कविता : नटिप्नु तिमी

~अविर खालिङ~abir-khaling

ओइली झर्ने फूल कैल्यै नटिप्नु तिमी
छुटी जाने प्रित कैल्यै नलाउनु तिमी ।

हातको फूल भुइमा खस्दा कोपिला च्यातिन्छ
टुटी जाने प्रीत लाउदा यसरी धर्ति फाटीन्छ ।

उडी जाने सिन्दूर तिमीले कैल्यै नरोज्नु
त्रूटी जाने प्रीत तिमीले कैल्यै नलाउनु ।

उडी जाने बादल सँग रम्नु कैल्यै तिमी
फुटी जाने चुराको भर नपर्नु कैल्यै तिमी ।

बिली जाने तुषारो नटिप्नु कैल्यै तिमी
बोटै मार्ने शितको साथ नपर्नु कैल्यै तिमी ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.