कविता : ज्योतिर्पुञ्ज

~पूर्ण ओली~Purna Oli

ज्योतिर्पुञ्ज उदाउँदो धरतिको प्यारो सबैको थियो
कल्लाई इख भो र बल्न नदिई झ्याप्पै निभाईदियो
पापीले कुन फाइदा लि मुटुको टुक्रा खसालीदियो
भित्रैभित्र कदापि झिक्न नहुने काँडा पसालीदियो ।

ढाल्ला जीउ सरी बतास चल्छ मनमा रोकेर रोकिन्न यो
चारैतिर अन्धकार सरि भो छेकेर छेकिन्न यो
जोडी छिन् अझ पुत्रपुत्रि पनि छन् बाँच्न सके ठाउँ छ !
पीडा मात्र पिएर बाँचु कसरी ! छातीभरी घाउ छ ।

यौटा हात दिई उठाउँछु उता बच्चा परे बेभर
अर्कोले पुछिदिन्छु आँशु प्रियको शोक््ले झरे बर्बर
आफ्नै आँशु झरे पुछूँ म कसरी ! पाक्दो छ भित्री खिल
आफै धर्मर छु, समालु कसरी ! बाँकी दुखेका दिल ।

को को छौ ? किन चूपचाप पर छौ ? आफ्ना बिरानाहरु
टाढैबाट नदेउ अर्ति नजिकै आएर रोऊ बरु ।
भुल्ने होइन चीर सम्झिरहने जुक्ती सुझाऊ कुनै
आत्मालाइ मिलोस शान्ति परिको स्वर्लोक वास् होस् सँधै ।।

२०७३।७।२० भैरहवा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.