गजल : माटो खन्छु घर बनाउँछु

~दिपेन्द्र राई ‘अश्रुमाली’~Dipendra Rai 'Ashrumali'

ढुङगा फोर्छु माटो खन्छु घर बनाउँछु ।
बिकट भो रे मेरो गाउँ शहर बनाउँछु ।।

छिन् भर मै लुटिन्छन् मनकारी गाउँलेहरु ।
अब गाउँले मन पनी पत्थर बनाउँछु ।।

परिश्रमको पसिनाले जिउ भिजी गनाउँदा ।
पसिनाको मूल्य बेच्छु अत्तर बनाउँछु ।।

चाहिंदैन पिजा बर्गर जानु छैन डिस्को ।
गुन्द्रुक ढिडो बाट घरमै दर बनाउँछु ।।

मेची काली कर्णाली बिदेसिकै हुन्छ भने ।
सित्तै बग्ने पानी सुकाइ बगर बनाउँछु ।।

–दिपेन्द्र राई ‘अश्रुमाली’
खोटाङ छोरम्बु

(स्रोत : सामुन्द्रिक छल्का (सामुहिक गजल सङ्ग्रह ))

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.