छन्द कविता : अखण्ड सधैं नेपाल हाम्रो

~के आर शर्मा~

छन्द : झ्याउरे

हेरेर तिमी बस्दी हौ आमा आउने बाटोमा
चाडमा पनि सकिन टेक्न नेपाली माटोमा
पुजेर दियो हालेर तेल बालेर बस्दी हौ
निराश हुँदै बनेर दुखी संघार पस्दी हौ

अबिर हरु छरेर हेर जोरबत्ती बालेको
फुलका पत्र च्यातेर राखी सजाई टालेको
गरेर पूजा बालेर दिप उज्यालो बनाई
लक्ष्मीले बाटो देख्छिन भन्ने यस्तै छ भनाइ

उज्यालो दिन्छु सत्यमा हिड सबैको चाहना
बालेर दिप गर्नु है सबै शान्तिको कामना
संस्कार हाम्रो देखिन्छ राम्रो जोगाई राखे त
असत्य माथि सत्यको जित मनले भाके त

नगर ढिला समय जान्छ पर्खन जान्दैन
अरुको लागि दिपक जस्तै मान्छेले ठान्दैन
जलेर गई खरानी भई उज्यालो जगत
छोडन अब मर्ने र मार्ने के देख्नु रगत

लक्ष्मीको पूजा कबिको जन्म नेपाली माटोमा
साहित्य ज्योति बालेर गए नेपाली पाटोमा
हामीले पनि हाम्रो यो देश गर्नु छ बिकास
साहारा बनी सबैको अब निकालौ निकास

अध्यारो रात्री चिर्दैछौ दिप खरानी बनेर
अरुको लागि मरेर गर जादै छौ भनेर
आफु नै जली उज्यालो बाँडी मेटीई जानु छ
हामीले पनि निस्वार्थी बन्ने कसम खानु छ

गरे है आमा कामना तिमी सबैको भलो हो
जे भए पनि नेपाल हाम्रो कर्मको थलो हो
कामना गरे बालेर दिप लक्ष्मीको पूजामा
अखण्ड सधैं नेपाल हाम्रो नबाड्नु धुजामा

मुनामदनको लयमा
November 6, 2008

(स्रोत : माइ संसार डट कम)

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.