नियात्रा : कारागारको डीलबाट सेती-गंङ्गालाई नियाल्दा

~सरोदिलु विश्वकर्मा~

जहाज जतिजति पश्चिमतिर हुइकिईंदै थियो, त्यतित्यति हीरा-मोतीका ताजजस्ता लाग्ने लहरै हिमाली श्रृखलाहरु होचा र मुधूरा हुँदै हराँउथे, अनि त्यसका काखमा अवस्थित अग्लाअग्ला पहाडहरुमाझ इन्दे्रणी रंगले डढेलो लागेझै देखिन्थे । लाग्थ्यो- दूरदूरसम्म कुनै वस्ती र जीवाणु छैनन्, कुनै मानव वस्तीका पर्ुर्वाधार नै छैन, मानौं- यो मरुभूमि नै हो । कालीकोट, दैलेख, रोल्पा र उत्तरतिर मुगु, जुम्ला त्यसैमाथिको आकाशवाट हेर्दा क्यानडाकै जस्तो कसैको पाईलै नपुगेको मानवविहीन धरातलहरु । यी थुम्का र वेँशीहरु करीव सवा घन्टाको सफर पश्चात चित्रकारले वढो मिहिनेतले कुँदी र कुनै प्रदशर्नीमा राखिएको अनौठो र अद्भूत क्यानभासको चित्रझैं पहाडको काप्चावाट कर्णाली नदी फुत्त निस्केर समथर मैदानमा केश छरेर उन्माद्मा रमाईएकी छन् । गाउँवस्ती र खेती-किसानीलाई जतासुकै बेढंगले चिर्दै र मातिदैं बगेकी कर्णालीलाई हेर्दा लाग्थ्यो- पहाडका अँधेरी, कुनाकाप्चा, ढुंगा र चट्टानहरुमा ठोकिंदा-ठोकिँदा तराईका निसंकोच फाँटहरुमा पुग्दा उन्मादले बौलाएकी छे र धोती-पटुकीसमेत राम्रोसंग सम्याउन नजानेर उसका गुप्त अस्मिताहरु वाहिर छताछुल्ल भएका छन् । अनगिन्ती ठाउंमा फाटेका उसका फरिया र चोलीबाट चियाएका सुन्दर अंगहरु लाज बनेर कूरुप भई वाहिर निस्केका छन् ।

यात्रापछि, एअरपोटमा उभिएर आँग तान्दै कैलाली जिल्लाको भौगोलिक आवरण अनि सांस्कृतिक र सामाजिक अवस्थितीलाई नजर अन्दाज गरें । वेलुकी अमित होटलमा खाना खाएपछि, फेरि उही नौरंगी मानिसहरु भेटिए । ती अनुहारहरु राजधानीकै होटल, सेमीनारहरुमा देखिने खालकै थिए त केही विल्कुलै नौला । ती देखिएका-नदेखिएका अनुहारहरु फरकफरक टेवलमा रोयलस्ट्याग्, गिल्मेरी र्रर् इण्डीयाना ह्वीस्कीसंगै पखेटा र सपेटा चपाउदैं थिए । आफूले मात्रै जानेसुने झैं आधा अंग्रेजी मिसाएर रेडिमेड् जाँड्का झोल्मा चुलुम्म डुवेर बोईलरका हड्डीसंगै रमाइरहेका त कोही हाहाहिही गरेर हासीरहेका भने कोही गिरिजादेखि प्रचण्डसम्मलाई तथानाम् गाली गरीरहेका थिए । कोही ठेक्कापट्टा चलाउने र वस किन्ने, कोही जग्गा किन्ने खरिदार विक्रिदारहरु, अर्काथरी जड्याँहाहरु डोटी, मंगलसेन, वाजुरा, अछामसम्म पुगेर तालिम चलाउने अनि फेरी धनगडी फर्केर यसै होटलमा संगै जाँड खाने योजना पनि बनाउँदै थिए । कोही साना एन्जीओ आईन्जीओदेखि युन्डीपिसम्म जागीर खाँदा पैसा कम भएर छोडेको आदि अनुभवहरु साटासाट् गर्दै थिए । म पनि एन्जीओकै कार्यकर्ता, तिनको हर्कत देखेर मैले आफैंलाई एकक्षण धिक्कारे, तिनलाई सरापें- तेरीमा वोइलरका हड्डीहरु हो १ तिमरका अंग्रेजी गोबर मिसीएको गिद्धीको अप्रेसन कसरी गर्ने होला –

धनगढी बसाईको केही दिनपछि अछामको कठीन र पट्यारलाग्देा यात्रा शुरु हुन्छ । बम्बईया लाहुरेहरुले भरिएको रात्रीबसको १७ नंवर सीट, जोल्ठीनमा घरी टाउको छत्मा पुग्छ भने घरी भुइंतिर बजारिन्छ । दायाँवायाँ वान्ता गर्ने अधवैंशे महिलाहरु, आँखा चिम्लँदा पनि भएन, नाक थुन्दापनि भएन । जानु नै थियो अछाम, त्यसैले हवाईजहाजको सफरलाई झल्झली सम्झँदै ती क्षणहरुको समेत अनुभूति गर्दछु । सुनसान रातलाई हेडलाईटका लामालामा पुञ्जकेशरीले चिर्दै खानडाडा, भातकाँडा र दिपायल हुँदै वस अगाडि बढ्दै थियो, दायाँवायाँ प्लास्टीकका थैलीहरु भरिँदै झयाल्बाट हुत्तहुत्त ओइरिँदै थिए । यसक्रममा ९० डिग्री कोणको सीट्मा रातभर अनिँदो बसेर भोलीपल्ट विहान साँफेवगरको दर्शन गरियो । पियोर नेपाली मान्छे, नेपाली भाषा, नेपाली नै भेष, असाध्यै सिष्ट मानिसहरु, तर बुझिँदैन- तमरा, उनरा, खायाके, आदि भाषाहरु ।

विहान मंगलसेनको लागि वल्लवल्ल एउटा जीप मिल्यो । चढ्नुभन्दा अगाडि एउटाले भन्दै थियो- सर गाडीमे चड्याको भन्दा त तमीको हिड्यार जान्या छिटा हुन्या, ३।४ घंटामा त पुग्याईन्छ । तर हिड्दा थकान हुने र जिल्लामा पुगेर आराम लिन समय खर्चिलो हुनेहुनाले सवारी यात्रा नै रोजियो । घुराउरो धुले एक लेनको सडक अनि उराठ्उराठ् । जिल्लामा आउने विकासे मान्छे र संस्थाहरुलाई ती अलपत्र सडकहरुले एक नजरले विन्ती बिर्साईरहेजस्तो लाग्दथ्यो । तर जस्ता नेताहरु त्यस्तै विकासे मान्छेहरु, लाज पचाएर नीला प्लेटका मोटरमा हुइँकिन्थे र जिल्ला सदरमुकाममा पुगेर जाँड्मा डुब्दथे, हड्डी चपाउँथे अनि विकासका कुरा गर्थे । मध्ये वाटोमा पुगेर जीप फसेपछि झण्डैझण्डै जीप नै बोकेर निकाल्नु पर्यो । त्यसवेला विकासे संस्थाका अटोमेटिक मान्छेहरुले आफ्नो मोटर पार गर्न हाम्रीसंगै गुहार मागे । हामीले ढुंगा ओइर्याएर, हिलो माटो तानेर तिनका चिल्ला मोटर उचालेरै पार गरायौं । तर जव तिनका चिल्ला र नीला गाडीलाई एक दुइ जनासम्म संगै लगिदिनोस् भनि अनुरोध गर्यौं, तव तिनीहरु धोती फर्काएर गाडीमा पसे र काला सीसा लगाई र्सुइंकुच्चा ठोके । तेरीमा तोरीलाउरे मीस्टर एण्ड मिसेज अटेामेटिकहरु हो १ हामी जनता, हाम्रा विकास र हितका लागि भनेर आउने, आपतविपतमा उद्दार गर भन्दा कुलेलाम ठोक्ने — हामी सराप्दै कोचाम्कोच भएर एउटै गाडीमा चढ्यौं ।

अछाम टुँडीखेलको डीलबाट चारैतिरका थुम्काहरुलाई नियालें- र्पर्ुवमा धुरेला र कालिका, उत्तरपश्चिममा वर्तादेवी र सुरैलेकमा गोरुझै जोतिएका दाजुभाईहलाई हेरें, आमा दिदीवहिनीका ल्वाईख्वाईलाई नियालें । वनवृक्ष, वातावरण, पाखापखेरु र खोलानालाहरुलाई नजरअन्दाज गरें । लाग्थ्यो- सवैले जिल्लाका नेता र विकासे संस्थाहरुलाई सरापीरहेका छन् । जिल्लामा ४७ वटा गैरसरकारी संस्था र ७ वटा अन्तर्राटि्रय संस्थाहरु अनि राष्ट्रसंघका निकायहरु र १७ वटा सरकारी कार्यालयहरु, सवैले नै विकास निर्माणको काम गरिरहेका छन् रे । सदरमुकामका प्रायः प्रत्येक घरमा एकएक वटा संस्थाहरुको साईनवोर्ड छन् तर सवैले आआफ्नो धन्दामात्रै चलाएको मंगलसेनसम्मको यात्राले प्रष्ट पार्दथ्यो । सदरमुकामभन्दा थोरै वाहिर आईयो भने जोकोहीले देख्नसक्छ- खाद्यान्न संकट त छदैंछ, ९० प्रतिशत घरमा चर्पी छैन, पानीका श्रोतहरु यसैत्यसै बगेर खेर गईरहेका छन् । राज्यले प्रदान गरेको सेवासुविधाका वारेमा धेरैलाई ज्ञान छैन । परिवर्तनका वाहक युवाहरु प्रायः लाहुरे खान भारततिरै पस्न बाध्य छन् । कर्मचारीमा जनताको सेवक हौं भन्ने भावनाभन्दा पनि नेताहरुको प्रतिशोध लिन आएको भन्ने चेहरा झल्किन्थ्यो । उनीहरु जनतामा जानीनजानी पुरातन ठकुरी राणा-शासनको हुकमत् ब्यबहार लादीरहेकै थिए ।

धनगढीदेखि मंगलसेन र सीलगढीसम्मै गैरसरकारी संस्थाकार् इरिटेड् लाग्ने अनुहारले मलाई छोडेनन् । खै किन हो, आफूपनि गैरसरकारी संस्थाकै नुन खाएर आएको तर अरुलाई देख्दा भने कन्सीरीका रौं यसैउसै तातिन्थे । मंगलसेनका जुन होटल पनि यिनैले प्याक, र्सवसाधारणले त होटलमा भात खान पनि पाउँदैनन्, वास बस्ने कुरा परै जाओस् । त्यहाँका होटल र लजहरुले गाउंले र शहरीया सुकिलावीचमा फराकिलो आर्थिक र सामाजिक खाडल कोरिदिएको रहेछ । पहिले पहिले २।३ सयमा पाईने वजारतिरका कोठाहरु गैरसरकारी संस्थाहरुले हजारौं रुपैंया तिर्न थालेपछि घरवेटीहरुको भकारी -पेट को आकार पनि बढेछ । नीला मान्छेहरुको हरिया नोट देखेपछि होटलवालालाई गाउँलेका खुजुराखुजुरी किन चल्थ्यो र १ विचरा जिल्लामा आउने सेवाग्रही जनताहरु ुभातको पैसा कति -ु भनेर पहिले नै सोध्ने गर्थे । भित्र भने विकासे मान्छेहरु पखेटा र सँाप्रा जतासुकै चपाईनै रहेका । विचरा गाउंलेहरु, २०।२५ रुपैंयामा पाइने होटल चाहर्दै हिड्थे र वेलुका उडुस-उपियासंग लडा ई गर्दै र गन्हाउने सिरकमा उकुसमुकुस हुदैं समुहमा रात कटाउँथे । हामी भने ५।६ सयका कोठामा जाँड र सेकुवासंग हाहा हिही गर्दै वाक्ला र लचकदार सिरक्-डस्नामा लडीवुडी खेलीरहेका हुन्थ्यौं ।

फर्कदा, कैलाश खोलाको झोलुंगे पुलको किनारमा खियाले कालै परेको भाँडामा उमालेको चाउचाउ खाएपछि उकालो शुरु भयो- जिम्मल गाउँको । अघिल्लो राती डाँडा डाडाँमा लागेको दशै मेलाबाट फर्किएका युवाहरु प्रशस्त भेटिन्थे । नयाँ र राता पछ्यौरी ओडेर थकान्ले लथरक्क किशोरीहरु र त्यसका पछिपछि किशोरहरु, नयाँ जीवन शुरु गर्न हतारिदैं कतिवेला साँझ पर्ला भनेर दौडिरहेका । तिनीहरु आआफ्नो दस्तामा धुलो उडाउँदै कैलाश खोलातिर ओरालो झरीरहेका थिए । गरेली परेका गाउंघर र वेशीका छेउछाऊतिरका वस्तीमा त पुरानो फ्याङले कोट, जिन्स पैन्ट, स्क्वाश हाईटेक जुत्तामै हिरो हुर्इदोरहेछ । किशोरीहरु टाढैवाट को मान्छे आयो भनेर आआफ्ना काम-धन्दा छोडी मलाई नै स्वागत गर्न बसेझैं देखिन्थे । जव नजिक पुग्थेँ, उनीहरु मतिर एकोहोरो हेर्थे, मुस्कुराएझैं गर्थे, लजाउँथे । त्यसपछि जव बाटो काटेर अगाडि बढ्थेँ, वर आईपुग्दासम्म हात हल्लाएर विदाई गर्थे । सायद मनमनै भन्थे होलान्- ुफर्कि आऊ परदेशी दाजु, हामीलाई पनि यो अनकन्टार खांजबाट मुक्त गरी तम्रो देशमा लैजाऊ । जिम्मल डाडाँको उकालो, सल्लाका पातहरुबाट सुस्त सुस्त वहने वतासहरुले भिजेका शरीरका पसिनाहरु सुकाउँदा अति आनन्द आउँथ्यो । त्यसको ठीक विपरीत, खोलाबाट करीव साँडे एकघन्टा उकालो चढ्नु पर्ने भागमा मंगलसेनको हाईस्कुल देखिन्थ्यो, जहाँ ५ देखि १२ कक्षासम्मका विद्यार्थीहरु दिनहुँ त्यसैगरी ओहोरदेाहोर गरिरहन्छन् । त्यसपछि थकान, फेरी घर, अनि वस्तुभाऊ, खेतवारीको काम । अनि कसरी हुन्छ गुणस्तरीय शिक्षाको विकास – त्यसैगरी वाटामा भेटिने प्रत्येक घरमा वालअधिकारका नाराहरु पोतिएका देखिन्थे, तर स्कुल जाने विद्यार्थीहरुले भने खेतवारीमा कुटो-कोदालो र हलो-कोदालो नै चित्त बुझाउनु पर्छ । क्याम्पस जाने उमेरका ठिटाठिटीहरुले वारीका डल्ला फुटाउनु सिवाय अरु केही छैन । केही लालावालाहरु यत्रतत्र डगरमा नाङ्गो भुतुङ्गै खेलीरहेकै थिए । कोही चिच्याईरहेका, कोही वटुवाहरुले केही देलान्की भनेर नजीकै आएर बस्दथे । यसैगरी करीव ४ घन्टामा बयलपाटा पुगियो । अति सुन्दर गाउं, सुन्दर भावना मान्छेहरु, ज्यादै मीठो सत्कार खाईयो । र, दुइृ दिनको वयलपाटा बसाईपछि दर्जनौं नागवेली कालापत्रे घुम्ती हुदैं साँफेंबाट फेरि उकाली चढियो । तिनलाई फर्केर हेर्दा कताकता दार्जेलिंग र कालेम्पोङलाई सम्झन मन लाग्थ्यो ।

करीव ४ घन्टामा सीलगढी वजार झरीयो । जनआवाज टेलीभजन कार्यक्रमको सुटिंग टिम त्यहाँ पुगेको रहेछ । भोलीपल्ट सुटिंगको क्रममा क्याम्पस प्राङ्गणमा त दर्शक र सरोकारवाला अतिथिवीचमा चर्काचर्की भयो, मनमा गुम्सेका कुरा जनसमुदायले मन खोलेर ब्यक्त गरिरहेका थिए भने पदाधिकारीलाई तिनको जवाफ फर्काउन चिट्चिटी पसिना नै निस्कन्थ्यो । जनताको आवेगमा म एकोहोरो ताली ठोकेर मख्ख परिरहेकै वेला, संगै बसेका अपरिचित एकजना भद्रभलादमीले मलाई शैलेश्वरी मन्दिरतिर जाउँ भने । उनले मलाई पनि त्यही सुटिंग टीमको मान्छे ठानेछन् । उनको चर्का स्वर र दलितमाथिको आक्रोश देखेर मलाई ३ वर्ष अगाडिको शैलेश्वरी मन्दिर प्रवेशकाण्डको याद आयो । जतिवेला दर्जनौं दलितहरु पिटिए, लखेटिएका थिए । ती भद्र मानिसले मलाई मन्दिर अगाडिको खुला चौरमा हात समाएर बसाए, अनि भन्न थाले- म नेवार, यो मन्दिरवाट दमननाथ ढुङ्गाना र दुर्गा सोवलाई लेखेट्ने म नै हुँ । पछि दलितका कार्यालय तोड्न पनि मैले नै अगुवाई गरेको हुँ । उनको त्यो आक्रोस देखेपछि मलाई पनि कताकता डरको अनुभुति भयो । जतिवेला तल्लो मैदानमा सामाजिक न्यायका लागि सो टेलिभिजन कार्यक्रम छायाङ्कन भईरहेको थियो । यताउती हेरें, ती मानिससंगै अन्य वुढापाका पनि जम्मा भए । उनी एकोहोरो भन्दै थिए- तपार्इंलाई हाम्रो घरमा पसाएर खुवाउन कुनै आईतवार छैन, हिड्नोस् । तर तपाईंहरुले डलरको वलमा एकदिन यहाँ आएर तमासा देखाएको र समाजलाई भड्काएको चै हामीलाई चित्त बुझ्दैन ।मन परापर हुन्छ भने तपाईहरुलाई हाम्रो छोरीचेली दिनपनि अप्ठेरो छैन । तर यो पवित्र मन्दिर प्रवेशको नाउँमा विदेशीहरुले चढाएकै भरमा समाज भाँडेको चै हामी हेरीरहन सक्दैनौ । वश्, हामीले त्यसको विरोध गरेको हो । ।।।हो यहाँका दलित कार्यालयहरु तोड्यौं, जोजो प्रतिकारमा आए, तिनका खप्परमा बजाएकै हो । तर मिडियाहरुले उनीहरुकै पैसाको भरमा एकोहोरो हामीलाई मात्र आरोप लगाए । तपाईंलाई यही सुनाउन बोलाएको, अन्यथा नमान्नुहोला आदि इत्यादि । उनले शेलेश्वरी मन्दिर प्रवेशमा हारेको आक्रोश ममाथि त्यसैगरी पोखे । मेले उनका कुरा सुनिरहें, कुनै प्रतिकार र समर्थन गर्न सकिन । उनको गुनासोले मन केही ढुक्क भयो । एकक्षण मनन गरें- सायद त्यो पनि जायज नै थियो की – उनले त्यतिमात्र भनेनन्, शैलेश्वरीको कसम खादैं समाज विकासका केही ब्यवहारिक सुत्रहरु बताउँदैं विदेशी पैसाको करामत, नेपाली पराधिनता र गिरिजा रहेसम्म यो देशमा कहिले समानता, शान्ति र विकास नहुनेमा ठोकुवासमेत गरे । अन्तमा उनले भने- भाई १ नरिसाउनु हेाला, मनमा लागेको कुरा गरेको, त्यहाँ -सुटिंग हुदैं गरेको स्थानतिर देखाउँदै० यो कुरा भन्दा अहिले हानाहानै हुन्छ, त्यसैले यहाँ बोलाएर मनको वह पोखेको हुँ । त्यसपछि विदा भएर तल झरें ।

यता सिलगढी जिल्ला कारागारबाट दक्षिण-पश्चिममा देखिने उपत्यकाको दृश्यले कुन पर्यटकको मन नछोला र १ गहिरिएर हेर्ने हो भने सीलगढी, पाकुँरी, देऊमाडौं, मौवा अनि सानासाना गरालो परेका नाके डाँडाहरु र सानीसानी रानी नागजस्तै सेतीगंङ्गा वीचमा र त्यस वरपर राजपुर, दिपायल वजारलाई गम्भिर चक्षुले नियाल्ने हो भने यो विशालकाय इन्द्रकमल फूलजस्तो भान हुन्थ्यो । अनि गुजुमुज्ज नागवेली सीलगढीबाट झर्ने काला १२ घुम्ती सडकहरु र सेतीगंङ्गामा तिनका छायाँहरु पर्दा ती प्रतिविम्वले उतैउतै तानीरहेझै लाग्थ्यो । विशेषगरी झमक्क भएपछि सिलगडी नगरपालिका गेष्टहाउसवाट देखिने दृश्यले प्रकृति-प्रेमीलाई न्यानोगरी अंगालो हाल्थ्यो । पूर्व उत्तरतिरको दाँतेभीर, अनि शिल्ला शिक्षा कार्यालयको पाखातिर लमतन्न परेको पाँकुरी र रानीगाउंको झिलीमिली, त्यसपछि पर दिपायलमा एकआर्कामा पतिष्पर्धा गर्दै लहरै चम्कीरहेका विजुली वत्तिहरु र आकाशका ताराहरुमा कुनै भिन्नता थिएन । लाग्थ्यो- ताराहरुकै कक्षवीचमा मसमेत झुण्डिरहेछु । जुनकीरीका चारैतिरका किरीकिरी, ताराहरुकै समागममा आफ्नै वरपर म आफैं भूमिगत भएझैं लाग्थ्यो । पश्चिमतिर मौवा डाँडाबाट त वाजुरा र डडेल्धुराका खोंजहरु प्रशस्त देखिन्छन् रे । अनि तिनका खोंज परेका वेँशीहरुमा गाउंले घरहरुले कताकता उतै हराउउ झैं अनुभूति हुन्छ रे । झनै त्यहाँबाट देखिने लामागिरी र साईपाल हिमाल आफ्नै शीरमाथिको टोपीझै लाग्छ रे । तर नेताज्यूहरुका अदुरदर्शी आँखाहरु, मागौ र खाऔं मात्र भन्ने हाम्रो चिन्तन, अनि जन्मेको थलोप्रति कुनै ऋणको बोझ नमान्ने हामी अधर्मी नागरिकहरुका कारणले यी अनुपम् स्थानहरु यसै उसै टुहूरा भएका रहेछन् । सुन्दर प्रकृति, असुन्दर समाज, गाउँघरतिर अझै छुवाछूत ब्याप्त छ । आजपनि तिनै नामी, धामी र पुजारी पंण्डितहरुकै हुकुमत् ब्यबहार चल्दैछ, जस्ले नानाभाँतीका धर्म र संस्कारको नाममा वर्ग र जाति निर्धारण गरे । यद्यपि, युवाहरुमा परिवर्तन हुनु पर्दछ भन्ने सोंच आएको छ, तर ब्यवहारमा प्रयोग गर्न भने ती युवाहरुसमेत पौराणिक संस्कृतिबाट मुक्त हुनसकेका छैनन् । त्यहाँ प्रायः मल्लो जातिहरु नै तल्लो समुदायकै हीत र विकासका लागि भनेर काम गर्दैछन् । वाहिर कुम जोडेर खपाखप् दन्काउन कुनै संकोच मान्दैनन् । एकक्षण ुसव समान भयौं भन्दै दाँत ङचि्याएर अंगालो हाल्दछन् तर उनका चौघेराभित्र अझै विभेद नै छ । ुबाले मान्दैनन्, वुढीआमाको देहले सहदैंन, विस्तारै हुन्छु भनेर सुइंकुच्चा ठोक्ने मनोवृतिहरु अझैं जीउँदै छन् । विचरा यी नामी -सुदुर पश्चिमतिर जमीन, स्त्री, अनाज, नोकरचाकर धेरै हुने सामन्तको ठूलो नाम हुन्थ्यो र उस्लाई नामी भनिन्थ्यो० दामी, र पुजारी पण्डितहरु १ भोलीपल्ट फेरी कुम जोड्दै घोप्टो परेर नाक जोत्न भने आईपुगिहाल्दा रहेछन् । मुलुकैभरी जातीय समानताका नाममा विदेशीसंग टोकरी थाप्दै र गाउंघरका जनतालाई भड्काएर खाने यस्तो नयाँ मेशो राम्रोसंग चलेको छ । यद्यपि, मलाई मालुम छ- आफ्नै वलले भरखर जुर्मुराउन लागेका दलितहरुको दिमाग भ्रष्ट पारि खाने रिमोट्कन्ट्रोल त उही केन्द्रमै छ ।

यसरी धनगढीदेखि मंगलसेन र सीलगढी अनि नेपालगञ्जसम्म आईपुग्दा थुप्रै नेता-कार्यकर्ता जिल्लाका हाकीमहरु- सीडियो, एल्डियो, डेफेा, पुराना सांसदहरुसंग संगत भए । अछाममा त पूर्व मानीय रामवहादुर विष्टसंग एउटै खाट्मा रात कर्टाईयो । तर दुःखलाग्दो कुरो- जनताको अधिकारको स्थापना गछौर्ं, विकास गर्छौ भनेर विदेशी पैसा बोकेर आउने चिल्ला र सुकिला अनुहारहरु अनि तिनैबाट चलायमान नेपाली पाटपुर्जाहरु चारै जिल्लाका सदरमुकामका होटल, लज र भट्टीहरुमा नाक डुवाएरै चोविएका भेटिन्थे । कोही तलवको, कोही तरुणीको, कोही जाँड्को कुरामा मस्त थिए त कोही वोईलरका हाड् दुवै हातले समातेर चपाउँदै थिए । कोही दार्चुला वझाङ्ग, वाजुरा अनि डडेल्धुरा पुगेर लोकल ठर्रा र कालीजका पखेटा चपाउने योजना बनाउँदै गरेको सुनिन्थ्यो । तिनीहरुको वात सुनेर मलाई ूर्वका एकजना ठूलै प्रगतिशील साहित्यकारले भनेको याद आयो भाई १ एन्जीओका कुरा नगर्नुस्, यी सामन्तवादका दलाल, नोकरशाहहरुको न त माटोअनुसारको विवेक, न दुदर्शीता छ, न त यिनलाई राष्ट्रप्रतिको माया नै छ । यिनले हुन्जेल राष्ट्रलाई लुछ्ने हो, रित्तिएपछि आफ्नो जन्मभूमिलाई लात हानेर विदेशतिर हिड्ने हो । नभन्दै हरेक साँझ, मेरो वरपर त्यही यथार्थ चलचित्र घुमीरहेकै हुन्थे । लाग्थ्यो- तिनीहरु मर्न लागेकी बुढी गाई देखेर गिद्ध रमाएझैं रमाईरहेका थिए । तिनका एकएक नजर मैले नियाँले हाहा र हीही गर्दै राता र चिल्ला हाड्हरु वीयरको फींजसंगै चिथोरेकाचिथोरै हुन्थे, दारेकादार्यै थिए । त्यसैगरी दिनमा गाउंघरका जनताको दुखेसो अनि कर्मचारीहरु, सवैका यिनै असन्तुष्ठीका विषयवस्तु हुन्थे- विदेशी संस्थाका धन्दा र राजनीतिका फन्दाले यो देश डुब्यो । नभन्दै धनगढीभन्दा केही परको मालाखेती र गोदावरी गाविसका दलितहरुको सामाजिक, सांस्कृतिक र आर्थिक जर्जरतालाई एकपल्ट सम्झन्छु- गोदावरी ७० प्रतिशत दलित भएको गाविस, जनप्रतिनिधि, गाविस परिषद् सवैमा दलितकै हालीमुहाली । २७ वटा गैरसरकारी संस्थाले काम गर्दैछन् । ५३ वटा फरकफरक धन्दाका समुहहरु छन् । वर्षा सरकारी ५।६ लाख र गैरसरकारी संस्थाहरुले १०।१२ करोड यो गाविसमा खर्च गर्छन् । तर सरकारले विजुलीको पोल, तारका लठ्ठा र पानीका पाईपहरु घर छेउमा फाली दिएको छ । त्यसलाई प्रयोग गरेर विजुली बाल्ने पानी पीउने जोश कसैको छैन । करौडौं लगाएर नहर बनाई दिएको छ- तर मुहान वाँधेर पानी ल्याई खेती गरौं भन्ने जाँगर कसैको छैन । वर्षमा ३ महिना खेती हुन्छ वाँकी समय जमीन पट्पटी फुटेर त्यसै खेर जान्छ । भारतको एउटा नागरिकले विहान आई दिनभरी काम गरी वेलुका रोज ६।७ सय लिएर र्फकन्छ, तर हाम्रा दलितहरु वढीमा मासिक ८ हजार कमाउनका लागि भारततिर ओईरिएका छन् । पर्कदाँ वरु एड्स बोकेर र्फकन्छन् र त्यो आफ्नो स्वास्नी छोराछोरीलाई र्सार्दछन् । फेरि त्यसमा एन्जीओहरुको नयाँ धन्दा मौलाएको छ । एउटै मानिसले २२ थरीका तालिमहरु लिएका छन् तर ती तालिमहरु भत्ता आर्जन गर्ने मेसो सिवाय केही भएको देखिएन । एउटा महिलाले १२ पल्ट प्रौढकक्षा पढेकी छन् रे तर उनलाई १२ खरी पुरा आउँदैन । घरघरमा टोईलेट् छन् तर पाईखाना गर्न खोल्साका छेऊछाऊ नै सजिलो लाग्छ रे । टोईलेटमा भने वाख्रा पालिएका छन्, दाउरा ओत लगाईएका छन् । गहिरिएर नियाल्ने हो भने अस्वाभिक लाग्ने यथार्थहरु कतिकति । आखिर यतिका खर्चका वावजुद परिणाम किन यसो भईरहेको छ – ती वोईलर र ह्वीस्की तान्दै गरेका भद्रभलादमीहरुको अनुहारसंग तौलन्छु- सोह्रैआना नमिल्दो छ । यद्यपि, पश्चिमतिर भने कानमा मुद्रा र आधा पींध देखिने पाईन्ट लगाएका उरन्ठेऊला युवाहरु देखिदैनन् थिए, पूर्वमा चल्ने वसका आलुचोर कुख्रे्रदादाहरु त्यहाँ थिएनन् न त वस पार्कतिर भेटिने सडकछाप दलालहरु नै थिए ।

मलाई राजधानीमा १५ दिनभन्दा वढी बस्नुपर्दा कुण्ठिएको झै महसुश हुन्छ, कहिलेकाही त काँप ज्वरोसमेत आउँछ । फेरी राजधानीबाट वाहिर पुग्दा पिंजडाबाट फुत्केकी चरी झैं स्वतन्त्रताको अनुभुति गर्छु जव यात्रा शुरु हुन्छ, जव यो मातृभूमिका अनुपम भौगोलिक दृश्यहरु, विविध समाज र संस्कृतिहरु अनि त्यसभित्रका थरीथरी मानिसका स्वभावहरुको अनुभुति गर्छु ममा नयाँ जोश जाँगर पलाउँछ । अनि म भौतिक लालसाबाट मुक्त हुन्छु र अनेक कल्पनाहरुले मेरो मन-मस्तिकलाई इस्तेमाल गर्न थाल्छ । यसैले कुनाकाप्चाका दुःखसुख, रहनसहनको परिदृश्याङ्कन गर्न म सधै लालायित हुन्छु । जव ती दृश्य र विविधतासंग साईनो गाँस्छु, मलाई अमेरीका र युरोपका मानिसहरुभन्दा समृद्ध भएजस्तो महसुश हुन्छ । त्यहाँका वोईलर मान्छेभन्दा पीयोर भएजस्तो लाग्छ, कुण्ठित संस्कारबाट एकक्षणै भएपनि म आफू मुक्त भएको अनुभूति गर्छु तर विडम्वना, तिनै युरोप र अमेरीका अनि शहरका अनेक संस्कार भएका मानिसहरु अनेकन धन्दामा गाउंमा छ्याप्छ्याप्ती भरिएका रहेछन् । पैसासंगै अनेक विचार, कूविचारहरुले यी सहृदयी मानिसहरुको दिमाग बिगारीसकेका रहेछन् । हो, मानिसहरु अव त मलामी जाँदापनि कति भत्ता आउछ – भनेर माग्न थालेका छन् । तिनले गाउंमै केही गरौं, समाजकै लागि योगदान दिऔं भन्ने युवाका कलीला-मलीला दिमागमा गिद्धे रगतहरु भरिदिदैं छन् । यद्यपि, त्यो रंगमञ्चलाई मनन गर्दा, लाग्थ्यो- जेहोस् गैरसरकारी संस्थाले वेइमानै गरेतापनि सदरमुकामहरुको ब्यापारलाई त राम्रै थामेको रहेछ, वेरोजगारीलाई न्यून पारेकै हो, म लगायत विभिन्न ठाउंका रंगीविरङ्गी मानिसहरुवीचमा भेटघाट् गराईदिएकै हो, अनि धेरैवटा यस्ता होटलहरुलाई पालेकै त छ । यसैमा मैले चित्त बुझाएँ ।

धनगढी र नेपालगञ्जमा रहँदा भने नयाँ-पुराना लामखुट्टे मित्रहरुले राम्रै स्वागत पुर्याए । सायद, युवा जोशको अमीलो-पीरो रगत पीउन उनीहरु धेरै दिनदेखि आतुर थिए । गजवसंग अंगालो हालेर म्वाई खाने मिस् एण्ड मिसेस् मस्कुइटोहरु, जति नाईनास्ती गरेपनि नाक भेटे नाकैमा, ओठ भेटे ओठैमा टासाइहाल्ने, उनीहरुको जत्था नै होटलको चारतला भर्याङ्गको उकालीमा अघिअघि ओरालीमा पछिपछि । नेपालगञ्ज चैं मेरा लागि अलि पुरानो भएको थियो, वंगुरका सेकुवा अलि गन्हाएझैं लाग्थे । तर सेतु विकको सालिकले भने ममा नयाँ उर्जा भरिदियो । न्युरोड्को चारदोवाटोमा प्रत्येक विहान सवेरै चाल किल्लाबाट जसवहादुर, देउमल र भीमजी एकैचोटी सलाम ढोक्न पुगिहाल्थ्यौं । लाग्थ्यो- सेतु विक चारदोवाटोमा उभिएर हरेक युवालाई स्वणिर्म नेपाल निर्माणको खातिर अभिप्रेरणा दिईरहेकी छिन् । फेरी त्यस प्रतिमुर्तिलाई नियाल्दा सेतु विक ती आन्दोलनका दिनहरुलाई सम्झँदै रोईरहेझै लाग्थ्यो । सायद उनी भन्दै थिईन्- म वुद्धि नभएकीलाई काखको नानी छोडेर कस्ले नेता बनेर जुलुसमा आउनु भनेको थियो र – आखिर हामी जति मरेपनि जति गरेपनि देशका हर्ता कर्ता त यिनै खाईपाई आएकाहरु मात्रै हुँदा रहेछन् नी । हामी त यिनलाई सत्ता र शक्तिमा चढाउने गोटी मात्रै रहेछौं । जेहोस् उनको त्यो अधम्य साहसलाई एकपल्ट फेरी सलाम ठोक्दै एउटा नयाँ उमंग र विचारकासाथ राजधानी फर्किएँ ।

(स्रोत : लम्जुङ् डट काम)

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.