पत्रकथा : इमेल नम्बर–एक

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

प्रिय गौरव,

तिमीले बारम्बार मेल गर्न थालेपछि मैले केही नबोली धरै पाइनँ । म चाहन्थेँ, तिमीलाई केही नवोली धेरै कुरा बोलु । बोलीसकेपछि ती बोली मबाट रिक्त हुन्छन र तिमीलाइ मेलै मेल नगर्नुको अर्थ खुल्नेछ । तर म तिमीलाई कुनै अथै खुलाउन चाहन्थे । किनभने मैले अथै नखुलाउनुको पछाडि धेरै अर्थहरू हुनसक्छ । अनि ती अर्थ खोज्न तिमी हरदम लागिरहेका हुनेछौ । यो नै तिम्रो लागि एउटा सजाय पनि हुन सक्छ अवथा जुन मेरो लागि तिमीले मप्रति गरेको ब्यहवारबाट पाएको पुरस्कार हुन सक्थ्यो । प्रिय गौरव, म तिमीलाई धेरै कुरा भन्न चाहन्छु तर केही पनि भन्न नसकेको अवस्थामा पुगेकी छु । जिन्दगी एउटा नाटक रहेछ हामी यसका पात्र रहेछौ । साँच्चै तिमीले भनेको सही रहेछ । किनकी तिमीले मसँग खेल जस्तो पे्रमको नाटक गरेका रहेछौ । जो तिमीले धेरैसँग यस्तो खेलिसकेको हुनसक्छ वा नहुन पनि सक्छ । तर म त कुनै नाटकको परिभाषा नवुझेकी नादान र स्वच्छ प्रकूतिमा फुलेकी पवित्र हूदय भएकी फुल थिएँ । तर तिमी त पारखी भवराझै नाटक अभिनय गरेर मलाइ छोडेर हिड्यौ । यहाँसम्मकी आफै नाटक गरी मलाइ नाटकको प्रमुख कर्ताको आरोप लगाउनसम्म पछि परेका छैनौ । तिमीलाई म मेरो हृदय यसरी खोलेर देखाउन चाहन्छु ।

वास्तवमा तिमीले मसँग खेलेको नाटकको सुरुवात यसरी हुन्छ । पालनखेत– त्यो चर्चित हिन्दी फिल्म राजा हिन्दुस्तानीको हिरोहिरोइनले प्रणयलीला गरेको सुन्दर भू—भाग । जहाँ हामीले पनि प्रणयलीलाहरू खेल्यौँ । हावासँगै हामीले हाम्रा मनका भावनाहरू उडायौ । हूदयको झन्कारलाइ त्यही सुरम्य सँगीतमा गुन्जायौ अनि मुटुको ढुकढुकीलाई एक वनाउदै बादलका टुक्राहरूसँगै हाम्रो मिलनका स्वणिम क्षणहरू विताइरहयौ । खुसी के हो ? आन्नद के हो ? यही मन रहेछ । बल्ल मैले थाहा पाएकी थिएँ । मन भित्र यती धरै कुरा हुँदा रहेछन । पालनखेत– जहाँ हिरो अमिर खान र हिरोइन करिश्मा कपुर हरदम हराइरहन्थे प्रेमिल क्षणमा । त्यही हामी पनि त्यसरी नै हराइरह्यो । हामी कति जनाको आँखाको कसिगर पनि भयौ । तिमीले मप्रति देखाएको सदासायताको फल मैले अरु कति जनावाट तिरस्कूत हुनु पनि परेको थियो । त्यो हाम्रो शैक्षिक भ्रमणको टोलीको नेता तिमी भएका थियौ । तिमी धरै कुराको ज्ञाता थियौ । तिमी भारतको मुम्बइमा हुकैर पछि नेपाल आएका मान्छे । तिमीलाई भारतका बारेमा धरै कुरा थाहा थियो । त्यसैले विश्वविद्यालयले भारतको यो मुम्बइ, दिल्ली र अगराको हाम्रो भ्रमणको टोलीको नेता तिमीलाई छानेको थियो । किन हो यो भ्रमणमा तिमीलाई निकै ख्याल गरिरहन्थ्यौ । यसको कारण मेरो सुन्दरता हुनसक्थ्यो वा अरु कुनै कारण पनि हुनसक्थ्यो । मुम्बइमा एक दिन घुम्दाघुम्दै हामी तीन वटी केटी रेडलाइट एरियामा पुगेछौ । हामी नेपाली केटी देखेर त्यहाँका गुन्डाहरूले हामीलाइ हातपात गर्न लागे । हामी निकै अतालियौ र रुन कराउन थाल्यौँ । त्यही समय तिमीहरू हामीलाइ खोज्दै नआएको भए नजाने हाम्रो के छविगत भइसक्थ्यो । तिमीले गुन्डाहरूसँग गरेको प्रतिकार र तिमीले तिनको भाषामा वोलेर थर्काएको देखेर म निकै प्रभावित भएकी थिएँ । त्यसपछि तिमीप्रतिको मेरो प्रेमको विउ अँकुराउन थालेको थियो । हुनत विश्वविद्यालयमा हाम्रो जम्काभेट भइरहन्थ्यो । यो देखभेटमा पे्रम बसिहाल्छ भन्ने कुरामा म विश्वास गर्दिनथे । त्यसै पनि सुन्दर केटीलाई केटाहरूले हेर्नु म सामान्य मान्दथे । तिमीले त्यहाँ आफ्नो ज्यान समेत खतरामा पारेर हाम्रो उद्धार गरेका थियौ । हुनत तिमी त्यही ठाँउमा खाइखेली हुर्केको मानिस थियौ । तिमीलाई त्यहाँको कानुन, रहनुसहन सबै थाहा थियो । तर हामी त अनभिज्ञ र अपरिचित ठाँउमा त्यसै नर्भस भएका थियौँ । हाम्रो शैक्षिकभ्रमणभरि तिम्रो त्यो कुराको निकै चर्चा भइरह्यो । म लुकी लकी अरुको नजर चोरेर तिमीलाई हेर्ने गर्दथे । तिम्रो तस्वीर हृदयमा बसाई सकेकी थिएँ । कहिले म यो मेरो मनको कुरा सबै तिमीलाई खोलू भन्ने प्रतीक्षामा थिएँ । तर समयले साथ दिइरहेको थिएन । हामीले बोल्न एकान्त ठाँउ पाइरहेका थिएनौ । तिमी पनि मलाई निकै महत्व दिएको कुरा तिम्रो ब्यवहारबाट थाहा हुन्थ्यो । म मेरो डिजिटल क्यामरा खिचेको तिम्रो फोटो हेरेर सुत्ने गर्दथे । भ्रमणसँगै भएपनि सुत्ने बेलामा हामी केटा र केटीहरू अलगअलग हुने गर्दथ्यौ । कहिले उज्यालो हुन्छ र तिमीसँग भेटु भइरहन्थ्यो । हुन त तिम्रो हातमा भारतको सिमकार्ड भएको मोबाइल थियो तर मेरो मोबाइलमा सिमकार्ड हालिएको थिएन । भ्रमणमा अरू धेरै कुराको असुबिधा हुदोरहेछ । मैले घरदेखि धेरै टाढा भ्रमण गरेको यो पहिलो अवसर थियो । मेरी एकजना साथीको मोबाइलमा चाहिँ भारतको सिमकार्ड राखिएको थियो । एक दुई पल्ट उसँग मागेर तिमीलाई फोन गरे । तर एकदुई पटक कुरा गर्दा नै गफ सकिहाल्थ्यो । अरू कुरा बोल्नलाई केही हुदैन्थ्यो । साथीको अगाडि अरू के बोलू ? म असमञ्यसताको भुमरीमा रुमलिन्थे र फेरि तुरुन्त फोन काटिदिइहाल्थे । त्यतिञ्जेल लाज र डरले कालो निलो हुन्थे ।

भ्रमणसँगै भएपनि कहिलेकाहीँ तिमीहरूको गु्रप हामीसँग बिछोड भएर अन्तै घुम्न गइरहेको हुन्थ्यो । मुम्बइबाट दिल्ली भ्रमण छउञ्जेल मेरो स्वस्थ्य राम्रो थियो तर अगरा भ्रमण आउँदा बाटोमा मलाई फुट पोइजन भयो । हुनत अरू साथीहरूलाई पनि भएको थियो तर मेरो अवस्था अत्यत गम्भीर बनेको थियो । मलाई तुरुन्त अस्पताल नलगे म बाच्न नसक्ने अवस्थामा थिएँ । एक जना सर र तिमी भएर मलाई तुरुन्त आगराको एउटा प्राइभेट आस्पतालमा भर्ना गरायौ । दुई चार बोतल स्लाइन चढाएपछि म निकै जाती भए । त्यसपछि ती सरले मसँग तिमीलाई छोडेर अरू सहभागीलाई ताज महल घुमाउन लगे । त्यहाँ बस्नलाई भाषा बुझ्नेमा तिमीनै परेका थियौ । मैले त आफू बाँच्दिन होला भन्ने सोचिसकेकी थिएँ । तर दिनभर स्लाइन पानी दिएपछि मलाई अस्पतालबाट डिस्चार्ज गरियो । म निकै कमजोर भएकी थिएँ । भ्रमणको तालिका अनुसार भोलिपल्ट देहरादून हुदै नेपाल फर्कने थियो तर अब मलाई पूर्ण रेष्ट गर्नुपर्ने भएको थियो । त्यसैले सबै साथीको सल्लाहअनुसार अगराबाट प्लेनमा दिल्ली हुँदै मलाई नेपाल पठाउने सल्लाह भयो । मैले नेपाल नजाने बरु भ्रमणमा नै जाने अड्डी लिए तर साथीहरू र सरहरूले मलाई भ्रमणमा सगै लगेर खतरा उठाउन नसक्ने कुरा बताए । बाटोमा मलाई जे जति हुनसक्छ भन्ने कुरामा सबै साथीहरूलाई डर थियो । आमाबुवाकी एक्ली सन्तान मलाई बाटोमा केही भए कसैले स्पष्टीकरण दिन नसक्ने बताए । मलाई भने तिमीसँगको सान्ध्यिता बाटोमा नै टुङ्गिने भयो भनेर ठूलो अपसोच लाग्यो । तर मेरो मनको कुरा तिमीलाई भनेकै थिइन । भोलिपल्ट साथीहरू भ्रमणको तालिका अनुसार देहरादूनतिर लागे । तिमी भने मलाई प्लेनमा चढाउन मसँगै बस्यौ । हामीबीच सामान्य गफबाहेक केही हुनसकेको थिएन । तिमी पनि भ्रमणमा भएको असामयिक विचलनले विचलित बनेका थियौ । आगराको प्रसिद्ध ताजमहल मैले हेर्न पाएकी थिइनँ । म फेरि यो ठाँउमा कहिले आउन सक्छु र ? मैले तिमीलाई दिनभरिको समय सदुपयोग पनि हुने र ताजमहलको दर्शन पनि हुने भनेर ताजमहल हेर्न लैजान अनुरोध गरेँ । तिमीले नर्काने कुरा हुदैन्थ्यो । तर किनहो तिमी धेरै कम बोल्दथ्यौ । म तिमीलाई पढन खोज्थे तर तिमी यो अवसर मलाई दिदैनथ्यौ । बोल्दै नबोलेपछि मानिस भित्र के कुरा हुन्छन भन्ने कुरा पनि थाहा हुँदोरहेनछ । हामीहरू बिहानको खाना खाएर गेष्ट हाउसबाट ताजमहल हेर्न टयाक्सी लिएर हिँडयौ । यतिञ्जेल हामी औपचारिक गफगाफमा मात्र सिमित थियौ । हामी एकअर्कोका भावनाबाट अनभिज्ञ थियौँ ।

प्रेमको प्रतीक ताजमहल हेरेपछि अचानक मभित्र केके हुँदै आयो । मुमताजको कफन राखेको ठाँउमा पुगेपछि त्यहाँ भित्रकतैबाट आएको तपतप आवाजले मेरो हदयभित्र अचानक अनेकौ आवाजहरू तरगित भएर बाहिर आउन खोजेजस्तो भयो । मैले च्याप तिम्रो हात समाएँ । तिमीले पनि मेरो हात जोडले समायौ । एकछिनपछि आफनो शक्तिशाली हातले मलाई अँगालोमा बाँध्यौ । मेरो जिउ सिरिङ्ग भयो । एकछिनपछि हाम्रा आखाँआखाँ एक भए । हदयभित्रबाट अनेकौ भावनाका लहरहरू बग्न थाले । यो एक जुनीको जिन्दगी तिम्रै यिनै बहुशाली पाखुरीमा मर्न पाए पनि हुनेजस्तो लाग्यो । तिमीले त्यहाँ घुम्न आएका पर्यटनहरूलाई वास्तानै नगरी मेरो ओठमा गहिरो चुम्बन ग¥यौ । मैले पनि आफूलाई तिमीमा समर्पित गरे । म होसमा नै बेहोस जस्ती भएँ । मेरो मुखबाट कुनै वाक्य निस्कन सकेका थिएनन् । छाती भरिएर घाँटी नै अढ्याएको जस्तो भइरहेको थियो । निकै समयसम्म हामी एकअर्कोमा हराइरह्यौ । मलाई कस्तोकास्तो भएर आयो । मलाई रोउँरोउँ जस्तो लाग्यो । अघि म विरामी भएर बेहोस भएको कुरा सम्झेँ । म त्यो बेला मर्न पनि सक्थे । तिमीले मलाई यति धेरै माया गर्दारहेछौ भन्ने कुरा मैले थाहा नपाई मर्ने रहेछु भन्ने लाग्यो र आँखाबाट अचानक बलिन्द्र आँसु झर्न थाल्यो । तिमीले मेरो आँसु हातले पुछेनौ मात्र जिबेले चाटेर पिइदियौ । म तिम्रो यो मायामा बेखबर हराइरहे । मलाइ लाग्यो म मरेको भए तिम्रो हृदयमा यसरीनै शंहशाहले ताजमहल बनाएर रानी मुमताजको कफन सुरक्षित राखे जस्तै गरी मेरो सम्झना हृदयमा सुरक्षित राख्थ्यौ होला भन्ने लाग्यो । हामी एक अर्कोको हात समाउँदै ताजमहलको सुन्दरतासँगै हराईरहयौ । हामी निस्फिक्री घुम्दै हिँडयौ किन भने हामीसँग हाम्रा साथीभाई कोही थिएनन । मलाई लाग्यो यो समय नबगीदिए हुने । तिम्रो साथ छोडनुपर्ने समय बग्दै आइसकेको थियो । सायद तिमीलाई पनि बिछोडको पीडाले सताइरहेको थियो तर किन हो तिमी यसलाई सामान्य होकी जस्तै गरी ब्यवहार गरिरहेका थियौ । अझै पनि तिमीले आफ्नो मनको कुरा खुलस्त पारेका थिएनौ । किन हो तिमीमा कुनै लाज, धक थियो कि ? वा तिमी मेरै खुसीका लागि यी सब गरिरहेका थियौ कि ? मैले केही बुझन सकिरहेकी थिइन । समय चिप्लदै चिप्लदै साँझको तीन बजेमा गएर अडिएको थियो । दुई घण्टा अघि नै हामी विमानस्थल पुगिसक्नुपर्दथ्यो । अब बिछोडिनुपर्ने पीडाले म मर्माहत भएकी थिएँ । मैले तिम्रो फोन नम्बर इमेल आइडी लिएँ । तिमीले पुग्नेबित्तिकै मलाई फोन कि इमेल गर्नु भनेर भनेका थियौ । तिमी भ्रमणपछि पनि मुम्बइमा आफना आफन्तलाई भेटेर एक महिना पछि नेपाल फर्कने कुरा गरिरहेका थियौ । यसबीच भने तिमी केही भाबुक देखिन्थ्यौ र नेपाल आएपछि मसँग तुरुन्त भेट गर्नेकुरा गरिरहन्थ्यौ । जानेबेलामा तिम्रा आँखामा गहिरो गरी मैले पढ्न खोजे र आफैले आफैलाई प्रश्न गरेँ ‘के तिमी मलाई साँच्चै नै प्रेम गछ्यौ ? के हामी जीवनभर एक अर्काको जीवनसाथी भएर बाँच्न सक्छौ ? मैले तिम्रा आँखामा प्रतिउत्तर खोज । त्यहाँ मैले प्रेमको छहरीले शीतलता वर्षा गराएझैँ लाग्यो । म सुस्ताइरहे त्यो शीतलतामा । अनि मनमनै कल्पना गरे । भोलि समय के हुन्छ हामी भन्न सक्दैनौ हामी जीवनभर साथ भएपनि नभए पनि तिमीले मलाई देखाएको यो सदासयता र मानवीयताको पाठ म जीवनभर पढिरहने छु गौरव, म कहिल्यै बिर्सने छैन । तिमी मानवताको पुजारी हौ । मेरो हृदयमा तिम्रो यो प्रेम कहिल्यै मर्ने छैन । मैले तिम्रो मायालाई आफै भित्र जिवीत बनाइरहे । तिमी र म निकै समय अँगालोमा बाँधिरह्यौ । तिमी पनि सायद म .भित्र हराउन चाहन्थ्यौ । हाम्रा दुई मुटुका ढुकढुकी एक भएर बज्न थालेका थिए । निकै बेरपछि तिमीले मलाई सर्तक गराएँदै एयरपोर्टजानु पर्ने कुरा ग¥यौ । किनभने तिमी यस्तो भावनामा हराएर ब्यवहारलाई बिर्सनेमा पदैनथ्यौ । तिमीलाई व्यवहारिकताको प्रत्येक पाठ कण्ठ थियो जस्तो लाग्दथ्यो । तिमीले मलाई एयरपोर्टमा गर्नुपर्ने सबैकुरा एकएक गरी बुझाइसकेका थियौ । कतै म हराउछु की भनी तिमीलाई ठूलो चिन्ता थियो । तिमीले मेरो मोबाइलमा भारतको सिमकार्ड हालिदिएका थियौ । दिल्ली एयरपोर्टमा तिमीले चिनेको कुनै मानिसले मलाई नेपालको फ्लाइटमा चढाइदिने कुरा भएको थियो । यसकारणले पनि तिमीलाई मेरो ठूलो चिन्ता थियो । बारम्बार मैले गर्नुपर्ने कुरा तिमी सिकाइरहन्थ्यौ । म भने यो सब चिन्ताबाट टाढा तिमीसँग बिछडिनुपर्ने पीडामा जलिरहेकी थिएँ । तिमी चाहिँ मलाई सकुशल नेपाल पु¥याउनु पर्ने दायित्वको भारीले थिचिएका थियौ । तिम्रो व्यवहारले यो सब प्रस्ट गरी बुझाउँदथ्यो । तिमीले त्यो बेला नेपाल नपठाएर त्यतै राखेर दुईचारदिनपछि पठाउन पनि सक्थ्यौ । तर तिमी निकै परिपक्व र चारित्रवान देखिन्थ्यौ । त्यसैले तिमी आफ्नो कर्तब्य र दायित्वमा कुनै गुनासो राख्न चाहदैनथ्यौ । म तिम्रो यो व्यवहारबाट निकै प्रभावित भएँ । मैले सोचे यो ह्दयमा तिमी बाहेक अरु कोही हुने छैन र चाँडै हामी काठमाडाँैमा भेटेर हाम्रो भविष्यको निर्णय गर्नेछौ भन्ने लाग्यो । मनलाई सान्तावनाको अभिषेक गराएपछि केही ठन्डा भयो । इमिग्रेशनमा पस्दा तिमी परबाट हात हल्लाइरहेका थियौ मैले पनि तिमीलाई देखुन्जेल हात हल्लाइरहे । प्लेनभरि तिम्रो सम्झनाको तृष्णाले छटपटी बढिरह्यो । तर चाँडै भेट हुने आश्वासनमा आफूलाई संयमित बनाएँ । काठमाडौँ आइपुग्नेवित्तिकै तिमीलाई फोन गरँे तर तिमीसँग सम्पर्क हुनसकेन । फोन सम्पर्क नभए पछि मैले तिमीलाई मेल पठाएँ । मैले मेलमा म काठमाडौँ आइपुगेको सामान्य कुरामात्र लेखिकी थिएँ । त्यसपछि तिमीले लामो इमेल पठायौ जुन यसप्रकारको थियो ।

प्रिय हिमशिखा,

तिमी सकुशल पुग्यौ भन्ने कुराले म निके खुसी भएँ । तिमीलाई विदा गरेपछि निकै नरमाइलो लाग्यो । तिमीसँग बसेको घुमेको सम्झनाले मलाई पिरोलिरह्यो । एक मनले सोचँे म पनि काठमाडौँ नै फर्कु । फेरि साथीहरूले पक्कै नराम्रो सोच्नेछन् भनेर डर लाग्यो भ्रमण टोलीको नेताले यसरी बीचबाटोमा साथीहरूलाई धोका दिनुहुन्न भन्ने कुराले म सर्तक भएँ । तिमीलाई पठाएर म पुनः भ्रमण टोलीलाई भेटन ट्रेन, वा बसबाट देहरादून पुग्नुपर्ने सल्लाह भएको थियो । मैले सबैलाई गाइड गर्नुपर्ने कुरा तिमीलाई पनि थाहा थियो । म भने तिम्रो सम्झनाले पिरोलिरहे । प्रत्येक क्षण तिम्रो बोली र हाँसो यो कानमा गुन्जिरहयो । जताहेरु त्यतै तिम्रो तस्वीरमात्र देख्दथे । तिमीलाई ठूलो स्वर चिच्याएर बोलाउजस्तो लाग्यो । यो मन तिमीसँग प्लेनमा उडिरहेको थियो । तिमी कहाँ गयौ ? कसरी बस्यौ ? कसरी डरायौ होला भन्ने लागिरहयो । म त मणि हराएको नाग झै भएको थिए । आफैलाई कहाँ के गदैछु भन्ने हेक्कासमेत भएन । कतै आफू पो हराउँछु कि भनी सतर्क भएँ । तिमीले त्यस्तो के मोहनी लगायौ ? यो के भएको हो बुझ्न सकिनँ । अब यो हृदय तिमीसँग भेट नभई यत्तिकै भौतारिने पो हो कि झै लागेको छ । केही केटीहरूसँग मेरो रोमान्स चल्छ तर म तिनीहरूसँग यसरी सिरियस कहिल्यै हुन सकिनँ । तर तिमीमा त्यस्तो के शक्ति रहेछ ? तिमीसँगको मिलनलाई म क्षणिक मिलनको रूपमा लिन सकिरहेको छैन । म तिमीभित्र हराउन चाहन्छु । तिम्रो त्यो कोमल हृदयमा मलाई लुक्न देऊ । म त्यही समेटिन चाहन्छु । यदि तिमी मलाई चाहन्नौ भने म जबरजस्ती गर्दिनँ । तर मलाई थाहा छ मलाई जस्तो भएको छ तिमीलाई पनि त्यस्तै भएको छ किनभने तिम्रो मुटुको धडकन मैले पढिसकेको छु । त्यहाँ मेरै नाम लेखिएको छ । त्यहाँ मेरै नाम गुन्जिरहेको छ । हाम्रो युनिभर्सिटिको यो अन्तिमवर्ष हो अब हामीले हाम्रो जीवनको फैसलागर्ने दिन आइसकेको छ । भविष्यलाई एउटा निश्चित मोडमा लानेसमय आइसकेको छ । म एक महिना मुम्बइ बसेर फर्कने योजना रद्द गर्दैछु । म भ्रमणटोलीसँगै नेपाल फर्कदैछु र चाँडोभन्दा चाँडो तिमीलाई भेट्नेछु ।

उही तिम्रो प्रिय
गौरव

तिम्रो यो मेलले म कति खुसी भएकी थिए । तिमी आउँदै छौ । मेरो ढुकढुकी आउँदैछ जस्तो लाग्यो । म निकै रोमाञ्चित भएकी थिएँ । साँच्चै तिमी आयौ तिमी आउनासाथ मलाइ भेट्यौ । तिम्रो अनुहारमा मेरो अनुपस्थितिले सिर्जेका उदासभावहरू देखिन्थे । भेटघाटको निकै समयपछि अनुहारमा असीम खुसीको लहर देखिन थाले । तिमी अलिक धकाएझैँ पनि देखिन्थ्यौ । अव हामीले धेरै कुरामा छलफल गर्नु थियो । सर्वप्रथम हाम्रो प्रेमलाई कसैको आँखा नलागोस् भनेर मलाइ ईश्वरसँगै कामना गर्नु थियो । तिमीलाइ मैले दक्षिणकाली मन्दिर दर्शन गर्न जाने प्रस्ताव राखँ । तिमीले सजिलै स्विकार गर्यौ शतिmकी देवीसँग हामीले हाम्रो सम्वन्ध बलियो वनाउन शतिm माग्नु थियो । हामी दक्षिणकाली मन्दिर ग¥यौ । देवीको दर्शन ग¥यौ । नजिकैको सानो खोलाको पानीमा हात मुख धोयौ । हातमा पानी लिएर हाम्रो प्रेमको अमरताको लागि संकल्प ग¥यौ । मैले तिमीलाई टिका लगाइदिएँ । तिमीले मेरो सिउँदोमा अविर लगाइदियौ । मैले सोचेँ आजदेखि म सधैँको लागि तिम्री भएँ । त्यँहा तिमी मलाई अँगालोमा बाधेर चुम्वन लिन चाहन्थ्यौ तर अरु चिनेको मानिस हुनसक्ने सम्भावनाले म पछाडि सरेँ । निकैवेर घुमेर केही खाजा खाएर हामी घर फर्कियौ ।

दिन प्रतिदिनको भेटले मात्र हाम्रो अतृप्त आत्मा तृप्त हुनसकेका थिएनन् । तिमीले एक दिन नगरकोट जाने प्रस्ताव राख्यौ । म नकारने अवस्थामा थिइन म । मैले घरमा युनिभसिटिको डाटा कलेक्शन गर्न साथीहरूसँग नगरकोट जानुपर्छ भनेर आमाबुवासँग बहाना बनाएर अनुमति लिएँ । घरमा मलाई अविश्वास गर्ने कुरै थिएन । हामी योजानमुताविक बिहान नगरकोटतिर लाग्यौँ । नगरकोटमा तिमीले होटलको एउटा कोठा बुक गरायौ । म निकै डराएकी थिएँ । कतै कसैले देख्छ कि वा थाहा पाउँछ कि भनी सलले आधा मुख छोपेकी थिएँ । त्यहाँ तिमीले श्रीमान श्रीमती, पोखराबाट आएको भनी नाम लेखायौ । हामी नारी जाति जति नै स्वतन्त्रताको कुरा गरेपनि सारै कमजोर हँुदारहेछौँ अझ सामाजिक बन्धनका कुरामा सारै संकुचित हुन्छौ ।

हाम्रो प्रेमको अन्तिमबिन्दु यही थियो कि अथवा अरु केही मैले बुझ्न सकीरहेकी थिइनँ । म तिमीलाई पूर्णरुपले विश्वास गर्दथे । त्यसैले मैले यसलाई हाम्रो प्रेमको अन्तिमबिन्दु कदापि मान्न सकिनँ । हामी एकअर्कामा हराउन आतुर थियौँ । सायद तिमी यौनआनन्द प्रत्येक पत्रपत्र केलाएर सन्तुष्टि लिन चाहन्थ्यौ । तिमीभित्रको त्यो असीम प्रेम एकएक गर्दै पातमा शीतको थोपा बर्सिझै बर्सन थाल्यो । म पनि आफ्नो व्यग्र कौमार्यलाई तिम्रो शीतका थोपामा भिजाउन आतुर थिएँ । तर किनहो किन मलाई सामाजिक बन्धनको सम्झनाले झस्कायो । विवाहअघि यी सब कुरालाई हाम्रो समाजले अवैधानिक मान्दछ । फेरि तिमीले मेरो चरित्रको परीक्षा लिन पनि यसो गरेका हुनसक्थ्यौ । मैले आफूलाई नियन्त्रित गरेर तिमीलाई अन्त अरु कुरामा मोडेर भुलाए । तिमी पनि सायद यसकार्यले डराएको हुनुपर्दछ । फेरि तिम्रो छवि ममा नराम्रो पर्न सक्छ भन्ने डर थियो क्यार तिमीलाई । तिमीले आफूलाई सम्हाल्यौ । दिनभर हामी अनेकौँ मीठामीठा गफ गरेर बितायौँ । विवाहपछिको मधुर मिलनको आशामा हामी बिछडियौँ । तिम्रो त्यो व्यवहारले म अझ प्रभावित भए किनकी तिमी अरु यौनका भोका पुरुषहरू जस्ता थिएनौ । जो आफ्नो मुखमा आएको गाँसलाई पनि अलग्गै राखेर भोको बस्न राजी होस् । तिमीप्रतिको मेरो प्रेम अझ चुलिँदै जान थाल्यो । दिनमा कैयौघन्टा हामी फोनमा हराउने गर्दथ्यौ ।

तिमी मुम्बई जाने काम थाती राखेर आएको हुनाले मुम्बइजाने कुरा गरिरहेका थियौ । नभन्दै एकदिन तिमीले मुम्बइ जाँदैछु र चाँडै आउनेछु भन्ने कुरा फोनमा ग¥यौ । म पनि राजी भएँ । तिम्रो बुबाआमा मुम्बइ छोडेर नेपाल आएपछि तिमीहरूको पुरानो लेनदेन त्यहाँ भएको र पैसा उठाउनुपर्ने कुरा गरिरहन्थ्यौ । चाँडै नै हामी विवाह बन्धनमा बाधिने कुरा पनि गरिरहन्थ्यौ । मुम्बइ गएपछि तिमीलाई खै के भयो मलाई थाहा भएन तिमीले एक हप्तासम्म मलाई खवर पठाएनौ । म यहाँ छटपटाइरहे । तिमी किन रिसायौ मैले थाहा पाउन सकिनँ । तिमीले दोस्रो पटक पनि नगरकोट जाने प्रस्ताव राखेका थियौ जुन मैले अस्विकार गरिदिएको थिएँ । सायद यस कुराले तिमीलाई ठेस पुगेको हुनसक्छ । त्यसपछि तिम्रो व्यवहारमा मैले परिवर्तन आएको देखेकी थिएँ । हप्तादिनसम्म खवर नगरेपछि मैले नै तिमीलाई इमेल पठाएँ । त्यसको जवाफ तिमीले सामान्यप्रकारले दियौ । मेरो हृदयमा नराम्ररी चोट लाग्यो । तिमीले मसँग गाँसेको यति गहिरो माया यसरी यति चाँडै पातलिँदै जाला भन्ने मैले सपनामा पनि सोचेकी थिइनँ । तिमी दिनमा घन्टौ मेरो फोनमा हराउने मान्छे । आज यति लामोसमयसम्म पनि खाजखवर नगरी बसेका छौ यो मैले गरेको कल्पना भन्दा धेरै बाहिरको कुरा भएको छ । मेरो मनमा तिमीप्रति अनेकौँ शंकाउपशंका उब्जन थालेको छ । तिमीप्रति वितृष्णा जाग्न थाल्यो । तिमीले मेरो प्रेमलाई खेलौना बनाइ खेलाएर लत्याइदियौ । तिम्रो सम्झनामा म घन्टौ रोएर बस्दथे । ममा त्यस्तो कमी के थियो र तिमीले मेरो प्रेमलाई यसरी लत्याइदियौ ? मैले केही बुझ्न सकेको छैन । मात्र तिमीलाई एउटा कुरा सोध्नु छ के हाम्रो प्रेम होटलको कोठाको लागि मात्र हो र ? ममा तिमीले त्यस्तो के कमीकमजोरी पायौ र यसरी लत्याइदियौ ?

केहीदिनपछि तिमीले मुम्बइमा नै राम्र्रो कम्पनिमा जागिर पाएको र आफू निकै खुसी भएको खवर पठायौ । तर मेरो लागि यो खवर दुःखदायी थियो । किनकी तिमी मुम्बइ काम गर्ने भएपछि मेरो बुवाआमाले तिमीसँग मेरो विवाह गरिदिनु असम्भव नै थियो । आमाबुबाको एक्लो सन्तान मलाई काठमाडौँ बाहिर विवाह गरेर नदिने कुरा भएको छ । तिमीलाई मैले यस कुराको जानकारी पनि दिएकी थिएँ । तर तिमीले यो कुरामा कुनै मतलव नै नराखेकाझै ग¥यौ ।

तिमीले मेरो पवित्र प्रेममा अपवित्र झापड हानेका छौ । हुन त मेरो विवाह गराउन मेरो बुबाआमा एकसेएक केटा खोजेर ल्याउन सक्छन् तर पनि जीवनमा प्रेम के हो ? म बुझ्न चाहन्थे । यसलाई नजिकबाट हेर्न र छाम्न चाहन्थे । तर तिमीले मेरो हृदयमा प्रेमको परिभाषालाई नै गलत प्रमाणित गरिदिएका छौ । त्यो पवित्र आस्थालाई क्षणिक वासनामा लगेर टुङ्ग्याइदिएका छौ । प्रेममा यति धेरै व्यापार हुँदोरहेछ भन्ने मलाई थाहा थिएन ।

अहिले जुनसुकै समयमा पनि म तिम्रो सम्झनामा घोरिरहेको हुन्छु । नत खान मन लाग्छ नत निन्द्रा लाग्छ । हाँस्न, खेल्न त बिर्सिसके जस्तो लाग्छ । मैले कृष्ण धरावासीको राधा उपन्यास पढेकी थिएँ । अहिले उही विरहणी राधा झै म मनमा अनेकौँ कुरा खेलाउँदै तिम्रो बारेमा सोचेर बसिरहेको हुन्छ । कहिलेकाहीँ तिम्रो सम्झना आएन र अरु कुनै कुरामा व्यस्त भएभने कस्तो आनन्द आएजस्तो हुन्छ । सधैँ यस्तो भइदिए हुने नि जस्तो लाग्छ । तर म तिमीलाई विस्मृत बनाइ बाँच्नै नसक्ने भएकी छु । तिम्रो सम्झना यति गहिरिएर बसेको छ कि म जति नै निकालेर फ्याकु भन्छु उति आफूलाई पीडा हुन्छ । कैयौ चोटि सोच्छु यो खेल हो यस्ता खेल त जीवनमा कति खेलिन्छ नि तर किन हो यो मनले पटक्क स्विकार गर्दैन । शरीरका अवयवले खेल खेल्न सक्छन् तर आत्माले कहिल्यै खेल खेल्दैन । मैले आत्माले तिमीलाई प्रेम गरेकी हुँ तिमीलाई पैसा र शरीरले होइन । आत्मा कहिल्यै बेच्न सकिन्न रहेछ गौरव ! मलाई कुनै एउटा निकासा पक्कै दिनेछौ ।

गौरव तिमीलाई मैले राम्रोसँग पढन र बुझ्न सकेको रहेनछु कि अझ बाँकी म भन्न सक्दिनँ । तिमीलाई यो सब लेखेर पठाउ वा नपठाउ म सारै दोधारमा परेँ । अन्त्यमा तिमीलाई मैले मेरो मनको भावना पोख्नै पर्ने निष्कर्ष निकाले र यसलाई मेल गरी पठाएँ ।
अन्तमा म यो भन्न चाहन्छु प्रेमको गहिराइ अनन्त छ यो प्रेमको सागरमा तिमी यसको गहिराइलाई ठम्याउन सकेनौ भने सदैव भौतारिरहेका हुनेछौ ।

उही तिम्रो प्रिया
हिमशिखा

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : नेपाली कथा, पत्र साहित्य | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *