गजल : मसित रात, बिताई हेर !

~मबि सिंह~Mabi Singh 'Sirish'

केही त होला, चिताई हेर !
मसित रात, बिताई हेर !

भेटछौ हरा’को, तिम्रो आक्रिती
मसँग आँखा, जुधाई हेर !

कस्तो अपूर्ण, तिमी नहुँदा !
मेरो जिन्दगी, बिताई हेर !

कमारो हुँ म, तिम्रो मायाको
हुन्न कसैको, बिकाई हेर !

यात्रा थालौँला, जूनी जूनीको
मतिर पाऊ, बढाई हेर !

अझै पत्यार लाग्दैन मेरो ?
सबै कसम, खुवाई हेर !

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.