अनूदित कथा : रेग्नेरक

~खोर्खे लुई बोर्खेज~jorge-luis-borges

स्वप्नभित्र बिम्ब, कलरिजले लेखे, ती उद्वेगहरूका निरूपण हुन्, जुन हाम्रो बुझाइले स्वप्नका परिणाम हुन् : हामी कुनै स्फिन्क्सको प्रकट हुनुको आशङ्काबाट आतङ्कित बोध गर्दैनौँ; ता कि जुन आतङ्कलाई बोध गर्दछौँ, त्यसलाई दृष्टान्तबाट बुझौँ । यदि यस्तो भए त त्यस रात स्वप्नमा उत्पन्न आवृत्तिहरूको कोरा वृत्तान्त त्यसमा अल्झेको अल्झाइ, उमङ्ग, अनुमान, भीति र उल्लासलाई कसरी सम्प्रेषित गर्न सकिएला ? फेरि पनि, म त्यस वृत्तान्तको वर्णन गर्नुको प्रयास गरुँला ।

सम्भवतः ‘कि एक एक्लो दृश्यमा स्वप्न एकत्र थियो’ यो तथ्य आधारहीन कठिनाइहरूलाई टाढा वा धमिलो गरिदेला दृश्यमा दर्शन र साहित्य महाविद्यालय थियो र गोधूलि बेला, जस्तो स्वप्नमा प्रायः हुने गर्छ, सबै कुरा किञ्चित् भिन्न थियो; आकारहरूको अल्पवृद्धिले चीजहरूलाई परिवर्तन गरिदिएका थिए । हामी अधिकारीहरूको चुनाउ गरिरहेका थियौँ । म पेट्रो हेन्रिक्वेज उरेन्आसँग कुरा गरिरहेको थिएँ, जसले वर्षौंपूर्व जाग्दो संसारबाट बिदा लिएका थिए । एक्कासि लाग्यो, जस्तै कुनै प्रदर्शनको वा बजारु गायकहरूको कोलाहलबाट व्यवधान भयो । आवाज, मान्छेहरू र पशुहरू दुवैको सतहबाट उत्रिए ।

कोही जोडले ‘हेर, हेर !’ करायो, फेरि ‘देउता आए, देउता आए ।’ चार वा पाँच व्यक्ति भीडबाट निस्केर असम्बेली हल (सभाहल)को मञ्चमा गएर चढे । हामीले आँखामा आँस’ भरेर ताली बजाएर स्वागत गर्र्यौँ— देउता हुन्, सयकडौँ वर्षहरूको निर्वासनउप्रान्त फर्केर आए । मञ्चमा प्रतिष्ठित, शिर पछाडि झुकेको, छाती अगाडि उठेको, मदोन्मत्त भएको उनले श्रद्धाञ्जलि स्विकारे । एकको हातमा शाखा थियो, जुन निस्सन्देह, स्वप्नहरूको सरल वनस्पतिशास्त्रका अनुसार थियो, दोस्रोले झट्टले हात अगाडि बढाए, कसेर मिलाए, विपरीत दिशामा हेर्दै जानुसका दुईमध्ये एक मुखले प्राचीन मिस्रका जलदेउता थोथको चुच्चोतिर सन्दिग्ध दृष्टिले हेरे । कदाचित् हाम्रो स्वागतबाट प्रेरित कुनै अथाह कुनचाहिँ देवले विजयोल्लास भरेको भाँडाकँुडा निकाले, घरघरती, केही चुइँकिँदो पनि । त्यसै क्षणमा चीजहरू परिवर्तन भए ।

सबै कुरा कसरी सम्भवतः सन्देहका साथ आरम्भ भयो भने देउता बोल्न सक्तैन । शताब्दीहरूको क्रूर र खुँखार जिन्दगीले त्यसमा जे केही पनि मानवता बचेको होला, त्यसलाई ढालिदिइएको थियो । इस्लामको चन्द्रमा र रोमको क्रुसले ती भगुवाको जमेर खबर लिएको थियो । झुकेको निधार, पहेँलो दाँत, कुनै झयापुल्लेको वा चिनियाँको जस्तै तिच्छर जुँगा र चौडा मोटो ओठ भव्य वंशावलीको अधःपतनलाई जताइरहेको थियो । उनका वस्त्र शिष्ट, शालीन गरिबीबाट होइन, अधोलोकका जुवाघरहरू र वेश्यालयहरूको नारकीय पैशाचिक तडकभडकका साथ मेल खाइरहेको थियो । गाढा रातो रगत कसैको बटनहोलबाट बगिरहेको थियो, कसैको एकदमले कसिएको ज्याकेटका मुनि धारिलो चक्कु जस्तो केही झुन्डिरहेको थियो । एक्कासि लाग्यो, ती आखिरी दाउसमान धूर्त, अक्कड र क्रूर होऊन् र कि यदि हामीले भय वा दयाद्वारा स्वयम्लाई अधीनस्थ हुन दियौँ त ती हामीलाई ध्वस्त गरेरै नष्ट हुनेछन् ।

हामीले गरुङ्गा बन्दुकहरू—जुन स्वप्नहरूमा तुरुन्तै फर्किआए— सोझयायौँ र सहर्ष देउताहरूलाई मारिदियौँ ।

(यो स्पेनिस कथा एउटा स्केन्डेनेवियन मिथ हो । देउताहरू र सैतानहरूमा परस्पर सम्पूर्ण संहार भएको प्रतीक र यस संसारको अन्त ता कि नयाँ राम्रो संसार सिर्जना होस् ।)

This entry was posted in अनूदित कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *