शुषमा मानन्धरका केही हाइकुहरु

~शुषमा मानन्धर~Shushma Manandhar

हरियो बत्ति
प्रतिक्षारत कोही
निद्रा चौपट ।

यो मेरो भित्तो
आफ्ना सन्देशहरु
टाँस्छ अरु नै ।

यो फेसबूक
कैयौँ पेगको नशा
नप्युँदै लाग्ने ।

आलो तस्बिर
नो लाइक कमेन्ट
चूकअमिलो ।

साँझ बिहान
खानपिन सुकला
अनलाइन ।

शीत लहर
बाहिर न्यानो खोज्दै
भित्रको आगो ।

पुरानो रक्सी
मादक लाग्छ भन्छौ
आँखा कि ओठ ?

त्यो तिम्रो स्पर्श
हजार भोल्ट झट्का
अचेत मन ।

म भित्र तिमी
धेरै भो हराएको
तिमीभित्र म ।

झुकेका नयन
पाउमा समर्पित
पहिलो रात ।

रातो गुलाफ
ओठभरी फुलेको
प्रेम प्रस्ताव ।

देखेँ र पाएँ
पहेँलो गुलाफमा
मीठो मित्रता ।

तेह्र गुलाफ
लुक्दै लाइक गर्छ
छुपेरुस्तम ।

यादका बास्ना
गुलाबी पत्रहरु
साधुवाद छ ।

दुई नयन
पवित्रतामा फुल्दै
सेता गुलाफ ।

-शुषमा मानन्धर
२०७०।११।६। मँगलबार

(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *