँ । आतङ्कले प्राणै छुट्लाझैं हुन्थ्यो । जब बिउँझन्थेँ, त्यसको कैयन गुणा बढी आतङ्कति हुन्थेँ । नग्नता मलाई मेरै दर्रि्रताको प्रतीकझैँ लाग्थ्यो । विपनामा त पेसेवार गरिबी अभिन्न एक अङ्ग थियो । त्यो पुख्र्यौली सम्पत्ति मेरो भागको एक चिरो भित्ताले बताउँथ्यो, जसले जहाज बनेर हामीलाई अमेरिका पुर्‍याउँदैनथ्यो । के मेरो जिन्दगी कहालिलाग्दो सपनाकै छायाँ थियो – सत्य त उद्घाटित भयो अब हर्ेर्नु छ, परिणाम कस्तो आउँछ । स्विचअन । अरूणा उदास भई निराश भएर गई । म जे चाहन्थेँ, परिस्थिति त्यसको ठ्याक्कै उल्टो भइदिन्थ्यो । मेरो जीवन नै दर्ुभाग्यहरूको म्युजियम भइरहेको थियो त म के गर्न सक्थेँ – उसका दिनहरू मेरो दाँजोमा सुनौला थिए । तथापि ऊ स्वयं त्यो हैसियतकी कहाँ थिई र जुन देखिने गर्थी – आधुनिक समयले उसलाई पनि त्यो देखाउन प्रेरित गरेको थियो । म भन्छु महानुभावहरू, एक्काइसौँ शताब्दीका मानिसहरू जे देखिन्छन् नि, त्यो किमार्थ हुँदैनन् ।धेरैपछि एकदिन रुन्चे अनुहारसहित नाटकहरूमा निशा शर्माजस्तै, ऊ मेरोसामु प्रकट भई ।

‘हाम्रो प्रेमलाई कसैले सहेन ।’

‘तिमी के भन्छ्यौ त -‘

‘म त्योसँग बिहे गर्दिन ।’ ए, यो त्यहाँसम्म पुगिसकी – म त जहाँको त्यहीँ थिएँ । यस्तो प्रेम जहाँ उत्तरआधुनिक रोमियो खडा हुन्छ ।

‘त्यसो भए मसँगै प्रेम गरिरहन्छ्यौ, होइन त – !’ अलि व्यङ्ग्य गरिएछ कि, अरुणा के गर्थी, साउने झरीजस्तै दर्कन थाली र दर्कँदादर्कँदै गई । अन्तिम भेटमा ऊ निकै उदास थिई । -म पनि झण्डै रुने स्तरमा उदास भएको थिएँ, आँसु नआउनु मेरो दोष होइन ।) ऊ मसँग बिदा माग्न आएकी थिई । यसको अर्थ हो- मेरो सपनाको वधपर्वमा उसले मलाई नै औपचारिक निम्तो दिन चाहेकी थिई । मनमनै धन्य भएँ, यति कर्तव्य त ठानिछ । यस्तोमा विद्यमान साकाहारी प्रेमलाई नरकटघारीजस्तै फाँडेर निकै अगाडि बढ्न पनि सकिन्थ्यो । पक्कै ऊ राजी हुन्थी । होस् मैले नै मन मारेँ । मैले उसलाई बिहे गर्ने आँट गरिन भनेर ऊ अर्को बिहेको अनुमोदन गराउन आएकी थिई होइन आफैं माथि अलि अन्याय गरेको ।

महिला तथा सज्जनवृन्द, मैले उसलाई अमेरिका लान सकिन भनेर ऊ मलाई हुतिहारा ठान्न थालेकी थिई । अरूणा आँसु बहाउने कार्य सु-सम्पन्न गरेर ऊ मलाई बाई-बाई गर्ने तर्खर गर्न थाली । एउटा कुरा, अरूणाले मलाई आँसु बहाएको कहिल्यै देखिन । यसको अर्थ हो, आँसु नै बहाउनेचाहिँ म कदापि योग्य रहिन । उदासी मेरा आँखामा अवश्य हुन्थ्यो, अनन्त उदासी नै हुन्थ्यो, जसलाई उसको सामु किमार्थ प्रकट हुन दिन्नथेँ ।

उदासीले प्रेमलाई नै असर पार्छ भन्ने प्रभाव पर्‍यो । फेरि पनि किन हो, आँसु नै बहाउनचाहिँ अनिवार्यमा पनि अर्समर्थ हुन्थेँ । जीवनमा त्यसका बेफाइदाहरू अनेक हुँदारहेछन् । अरूणा यसकै कारण बेला-कुबेला मलाई किलकिलेमै थिचेर, ढुङ्गाको मुटु वा यस्तै के-के भन्थी । आमा बितेको क्षण म, तीन वर्षो बालक, हाँसीहाँसी खेेलिरहेको थिएँ रे । यसैलाई लिएर धेरैपछिसम्म छिमेकीहरू मलाई आमा टोकुवा भन्ने गर्थे जसको अर्थ धेरैपछि मात्र बुझ्न सफल भएको थिएँ । पिताजीको निधनताका ‘कुहिनाले नै पहाड धकेल्ने’ भइसकेको थिएँ । त्यसबेला पनि रुन र आँसु बहाउन सफल भइएन । जसका कारण मदनकृष्ण-हरिवंशकै कार्यक्रम हेरेजस्तो, मानिसहरूले कति हाँसो गरेका थिए ! पिताजीसँग मेरो सम्बन्ध कतिसम्म भावनात्मक थियो भने उहाँको मृत्युले शरीरकै प्रमुख एक अङ्ग चोइटिएझैँ भएको थियो । चोट त ताजै छ तर मानिसहरू के-के भन्छन् ! यसबाट हाम्रो समाजको सहानुभूतिशीलता प्रशस्तै बुझ्न सकिन्छ । अब सकिन्न । समाजसँग त सकिएन, सकिएन, मन-प्राणै मिल्ने ठानिएकी प्रेमिकासँग पनि नसकिने भयो । यसले त स्पष्टै छ, मेरो गरिबीकै कारण मलाई बाई-बाई गर्न खोज्दैछे ।

मन त युद्धविरामअघिको रुकुम-रोल्पाजस्तै भएको थियो । जीवनमा केही युवतीसँग सम्बन्ध अवश्य बनेको हो तर अरूणाप्रति मलाई साँच्चिकै विश्वास थियो । साँच्चिकै योसँग मेरो आत्मीयता गाँसिएको थियो । मैले त सपनाको आकाश नै टाँगिदिएको थिएँ । अब सदाका लागि छुट्टनिुको पीडा अगाडि छ । स्विचअफ हुन मात्र बाँकी छ । म आफूलाई ‘निमित्तनायक’को त्यो पात्र अनुभव गर्न थालेँ, जो अरूलाई नायक बनाउन मात्र खर्च भयो । -प्रतिद्वन्द्वीसामु कमजोर देखिनु भएन । होइन भने पाँच प्रतिशत मात्र छिन्न बाँकी रूखजस्तै ढल्ने समय घचेटेर उभिइराखेको थिएँ ।) मैले एउटा अत्यन्तै चलनचल्तीको औपचारिकता निर्वाह गरेँ जुन हाम्रोजस्तो सभ्य समाजमा छुट्टनिे बेला अनिवार्यजस्तै ठानिन्छ । प्रतिक्रियामा आँसुको दाग लागेको उसको अनुहारमा एक्कासि स्विचअन गरेझैँ चमक देखियो । अब ऊ हाँस्न थाली, ऐश्वर्या रायजस्तै । उसले त्यो मानिसलाई अस्वीकारेकी थिई जससँग उसको बिहे हुने भएको थियो ।

म त एकाएक आकाशमा बादल फाटेको देख्न थालिहालेँ । ‘हामी अमेरिका जाँदैछौँ, छिनमै सफा आकाशमा बिजुलीको प्रचण्ड झड्का दिँदै उसले भनी । अर्थात् मसँग प्रेम गर्दागर्दै अरूणा तेस्रो साहसी पुरुषसँग पत्नीको पर्ूवाभ्यासमा सामेल थिई जसले डिभीको कन्फर्मेसन लेटर पाइसकेको छ । मलाई बर्बाद पार्न मेरो जिन्दगी नै काफी थियो । हेर्नोस्, अब त प्रेमिका, समय, देश र देशवासीको गौरवमय संस्कृति एकसाथ आक्रमण गरिरहेछ । म त्यो भकुण्डो बनाइएको छु, जसलाई ओरालो पिच सडकमा राखेर यिनीहरूले बेस्सरि लात्ताले हानेका छन् । अब कहाँ पुगेर अडिन्छु, त्यो मेरो मर्जीमा चल्दैन । तिनीहरूको मर्जीमा पनि चल्दैन । अन्तिम कामचाहिँ के गरेँ भने मैले आफ्नै हत्यापत्रमा हस्ताक्षर गरिदिएँ, जुन प्रेमिकाले पिन लगाएर मेरो मुटुमा सिउरिदिएको थिई । अर्को उपाय मसँग के थियो त ?

(स्रोत : मधुपर्क, चैत्र २०६३)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.