लघुकथा : कोठे मुसहर

~रामचन्द्र खतिवडा~ramchandra-khatiwada

तराईं नेपालको उर्वरभूमि हो । तराई क्षेत्रको सप्तरीमा मुसहर जातिहरू प्रशस्त छन् । यिनीहरू सयौँ वर्ष अघिदेखि बसोबास गरिरहेका नेपालका जनजाति हुन् ।

सप्तरीको उर्वरभूमि फाँडेर बसेका उनीहरू पहिले त्यस भूमिका मालिक थिए, अहिले सुकुमवासी भएका छन् ।

कोठे मुसहर अहिले पनि त्यहाँ अभाव र दुःखको जीवन बाँचिरहेका छन् । उनी साह्रै दुःखले आÇनो परिवार पाल्दै छन् । सबैभन्दा ठूलो पीडा त उनीसँग नागरिकता छैन ।

उनले गाउँ घुम्न आएका नेतासँग यस पटक पनि भने– “हजुर तराईको जङ्गल फाँडेर हाम्रा पुर्खाले बसोबास योग्य बनाए, हाम्रो नागरिकता छैन । के हामी यो देशका नागरिक होइनौँ ?”

(स्रोत : सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित रामचन्द्र खतिवडाको “दमिनी कान्छी” लघुकथा सङ्ग्रहबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.