कविता : आर्यघाटको आन्दोलन

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

मान्छेहरू हिड्न सम्म डराउने
प्राय सन्नाटा छाउने
मात्र लाशहरूको चिता जल्दै गर्दा
चिच्याहट,रूवाबासी सुनिने ती आर्यघाटहरूमा
आज फरक दृश्य देखिएको छ ।
शहिदहरूको आन्दोलन चलिरहेको छ ।
संयोग आज एक नेताको मृत्यु भएको छ ।
लाश लिएर मलामीहरू
पशुपती आर्यघाटमा पुगेका छन् ।

आज देश व्यापी रूपमा
शहिदहरूको आर्यघाट घेराउ कार्यक्रम छ ।
आन्दोलनको नेतृत्व गरेका शहिद लखन थापा
पशुपती आर्यघाटमा
विशाल शहिद विरोध सभामा भाषण गर्दैछन् ।
र भन्दै छन्
यो नेताको लाश कुनै हालतमा जलाउन दिदैनौ !
हजारौ हामी शहिदहरूको
बलिदानको अपमान गरेको छ ।
हाम्रो श्रीमतीहरूको आँशु पुछेको छैन ।
सन्तानहरूको भविष्य सुनिश्चित छैन ।
समुन्नत , सम्बृदी राष्ट्र निर्माण गर्ने
हामी शहिदहरूको सपना तुहाएको छ ।
भ्रष्टचारी हो यो !
पराई सामु नेपाल आमाको शिर झुकाएको छ ।
राष्ट्र घात गरेको छ ।
पहाड तराईको सम्बन्ध टुटाएको छ ।
बहुजातीय एकता फुटाएको छ ।
धर्म संस्कृति लुटाएको छ ।
त्यसैले यो नेताको लाश कुहिनु पर्छ ।
गिद्दको आहारा हुनु पर्छ ।
कुनै शर्तमा पनी उसको लाश जल्न
दिदैनौ ! दिंदैनौ !! दिंदैनौ !!!

राष्ट्र प्रेमी शहिदहरूको प्राण आहुतिको
मुल्याड्कन गर्दै मलामीहरू !
शहिदको पक्षमा नारा घन्काउन थालेका छन् ।
नेता मर्यो जाती भो ! जाती भो !! जाती भो !!!
देश बनाऊँ साथी हो ! साथी हो !! साथी हो !!!
देशको उन्नती निश्चित छ !
निश्चित !! निश्चित छ !!!
नेताको लाश जलाउन्नौ !
जलाउन्नौ !! जलाउन्नौ !!!

बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.