अनूदित कविता : आज देशमा

~नित्यानन्द गायेन~nityananda-gayen
अनुवाद : प्रमोद धिताल

अनाजका गोदाम भरिएका छन्
फेरि पनि
गरीब भोकले तड्पिरहेछन् ।

यहाँ अदालत छन्
न्यायधीश पनि छन्
किंतु कोशौं दूर टाढा छ न्याय

सेना छ पुलिस छ
फेरि पनि
दिलमा घर बनाएर बसेको छ भय

गल्लीको धारा पानीको आशामा
सुक्खा उभिएको छ
र बोत्तलबन्द पानीले
बजार भरिएको छ
स्कुल यस देशका
लाग्छ व्यापारिक केन्द्रमा
फेरिदैछन्
र शिक्षक व्यापारीमा

रवि जस्तै
आजको कवि पनि
मौसम हेरेर
बाहिर हेर्छ
कपडा हेरेर
मानिसको दर्द अनुमान गर्छ

किसान खेतमा मरिरहेछन्
र मन्त्रीजी
क्रिकेट खेलिरहेछन्

यहाँ यस देशमा
चुनाबभन्दा पहिला नै
पत्रिकाहरु बिक्छन्
नेताहरुको चर्चा गर्दागर्दै
पत्रकारहरुका कलम सुक्छन् ।

This entry was posted in अनूदित कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *