मैथिली लोक कथा : गोनु झाका पाँच कथाहरु

सङ्कलन एवम् अनुवाद : देवेन्द्र अर्याल ‘आँसु’

गोनु झालाई तर्क, बुद्धि एवं धुर्त्याइँले जित्न साह्रै मुस्किल थियो । गोनु झा चतुर्र्‍याइँ, न्याय र वाक्पटुतामा निपुण थिए । उनका गुणहरूको कदर त्यतिबेलाका राजा पनि गर्दथे र उनी प्रतिष्ठित व्यक्तिहरूमध्ये गनिन्थे । त्यसो त गोनु झाका बारेमा रमाइला र घतलाग्दा थुप्रै कथाहरू छन् तापनि उनका बठ्याइँ देखिने केही कथा यहाँ प्रस्तुत गरिएको छ ।

“गोनु झा र आकासे दरबार”

आफ्नो देशमा के-कस्ता विद्वान छन् र भनी पहिचान गर्न राजाको मनमा इच्छा लाग्यो । उनले सबैभन्दा विद्वान व्यक्तिको पहिचान पश्चात् राज्य सञ्चालनमा पनि सहज हुने ठानी झ्याली पिटाउन लगाए । जसका फलस्वरूप बुद्धिमानी पनि कहलिने र मन्त्रीसमेत हुन पाइने आशामा सबै दरबारमा निवेदन दिन गए । निवेदन दिनेहरूका बीचमा गोनुझा पनि थिए । उपस्थिति सबैलाई राजाले सम्बोधन गरे । उनले एउटा आकाशे दरबार बनाउने इच्छा प्रकट गरे । यदि जो आकाशे दरबार बनाउन सक्नुहुन्छ, कृपया मलाई आफ्नो नाम भन्नुहोस्, म त्यस व्यक्तिलाई मन्त्रीपदमा समेत नियुक्त गर्नेछु ।’

राजाको घोषणा सुनेर सबै दङ्ग परे । कोही बोलेनन् । सबैले आकाशमा दरवार बनाउनु असम्भव छ भनी केही नबोली चूपचाप लागे । कैयनले त राजाले हामीलाई मर्ुख बनाए भने ।

त गोनुझाले त्यतिबेला राजा सामु विन्ति गरे- ‘सरकार, म हजुरको इच्छा बमोजिमको आकाशे दरबार निर्माण गर्दछु तर ।

‘तर’ के – गोनु झा’ राजाले आर्श्चर्य प्रकट गरे ।

‘सरकार तर… म चार महिनापछि मात्र दरबार निर्माण गर्दछु । अनि दरबार बनाउने काममा आवश्यक सामाग्रीहर्रूर् इंटा, ढुङ्गा आदि सबै हजुरका तर्फाट पुर्‍याउनर्ुपर्छ’ गोनुझाका यति कुरा सुनेर राजाले ‘हुन्छ म त्यहीँ पुर्‍याइदिउँला’ भने ।

चार महिनापछि गोनु झा दरबार बनाउने ठाउँमा उपस्थित भए । अरू सबैलाई गोनुझाले आकाशे दरबारको जग हाल्ने कार्य हर्ेन निम्तो पनि गरेका थिए । सबैमा उत्सुकता थियो । त्यतिकैमा नजिकैका रुखका हाँगाबाट आवाज आयो ‘आऊ भाइ आऊर्,र् इंट ल्याऊ, काठ ल्याऊ, महल बनाऊ ।’ मानिसहरू कताबाट आवाज आयो भनी चारैतिर हर्ेन थाले ।

कतै केही थाहा नपाएपछि राजाले गोनुझालाई सोध ‘होइन, के भनेको योर् इंट ल्याऊ, काठ ल्याऊ -‘

प्रत्युत्तरमा गोनुझाले हाँस्दै भने ‘सरकार, आकाशमा सिकर्मी, डकर्मी पुगिसके । यिनीहरू ज्यामीलाई काठ र्रर् इंटा ल्याउ भनी रहेका छन् । सरकारले सामान माथि पुर्‍याउनुपर्‍यो ।’

तब फेरि माथिबाट आवाज आयो ‘छिटो गर, छिटो गर, ढिलो भयो, काठ ल्याऊर्,र् इंटा ल्याउ ।’ यो सुनेपछि राजाले गोनु झाको चतुर्‍याइँ बुझिहाले ।

उनले मुस्कुराउँदै भने ‘तिमी परीक्षामा पास भयौ, तिमीलाई म भने अनुसारको पद दिउँला तब भने यो काम तिमीले कसरी गर्‍यौं ।’

अनि गोनु झाले भने ‘सरकारले दरबार बनाउने आज्ञा दिएपछि मैले मैना र सुगा किनेँ । तिनीहरूलाई चार महिनासम्म र्’इंटा ल्याऊ, काठ ल्याऊ, ढिला नगर, महल बनाऊ’ भन्न सिकाएँ । तिनै चराहरू हाँगामा बसेर कराएका हुन् । अब दरबार बनाउने भए सरकारले ज्यामीहरूलाईर् इंट र काठ बोकाई पुर्‍याउन लगाउनुहोस् । तब गोनुझाको कुरा सुनेपछि राजा मुसुमुसु हाँसे । त्यहाँ उपस्थित सबैले उनको बठ्याइँको प्रशंसा गर्दै घर फर्किए ।


“गोनु झा र चोरहरू “

एकदिन गोनुझा अलि ढिलो घर फर्किदै थिए । बीच बाटोमा आइपुगेपछि उनले केही चोरहरू उनको घर चोर्ने सल्लाह गरेको सुने । तब उनी चाँडै घर पुग्नुपर्ने नत्र अन्यथा हुने डरले घरतिर हान्निए ।

ढिला घर फर्किएकोमा गोनुझाकी श्रीमतीले भनिन् ‘किन ढिला घर फर्किनु भयो नि -‘ ‘अँ आफ्नो काम भ्याएर आउनुपर्‍यो । ढिला नै भयो । कसैलाई नभन्नु नि, त्यो चानचुने काम होइन । मैले हाम्रो घरको सुन, चाँदी, हिरामोती सबैलाई एउटा बाकसमा हालेर इनारमा राखिदिएको छु । त्यसो भए अब त ढुक्क भयो । गाउँमा चोरको बिगबिगी बढेको छ भन्छन् ।’

तब गोनु झाको कुरा सुनेपछि चोरहरूले एकापसमा खासखुस गरे- ‘गोनुझा त हामीभन्दा पनि बाठा रहेछन् । हामीलाई झन सजिलो भयो । इनारमा गएर त्यो सबै खजाना निकालौं । कसैले देखदा पनि देख्दैनन् । यसरी सबै चोरहरू इनारमा गए । टन्न पानीले भरिएको इनारको पानी झिक्दै बाहिर फ्याँक्न थाले ।

पानी झिक्दा झिक्दै उज्यालो हुन लाग्यो । बिहानीपख गाउँघरमा मानिसको आवाज र चलपहल बढेपछि चोरहरू त्यहाँबाट आ-आफ्नो ठाउँतिर लागे । बिहान सबेरै गोनु झा र श्रीमती खेतमा गए । पानी नभएर रोपाइँ हुन नसेको खेत इनारको पानीले भिजेको देखेर गोनुझाकी श्रीमतीले भनिन् ‘अब त रोपाइँ गर्नुपर्छ बुझ्नु भो -‘

तब गोनु झाले भने ‘त्यसैका लागि त मैले सबै खजानार् इनारमा राखेको छु भनेको – जुन रात म घर र्फकंदै थिए- बीच बाटोमा चोरहरूले हाम्रो घर चोर्ने थिए- बीच बाटोमा चोरहरूले हाम्रो घर चोर्ने सल्लाह गरेको सुनेको थिएँ । आज हाम्रो घर चोरिनबाट पनि जोगियो अनि रोपाइँ हुन नसकेको खेतमा पनि रोपाइँ भयो । यस्तो बढ्याइँ सुनेर गोनुझाकी श्रीमती पनि दङ्ग परिन् ।


“गोनु झा र आमा”

गोनु झालाई छोराछोरीप्रति आमाको माया कति हुँदोरहेछ भनेर जान्न मन लाग्यो । तब एकदिन अगेंनामा दूधको भाँडो बसालेर गोनु झा कपडा ओडेर नजिकै भईंमा सुते । यसरी लम्पसार भर्ुइंमा सुतेको गोनु झालाई आमाले धेरै पटक बोलाइन् । तब गोनु उठेनन् । चलमलाउँदै धेरैपटक बोलाउँदा पनि नबोलेपछि छोरो मर्‍यो भनेर आमा रुन, कराउन थालिन् । तब श्रीमती पनि डाँको छाडेर रुन लागिन् । त्यत्तिकैमा दूधतिर हर्ेर्दै आमाले भनिन- ‘बुहारी, छोरा त मर्‍यो-मर्‍यो । बाँच्नेले पनि खानर्ुपर्छ । अगेंनाको दूध उम्लेर जाला हेर त ।’

तब आमाको कुरा सुनेर गोनु झा जुरुक्क उठेर आमालाई भने ‘आफ्ना छोराछोरीलाई भन्दा सम्पत्तिलाई माया गर्ने मानिस पनि यस संसारमा हुँदा रहेछन् । अनि गोनु झाले आमाको र श्रीमतीको मुहारमा हेरे । दुवैले भर्ूइंतिर हेरिरहेका थिए । गोनु झाले आमाको मुखमा हेरेर भने ‘माई, एकपटक मर्ली त माईके चिन्ली ।’ तब त्यहाँ एकछिन सन्नाटा छायो ।


“गोनु झा र सुनको लड्डू”

गोनु झा साथीभाइलाई कहिलेकाहीँ दुःख दिएर पनि मज्जा लिने गर्दथे । एकपटक अर्थात् माघे संक्रान्तिको कुरा हो । ‘यदि संक्रान्तिको दिन पोखरीमा एकसय पटक डुब्ने हो भने उसले सुन, तिल आदिको लड्डू पाउँछ’ आफ्ना साथीलाई गोनु झाले भने । गोनु झाका कुरा सुनेर सबै साथीहरू पोखरीमा डुबुल्की मार्न लागे जाडोले थरथर काम्न थाले । गोनु झा चाहिँ पोखरीको डिलमा बसी मुसुमुसु हाँस्न थाले । यसरी गोनु झाले आफूलाई बेवकूफ बनाएको थाहा पाएर उनीहरू गोनु झालाई गाली गर्न थाले ।


“गोनु झा र हाट मेला”

एकदिन गोनु झालाई उनकी श्रीमतीले भनिन् ‘हजुर मलाई हाट देखाउन लैजानुस् न ! कति भयो एकपटक हाटमेला जान पाए हुन्थ्यो ।’ तब श्रीमतीको जिद्धि सुनेपछि गोनु झाले ‘हुन्छ’ भनिदिए ।

‘हुन्छ, लैजान्छु’ भनेर भन्दा पनि हाटमेला नलगेपछि गोनु झालाई एकदिन श्रीमतीले पुनः भनिन् ‘किन मलाई हाट देखाउन नलगेको – लैजाने भनेर तपाईंले नै भन्नु भएको थियो -‘ लैजाने होइन ।’

श्रीमतीको ज्यादै करकर सुनेर गोनु झाले भने ‘ठीक छ, हाट जाने भए तिमी एउटा पोका बनाऊ । अनि तिमी मलाई धक्का मार, म तिमीलाई धक्का मार्दछु ।’

गोनु झाका कुरा नबुझेपछि उनले भनिन् ‘होइन, तपाईंले के भनेको मैले त बुझिन नि -‘

तब श्रीमतीको जिज्ञाशालाई गोनुले प्रष्ट पार्दै भने ‘बुझ्यौ, हाट बजार भनेको यस्तै त हो नि – स-साना ठूला पोका च्याप्नेको ठूलो हुल हुन्छ, एउटाले अर्कालाई धक्का दिन्छ, अर्कोले अर्कालाई धक्का दिन्छ ।’ हाट मेला त्यस्तै हुन्छ, किन जानु पर्‍यो ।’ तब गोनु झाका कुरा सुनेर उनकी श्रीमती एकछिन रनभुल्लमा परिन् ।

-गोलढुङ्गा-३, काठमाडौँ

(स्रोत : मुना २०६७ चैत)

This entry was posted in अनूदित कथा, लोक कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *