अनूदित लघुकथा : परिचय

~आलोक कुमार सातपुते~alok-kumar-satpute
अनु : मनोज न्यौपाने

म हिन्दू हुँ…, सरी, म हिन्दू थिएँ भन्नुपर्ला किनकि हिन्दुत्वको खराबीलाई देखेर मेरा पूर्खाले बौद्ध धर्म स्वीकार गरेका थिए ।

म बुद्धिष्ट हुँ…तर यहाँ पनि समस्या छ । भारतमा अम्बेडकरवादी बौद्ध प्रचलित छ… अर्थात् धर्म व्यक्तिवादी छ ।

सही कुरा हो, मानिसले नै धर्मको निर्माण गर्छ, धर्मले मानिसको होइन । खैर.. केही समयको लागि म ईसाई या मुसलमान बन्न चाहन्छु, किनकि म उनीहरुको र्मूिर्त–पूजाको विरोधको समर्थक हुँ…तर के चर्च वा मस्जिद पनि आस्थाका प्रतीक या मूर्ति होइनन् र ?!

उफ् ! म सारै कन्फ्युज भएँ । …अब तपाईंहरु नै मेरो धार्मिक परिचय निर्धारित गरिदिनुस् ।

(स्रोत : चारतारा न्यूज डट कम )

This entry was posted in अनूदित लघुकथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.