बाल कविता : भित्री आँखा

~ललिता दोषी~lalita-doshi

सेतो लौरी हातमा छ
पीठमा ठूलो झोला
छामछाम छुमछुम गर्दै आइन्
नेत्रहीन नीरा

छैनन् उनी नपढेका
छैनन् बेरोजगारी
आफ्नो लागि कमाउँछिन्
आफैं पाइला सारी

हामी लेख्छौँ कलमले
उनको कलम स्टाइलस
आफैं चढ्छिन् ओर्लन्छिन्
रेल, सिँढी, बस

ब्रेलकिताब पढ्छिन् उनी
थोप्ला–थोप्ला छामी
बाहिरी आँखा छैन हेर
भित्री आँखा नामी ।

(स्रोत : केटाकेटीअनलाईन डट कम)

This entry was posted in बाल कविता and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *