कविता : ए मान्छे !

~अमोद उलक~

मान्छेले आफ्नो जात बिर्सेको छ
मान्छेले आफ्नो भाषा बिर्सेको छ।

आफै बोल्दैनन् यी मान्छेहरु
सुगाले रटेजस्तै रटेको छ
नक्कलमात्र गर्न जानेको छ।

मेरो देश मेरो भूगोल
उसको कुनै जात छैन
जसका छन् तिनीहरुले उसलाई चिनेको छैन।

यतिबेला,
जातभन्दा माथि उक्लेर
भूगोल भनिदिए हुन्थ्यो।
भाषा र धर्मलाई साछी राखेर
देश भनिदिए हुन्थ्यो।

मान्छे तिमीले आफ्नो भाग्य
आफै कोरिदिए हुन्थ्यो
नयाँ पुस्ताको निम्ति भए पनि
सही निर्णय लिइदिए हुन्थ्यो।

(स्रोत : मजदुर दैनिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.